Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, २३ माघ। जगत ई मोटर्स प्रालिले विश्वकै सबैभन्दा ठूलो मध्येको एक इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी साधन निर्माता कम्पनी याडियाका ब्राण्डको इलेक्ट्रिक स्कटुरहरु भैरहवामा ल्याएको छ । केही महिना अघिदेखि संचालनमा आएको शोरुममा कम्पनीले बुधवार याडिया ब्राण्डको इपोक मोडेल स्कुटर सार्वजनिक गरेको छ । प्रालिले भैरहवामा याडिया ब्राण्डको इपोकसहित याडिया एम सिक्स, याडिया ईएटएस प्रो, याडिया जी सिक्स र याडिया जी फाइभ गरी पाँच वटा मोडेलमा स्कटुरको विक्री वितरण सुरु गरेको छ । स्कुटरको मूल्य १ लाख ७५ हजार देखि ३ लाख ५० हजार रुपैयाँसम्म रहेको छ । बुधवार सार्वजनिक गरिएको याडियाको इपोक एक पटकको फुल चार्जमा एक सय पचास…

Read More

भैरहवा, २२ माघ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले स्थापना भएको ५७ वर्ष पुगेको छ । ५७औं स्थापना दिवसका अवसरमा मंगलबार नगरपालिकाले भैरहवास्थित गणतान्त्रिक सभागृहमा विशेष समारोह आयोजना गरी दिवस मनाएको छ ।  स्थापना दिवसको मूल समारोहमा बोल्ने वक्ताहरुले नगरपालिकालाई औद्योगिक एवं पर्यटकीय हवका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । पछिल्लो समय शिक्षा, स्वास्थ्यको क्षेत्रमा पनि नगरपालिका अब्बल बन्दै गएको भन्दै वक्ताहरुले पर्यटनलाई विशेष प्राथमिकता दिएर अघि बढ्नुपर्ने धारणा राखे । जिल्ला समन्वय समिति सभापति उमाकान्त चपाईंले आर्थिक, सामाजिक र पर्यटकीय विकासमा नगरपालिकाले गरेका काम प्रशंसायोग्य रहेको जनाए । मानव संसाधानको विकास गरी नगरलाई पर्यटनको हब बनाउनुपर्ने उनको सुझाव छ । ‘भारतसँग सीमा…

Read More

काठमाडौं, २२ माघ। प्रहरीले काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित युवतीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१५ स्वयम्भु को ५८ वर्षीया मैयाँ तामाङ गुरूङ रहेको प्रहरीले जनाएको छ । थाई एयरको उडानद्वारा बैङकबाट काठमाडौं आएको गुरूङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेल गेट नजिकबाट उक्त धातु सहित फेला पारी पक्राउ गरेको हो। प्रहरीका अनुसार उनको साथबाट रीङ १६ थान, सुन जस्तो देखिने धातुको टुक्रा ५ थान, सिक्री १ थान, औंठी १ थान र बाला १ थान गरी करिब ९८ ग्राम तौलको सुन बरामद गरिएको छ।

Read More

भैरहवा, २२ माघ। भैरहवा बहुमुखी क्याम्पसको नेपाल विद्यार्थी संघ ईकाइले क्याम्पस प्रशासनलाई डस्टबिन र फायर एक्सटिंग्विशर (अग्निशमन यन्त्र) उपलब्ध गराएको छ । सरस्वती पूजाको अवसरमा संघले निःशुल्क चियापान गराउनुका साथै क्याम्पस प्रशासनलाई १० थान डस्टबिन र दुई थान फायर एक्सटिंग्विशर उपलब्ध गराइएको भैरहवा बहुमुखी क्याम्पसको नेपाल विद्यार्थी संघ ईकाइ समितिका अध्यक्ष नवराज अर्यालले बताए । सिद्धार्थनगर नगरपालिकाको मेयर इश्तियाक अहमद खाँले उक्त सामग्रीहरु क्याम्पस प्रमुख लक्की जोशीलाई हस्तान्तरण गरे । मेयर खाँले नेपाल विद्यार्थी संघले क्याम्पसमा राम्रो कार्यहरु गर्दै आएको र क्याम्पसलाई डस्टबिन र फायर एक्सटिंग्विशर समेत उपलब्ध गराउनु निकै सराहनीय कार्य भएको बताए । मेयर खाँको प्रमुख अतिथ्यितामा सम्पन्न…

Read More

परासी, २२ माघ । नवलपरासी पश्चिमा लागुऔषध दुरुपयोग र अवैध ओसारपसार विरुद्ध जिल्लाव्यापी अभियानको सुरुवात गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमको संयुक्त आयोजनामा ‘नो टू ड्रग्स’, ‘ड्रग्स् इन्ड अल ड्रिम्स’, स्वास्थ्य र सुरिक्षत समाज हाम्रो पहिचान र सबैको अभियान सबैको योगदान भन्ने मूल नाराका साथ अभियानको सुरुवात गरिएको हो । प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरु, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक मञ्च लगायतको सहभागिता शुभारम्भ गरिएको अभियान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका एसपी ज्ञानेन्द्रप्रसाद फुयालले लागुऔषध सम्बन्धि जिल्लाको अवस्था, अभियानको उद्देश्य, अभियानमा गरिने क्रियाकलापहरु र सरोकारवालाहरुसँग लागुऔषध रोकथाम तथा नियन्त्रणका लागि निभाउनु पर्ने…

Read More

परासी, २२ माघ । नवलपरासी पश्चिम प्रहरीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१२ की पार्वती कुमारी हरिजन रहेको प्रहरीले जनाएको छ । अदालतले एक महिना २ दिन कैद र एक करोड १३ लाख जरिवाना सजाएको फैसला गरेको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी हरिजनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी निरीक्षक शिव क्षेत्रीले बताए । फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतमा उपस्थित गराइएपछि अदालतले फैसला कार्यान्वयनका लागि जिल्ला कारागार कार्यालय नवलपरासीमा पठाएको प्रहरीले जनाएको छ । नवलपरासी पश्चिमले जिल्लामा फरार प्रतिवादीहरुलाई पक्राउ गर्नका लागि अभियान चलाएको छ ।

Read More

भैरहवा, २२ माघ। मंगलबारको सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार ९ सय रुपैयाँले बढेको हो । अघिल्लो तीन दिन स्थिर रहेको सुनको मूल्य आज एक हजार ९ सय रुपैयाँले बढेर एक लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी ३५ रुपैयाँले बढेर एक हजार ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला एक हजार ८ सय ८९५ रुपैयाँमा कारोबार भएको थियो।

Read More

काठमाडौ, २२ माघ । विश्व क्यान्सर दिवसको अवसर पारेर मंगलबारबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ लगाउन थालिएको छ। माघ २२ देखि फागुन ६ गतेसम्म विद्यालय केन्द्रित खोप अभियान थालिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिका ३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य किट प्रदान गरी अभियानको शुभारम्भ गरेका छन् । देशभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका करिब १७ लाख किशोरीलाई यो खोप लगाइने सरकारको लक्ष्य छ ।

Read More

भैरहवा, २२ माघ । उद्योग व्यापार संगठन (चेम्बर अफ कमर्स), रुपन्देहीले १९ औं स्थापना दिवसको अवसरमा मंगलबार रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा रक्तसंचार सेवा एकाई सिद्धार्थनगरको प्राविधिक सहयोगमा भएको कार्यक्रममा १५ यूनिट रगत संकलन भएको संगठनले जनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीका एसपी आनन्द थापा मगरले रक्तदान परोपकारी काम भएको बताए । ‘रक्तदान जीवन दान हो, स्थापना दिवसको अवसरमा कार्यक्रम गर्नु महत्वपूर्ण कार्य हो’, उनले भने (‘संगठनले रचनात्मक कार्यहरु गर्दै आएको छ ।’ संगठनका अध्यक्ष दर्पण श्रेष्ठले रक्तदानको धेरै नै महत्व रहेको बताए…

Read More

भैरहवा, २२ माघ। उद्योग व्यापार संगठन (चेम्बर अफ कमर्स) रुपन्देही ले ‘चेम्बर क्रिकेट च्यालेन्ज २०८१’ को आयोजना गरेको छ । व्यवसायी र उद्योगीहरुबीच खेलकुदको माध्यमबाट भातृत्वको भावना विकास गर्ने उद्देश्यसहित ‘चेम्बर क्रिकेट च्यालेन्ज २०८१’ प्रतियोगिताको आयोजना गरिएको संगठनका अध्यक्ष दर्पण श्रेष्ठले जानकारी दिए । १९ औं वर्षको प्रवेश गरेको संगठनले विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाउँदैछ । सोही अवसरमा क्रिकेट प्रतियोगिता पनि गर्न लागिएको हो । भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम संयोजक धिरज मल्लिकले आगामी फागुन ३ गते सिद्धार्थ क्रिकेट रंगशाला प्रतियोगिताको आयोजना गरिएको बताए । उनका अनुसार प्रतियोगितामा ५ ओभरको हुने खेल हुनेछ भने ८ वटा उद्योग प्रतिष्ठानको…

Read More