Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, १४ माघ । भैरहवाको श्री दुर्गा सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३, ५ र ६ ले कम्बल वितरण गरेको छ । जाडोयाममा बढेको शितलहरलाई मध्यनजर गर्दै सामुदायिक केन्द्रले वृद्धवृद्धा, असहाय तथा विपन्नहरुलाई कम्बल वितरण गरेको कार्यक्रम संयोजक तथा सामुदायिक सेवा केन्द्रका वरिष्ठ उपाध्यक्ष आनन्द प्रसाद न्यौपानेले बताए । विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै दुर्गा सामुदायिक सेवा केन्द्रले परोपकारी कार्य गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले बताए । ‘सहयोग गर्न मन ठूलो हुनुपर्छ’, उनलेभने–‘सबैले सबैलाई सहयोग गर्ने भावना हुँदैन, सहयोगी हात अघि बढाउनु आफैमा महत्वपूर्ण कार्य हो ।’ पछिल्लो समय अनलाइनमार्फत ठगी…

Read More

भैरहवा, १४ माघ । खुला सीमानाको उचित व्यवस्थापन र भन्सार सम्बन्धि कानुन संशोधन गरेर राजस्ववृद्धि गर्न सकिने सरोकारवालाहरुले बताएका छन् । खुला सीमानाका कारण राजस्व चुहावट भइरहेकोले त्यसको व्यवस्थापनका लागि भन्सार विधेयक संशोधन नगरी नहुने अवस्था देखिएको उनीहरुको भनाइ छ । प्रतिनिधि सभाको अर्थ समितिका सभापतिसहितका सदस्यहरु, लुम्बिनी प्रदेशका भन्सार प्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु, प्रहरी प्रमुखहरु निजी क्षेत्रका प्रतिनिधिहरुको संयुक्त छलफलले वस्तुको भन्सार मूल्यांकन, सवारीसाधन चेकजाँच र भन्सार प्रक्रियालाई छिटोछरितो र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशले रुपन्देहीको भैरहवामा आयोजना गरेको खुल्ला सीमाना र यसले पारेको प्रभाव विषयक बृहत अन्तरक्रिया…

Read More

भैरहवा, १४ माघ । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा पत्रकार मनोरन्जन शर्मा पुरस्कृत भएका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भैरहवा भन्सार कार्यालय, रुपन्देहीको आयोजना र लुम्बिनी प्रेस क्लबको सहकार्यमा आइतबार बेलहियामा आयोजित कार्यक्रममा पत्रकार शर्मालाई पुरस्कृत गरिएको हो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मी, नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष मधु प्रसाद पन्थी लगायतले पत्रकार शर्मालाई नगदसहित सम्मान पत्र, खादा र मालाले सम्मान गरेका हुन् । भैरहवा भन्सार कार्यालयबाट सम्पादन भएका कार्यहरु सकारात्मक रुपमा सम्प्रेषण गरी कार्यालयका गतिविधि प्रचारप्रसारमा योगदान पुर्याएको भन्दै शर्मालाई पुरस्कृत गरिएको हो । विगत २…

Read More

भैरहवा, १३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एंव गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेसमेत विरुद्ध दर्ता भएको सहकारी र संगठित अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीवार देखि सुरु भएको थुनछेक बहस आइतबार सकिएपछि न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले धरौटीमा छाड्न आदेश गरेसँगै लामिछानेले बैंक ग्यारेन्टी मार्फत धरौटी बुझाएर रिहा भएका छन् । ‘गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले नै आर्थिक कारोबार गर्ने गरेको पाइएको भन्ने वित्तीय विश्लेषणको प्रतिवेदन ग्लोबल आइएमई बैंकमा रहेको खाता न. ००४०१०१०००००५७७, नविल बैंकको खाता नं.०१९०१०१७५०२१८१ र सिभिल बैंकको खाता नं. ००२१०६१२११००१२…

Read More

भैरहवा, १३ माघ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने न्यायालयप्रति आभार व्यक्त गरेका छन् । जिल्ला अदालत रुपन्देहीमा उनीसमेत विरुद्ध दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दाको थुनछेक बहसपछि न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले एक करोड रुपैयाँ धरौटीमा लामिछानेलाई छाड्न आदेश दिएको छ । न्यायाधीशको आदेशपछि बैंक ग्यारेन्टी मार्फत् धरौटी रकम बुझाएर अदालतबाट रिहा हुँदै लामिछानेले भने- ‘मेरो अहिलेलाई भन्नुपर्ने केही छैन । भन्नुपर्ने बेला आउँदा भन्छु, अहिलेलाई न्यायालयप्रति आभार व्यक्त गर्दछु ।जति पनि देश–विदेशबाट मेरो न्यायको लागि आवाज उठाउने सम्पूर्णलाई धेरै–धेरै धन्यवाद ।’ अदालतको आदेशमा भनिएको छ- ‘नारायण बहादुर पहाराई समेतको जाहेरीले…

Read More

भैरहवा, १३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले धरौटीमा छाड्न आदेश गरेको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा लामिछानेसमेत विरुद्ध दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दाको बिहिवार देखि सरु भएको थुनछेक बहस आइतबार सकिएपछि अदालतले लामिछानेलाई धरौटीमा छाड्ने आदेश गरेको हो । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले मुद्दाको प्रतिवादी लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार यज्ञमूर्ती ज्ञवालीले बताए । लामिछाने धरौटी बुझाएपछि रिहा हुनेछन् । आइतबार थुनछेकको जवाफी बहसमा जिल्ला सरकारी…

Read More

भैरहवा, १३ माघ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एंव गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेसमेत विरुद्ध जिल्लाल अदालत रुपन्देहीमा दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दाको थुनछेक बहस सकिएको छ। जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा बिहीवार देखि सुरु भएको मद्दाको थुनछेक बहस आइतबार सकिएको अदालतका श्रेष्तेदार यज्ञमूर्ती ज्ञवालीले बताए । साथै, उनले थुनछेक बहसको आदेश आजै आउने बताए । न्यायधीश योगीले इजलासको बेन्च सहायकको सहयोगमा आदेश लेखिरहेको स्रोतले बतायो । आइतबार थुनछेकको जवाफी बहसमा जिल्ला सरकारी वकिल कार्यालयको तर्फबाट जिल्ला न्यायाधीवक्ता प्रेमराज पौडेल र जाहेरवालाको तर्फबाट अधिवक्ता रमन कुमार कर्ण गरेका थिए। उनीहरूले जाहेरी दरखास्तहरू,…

Read More

भैरहवा, १३ माघ । नेपालको स्थानीय बजारमा सुनको मुल्य प्रतितोला दुई सय रुपैयाले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ । शुक्रवार सुन प्रतितोला १ लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आइतबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १८ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रवार प्रतितोला १८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

Read More

भैरहवा, १३ माघ । रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको शनिबारको खेलमा प्रोफेसनल मास्टर्स–११ लाई ८० रनले पराजित गर्दै मेलवर्न क्रिकेट क्लब (एमसीसी) जित हात पारेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको एमसीसीले निर्धारित ३९ ओभरको खेलमा ९ विकेटको नोक्सानीमा २ सय ८ रन बनायो । उसका लागि आदित्य यादवले ५९, सन्दीप रजालीले ५६, अमन खानलले ३० र विपिन आचार्यले १३ रन बनाए । बलिङमा प्रोफेसनलका कर्ण साहनी र ड्रस सुनारले २–२ तथा अख्तर हुसेन र जयप्रताप यादवले १–१ विकेट लिए । जवाफी ब्याटिङ गरेको प्रोफेसनल ३८ ओभर ४ बलमा १ सय २८ रन बनाउँदा…

Read More

दाङ,१३ माघ । दाङको तुलसीपुरस्थित एनएमबी बैंकमा चोरी गर्न लाग्दालाग्दै एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर–१८, दुधराशका २७ वर्षीय सन्तोष चौधरी रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीका अनुसार राति २ बजे बैंकको गेटको ताला तोडेरभित्र पसिसकेको अवस्थामा चौधरीलाई पक्राउ गरिएको हो । बैंक चोरी हुन थालेको सूचना पाएपछि प्रहरी टोलीले चौधरीलाई ताला तोड्ने हथौँडा, छिना र पिलाससहित पक्राउ गरेको छ । साथै, आरोपीले प्रयोग गरेको रा ५ प ९७९ नम्बरको स्कुटर पनि बरामद भएको उनले बताए । चौधरीलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More