Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,१८ फागुन। नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। आइतबार केन्द्रीय कार्यालय च्यासलमा अपराहन्न २ बजेदेखि बैठक बस्ने कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिए। उक्त बैठकमा सरकारले ल्याएका अध्यादेश पारित गर्ने विषयमा छलफल गर्ने बुझिएको छ।सत्ता–सहकार्यमा रहेको नेपाली कांग्रेसले पनि दबाब बढाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका हुन् । आँफैले ल्याएको अध्यादेश सदनबाट पारित हुने अवस्था नभएपछि प्रधानमन्त्री ओलीले दबाब महसुस गर्दै निर्णायक कदम चाल्ने रणनीति बनाउन लागेको बुझिएको छ।सरकारमै रहेको दलहरुले अध्यादेशको विरोध गरेपछि प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेका छन् ।

Read More

धनगढी, १८ फागुन। कैलालीको एक सामुदायिक जंगलमा दुई जना युवाको शव भेटिएको छ। धनगढी उपमहानगरपालिका–९ स्थित सालघारी सामुदायिक जंगलमा धनगढी उपमहानरपालिका–१० का ३० वर्षीय देवल चौधरी र सोही स्थानका ३२ वर्षीय कैदा रानाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी तथा प्रवक्ता कविन्द्र सिंह बोहोराले बताए । उनका अनुसार चौधरीको शव जामुनको रुखमा झुडिएको अवस्थामा र रानाको शव रुख भन्दा २० मिटर टाढा भुईँमा फेला परेको हो। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Read More

धनगढी,१८ फागुन। बैतडीमा गोली प्रहार गरेर युवकको हत्या गरिएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–८ का २५ वर्षीय सुरेन्द्र विष्टको गोली प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ। गोली प्रहारबाट घाइते भएका विष्टको उपचारका क्रममा अस्पतालमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्र मिश्रले बताए। नातामा दाजु पर्ने कर्ण विष्टले गोली प्रहार गरेको आरोप छ। घटना पश्चात कर्ण फरार रहेकोले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुई जनाबीच रकम लेनदेनको विषयमा शनिबार दिउँसो विवाद भएकोले सोही विषयलाई लिएर शनिवार साँझ उनीमाथि गोली प्रहार भएको हुन सक्ने आशंका गरिएको छ ।

Read More

बुटवल,१८फागुन। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रविधिमैत्री बन्नुपर्ने आवश्यकता औंल्याएका छन्। प्रहरी प्रशासनको पहिलो प्राथमिकताका रुपमा अनुसन्धानलाई सशक्त बनाउँदै जनविश्वास आर्जन गर्ने तथा परिणाममुखी योजना तर्जुमा गर्न आवश्यक रहेको उनको धारणा छ । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रमा भएको प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले नेपाल प्रहरी अपराध अनुसन्धानका क्षेत्रमा अब्बल भए पनि केही घटनामा परिणाम आउन नसकेपनि प्रभावकारी नतिजा ल्याएको उल्लेख गरे । अनुसन्धान प्रक्रियालाई अझ परिस्कृत गर्दै नयाँ ढंगले अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए। ‘प्रहरीले गर्ने अध्ययन, अनुसन्धानको काममा प्रविधिलाई जोड्न जरुरी छ।अहिले धेरै साईबर अपराध हुन थालेका छन्, तसर्थ…

Read More

भैरहवा, १८ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल निकट लोकतान्त्रिक विद्यार्थी संघ रुपन्देहीको अध्यक्षमा अमन बनिया चयन भएका छन् । जिल्लास्तरीय भेलाले बनियाको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको संघका केन्द्रीय सचिव जैनुद्दिन देवानले बताए। त्यस्तै जिल्ला उपाध्यक्षमा भूपेन्द्र भट्ट, सचिवमा रोनक (अभिलाष) श्रीवास्तव र कोषाध्यक्षमा सुशीला यादव चयन भएका छन्। त्यस्तै सदस्यहरुमा रम्भा गुप्ता, अनदीप यादव, कमरान अली, मुन्नी जैसवाल, रामनाथ गुप्ता, ओक्कार युनुस, सुदामा थारु, राजन कोहार, प्रविण कुमार चौधरी थारु, मनिष हरिजन, फूलचन्द्र हरिजन, इन्द्रमणि यादव र विजयकुमार बरई चयन भएका छन् । अध्यक्ष बानियाले मुलुकको विद्यार्थी आन्दोलनलाई थप उचाईमा पुर्याउन र विद्यार्थी हकहितका…

Read More

भैरहवा, १७ फागुन । रुपन्देहीको मायादेवी गाउँपालिकामा एक युवाको हत्या गरिएको छ। जिल्ला मायादेवी गाउँपालिका-२ डन्टहवाका २९ वर्षीय राकेश सिंह लोधको हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रंजितसिंह राठौरले जानकारी दिए। मायादेवी गाउँपालिका-२ का वडाअध्यक्ष अग्नु यादवले लोधको गोली प्रहार गरेर हत्या गरिएको देखिएको बताए। ‘शरिर पुरै रगतले लतपतिएको छ’, उनले भने, ‘प्रहरीले यहाँ घटनास्थलमा आफ्नो प्रक्रिया पुरा गरिररहेका छन्।’ ‘घरको बरण्डामा लोध मृत अवस्थामा भेटिएका छन्’ रुपन्देहीका एसपी राठौरले भने, ‘गोली हानेर हत्या गरिएको हो वा कसरी हत्या भएको हो ? अहिले नै केही भन्न सकिन्न । पोष्टमार्टम पछि विषय खुल्नेछ।’ उनका अनुसार घरमा…

Read More

भैरहवा, १६ फागुन। लुम्बिनी प्रदेश सकारले सञ्चार गृहहरुलाई समाचार सामग्री उत्पादन, प्रकाशन तथा प्रशारणका लागि दिने अनुदान रकममा विभेद गरेको भन्दै अनलाइन मिडिया सोसाइटी लुम्बिनी प्रदेशले आपत्ति जनाएको छ। प्रदेश सरकारले अनलाइन मिडियालाई मासिक एक हजार रुपैयाँ अनुदान रकम उपलब्ध गराउने निर्णयले राहतभन्दा बढी अपमानित हुनुपरेको सोसाइटीले जनाएको छ। सोसाइटीका लुम्बिनी प्रदेश अध्यक्ष गौतम भुसाल तथा महासचिव दीपक घिमिरेले विज्ञप्ति जारी गर्दै प्रदेश सकारको निर्णय सच्याउन आग्रह गरेका छन्। ‘लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले सञ्चार गृहहरुलाई सूचना तथा समाचार सामग्री उत्पादन, प्रकाशन तथा प्रशारणका लागि दिने भनिएको अनुदान रकममा डिजिटल मिडियाप्रति गरिएको विभेदपूर्ण व्यवहारप्रति अनलाइन मिडिया सोसाइटी…

Read More

बुटवल, १५ फागुन । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको बिहीबार (आज) देखि ११५ औं वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा आज मूल समारोहको आयोजना गरी मनाइँदैछ। लुम्बिनी प्रादेशिक अस्पताल पश्चिम नेपालको पुरानो अस्पताल मध्येमा पर्छ। रुपन्देहीको बुटवल उपमहानगरपालिकामा महेन्द्र र सिद्धार्थ राजमार्गको संगमस्थलमा अवस्थित यो अस्पतालले लुम्बिनी प्रदेशका सबै जिल्ला, साथै गण्डकी प्रदेशको स्याङ्जा र पर्वत जिल्लाका केही भागका जनतालाई सेवा प्रदान गरेको छ । करिब ४० लाख जनसंख्यालाई अस्पतालबाट सेवा दिँदै आएको तंथ्याकमा उल्लेख छ । लुम्बिनी प्रादेशिक अस्पताल वि.सं. १९६७ सालमा २ जना बंगाली चिकित्सकहरुबाट आधुनिक उपचार सुरु गरिएको बताइन्छ। अस्पतालले ११५ वर्ष पुरानो इतिहास बोकेको…

Read More

काठमाडौ,१५फागुन। काठमाडौंमा बिहीवारदेखि ‘डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ सुरु भएको छ। सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे। दुई दिनसम्म सञ्चालन हुने सम्मेलनबाट डिजिटल अपराधका अनुसन्धान, अभियोजन तथा न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान गर्दै कानूनी, नीतिगत तथा संस्थागत सुधारको मार्गचित्र तय गर्ने उद्देश्य लिइएको महान्यायाधीवक्ता रमेश बडालले बताए। उनका अनुसार सम्मेलनमा नेपालसहित, संयुक्त राज्य बेलायत, नेदरल्याण्ड्स, मलेसिया, साउदी अरेबिया, सिंगापुर, माल्दिभ्स, दक्षिण कोरिया, अजरबैजान, भारत, चीन, श्रीलंका, नर्वे र रुस लगायत १३ राष्ट्रका ९० भन्दा बढी सरकारी वकिल, कानून विज्ञ, न्यायाधीश तथा सम्बन्धित निकायका उच्च अधिकारीहरुको सहभागिता रहेको छ। नायब महान्यायाधिवक्ता टेकराज घिमिरेका अनुसार हाल साइबर संसारमा हुने अपराधको ५…

Read More

काठमाडौं,१५फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालले समाजको खुसी खोसिरहेको बताएका छन् ।प्रविधिको दुरुपयोगले सामाजिक अपराधहरु बढ्‍दै गइरहेको प्रति चिन्ता व्यक्त गर्दै उनले भने,‘मानिसहरु क्षणिक रुपमा खुसी भए पनि सामाजिक सञ्जालले समाजको खुसी खोसिरहेको छ।’ काठमाडौंमा आजदेखि सुरु भएको डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिले प्रविधि राज्य र समाजका लागी चुनौती भएको भन्दै प्रविधिको सहायतामा सञ्चालित सामाजिक सञ्जालहरु सभ्य समाज र राज्‍यका लागि अवरोध भएर आएको बताए। उनले समाजको खुसीका लागि पनि सामाजिक सञ्जालहरु बाधा बनिरहेका बताए। डिटिजल युगमा अपराधीहरुले यसको सहायताबाट अपराध गर्न उद्दत भइरहेको उनले बताए। भलाइ र मानवीय सुखका लागि प्रविधिको प्रयोग हुनुपर्ने भए…

Read More