


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
बुटवल, ८ चैत । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले समाजमा फरकफरक पेसा आबद्ध भएको व्यक्तिहरूसँग सल्लाह–सुझाव लिन सुरु गरेका छन् । नेपाली कांग्रेसले अब लिने बाटो, निर्वाचनमा समानुपातिक प्रणाली, आर्थिक क्षेत्र सुधारका आदिको विषयमा बुधबार बुटवलमा क्रियाशील विभिन्न क्षेत्रका अगुवासँग छलफल गरेका हुन् । उनले रुपन्देहीको बुटवलमा झण्डै दुई घण्टा विद्यार्थी, चिकित्सक, इञ्जिनियर, अधिवक्ता, उद्योगी–व्यवसायीसँग सुझाव लिएका छन् । डा. कोइरालाले नेपाल चिकित्सक संघले आयोजना गरेको बुद्धिजीवीसँग कांग्रेस वरिष्ठ नेता डा. शेखर कोइरालाको छलफल कार्यक्रममा सबैका सुझावहरू सुनेर लिखित सुझाव पनि लिएका छन् । उनले यी सुझावलाई पार्टी, संसद् र सरकारलाई कार्यान्वयन गर्न दबाब दिने प्रतिबद्धता जनाएका छन् ।…
बुटवल : रुपन्देही उद्योग संघले जिल्लाको शुद्धोधन गाउँपालिकामा यो कार्यकालमा पहिलोपटक तहगत समिति गठन गरेको छ । संघको विधानअनुसार गाउँपालिकामा २५, नगरपालिकामा ५० र उपमहानगरमा १ सय उद्योगी संघमा दर्ता रहेपछि तहगत समिति गठन गरिन्छ । रुपन्देहीको शुद्धोधन क्षेत्रमा रहेका उद्योगीहरुको भेलाले संघका कार्यसमिति सदस्य तथा क्रियसन फर्मलेशन प्रालिका सञ्चालक टंकनारायण आचार्यको संयोजकत्वमा ५ जनाको समिति गठन गरेको हो । समितिको सह–संयोजकमा सागर आयल मिलका रेशमलाल उपाध्यक्ष र सदस्यहरुमा अन्जना बेकरिज उद्योगका विनोदप्रसाद चौधरी, बस्याल फर्निचर उद्योगका चण्डी बस्याल, न्यू लक्ष्मी सःमिलका लालुमाया थापा रहेका छन् । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालले आफ्नो पालिकालाई पहिलो रोजाइमा पारेर उद्योग संघले स्थानीय…
भैरहवा : पश्चिम नवलपरासी प्रहरीले भन्सार छली गरेर भित्राईएको कपडा बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको टोलीले बा.प्र. ०३-००१ ख २६४८ नम्बरको बसमा लुकाएर ल्याएको अवस्थामा सुनवलबाट सात लाख मूल्य बराबरको १४ बोरा कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराले बताए । उनले कपडा तस्करीको सूचनाको आधारमा बस चेकजाँच गर्दा कपडा बरामद भएको जानकारी दिए । बरामद कपडा महेशपुर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।
भैरहवा : रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा गौशाला र शव दाहसंस्कार घाटको लागि निर्माण कार्य सुरु गरिएको छ । नगरपालिको वडा नं. ११ पिपरहिया स्थित गौशाला र शव दाहसंस्कार घाटको लागि निर्माण कार्य सुरु गरिएको हो । गौशाला र शव दाहसंस्कार घाटका लागि आवश्यक पूर्वाधार पर्खाल निर्माणको सोमबार नगर प्रमुख इश्तियाक अहमद खाँले शिलान्यास गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नगर प्रमुख खाँले नगरमा छाडा चौपाया (गाईगोरु)का कारण देखिएको समस्या अस्थाई रुपमा समाधान गर्दै लगिएपनि दिर्घकालिन समाधान र व्यवस्थापनका लागि गौशालाको निर्माण कार्य सुरु गरिएको बताए । करिब ३८ करोड लागत अनुमानमा चार विघा क्षेत्रफलमा योजनाको सुरुवात भएको उनले जानकारी दिए…
बुटवल : भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न नेकपा (एमाले) बुटवल उपमहानगर कमिटी, रुपन्देहीले अभियान थालेको छ । पहिलो चरणमा विभिन्न सरकारी निकाय र सेवा प्रवाह गर्ने संस्थाहरुमा सुशासन कायम गर्नका लागि ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको एमालेले दोस्रो चरणमा बुटवलमा रहेका ३ सय संघ–संस्थालाई लक्षित गर्दै प्रशिक्षण दिएको छ । संघ–सस्थामा नेतृत्व गर्ने नेता कार्यकर्तालाई पार्टी र संघ–संस्थाबीचको अन्तरसम्वन्ध, सुशासन कायम गर्ने तरिका र नेतृत्वमा हुनुपर्ने गुणलगायतका विषयमा प्रशिक्षित गर्दै अभियान थालिएको एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष किसन ज्ञवालीले जानकारी दिए । वित्तीय अनुशासन कसरी कायम गर्ने ?, भ्रष्टाचार नियन्त्रणमा संघ–संस्थाहरुले कसरी प्रभावकारी काम गर्ने ? लगायतका विषयमा संघ–संस्थाका पदाधिकारीलाई…
काठमाडौं : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आइतबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् । आइतबार गृहमन्त्री लामिछानेले प्रहरी प्रधान कार्यालयस्थित संग्रहालयको निरीक्षण गर्दै त्यसको गतिविधिबारे जानकारी लिए । संगठनको निर्माण र उच्च छवि बनाउन योगदान दिने सम्पूर्ण पूर्व प्रहरी अधिकृतहरू र बहालवाला प्रहरी अधिकृत तथा जवानहरूलाई धन्यावद दिँदै उनले उनीहरुको वृत्तिविकासको सुनिश्चितता संगठनले गनुपर्ने उल्लेख गरे । उनले भने, ‘कर्मचारीहरूको सरूवा, बढुवा तथा वृत्तिविकासका लागि आवश्यक पर्ने नीति र योजना बनाएर ल्याउनुहोस् । त्यसको कार्यान्वयनको लागि के कसरी गर्नुपर्ने हो सहजीकरण गर्न तयार छु ।’
भैरहवा : रुपन्देहीको भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (युसीएमएस) शिक्षण अस्पतालमा ‘३ (थ्री) टेस्ला एमआरआई’ उपकरण संचालनमा ल्याइएको छ । विश्व प्रशिद्ध अत्याधुनिक उक्त उपकरण लुम्बिनी प्रदेशमा पहिलो पटक संचालनमा आएको दावी अस्पताल प्रशासनको छ । मेडिकल कलेजका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा.सदन मुखिले विश्व प्रशिद्ध अत्याधुनिक नयाँ एमआरआई मेसिनले १४ मिनेटमा पुरा शरीर स्क्यान गरी रिपोर्ट दिनसक्ने बताए । उक्त एमआरआईमा बिकिरणको जोखिम नभएको, शरीरका एकदमै स–साना कोशिका, नशा, गांठ, हाडजोर्नी, ट्युमरको सहजै अवलोकन गर्न सकिने र क्यान्सर रोग तथा यसको पैmलावटलाई सहजै छिटो समयमा पत्ता लगाउन सकिने बिशेषता रहेको उनले जानकारी दिए । ‘यस खालको उच्च गुणस्तरीय एमआरआई…
भैरहवा : रूपन्देहीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला तयार भएको छ । गुल्मीका गैरआवासीय नेपाली विनोद कुँवरले निजी लगानीमा तिलोत्तमा नगरपालिकामा एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला निर्माण गरेका हुन् । अष्ट्रेलियामा बस्दै आएका उनले निर्माण गरेको क्रिकेट मैदानको पहिलो चरणको संरचना तयार भएसँगै सोमबार उद्घाटन हुने भएको छ । गत जेठ ३० गते शिलान्यास गरिएको उक्त रंगशाला सम्पन्न गर्न सबैको साथ र सहयोग रहेको कुँवरले बताए । उनले भने, ‘मैले आफ्नो काम सकेको छु । म भोलि यसको नतिजाको पखाईमा छु । यति ठूलो प्रोजेक्टमा हात हालेपछि अलि समस्या त भयो नै । तर सम्पूर्ण नेपाली दाजुभाईको सहयोगमा सम्पन्न गर्न सकेका छौं…
काठमाण्डौँ । सुन तस्करीमा संलग्न चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर हेटौंडा–१० स्थित बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैठौं तहमा कार्यरत रामचन्द्र अर्याल छन् । काभ्रे प्रहरीको अनुरोधमा उनलाई बुधबार पक्राउ गरिएको र सोही दिन काभ्रे प्रहरीलाई हस्तान्तरण गरिएको मकवानपुरका एसपी सीताराम रिजालले जानकारी दिए । अर्याल यातायात कार्यालय काठमाडौं, ठूलो भर्याङबाट सरुवा भएर प्रदेशसभा सचिवालयमा आएका थिए । उनलाई सचिवालयबाटै पक्राउ गरिएको हो । उनले काभ्रे प्रशासनमा नासुको रुपमा कार्यरत रहँदा सुन तस्करीमा संलग्न चिनियाँ नागरिकहरु दावा छिरिङ र दावावाजिन वाङलाई वंशजको नागरिकता दिलाएको आरोप छ । यी दुवै व्यक्ति हाल…
काठमाण्डौँ : नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शनिबार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो। यद्यपि उम्मेदवार भने पछि चयन गरिने कांग्रेसले जनाएको छ। माओवादीसँग गठबन्धन हुँदा कृष्णप्रसाद सिटौलालाई अध्यक्षको उम्मेदवार बनाउने तयारी गरेको कांग्रेस सत्ता समीकरण बदलिएपछि अन्योलमा छ। राष्ट्रियसभाको रिक्त रहेको अध्यक्षको निर्वाचन फागुन २९ गते हुँदैछ। गणेशप्रसाद तिमिल्सिना अध्यक्ष कायम रहँदै सार्वजनिक भएको राष्ट्रियसभाको क्यालेण्डर अनुसार नै अध्यक्ष निर्वाचन हुने संघीय संसद सचिवालयले जनाएको छ। फागुन २७ गते बस्ने राष्ट्रियसभाको बैठकमा अध्यक्षको निर्वाचनको मिति तोकिने, २८ गते मनोनयन दर्ता गर्ने र २९ गते निर्वाचन हुनेछ। राष्ट्रियसभाका…