Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, ९ फागुन। नेपाल प्रहरी प्रधान कार्यालयले आफुखुशी कार्यालयमा गैरहाजिर रहेको प्रहरीहलाई सम्पर्कमा आउन ताकेता गरेको छ । प्रहरीको विभिन्न कार्यालयमा कार्यरत दश जना कर्मचारी सम्पर्कबिहीन रहेको छन् । जसमध्ये एक जना सहायक हवल्दार, सात जना जवान र एक जना कार्यालय सहयोगी छन् । यी दश जना प्रहरीहरु गत मंसिर २८ गते देखि माघ २ गते समयावधीको बीचमा सम्पर्कबिहीन भएका हुन् । जसमध्ये सबैभन्दा धेरै पुस महिनामा सम्पर्कबिहीन भएका छन् । कार्यालयमा गैर हाजिर रहेको र प्रक्रिया बमोजिम खोजतलास गर्दा समेत कार्यालयको सम्पर्कमा नआएकोले सात दिन भित्र स्पष्टीकरण सहित कार्यालयमा उपस्थित हुन सम्पर्कबिहीन भएका प्रहरी कर्मचारीहरुलाई सूचित गरिएको छ ।…

Read More

भैरहवा, ११ फागुन। आज सुनको मूल्य बढेको छ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार गत शुक्रबार १ हजार घटेर तोलाको १ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य आज आइतबार २० रुपैयाँले घटेर तोलाको १ हजार ९ सय ७० मा कारोबार भइरहेको छ । गत शुक्रबार तोलाको १ हजार ९ सय ९० रुपैयाँ थियो ।

Read More

भैरहवा, ११ फागुन । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराई अतिरिक्त महानिरीक्षक (एआईजी)का लागि बढुवा सिफारिस भएका छन्। आज बिहान बसेको बढुवा सिफारिस समितिको बैठकले कर्णाली प्रदेश प्रहरी प्रमुखका रुपमा कार्यरत डीआईजी भट्टराईलाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो। एआईजी रवीन्द्र केसीले राजीनामा दिएपछि प्रहरीमा एआईजीको एक पद रिक्त भएको थियो।

Read More

भैरहवा, ९ फागुन । भारतको ओडिसा राज्यस्थित भुवनेश्वरको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्यनरत भैरहवाकी प्रकृति लम्सालको शंकास्पद मृत्युको घटनालाई लिएर विद्यार्थी संगठनहरुले भैरहवामा मसाल जुलुस निकालेका छन् । साथै, मृतक लम्सालको सम्झनामा दीप प्रज्वलन समेत गरेका छन् । प्रकृति बहिनीलाई न्याय दे, विद्यार्थीप्रतिको अन्याय सहदैनौं, केआईआईटीलाई प्रतिबन्ध गर लगायातका नाराबाजी गर्दै निकालिएको मसाल जुलुस भैरहवाको देवकोटा चोकमा पुगेर सभामा परिणत गरिएको थियो । सभालाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघ रुपन्देहीका सभापति सन्दिप पाण्डेले घटनाप्रति दुःख व्यक्त गर्दै केआईआईटी विश्वविद्यालयमा विद्यार्थी पठाउने रुपन्देहीका कन्सलटेन्सीको छानबिन गर्ने र यदि केआईआईटी विश्वविद्यालयमा विद्यार्थी पठाएको पाइए उक्त कन्सलटेन्सीहरुलाई निषेध गरिने बताए…

Read More

भैरहवा, ९ फागुन । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेश स्तरीय छनोट खेलमा बाँकेले जित निकालेको छ। शुक्रबार भएको खेलमा कपिलवस्तुलाई ६९ रनले पराजित गर्दै बाँकेले जित निकालेको हो। भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको बाँकेले निर्धारित ५० ओभरमा ३६ ओभर १ बलमा सबै विकेट गुमाउँदै १ सय ५६ रन योगफल बनायो। जसका लागि रोशन केसीले अविजित ४५ रन जोड्न सफल भए। यस्तै, सुनिल भण्डारीले ४५, सादब अन्सारीले १५ र समसुद्दिन अन्सारीले ११ रन बनाए। बलिङमा कपिलवस्तुका राज अग्रहरीले ६, महेश भर र प्रयासदेव गैरेले समान २–२ विकेट लिए । जवाफी ब्याटिङ गरेको कपिलवस्तु…

Read More

हृदयराम गुप्ता मर्चवार, ९ फागुन रुपन्देहीको सम्मरीमाई गाउँपालिका–२ बनगाईमा सवारी दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । चार जना सवार युपी ५५ क्यू ८४३२ नम्बरको मोटरसाइकल निर्माणधिन कल्र्भटको खाल्डोमा खस्दा सम्मरीमाई गाउँपालिका–१ को ज्ञानमती चमारको मृत्यु भएको भएको रुपन्देहीको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक घनदेव साउदले जानकारी दिए । मोटरसाइकलमा सवार सोही स्थानका इन्द्रजित चमार, युवराज चमार, मनिषा हरिजन घाइते भएको र उनीहरुको भैरहवास्थित यूनिर्भसल कलेज अफ मेडिकल साइन्सेज तथा शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्थानीयहरुका अनुसार निर्माण व्यवसायीले निर्माण स्थलमा दुर्घटनाबाट जोगिनका लागि रेडियम स्टिकर, बोर्ड लगायत…

Read More

भैरहवा, ९ फागुन । नेपालमा गत माघ महिनामा ४ सय ७८ वटा आगलागीका घटना भएका छन् । जसमा २२ जना मृत्यु र ८७ जना घाइते भएका छन् । नेपाल प्रहरीका अनुुसार माघ महिनामा लुम्बिनी प्रदेशमा ६३ वटा आगलागीका घटना भएका छन् । त्यस्तै सूदुरपश्चिम प्रदेशमा ४७, कर्णालीमा ३२, गण्डकीमा ३९, काठमाण्डौ उपत्यकामा ३७, बागमतीमा ४२, मधेसमा ८९ र कोशी प्रदेशमा सबैभन्दा बढी १२९ वटा आगलागीका घटना भएका छन् । यी घटनामा ६८ वटा घर, ६६ वटा गोठ जलेका छने भने १७ जना विस्थापित भएका छन् । २४७ वठा पुशचौपाया पनि क्षति पुगेको छ । नियन्त्रणका लागि तीन हजार पाँच सय…

Read More

अर्घाखाँची, ९ फागुन । लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु गरिएको छ। सामाजिक विकास मन्त्रालयले प्रदेशका सबै विद्यालयमा अध्ययनरत पूर्वविद्यार्थीको ज्ञान, सीप र लगानीको सदुपयोग गर्ने उद्देश्यले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु गर्न लागेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार आफूले अध्ययन गरेको अर्घाखाँचीको अर्घा रजस्थल माध्यमिक विद्यालयबाट अभियानको शुभारम्भ गर्नेछन् । एकसाथ १७ वटा विद्यालयबाट अभियानको शुभारम्भ गरिदैछ । ‘सामूदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन यो अभियान आवश्यक परेको हो’,मुख्यमन्त्री आचार्यले भने–‘७१ प्रतिशत बालबालिकाको रोजाइ बन्न सफल सामूदायिक विद्यालयप्रति अझै भरोसा र विश्वास बढाउन जरुरी छ ।’ सार्वजनिक विद्यालयको शाख र गरिमालाई कायम गर्न सबै सरोकारवालाको सामूदायिक…

Read More

काठमाडौ, ९ फागुन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय बाराका तत्कालीन अधिकृत दीनानाथ मिश्र र मालपोत कार्यालयका अधिकृत सुमनप्रसाद चौधरीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । एक कठ्ठा जग्गालाई तीन कठ्ठा बनाई किनबेच गर्ने प्रकरणमा संलग्न रहेको आरोपमा अख्तियारले उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले मालपोत कार्यालय, बाराका अधिकृत सुमनप्रसाद चौधरी, तत्कालीन नायब सुब्बा बुधनप्रसाद यादव, नापी कार्यालय, बाराका तत्कालीन नापी अधिकृत तथा हाल अवकाशप्राप्त दिनानाथ मिश्र, तत्कालीन सर्वेक्षक तथा हाल नापी कार्यालय, पर्सामा कार्यरत शिवबालक साह, तत्कालीन सर्वेक्षक सुनिल कुमार झा, जितपुरसिमरा–१३ का लेखापढी व्यवसायी जयलाल सहनी, वडा नं. १५ बस्ने जग्गाधनी सुदामा…

Read More

भैरहवा, ९ फागुन । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाली भएर बाँच्न आधार दिन आग्रह गरेका छन्। शुक्रवार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बाँच्ने आधार दिन आग्रह गरेका हुन्। उनले आफूलाई मेयर भनेर बिर्सिएर नेपाली भएर बाँच्ने आधार प्रधानमन्त्रीसँग खोजेका हुन्। उनले लेखेका छन्–‘प्यारो प्रधानमन्त्री ज्यु, अमेरिकाले corrupt भनिसक्यो, इन्डियाले भिकारी भनिसक्यो, चिनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस, नेपाली भएर बाच्ने आधार त दिनुस ।’ केही दिनअघि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई दिएको सहयोगलाई ‘फ्रड’को संज्ञा दिँदै नेपालको संघीयताको सुदृढीकरणका लागि छुट्याएको २ करोड डलर र जैविक विविधता संरक्षणका लागि विनियोजन…

Read More