


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, २० फागुन । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ६ हजार ७ सय ७९ यात्रुले सेवा लिएका छन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार सन् २०२५ को फेब्रुअरी महिनामा कुल १ सय १५ उडान अवतरण मार्फत ६ हजार ७ सय ७९ यात्रुको आवागमन भएको हो । यसमध्ये फ्लाई दुबईबाट २ हजार ४ सय ३, जजिरा एयरवेजबाट ३ हजार २ सय ६५ र थाई एयर एसियाबाट १ हजार ९७ यात्रुको आवागमन भएको छ । त्यस्तै नेपाल एयरलाइन्सका १ र अन्य १३ चार्टर उडानबाट २ सय ११ जना विदेशी यात्रुको आवागमन भएको विमानस्थल कार्यालयले जनाएको छ । त्रिभुवन विमानस्थलसँग कन्केट हुँदै उडान गर्ने…
काठमाडौं, २० फागुन।सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल अघि नबढाउने भएको छ। सत्ता साझेदार दलहरु राष्ट्रिय सभामा बहुमत नपुग्ने भएपछि भूमिबाहेक पाँच अध्यादेश अघि बढाउने सहमत भएका छन् । सत्तारुढ जनता समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेश अघि बढाए अरु अध्यादेशमा पनि समर्थन गर्न नसकिने अडान राखेपछि सरकार पाँचवटा मात्रै अध्यादेश अघि बढाउने निष्कर्षमा पुगेको हो। अन्य पाँच अध्यादेश भोलि बस्ने प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेश गरिने सत्तापक्षको संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए। ती अध्यादेश बिहीबार बस्ने राष्ट्रिय सभामा पनि निर्णयार्थ पेश गरिने छ। भूमिसम्बन्धी अध्यादेश भने फिर्ता लिएर चालू अधिवेशनमै विधेयक ल्याउने तयारी गरेको छ । तर, सत्तापक्षका प्रमुख सचेतक…
परासी, २० फागुन। नवलपरासी पश्चिम प्रहरीले धमाधम फरार प्रतिवादीहरुलाई पक्राउ गरिरहेको छ । अदालतबाट दोषी ठहर भएर कैद वा जरिवाना वा दुवै सजाएको फैसला पश्चात सजाए भुक्तान नगरेका फरार प्रतिवादीलाई पछिल्लो समययता प्रहरीले धमाधम पक्राउ गरिरहेको हो । पछिल्लो २३ दिनमा मात्रै विभिन्न मुद्दाका ३७ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ । यस्तै प्रहरीले डाँका मुद्दामा ३२ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई पनि समातेर कारागरमा पुराएको छ । पक्राउ पर्नेमा सुनवल नगरपालिका-१३ का राम बहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिल्ला अदालत नवलपरासीले ०४९ भदौ १८ गते डाँका मुद्दामा गुरुङलाई दोषी…
काठमाडौं,१९ फागुन। पूर्व युवराज पारस शाहलाई हृदयघात भएको छ। उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। आइतबार बेलुका हृदयघात भएपछि शाहलाई नर्भिक अस्पताल उपचारका लागि भर्ना गरिएको छ। शाहको अवस्था अहिले खतरामुक्त रहेको बताइएको छ। नर्भिक अस्पातलले उनको उपचार जारी रहेको बताएको छ।
भैरहवा,१९ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको मतभेदहरु छलफल गरेर पार्टीलाई अघि बढाउनुपर्ने बताएका छन्। भैरहवामा आयोजित कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसलाई जीवन्त र भाइब्रेण्ट डेमोक्रेटिक पार्टी बनाउन सके पार्टीप्रति अझ आकर्षण बढ्दै जाने उल्लेख गरे। ‘हाम्रो बीचमा अनेक किसिमका मतभेदहरु हुन सक्छ।कतिपय कुराहरु नमिल्या हुन सक्छ। यी सबैकुरालाई आपसमा छलफल, मेलमिलाप, विश्वास र कुराकानी गरेर मतभेद हटाउनुपर्छ’, उनले भने, ‘कांग्रेसलाई हिजो भन्दा अझ ठूलो पार्टी बनाउनुपर्छ।’ उनले लोकतन्त्र/प्रजातन्त्रमा प्रतिपक्षी पार्टीको धैरै भूमिका हुने बताए । ‘हाम्रो देशमा लोकतन्त्र, प्रजातन्त्र छ, यो अत्यन्तै समावेशी, समानुपातिक…
भैरहवा,१९ फागुन। रुपन्देहीको भैरहवामा रहेका जिल्ला कारागारलाई स्थानान्तरणका लागि गृहमन्त्री रमेश लेखक र सिद्धार्थनगर नगरपालिकाका (भैरहवा) मेयर इश्तियाक अहमद खाँबीच भेटवार्ता भएको छ। बजारमै कारागार हुँदा विभिन्न समस्या भएको तथा नगरको सुन्दरतामा समेत नकारात्मक प्रभाव परेको भन्दै मेयर खाँले सोमबार स्थानान्तरण गर्नका लागि गृहमन्त्री लेखक सँग आग्रह गरेका छन्। उनले कारागारको जग्गा नगरपालिकालाई दिनुपर्ने र सोको सट्टा नगरपालिकाले कारागारलाइ अन्यत्र जग्गा दिने जानकारी गृहमन्त्रीलाई गराएका थिए। जवाफमा गृहमन्त्री लेखकले कारागारको नयाँ बन्ने भवनका लागि बजेटको सुनिश्चितता गरेर स्थानान्तरण गर्ने आश्वासन दिए। प्रस्ताव सकारात्मक र समय सापेक्ष रहेको उल्लेख गर्दै उनले भवन निर्माणको लागि आगामी बजेटमा पहल गर्ने जानकारी दिए ।
भैरहवा १८ फागुन। शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँगै बुद्धसँग सम्बन्धित रुपन्देही, नवलपरासी र कपिलबस्तुमा रहेका पुरातात्विक बौद्ध स्थलहरुको पर्यटन प्रर्वद्धनका लागी आयोजित ‘बुद्ध ज्ञान साईकल यात्रा’ सकिएको छ। फागुन १६ गते भैरहवाको बुद्धचोकबाट सुरु भएको ‘बुद्ध ज्ञान साईकल यात्रा’ १७ गते गौतमबुद्धको जन्मस्थल लुम्बिनी पुगेर सकिएको कार्यक्रम संयोजक शैलेन्द्र श्रेष्ठले जानकारी दिए। साईकल सिटी भैरहवाको आयोजनामा गत बर्ष देखि सुरु भएको ‘बुद्ध ज्ञान साईकल यात्रा’को दास्रो संस्करणमा जर्मन, भारत र नेपालका गरी एक सय तिस साईकिलिष्टहरु सहभागी थिए। दुई दिने यात्रामा सबै भन्दा कम उमेरका बालक ८ वर्षीय किस्टोफर श्रेष्ठ, बालिकामा ११ वर्षीया आस्वानी खरेल सहभागी थिए। त्यस्तै जेष्ठ नागरिकमा…
भैरहवा,१८फागुन । नेपाली कांग्रेसले पार्टीको खम्बाको रुपमा रहेको प्रतिनिधिसभा क्षेत्रिय सभापति तथा क्षेत्रिय प्रशिक्षण शाखा प्रमुखहरुलाई प्रशिक्षण तथा अभिमुखीकरण प्रदान गर्ने भएको छ। भैरहवामा फागुन १९ र २० गते संचालन हुने कार्यक्रमको उद्घाटन सभापति एवम पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले गर्ने बताइएको छ। नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने उक्त कार्यक्रममा देशभरका प्रतिनिधिसभा अन्र्तगतका १३० जना क्षेत्रीय सभापति र सोही संख्यामा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुख तथा एक वटा मात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लाबाट प्रदेश सभा अन्तर्गतका क्षेत्रीय सभापति ७० जना गरी कुल ३३० जनाको सहभागीता रहने नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पूर्ण…
भैरहवा, १८ फागुन। रुपन्देही प्रहरीले सियारी गाउँपालिका-२ भगदरीमा भएको महिलाको हत्याको गुत्थी सुल्झाएको छ। गत फागुन ८ गते भगदरी स्थित खेतमा परालले छोपिएको अवस्थामा दाङको लमही नगरपालिका-७ उच्च लिम्बुको संगिता चौधरी (४०) को शव फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीको कमाण्डमा गठित अनुसन्धान टोलीले नौ दिन अनुसन्धान गरेर हत्याको आरोपमा रुपन्देहीको तिलोत्तमा नगरपालिका-१२ का अजय उर्फ अमिरीका थारु(४२)लाई पक्राउ गरेको छ। जसको विवरण प्रहरीले आईतबार सार्वजनिक गरेको छ। मादक पदार्थ सेवन गरी झैझगडा हुँदा अमिरीकाले ढुंगाले हानेर संगिताको हत्या गरेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एंव सूचना अधिकारी सुरज कार्कीले जनाए। मृतक र आरोपी…
काठमाडौं,१८ फागुन। सर्वोच्च अदालतमा आइतबार (आज) इजलास नबस्ने भएको छ। नेपालकै प्रथम महिला न्यायाधीश तथा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश शारदा श्रेष्ठको निधनमा शोक व्यक्त गर्दै सर्वोच्च अदालतले आइतबार इजलास नबस्ने निर्णय गरेको हो। सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले आइतबार सर्वोच्च अदालतका कुनै पनि इजलास नबस्ने निर्णय भएको जानकारी दिए । ८४ वर्षकी पहिलो महिला न्यायाधीश श्रेष्ठको शुक्रबार निधन भएको थियो । उनी ०६१ वैशाख ३ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएकी थिइन् । उनले ०६५ जेठ २० मा अवकाश पाएकी थिइन् ।