


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, १७ फागुन । रुपन्देहीको मायादेवी गाउँपालिकामा एक युवाको हत्या गरिएको छ। जिल्ला मायादेवी गाउँपालिका-२ डन्टहवाका २९ वर्षीय राकेश सिंह लोधको हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रंजितसिंह राठौरले जानकारी दिए। मायादेवी गाउँपालिका-२ का वडाअध्यक्ष अग्नु यादवले लोधको गोली प्रहार गरेर हत्या गरिएको देखिएको बताए। ‘शरिर पुरै रगतले लतपतिएको छ’, उनले भने, ‘प्रहरीले यहाँ घटनास्थलमा आफ्नो प्रक्रिया पुरा गरिररहेका छन्।’ ‘घरको बरण्डामा लोध मृत अवस्थामा भेटिएका छन्’ रुपन्देहीका एसपी राठौरले भने, ‘गोली हानेर हत्या गरिएको हो वा कसरी हत्या भएको हो ? अहिले नै केही भन्न सकिन्न । पोष्टमार्टम पछि विषय खुल्नेछ।’ उनका अनुसार घरमा…
भैरहवा, १६ फागुन। लुम्बिनी प्रदेश सकारले सञ्चार गृहहरुलाई समाचार सामग्री उत्पादन, प्रकाशन तथा प्रशारणका लागि दिने अनुदान रकममा विभेद गरेको भन्दै अनलाइन मिडिया सोसाइटी लुम्बिनी प्रदेशले आपत्ति जनाएको छ। प्रदेश सरकारले अनलाइन मिडियालाई मासिक एक हजार रुपैयाँ अनुदान रकम उपलब्ध गराउने निर्णयले राहतभन्दा बढी अपमानित हुनुपरेको सोसाइटीले जनाएको छ। सोसाइटीका लुम्बिनी प्रदेश अध्यक्ष गौतम भुसाल तथा महासचिव दीपक घिमिरेले विज्ञप्ति जारी गर्दै प्रदेश सकारको निर्णय सच्याउन आग्रह गरेका छन्। ‘लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले सञ्चार गृहहरुलाई सूचना तथा समाचार सामग्री उत्पादन, प्रकाशन तथा प्रशारणका लागि दिने भनिएको अनुदान रकममा डिजिटल मिडियाप्रति गरिएको विभेदपूर्ण व्यवहारप्रति अनलाइन मिडिया सोसाइटी…
बुटवल, १५ फागुन । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको बिहीबार (आज) देखि ११५ औं वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा आज मूल समारोहको आयोजना गरी मनाइँदैछ। लुम्बिनी प्रादेशिक अस्पताल पश्चिम नेपालको पुरानो अस्पताल मध्येमा पर्छ। रुपन्देहीको बुटवल उपमहानगरपालिकामा महेन्द्र र सिद्धार्थ राजमार्गको संगमस्थलमा अवस्थित यो अस्पतालले लुम्बिनी प्रदेशका सबै जिल्ला, साथै गण्डकी प्रदेशको स्याङ्जा र पर्वत जिल्लाका केही भागका जनतालाई सेवा प्रदान गरेको छ । करिब ४० लाख जनसंख्यालाई अस्पतालबाट सेवा दिँदै आएको तंथ्याकमा उल्लेख छ । लुम्बिनी प्रादेशिक अस्पताल वि.सं. १९६७ सालमा २ जना बंगाली चिकित्सकहरुबाट आधुनिक उपचार सुरु गरिएको बताइन्छ। अस्पतालले ११५ वर्ष पुरानो इतिहास बोकेको…
काठमाडौ,१५फागुन। काठमाडौंमा बिहीवारदेखि ‘डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ सुरु भएको छ। सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे। दुई दिनसम्म सञ्चालन हुने सम्मेलनबाट डिजिटल अपराधका अनुसन्धान, अभियोजन तथा न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान गर्दै कानूनी, नीतिगत तथा संस्थागत सुधारको मार्गचित्र तय गर्ने उद्देश्य लिइएको महान्यायाधीवक्ता रमेश बडालले बताए। उनका अनुसार सम्मेलनमा नेपालसहित, संयुक्त राज्य बेलायत, नेदरल्याण्ड्स, मलेसिया, साउदी अरेबिया, सिंगापुर, माल्दिभ्स, दक्षिण कोरिया, अजरबैजान, भारत, चीन, श्रीलंका, नर्वे र रुस लगायत १३ राष्ट्रका ९० भन्दा बढी सरकारी वकिल, कानून विज्ञ, न्यायाधीश तथा सम्बन्धित निकायका उच्च अधिकारीहरुको सहभागिता रहेको छ। नायब महान्यायाधिवक्ता टेकराज घिमिरेका अनुसार हाल साइबर संसारमा हुने अपराधको ५…
काठमाडौं,१५फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालले समाजको खुसी खोसिरहेको बताएका छन् ।प्रविधिको दुरुपयोगले सामाजिक अपराधहरु बढ्दै गइरहेको प्रति चिन्ता व्यक्त गर्दै उनले भने,‘मानिसहरु क्षणिक रुपमा खुसी भए पनि सामाजिक सञ्जालले समाजको खुसी खोसिरहेको छ।’ काठमाडौंमा आजदेखि सुरु भएको डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिले प्रविधि राज्य र समाजका लागी चुनौती भएको भन्दै प्रविधिको सहायतामा सञ्चालित सामाजिक सञ्जालहरु सभ्य समाज र राज्यका लागि अवरोध भएर आएको बताए। उनले समाजको खुसीका लागि पनि सामाजिक सञ्जालहरु बाधा बनिरहेका बताए। डिटिजल युगमा अपराधीहरुले यसको सहायताबाट अपराध गर्न उद्दत भइरहेको उनले बताए। भलाइ र मानवीय सुखका लागि प्रविधिको प्रयोग हुनुपर्ने भए…
भैरहवा, १५ फागुन। प्रहरीले तिलोत्तमा नगरपालिकाका दुई जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका १५ मधवलियाका रोहित भन्ने सर्वजित चौधरी र मनोज चौधरी रहेको प्रहरीले जनाएको छ। लागुऔषध अन्य मुद्दामा अदालतबाट दोषी ठहर भएका उनीहरुलाई रुपन्देहीको इलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीले जनाए। उनका अनुसार पक्राउ परेका सर्वजितलाई २५ दिन कैद र ४५० रुपैयाँ जरिवाना सजाए र मनोजलाई २ महिना कैद सजाएको फैसला भएको थियो। पक्राउ परेका दुई युवाहरुलाई जिल्ला अदालत रुपन्देही पेश गरिएको र त्यहाँबाट सजाए भुक्तानका लागि कारगार चलान गरिएको प्रहरीले जनाएको छ…
भैरहवा, १५ फागुन। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख (मेयर) इश्तियाक अहमद खाँले सरसफाईको दिगो व्यवस्थापनको लागी समुदाय एवं जनसहभागिता महत्वपूर्ण हुने बताएका छन्। बङ्गलादेशको राजधानी ढाकामा आयोजित अन्तरदेशीय स्वस्थ्य तथा सरसफाई सम्बन्धी ट्वाईलेट कनफ्रेन्स सम्मेलनलाई सम्बोधन गर्दै उनले सरसफाई कार्यक्रम सञ्चालन गर्न जनताको सहभागिता महत्वपूर्ण हुने बताएका हुन । ‘राम्रो स्वच्छता र उचित फोहोर डिस्पोजललाई प्रोत्साहित गर्दै हामी विद्यालय र छिमेकमा नियमित रुपमा जागरुकता अभियानहरु चलाउँछौँ’,उनले भने, ‘समुदाय नेतृत्वको कार्यक्रमहरुले घरपरिवारलाई शौचालय निर्माण र प्रयोग गर्न मद्दत गरेको छ र महिला समूहहरुले सरसफाई सुविधाहरु कायम राख्न ठूलो भूमिका खेलेको छ।दुवै अनसाइट र अफ-साईट सरसफाई मूल्य श्रृङ्खलालाई पनि प्राथमिकता दिइन्छ।’ उनले…
काठमाडौं,१५ फागुन। काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित चार जना विदेशी नागरिकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा उज्वेकिस्तानका तीन महिला अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना साओदत फैजिवा, गुलामनोभन उमिदा अखमेदोभ र पुरुष सरदार तुर्सुनोभ रहेका छन्। दुबई-काठमाडौंको दुबई एफजेएड ५७५ उडानबाट बुधबार राति नेपाल आएका उनीहरुको साथबाट ३ किलो ७४५ ग्राम सुन बरामद भएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठोरले जानकारी दिए। उनका अनुसार भन्सारबाट जाँचपास सकेर निस्किने क्रममा शंका लागेर खानतलासी गर्दा सुन बरामद भएको हो। सुन महिलाको साथबाट बरामद भएको हो। एउटै समूहका भएकाले अनुसन्धानका लागि पुरूषलाई समेत पक्राउ गरिएको हो। घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
भैरहवा, १४ फागुन । रुपन्देहीको ओमसतिया गाउँपालिकाको कार्यालयले बिहीवार सार्वजनिक विदा दिएको छ। गाउँपालिकाले फागुन १५ गते बिहीबार ४३ औं मगर दिवस हर्षोल्लासका साथ मनाउन सार्वजनिक बिदा दिएको हो । मगर समुदायको उपस्थिति रहेको गाउँपालिकामा मंगलबारको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनु) ले जानकारी दिए । त्यस्तै दिवसको अवसरमा सिद्धार्थनगर नगरपालिकाले पनि पालिकामा स्थानीय सार्वजनिक विदा दिएको छ।
नवलपरासी पश्चिम, १३ फागुन। नवलपरासी पश्चिम जिल्लाको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा दुई समूहबीच झडप भएको छ । प्रेम सम्बन्धको विषयमा केटा र केटी पक्षबीच झडप हुँदा सर्वसाधरण र प्रहरी घाईते भएका छन् । झडपका क्रममा केटा पक्षको समूहले केटी पक्षका आफन्तको कवार्ड गोदाममा आगजनी गरेको र घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । स्थानीयहरुका अनुसार सोमबार साँझ केटाका भाइ काम विशेषले बेलासपुर आउँदा अर्को पक्षको समूहले गरेको कुटपिटको विषयमा मंगलबार केटा पक्षका समूह कुटपिटको कारण सोध्दै बिहान केटीको आफन्तको घरमा पुगेपछि दुई समूहबीच झडप सुरु भएको हो। दुई समूहबीच झडप भइरहँदा गाडीको ठक्करबाट दुईजना घाइते भएपछि स्थित तनावग्रस्त भएको…