


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
नवलपरासी पश्चिम, ७ चैत। नवलपरासी पश्चिम प्रहरीले जिल्लाको रामग्राम नगरपालिका–५ स्थित वाईपास चोकबाट स्रोत नखुलेको १२ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–२ भक्सिपुरका २२ वर्षीय सुख सागर यादव र प्रतापपुर गाउँपालिका–८ पिपरपातीका ३९ वर्षीय शिवेन्द्र प्रसाद बनिया रहेको प्रहरीले जनाएको छ। छुट्टाछुट्टै मोटरसाइकलमा रहेका दुई जनाको साथबाट ६-६ लाख रुपैयाँ गरी १२ लाख बरामद भएको हो। पक्राउ परेका दुवैजना विरुद्ध नवलपरासी जिल्ला अदालतबाट हुण्डी कारोबार सम्बन्धी कसुरमा म्याद थप गरि घटना अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए। साथै उनीहरुले प्रयोग गरेको यूपी ५६ एएच२५७३ र…
काठमाडौं,७ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नेगरी काम भइरहेको बताएका छन्। बिहीबारको प्रतिनिधिसभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले विमानस्थलको दिगो संचालनका लागि सरकारले संवद्ध निकायहरुसँग छलफल गरी कार्ययोजना बनाई कार्यान्वयन गरिरहेको जनाए। ‘यात्रु सेवा शुल्कमा छुट, ग्राउण्ड ह्याण्डलिङ, ल्यान्डिङ, पार्किङ एन्ड नेभिगेसन शुल्कमा छुट जस्ता सहुलियत एवम् प्रोत्साहनका कार्यक्रमहरु सञ्चालनमा आएको छ,’ उनले दावी गर्दै भने, ‘हाल जजिरा, फ्लाई दुवई, एअर एसिया र नेपाल एअरलाइन्सले उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेका छन् ।’ उनले बुटवलस्थित श्रम तथा रोजगार कार्यालयबाट श्रम स्वीकृतिको सेवा प्रदान गर्न सुरु भएको भन्दै अध्यागमन,…
हृदयराम गुप्तामर्चवार, ७ चैत। ईस्लाम धर्मावलम्वीहरुको पवित्र महिना रमजानको अवसरमा मर्चवारमा विपन्न परिवारलाई खाद्यन्न वितरण गरिएको छ। तौहीद मानव परोपकार सेवा संघद्वारा मर्चवारी गाउँपालिका–५ ओडवलियामा एक सय परिवारलाई खद्यान्न वितरण गरिएको हो। रमजान महिनाको अवसरमा विपन्न परिवारलाई चामल, चिउरा, तेल, मसला लगायत खाद्यन्न वितरण गरिएको संघका अध्यक्ष सैफुल्लाह चुरिहारले बताए। उनले संघले विपन्न परिवारहरुलाई सहयोग गर्नुका साथै विभिन्न समाजिक कार्य गर्दै आएको जनाए। ‘दुःख आइपर्ने तथा जीवनयापनमा कठिनाई हुने परिवारलाई सहयोग गर्ने हरेक मानवको धर्म हो’,उनले भने,‘आफ्नो कमाईबाट दान गर्नु सबैको धर्म हो।’
काठमाडौं, ७ चैत। भारतको मथुरामा अनौठो घटना भएको छ। वृन्दावनको सुनरख गाउँका ३२ वर्षीय राजाबाबू ठाकुरले पेट दुखेपछि युट्युब हेरेर आफ्नो अपरेशन गरेका छन्। अपरेशन गरेर उनले ११ वटा टाँका पनि लगाए। १८ वर्षअघि उनले एपेन्डिक्सको अपरेशन गराएका थिए। त्यसयता पेट दुख्ने समस्या बारम्बार भइरहेको थियो। धेरैपटक चिकित्सकहरुसँग उपचार गराए पनि कुनै सुधार देखिएको थिएन। त्यसपछि उनले युट्युब हेरेर आफै अपरेशन गर्ने सोच बनाए र गरे। उनले पहिले दुखाई कम गर्नका लागि सुन्न पार्न इंजेक्सन (एनेस्थीसिया) लगाए र त्यसपछि सर्जिकल ब्लेडको सहायताले पेट चिरे। सुरुमा उनलाई पीडा महसुस भएन। तर, केही समयपछि औषधिको असर सकिएपछि असह्य पीडा भयो। परिवारका सदस्यहरुले…
काठमाडौ, ७ चैत। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीको पक्षमा उत्साहप्रद लहर देखिएको बताएका छन् । बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत स्ववियुमा विजयी विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । उनले देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका बिरुद्धको पार्टीको अभियानमा सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको बताएका छन्। ‘भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो पार्टी निकट अखिल (क्रान्तिकारी)को पक्षमा देखिएको लहर निकै उत्साहप्रद छ’, उनले भनेका छन्, ‘कयौं क्याम्पसमा सत्ता गठबन्धनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका बिरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं…
भैरहवा, ७ चैत । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको कार्यसमितिको सदस्य पदमा तीनजना व्यवसायीलाई मनोनित गरिएको छ। संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले कैलाश गुप्ता, राजु न्यौपाने र प्रेम नारायण बेल्बासेलाई सदस्यमा मनोनित गरेका हुन्। पर्यटनतर्फको सदस्यमा गुप्ता, उद्योगतर्फ न्यौपाने र वाणिज्यतर्फ बेल्बासेलाई मनोनित गरिएको संघले जनाएको छ। यसअघि निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले पनि उनलाई कार्यसमिति सदस्यमा मनोनित गरेका थिए। तीनैजनाले बुधबार सपथग्रहण समेत गरेका छन्। सदस्यमा मनोनित भएका उद्योगी–व्यवसायीहरुले संघको गरिमालाई अझ उचो बनाउन भूमिका निर्वाह गर्ने र उद्योगी–व्यवसायीको हकहितमा निरन्तर काम गर्ने प्रतिवद्धता जनाएका छन्।
बुटवल, ७ चैत। रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पहिलोपटक गरिएको एन्जियोप्लाष्टी उपचार सफल भएको छ। वरिष्ठ कार्डियोलोजिष्ट डा. रोशन घिमिरेको नेतृत्वमा ७५ वर्षीय एक पुरुषको एन्जियोप्लाष्टी उपचार गरिएको हो। एन्जियोप्लाष्टी एक गैर–सर्जिकल प्रक्रिया हो। जसले हृदयमा रगत आपूर्ती गर्ने नशाहरुमा अवरोध हटाउन मद्दत गर्दछ । यस प्रक्रियामा स्थानीय एनेस्थेसिया प्रयोग गरिन्छ। पहिलोपटक बिरामीको एन्जियोप्लाष्टी सफल भएकोमा खुसी व्यक्त गर्दै डा. घिमिरेले मुटुरोग उपचारमा थप नयाँ उपलब्धी प्राप्त भएको बताए। उनले मुटुरोग उपचारका लागि सेवाग्राहीलाई बुटवलबाहिर जानुपर्ने बाध्यता अन्त्य गर्न अन्य सेवाहरु समेत थप गर्न आवश्यक रहेपनि अहिले सुरु गरिएको एन्जियोप्लाष्टी सेवा यस क्षेत्रका जनताका लागि ठूलो खुसीको विषय भएको उल्लेख…
पाल्पा,६ चैत। भारतको गोरखपुर जिल्ला एक युवक कालीगण्डकी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन्। आफ्नो तीन जना साथीहरुसहित नेपाल घुम्न आएका २५ वर्षीय शिवम पाण्डेय पाल्पाको बगनासकाली गाउँपालिका-५ राम्दीघाट स्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका पाल्पाका डीएसपी एवं सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए । बेपत्ता पाण्डेयको नेपाली सेना, नेपाल प्रहरी र स्थानीयहरुको सहयोगमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
टिप्पणीभैरहवा, ६ चैत। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले पालिकाको नीति, कानुन तथा निर्णय कार्यान्वयनका लागि भर्ना गरेको नगर प्रहरीले बजारमा लुटेरा शैली देखाएको छ। केही दिन अघि सिद्धार्थनगर सरकारले बजारमा सडक पेटी अवरोध गरी सामग्री नराख्न माईकिङ गरेर अनुरोध गरेको थियो। यस अघि पनि पालिकाले कयौं पटक अनुरोध गरिसकेको छ। तर, अटेरी नागरिकले पुनः सडकपेटीमा सामग्री राखेपछि नगर प्रहरी बलले त्यसलाई नियन्त्रणमा लिएको छ। सडक पेटीमा विना अवरोध स्वतन्त्रपूर्वक हिड्डुल गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो। जसका लागि सिद्धार्थनगर सरकारले चालेको कदम स्वागतयोग्य छ। स्थानीय सरकारले सडक पेटीबाट नियन्त्रणमा लिएको सामग्री, धनीलाई जरिवाना कारवाही गरेर फिर्ता गर्छ वा करिब तीन वर्ष देखि…
भैरहवा, चैत्र ६ । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत बुधवार भएको खेलमा नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र मधेश प्रदेशले जित हात पारेको छ। तीन खेलमा पुलिसले गण्डकी, सुदूरपश्चिमले लुम्बिनी प्रदेश र मधेशले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै जित हात पारेका हुन्। भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ७ विकेटले हरायो। ९३ रनको झिनो लक्ष्य पुलिसले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। पुलिसको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५४ र अर्जुन साउदले १८ रनको योगदान गरे। बलिङमा गण्डकीका विपिन खत्री र सुवास भण्डारीले समान १–१ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको…