


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
हृदयराम गुप्ता मर्चवार, १६ माघ । रुपन्देहीको मर्चवारी गाउँपालिकामा गुणस्तरीय शिक्षाको लागि दश वर्षे शिक्षा योजना निर्माण हुने भएको छ । योजना निर्माणको लागि विभिन्न चरणको कार्य मध्ये सोमबार सम्पन्न मस्यौदा माथी सरोकारवालाहरुको सुझाव संकलन तथा पृष्ठपोषण कार्यक्रममा सहभागीहरु गुणस्तरीय शिक्षाको लागि आफ्ना रायसुझाव राखेका थिए । कार्यक्रममा मर्चवारी गाउँपालिका अध्यक्ष तथा शिक्षा योजना निर्माण समितिका संयोजक गया प्रसाद बरईले शिक्षा क्षेत्रमा लगानी गरे जस्तो प्रतिफल नआएको बताए । उनले भने ‘मर्चवारको अन्य पालिकाको तुलनामा मर्चवारी गाउँपालिकाले शिक्षा क्षेत्रमा बढी लगानी गरेको छ । शिक्षक तलब, भौतिक संरचना र ब्यवस्थापनमा लगानी गरेका छौँ तर उक्त लगानी अनुसारको उपलब्धी आउन सकेको…
भैरहवा, १६ माघ। नेपालको स्थानीय बजारमा सुनको मूल्य बढेको छ । मंगलबार सुन प्रतितोला एक लाख ५९ हजार दुई सय रुपैयाँमा कारोबार भएकोमा बुधवार प्रतितोला एक हजार चार सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार अघिल्लो दिनको तुलनामा चाँदी २० रुपैयाँ बढेर प्रतितोला १ हजार ८ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ ।
काठमाडौ, १६ माघ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको अर्थतन्त्र उत्पादनभन्दा व्यापारमुखी बन्दै गएको बताएका छन्। बुधवार नेपाल स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन उद्घाटन गर्दै उनले निजी क्षेत्रले विश्व बजारसँग सहज प्रतिस्पर्धा गर्न असहज महसुस गरेको हो कि भन्ने देखिएको बताए । उनले भने, ‘मुलुकको राष्ट्रिय आय अपेक्षित रूपमा वृद्धि हुन नसक्नुमा एकातिर स्वदेशी तथा विदेशी लगानीको सहज वातावरण बन्न नसक्नु र अर्कातिर विश्व बजारसँग हाम्रो निजी क्षेत्रले सहज प्रतिस्पर्धा गर्न असहज महसुस गरेको हो कि भन्ने देखिन्छ । त्यसैले हाम्रो अर्थतन्त्र उत्पादन भन्दा व्यापारमुखी बन्दै गएको छ।’ पछिल्लो समय स्टार्ट अप व्यवसायतर्फ आकर्षण बढ्दो रहेको उनको भनाई छ।…
डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बनेपछि कर्मचारी कटौतीको प्रक्रिया थालेका छन् । त्यहाँको सरकारले संघीय कर्मचारीहरूलाई स्वेच्छाले जागिर छाड्न एक हप्ताको समय दिएको छ । लाखौँ कर्मचारीलाई पठाइएको इमेलमा फेब्रुअरी ६ सम्म (एक साता) को समय दिएर जागिर छाड्ने कर्मचारीलाई आठ महिनाको अतिरिक्त तलब दिइने भनिएको छ । अर्थात्, उनीहरूले अबको एक साताभित्र स्वेच्छाले जागिर छाडे आगामी सेप्टेम्बर ३० सम्मको तलब सुविधा पाउनेछन् । सरकारी तथ्यांक अनुसार, संघीय कर्मचारीको संख्या ३० लाखभन्दा बढी छ । प्यू रिसर्चका अनुसार, संघीय कर्मचारीको औसत कार्यकाल १२ वर्ष हुन्छ । समाचार एजेन्सी एपीका अनुसार, भेटेरेन्स अफेयर्स डिपार्टमेन्टमा काम गर्ने स्वास्थ्यकर्मी, घर वा व्यवसायका लागि ऋण…
दाङ, १६ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वतन्त्रता, गणतन्त्र, समानता र सामाजिक न्यायका लागि जीवन उत्सर्ग गर्ने सहिददहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । सहिद दिवसको सन्दर्भमा जारी सन्देशमा मुख्यमन्त्री आचार्यले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै संविधानले परिकल्पना गरेका लक्ष्यहरू प्राप्त गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका हुन् । उनले राजनीतिक तथा सामाजिक परिवर्तनका आदर्श सहिदका सपना पूरा गर्नु सबै तहका सरकारहरूको मुख्य जिम्मेवारीभित्र पर्ने बताए । ‘संघर्ष र आन्दोलनका माध्यमबाट प्राप्त उपलब्धीको उपयोग र रक्षा गर्दै थप उपलब्धि हासिल गर्न आम नागरिक समाज, राजनीतिक दललगायत सबैको साझा दायित्व बन्नुपर्दछ । सुशासन, जवाफदेहीता र दिगो विकास बिना…
सलमान खानभैरहवा, १६ माघ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका जनप्रतिनिधिसमेतले पालिकालाई आम्दानी हुने राजस्व छलेर व्यक्तिगत रुपमा आर्थिक लेनदेन गरी ठेक्काको ‘म्याद थप’ (सम्झौताका लागि सहमती) गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयमा उजुरी परेको खुलेको छ । जनप्रतिनिधीसहित श्री नारायणस्थान मन्दिर संचालक समितिका अध्यक्ष, पूर्वअध्यक्ष, पदाधिकारी र निर्माण व्यवसायी रहेका व्यक्तिविरुद्ध कार्यालयमा केही दिन अघि उजुरी परेको स्रोतले पुष्टि गरेको छ । स्रोतका अनुसार जिल्ला अदालत रुपन्देहीमा जालसाजी मुद्दा खेपिरहेका सिद्धार्थनगर नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरे, वडा नं. ८ का वडाअध्यक्ष राजनजंग राणासमेत जनप्रतिनिधी, श्री नारायणस्थान मन्दिर समितिका अध्यक्ष विष्णुप्रसाद उपाध्याय, समितिका पूर्वअध्यक्ष भविलाल…
भैरहवा, १६ माघ। भारतको प्रयागराजमा आयोजित कुम्भमेलामा भागदौड हुँदा १४ जनाभन्दा बढीको मृत्यु भएको र ५० जनाभन्दा बढी सर्वसाधरण घाइते भएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मृत्यु भएका १४ जनाको शव पोस्टमार्टमको लागि रानी अस्पतालमा ल्याइएको दैनिक भास्करमा उल्लेख छ। मृतकको संख्या फरक फरक आइरहे पनि सरकारी निकायबाट भने मृत्यु वा घाइतेहरूको संख्याको बारेमा औपचारिक जानकारी दिइएको छैन । भागदौड पछि प्रशासनको अनुरोधमा सबै १३ अखाडाहरूमा नै आज हुने मौनी अमावस्या (औंसी)को अमृत स्नान रद्द गरेका थिए। यसपछि अखाडाहरूले बैठक गरेर बुधवार बिहान १० बजेपछि अमृत स्नान गर्ने निर्णय गरिएको छ। प्रधानमन्त्री मोदी र गृहमन्त्री अमित शाहले फोनमा मुख्यमन्त्री योगीसँग…
भैरहवा, १५ माघ। भैरहवाको युनिभर्सल मेडिकल कलेज अफ शिक्षण अस्पताल (युसियमयस), ‘नशा तथा मानसिक रोग विभाग’को २४औं वार्षिकोत्सवको अवसरमा विचार गोष्ठी सम्पन्न भएको छ। कार्यक्रममा आवासीय चिकित्सक डा.अभिज्ञा कोइरालाले मानसिक स्वास्थ्यको महत्व र चुनौती सम्बन्धमा प्रस्तुतीकरण गरेकी थिइन् । डा.अनमोलबन्धु कार्कीले युसियमयसमा ‘नशा तथा मानसिक रोग विभाग’ को स्थापना, संक्षिप्त इतिहास तथा भावी योजनाका सम्बन्धमा प्रकाश पारेका थिए । युसियमयसमा नशा तथा मानसिक रोग विभागको स्थापना २५ जनवरी २००१ मा भएको थियो । गत आर्थिक वर्षमा विभागले ओपिडी सेवा मार्फत् करिब ३३ हजार ६४५ जना विरामीहरुको उपचार गरेको छ । जसमा ४२ प्रतिशत पुरुष र ५८ प्रतिशत महिला छन् ।…
भैरहवा, १५ मा । भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा तिरुपति क्रिकेट क्लबले सहज जित हात पारेको छ । प्रसितयोगता अन्र्तगत ‘ए’ डिभिजनको मंगलबार भएको क्रिकेट खेलमा तिलोत्तमा क्रिकेट एकेडेमीलाई ६ विकेटले पराजित गर्दै जित हात पारेको हो । तिलोत्तमाले दिएको १ सय ४४ रनको लक्ष्य तिरुपतिले २५ ओभर ३ बलमा ४ विकेटको नोक्सानीमा १ सय ४५ रन बनाउँदै सहजै पूरा गर्यो । उसको जितमा तुलबहादुर थापाले ३९ बलमा ४ चौका र ६ छक्काको मद्दतमा नटआउट ६१ रन बनाए । यस्तै, बसिर अहम्मदले ४७ र सन्दीप मौर्यले २२ रन बनाए । बलिङमा तिलोत्तमाका सागर भण्डारी र आशुतोष…
काठमाडौ, १५ माघ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेलाई थुनामुक्तको माग गर्दै दर्ता भएको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश डा.कुमार चुडालको इजलासले पाण्डेलाई थुनामा राख्नुको कारण सोधेको हो। गैरकानुनी रुपमा थुनामा राखेको भन्दै पाण्डेकी श्रीमती मञ्जु पाण्डेले गत शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय, गृह मन्त्रालय, काठमाडौँ जिल्ला अदालत ,महान्यायाधिवक्ताको कार्यालय ,काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालय,काठमाडौँ जिल्ला प्रहरी परिसर र सर्वोच्च अदालतलाई विपक्षी बनाउँदै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पाण्डे गत बैशाख २० गते पक्राउ परेका थिए।