


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, १२ माघ। नेपाल प्रहरीका २५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई पदस्थापन र केहीको काज सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले एसएसपीहरुको पदस्थापन गरिएको हो । एसएसपी रमेश थापालाई बागमती प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरेर आईजीपीको सचिवालयमा काज सरुवा गरिएको छ भने अजय केसीलाई साइबर ब्युरोमा लगेर राखिएको छ । त्यस्तै एसएसपी अनुपमशम्शेर जबरालाई मानव श्रोत विकाश विभाग, नवराज अधिकारीलाई उपत्यका प्रहरी कार्यालय र कृष्ण कोइरालालाई प्रधान कार्यालय स्थित सुपरिवेक्षण तथा अनुगमन महाशाखामा पदस्थापन गरिएको छ । होविन्द्र बोगटीलाई सीआईबी, विनोद सिलवाललाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय र रन्जु सिग्देललाई महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा पदस्थापन गरिएको छ । सन्तोष खड्कालाई…
भैरहवा, १२ माघ। नेपाल प्रहरीका १७ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ । तीन अघि मात्रै चितवनको जिम्मेवारी सम्हालेका गौतम मिश्रलाई जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा गरिएको छ । एसपी रामेश्वर कार्कीलाई सिन्धुपाल्चोकको प्रमुख बनाएर पठाईएको छ भने चितवनको कमाण्ड राजन लिम्बुलाई दिईएको छ । त्यस्तै दुर्गाराज रेग्मीलाई नुवाकोट, सन्तोष तामाङलाई बारा रसुरेश काफ्ले सर्वोच्च अदालतस्थित सुरक्षा प्रहरी इकाई, सुवास बोहरालाई सशस्त्र प्रहरी गण नक्सालमा सरुवा गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँमा अपिल बोहरा, जिल्ला प्रहरी कार्यालय इलाममा एकनारायण कोइराला र सामाखुसीस्थित पहरा गणमा कमल थापालाई पठाइएको छ । पर्सामा कार्यरत कुमोध ढुंगेललाई प्रहरी प्रधान कार्यालयस्थित सुपरिवेक्षण तथा…
भैरहवा,१२ मा । नेपाल प्रहरीका १८ जना एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक) हरुको सरुवा भएको छ । शुक्रवार गृहमन्त्री रमेश लेखकको निर्णयले नेपाल प्रहरी प्रधान कार्यालयले एसएसपीहरुको सरुवा गरेको हो । मध्यरातमा निकालिएको सरुवा सूची अनुसार प्रहरी प्रदेश कार्यालय पोखरामा कार्यरत रहेका एसएसपी दिपक रेग्मीलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा गरिएको छ । बाग्मती प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा हेटौडामा दरबन्दी भएका एसएसपी विश्व अधिकारीलाई जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखमा बनाईएको छ । काठमाडौँ परिसरमा कार्यरत वसन्त रजौरेलाई प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा पठाइएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत रमेश…
बैंकक, ११ माघ । वायु प्रदूषणका कारण बैंककका तीन सय ५२ विद्यालय बन्द भएका छन् । बैंककको समाचार संस्था बैंकक पोष्ट्का अनुसार मौसमी वायु प्रदूषणले यस क्षेत्रका धेरै देशहरु जस्तै थाइल्यान्डलाई लामो समयदेखि प्रभावित गरेको छ । चिसो मौसम र बालीका लागि नल पराल जलाउने र कारको धुवाँबाट निस्केको धुवाँले वायु प्रदूषित हुँदा बालबालिकालाई विद्यालयहरुले बिदा दिएका हुन्। विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । आईक्यूएयरका अनुसार बिहीबार बिहानसम्म थाई राजधानी बैंकक विश्वको छैटौँ सबैभन्दा प्रदूषित प्रमुख सहर बनेको छ ।पीएम २.५ प्रदूषकको स्तर १२२ माइक्रोग्राम प्रति घनमिटर पुगेको आईक्यूएयरले देखाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले २४…
भैरहवा, ११ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा तोरीको उत्पादन बढ्ने भएको छ । यस वर्ष मल तथा बीउको अभाव, सिंचाइको समस्या तथा रोग र कीराको प्रकोप घटेको र मौसम अनुकूल भएको हुँदा तोरी उत्पादन बढ्ने देखिएको तिलोत्तमाका कृषि शाखा प्रमुख दोमलाल भुसालले बताए । तेलहन पकेट कार्यक्रम अन्तर्गत तिलोत्तमा नगरपालिका वडा नम्बर–८ ले २ लाख ५० हजार, उपभोक्ता किसानबाट २ लाख गरी जम्मा ४ लाख ५० हजारको लागतमा उक्त खेती गरिएको हो । विगतका केही वर्षमा निरन्तर तोरीको उत्पादनमा केही कमी आए पनि यस वर्ष बाँझो जमिन र अनुदानका तेलहन बिउले उत्पादन बढ्ने भएपछि तोरी खेती गर्ने किसानसमेत उत्साहित छन्…
भैरहवा, ११ माघ । रुपन्देहीको सियारी गाउँपालिकाको कार्यालय र प्रकोप व्यवस्थापन केन्द्र (सिडिएम) नेपालले माछाको बजारीकरण र प्रवद्र्धनका लागि जलदेवी मत्स्य सहकारी संस्थालाई डिफ्रिज उपलब्ध गराएको छ । छपियाको माछाले नेपालमै ख्याती कमाएपनि फ्रिजको अभावका कारण बजारीकरणमा समस्या परेको विषयलाई मध्यनजर गर्दै फ्रिज उपलब्ध गराइएको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।उनका अनुसार पालिकाबाट १० वटा र सिडिएम नेपालसंगको सहकार्यमा ८ वटा गरी १८ बटा फ्रिज हस्तान्त्रण गरिएको छ । लुम्बिनी प्रदेशका कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, सिडिएम नेपालका उपाध्यक्ष जगन्नाथ प्रसाद कुर्मी, सल्लाहकार बिष्णु खरेल लगायतले सहकारीलाई उक्त फ्रिज हस्तान्त्रण…
सलमान खान भैरहवा, ११ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेको मुद्दामा ‘व्हाइट कलर क्राइम’ को विषय उठान गरिएको छ । बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा लामिछानेसमेत विरुद्ध दर्ता भएको सहकारी र संगठित अपराध मुद्दामा शुक्रवार भएको थुनछेक बहसमा अभियुक्त लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय कानुन ‘ह्वाइट कलर क्राइम’ समेत आर्कषित भएको विषय उठान गरिएको हो । न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा जाहेरवालाको तर्फबाट अधिवक्ता शैलेन्द्र प्रसाद हरिजन (अम्बेडकर) ले अभियुक्त लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधका साथै ‘ह्वाइट कलर क्राइम’ समेत आर्कषित भएको भन्दै उक्त विषयमा…
भैरहवा, ११ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दाको थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था रकम अपचलन प्रकरणमा लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि बुधवार उनी अदालतमा उपस्थित भएका थिए । बुधवार अदालतमा उनको बयान भएको थियो भने बिहीवारदेखि न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा थुनछेक बहस सुरु भएको छ । थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर आइतबार बिहान साढे १० बजे हाजिर हुने गरी लामिछानेलाई परिवार र कानुन व्यवसायीको जिम्माजमानीमा पठाइएको जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार यज्ञमूर्ती ज्ञवालीले बताए । शुक्रवार जाहेरवाला र…
भैरहवा, १० माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दाको थुनछेक बहस शुक्रवार पनि हुने भएको छ । बिहीवार बिहान देखि सुरु भएको थुनछेक बहस नसकिएपछि हेर्दाहेर्दैमा राखेर शुक्रवार साढे १० बजे उपस्थित हुने गरी लामिछानेलाई परिवार र कानुन व्यवसायीको जिम्माजमानीमा पठाइएको जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार यज्ञमूर्ती ज्ञवालीले बताए । बुधवार अदालतमा हाजिर भएका लामिछानेको बयान सकिएपछि परिवार र कानुन व्यवसायीको जिम्माजमानी छाडिएको थियो । थुनछेक बहस सुरु हुनु अघिनै सरकारी वकिल, जाहेरवालाका अधिवक्ताले अभियुक्तलाई प्रहरी हिरासतमा पठाउनु पर्नेमा परिवार र कानुन व्यवसायीको जिम्माजमानीमा लगाउनु अहिलेसम्म नभएको अभ्यास गरिएको…
भैरहवा, १० माघ । भारतमा महाराष्ट्र प्रदेश जलगांवस्थित भएको रेल दुर्घटनामा चार नेपाली नागरिक सहित ल१३ जनाको मृत्यु भएको छ । साथै, दुर्घटनामा चार नेपालीसहित १० जना घाइते भएका छन् । रेलमा आगलागी भएको हल्ला भएपछि यात्रुहरुले रेलको अर्को लिकमा हामफालेका थिए । उक्त लिकमा अर्को रेल आउँदा दुर्घटना भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । रेल दुर्घटनामा नेपालका ४३ वर्षीया कमला नविन भण्डारी, ४० वर्षीया लछ्छीराम पासी, र सूदुरपश्चिम प्रदेशको ६० वर्षीया जाभाकाला भाटे जयकाडी र कोशी प्रदेशका ११ वर्षीय बालक हिमु नन्दराम विश्वकर्माको मृत्यु भएको कलेक्टर एवं डीएम (प्रमुख जिल्ला अधिकारी) कार्यालय, जलगांवले जनाएको छ । बुधवार साँझ भएको…