Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, २१ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) निकट लोकतान्त्रिक विद्यार्थी संघको केन्द्रीय सचिवमा रुपन्देहीका जैनुद्दीन देवान मनोनित भएका छन् । संघका केन्द्रीय अध्यक्ष रोशन कुमार मिश्रले उनलाई सचिवमा मनोनयन गरेका हुन् । त्यस्तै अध्यक्ष मिश्रले रुपन्देहीका अजय कुमार जैसवाललाई लोकतान्त्रिक विद्यार्थी संघको उपाध्यक्ष, उमेश अग्रहरीलाई सह महासचिव तथा रुपन्देहीकै धिरज पाल, अमन बनिया, आकाश यादव र जीवन तिवारीलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । संघको संशोधित विधान अनुसार विभिन्न जिल्लाका विद्यार्थी नेताहरुलाई पदाधिकारी तथा सदस्यहरुमा मनोनयन गरिएको छ ।

Read More

भैरहवा,२१ कार्तिक । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ५ किलो बढी सुनसहित तीन जना विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चिनियाँ नागरिक जियान झोङ र म्यानमारका सातनाइन टुङ र इन ङोन फू रहेको सशस्त्र प्रहरीले जनाएको छ । दुबईको शारजाहबाट १२ थान स्पिकरमा लुकाएर ल्याएको ५ किलो ७ सय ग्राम सुनसहित उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । गएरराति एयर अरेबियाको उडान नम्बर जी ९५३० बाट काठमाडौं विमानस्थलमा ओर्लिएका उनीहरुलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक गर्ने क्रममा लगेजभित्र रहेको स्पिकरबाट सुन बरामद भएको हो । उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलय र सशस्त्र प्रहरी बल नेपाल…

Read More

सलमान खान भैरहवा, २० कार्तिक । नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्सले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा–दुबई उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सले कार्तिक २३ गते (शुक्रवार) देखि काठमाडौं–भैरहवा–दुबई–काठमाडौं उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । उनका अनुसार साताको आइतबार, सोमबार, बुधवार र शुक्रवार राति ९ः३० बजे काठमाण्डौंबाट उडान भर्ने नेपाल एयरलाइन्स करिब आधा घण्टापछि भैरहवा विमानस्थलबाट यात्रु लिएर दुबई प्रस्थान गर्ने तालिका छ । हाल भैरहवा विमानस्थलबाट नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्स, संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबई, कुवेतको जजिरा एयरवेज र थाइल्याण्डको वायुसेवा थाइ एयर एशियाले नियमित उडान गर्ने भएको छ…

Read More

दाङ,२० कार्तिक। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन भ्रमणमा जाने भएका छन्। लुम्बिनी प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री आचार्यको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए । सिचुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुख्यमन्त्री आचार्य सहित ७ सदस्यीय प्रतिनिधि मण्डल चीन जान लागेको छ ।त्यहाँ समन्वय र विकासको बिषयमा छलफल गर्न कार्तिक २६, २७ र २८ गते अन्तराष्ट्रिय सम्मेलन हुँदैछ । भ्रमण टोलीमा मुख्यमन्त्रीसहित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ समेत छन् । भ्रमणले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन…

Read More

भैरहवा, १८ कार्तिक । थाईल्याण्डको वायुसेवा कम्पनी एअर एशियाले भैरहवा–बैंकक उडान सुरु गरेको छ । चालक दलका सात सदस्यसहित आइतबार बिहान ७ बजे गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान बिहान ७ः४० बजे भैरहवाबाटै बैंकक प्रस्थान गरेको विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए । उनले विमानस्थलबाट एअर एशियाले हप्तामा दुई वटा उडान गर्ने बताए । ‘कम्पनीको लागि सुरुवाती चरण भएकोले आज आइतबार आएको र अर्को फ्लाइट ८ नोभ्मबर (कार्तिक २३) गते आउनेछ’ सूचना अधिकारी राउतले भने, ‘त्यसपछि हप्तामा सोमबार र बिहीवार दिउँसो १२ः१५ विमानस्थलमा अवतरण गरेर करिब एक घण्टापछि बैंककका लागि यहाँबाट जानेछ ।’ भैरहवा विमानस्थलबाट एअर एशियाको यो नियमित…

Read More

भैरहवा,१३ कार्तिक । भैरहवामा तिहार पर्वको अवसरमा दीपावली उत्सव कार्यक्रमको आयोजना गरिएको छ । साउण्ड र संगित (म्युजिक) क्षेत्रमा भैरहवाको ब्राण्डको रुपमा स्थापित भएको युनिक साउण्डले लक्ष्मीपूजाको दिन (बिहीवार) बेलुकी ६ बजे देखि मध्यरातसम्म दीपावली उत्सव कार्यक्रम आयोजना गरेको हो । लक्ष्मीपूजाको अवसरमा आपसी सद्भाव, नगरवासीलाई उल्लासमय तिहारको अनुभूति गराउन, संस्कृतिको सम्मान गर्दै स्थानीय कलाकारको प्रवद्र्धन गर्नका लागि कार्यक्रम आयोजना गर्न लागिएको युनिक साउण्डका संचालक रहिश खानले जानकारी दिए । ‘हामीले विगत ८ वर्ष देखि कसैसँग कुनै पनि प्रकारको सहयोग बिना कार्यक्रम आयोजना गर्दै आएका छौँ’, युनिक साउण्डद्धारा आयोजित पत्रकार सम्मेलनमा खानले भने, ‘यस वर्ष पनि आफ्नै व्यक्तिगत लगानीमा कार्यक्रम…

Read More

भैरहवा,१३ कार्तिक । रुपन्देही प्रहरीले झण्डै ५० लाख मूल्य बराबरको सुनसहित बुटवलबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु वाणगंगा नगरपालिका–८ का ३३ वर्षीय अकबर अलि मिया र सोही नगरपालिकाका वडा नम्बर ७ का ३७ वर्षीय अर्घाखाँची सुनचाँदी पसलका संचालक सन्तोष सुनार रहेको प्रहरीले जनाएको छ । कपिलवस्तुको कृष्णनगरबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख ६५४२ नम्बरको बसमा राजश्व छलेर भित्राइएको सुन ल्याइएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । बुटवलको रामनगरमा उक्त बसमा चेकजाँच गर्दा पक्राउ परेका व्यक्तिहरुको साथबाट २९ तोला ५८ दशमलव १ लाल सुन…

Read More

भैरहवा, १३ कार्तिक। लेबनानको सशस्त्र समूह हिजबुल्लाहको कमाण्ड नइम कासिमले सम्हाल्ने भएका छन्। हिजबुल्लाहका कमाण्डर नेता हसन नसरल्लाह इजरायली हवाई आक्रमणमा मारिएपछि हिजबुल्लाहको सिनियर काउन्सिलले कासिमलाई कमाण्डरको जिम्मेवारी दिएको हो। कासिम यसअघि उपमहासचिव थिए । हालै इजरायलले हिजबुल्लाहका धेरै वरिष्ठ नेताहरूलाई मारेको छ । हसन नसरल्लाहपछि उनको उत्तराधिकारी मानिने हाशिम सफीद्दीन पनि इजरायली आक्रमणमा मारिएका थिए ।भारतीय संचारमाध्यको सहयोगमा

Read More

दाङ,१३ कार्तिक। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्वाधार निर्माणमा हुने ढिलासुस्तीलाई सरकारले नसहने बताएका छन् । निर्माणको जिम्मा लिने तर, समयमा काम सम्पन्न नगर्ने प्रवृत्तिलाई अन्त्य गर्ने योजना सरकारले बनाएको जनाउँदै उनले ढिलासुस्तीलाई नसहने स्पष्ट पारे । दाङको धार्मिक पर्यटकीय स्थल बाह्रकुने दहमा मंगलबार आयोजना गरिएको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले पूर्वाधार निर्माणमा हुने ढिलासुस्तीलाई सरकारले नसहने, अटेरी गर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राखेर कारबाही गरिने समेत चेतावनी दिए । बाह्रकुने दह क्षेत्रमा बहुउद्देश्यीय पार्क निर्माणको योजना अघि बढे पनि त्यो कामले गति नलिएकाबारे स्थलगत अनुगमकनका लागि मुख्यमन्त्री आचार्य पुगेका थिए । उनले निर्माण व्यवसायीलाई समयमा काम सम्पन्न गर्न निर्देशन समेत दिए…

Read More

भैरहवा, १३ कार्तिक। नगरको ट्राफिक व्यवस्थापनमा मुख्य चुुनौतीको रुपमा देखिएका अटो–टेम्पो तथा विद्युतीय रिक्सा (ई–रिक्सा) व्यवस्थापनमा सिद्धार्थनगर नगरपालिकाले सक्रियता देखाएको छ । हालै मात्र लुम्बिनी रोड, शान्तिनगरस्थित परासीरोड तथा बेलहियामा हुँदै आएको ठुला सवारी साधनको अब्यबस्थित पार्किङलाई व्यवस्थित गरेको सिद्धार्थनगरले अब अटो टेम्पो तथा ई–रिक्सालाई पनि त्यसैगरी व्यवस्थित गर्न लागेको हो । सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले नगरमा व्यवस्थित पार्किङ गरी ट्राफिक व्यवस्थापन गर्ने, नगरकलाई सुन्दरीकरण गर्ने, उचित भाडादर लागुु गर्ने जस्ता बिषयहरु जोडिएकाले अटो–टेम्पो तथा ई–रिक्सा व्यवस्थापनमा सबैले सहयोग पुर्याउनुु पर्ने बताए । उनका अनुसार सबै सरोकारवालाहरुको सर्वपक्षीय छलफलबाट बिनादर्ता र अव्यवस्थित रुपमा भैरहवा क्षेत्रमा संचालन हुँदै आएका…

Read More