Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, ३ फागुन । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल/मट्टीतेलको मूल्य घटाएको छ । निगमको संचालक समितिको बैठकले शनिबार मध्यरात देखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा घटबढ गरेको हो। निगमका अनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँले बढेको र डिजेल/मट्टीतेलमा ४ रुपैयाँले घटेको हो। यस्तो छ मूल्यसूची:

Read More

पोखरा,३ फागुन। पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्यलाई थप उपचारको लागि काठमाडौं लगिएको छ। पोखराको स्थानीय अस्पतालमा समान्य उपचार गरेर  हेलिकप्टरबाट थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटल लगिएको हो ।  शनिवार पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा स्विच थिचेर पानसमा बत्ति बालेपछि बेलुन उडाउन खोज्दा आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते भएका थिए।

Read More

पोखरा, ३ फागुन। पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा आगोको लप्का लागेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन् । शनिवार पोखरा प्रदर्शनी केन्द्रमा पौडेलले समारोह उद्घाटन स्वरुप बेलुनको झुत्तो उडाउन लागेका थिए। झुत्तो पोखराका मेयर आचार्यले मन्त्री पौडेललाई हस्तान्तरण गर्दा गर्दै नजिकै झिलझिल बालिएको आगोले टिपेको थियो। त्यही आगोले बेलुनको झुत्तो पड्किएपछि दुर्घटना भएको हो। हाइड्रोजन ग्याँस भरिएको बेलुनको झुत्तो पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई पनि सामान्य चोट लागेको हो।उनीहरु दुवैलाई उपचारका लागि अस्पताल लगिएको छ । हाइड्रोजन अत्यन्तै प्रज्ज्वलनशील पदार्थ मानिन्छ। निकै हल्का पदार्थ हुने भएकाले बेलुन उडाउन यसको प्रयोग हुन्छ। पर्यटनमन्त्री…

Read More

काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी)हरुको भेटवार्ता भएको छ । भेटवार्तामा पूर्वआईजीपीहरुले प्रस्तावित प्रहरी ऐनमा उल्लेख भएका केही बुँदाहरु सच्याउनुपर्ने माग गरेका छन् । बिहीबार साँझ प्रधानमन्त्री ओलीलाई भेट्दै पूर्वआईजीपीहरुको समूहले विवादित केही बुँदाहरु हटाउनुपर्ने माग राखेका हुन् । पूर्वआईजीपी मोतिलाल बोहोराका अनुसार मुख्यगरी दुई विषयहरु (गृहको नियन्त्रण तथा परिचालन र सुपरीवेक्षण) विषय सच्याउन माग गरिएको छ । ‘गृहका कर्मचारीले समेत प्रहरी परिचालन गर्नसक्ने राखिएका बुँदाहरु करेक्सन गर्नुपर्ने भनेर हामीले भनेका छौं’, पूर्वआईजीपी बोहोराले भने, ‘प्रधामन्त्रीले पनि करेक्सन हुने आश्वास दिनुभएको छ ।’ जवाफमा ओलीले संसदमा विद्येयक दर्ता भएको र छलफल हुन…

Read More

रौतहट, २ फागुन । नेपालबाट भारतमा गाँजा तस्करी गरेको आरोप पक्राउ परेका एक नेपाली युवक भारतीय प्रहरीको हिरासतबाट फरार भएका छन् । बिहीवार भारतको सीमा सीमा सुरक्षा बल (एसएसबी) ले रौतहट मौलापुर नगरपालिका पिपरिया गाउँका २५ वर्षीय लक्ष्मी नारायण साहलाई ४३ किलो गाँजासहित पक्राउ गरेको थियो । साथै, उनले तस्करीमा प्रयोग गरेको बिआर १ पिबी ०१११ नम्बरको कार सहित, गाँजा र पक्राउ परेका साहलाई आवश्यक कारवाहीका लागि बिहारको मोतीहारी जिल्ला झरौखर थानालाई बुझाएको थियो । भारत बिहार मोतीहारी जिल्ला झरौखर थानाको नियन्त्रणमा रहेका उनी शुक्रवार बिहान फरार भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । भारतको मोतिहारी जिल्ला नेपालको रौतहट र बारा…

Read More

भैरहवा, २ फागुन । रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडीमा तोडफोड भएको छ । रोहिणी गाउँपालिका–३ लक्ष्मीनगरस्थित अध्यक्ष यादवको निवासमा पार्किङमा राखिएको लु १ झ ३९५ नम्बरको सरकारी गाडीमा गएराति तोडफोड भएको हो । पालिका अध्यक्ष यादवका अनुसार तोडफोडले गाडीको अगाडिको सिसा चर्किएको छ भने दायाँ साइडको सिसा फुटेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

धरान, १ फागुन । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले प्रेम जोडीहरुलाई पनि खानेपानीको पाइप तान्न आउनका लागि आग्रह गरेका छन्। उनले प्रेम अमर बनाउन चाहने र जीवनलाई वास्तविक अर्थमा चिन्न र बुझ्न चाहने सबै जोडीहरु पाइप तान्न आग्रह गरेका हुन्। उनले आज सामाजिक सञ्जालबाट भनेका छन्,‘यसपालि चाहिँ प्रेम जोडीहरु पनि पाइप तान्न आउनु होला, आफ्नो प्रेम अमर बनाउन चाहने र जीवनलाई वास्तविक अर्थमा चिन्न र बुझ्न चाहने जति जोडीहरु सबै आउनु होला।’ अहिले सप्ताहव्यापी रुपमा मनाइने प्रणय दिवस वा प्रेम दिवस (भ्यालेन्टाइन डे) चलिरहेको छ।

Read More

भैरहवा, १ फागुन । नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजनामा भैरहवामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहकार्य तथा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) भैरहवाको प्राविधिक सहयोगमा शिविर भएको हो । प्रहरी कर्मचारी तथा प्रहरी परिवारका सदस्यहरुका लागि शिविर आयोजना गरिएको नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशले जनाएको छ । सिद्धार्थनगर नगरपालिका–१३ स्थित जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रांगणमा भएको शिविरमा ३०७ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । रक्तचाप, मधुमेह, नाक, कान, घाँटी, हाडजोर्नी, मुटुरोग, स्त्री रोग, नशा रोग सम्बन्धि चेकजाँच गरिएको आयोजकको भनाइ छ । नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशका…

Read More

तनहुँ, १ फागुन । पन्यु तताएर विद्यार्थीको गालामा डामेको आरोपमा प्रहरीले एक शिक्षिकालाई पक्राउ गरेको छ । कक्षा कोठामा होहल्ला गरेको भन्दै बुधबार कक्षा चारमा पढ्ने चारजना विद्यार्थीलाई शिक्षिका सुष्मा श्रेष्ठले पन्यु तताएर विद्यार्थीको गालामा डामेको उनीमाथी आरोप छ । घटनाको आरोपमा भिमाद नगरपालिका स्थित प्रभात एकेडेमीकी शिक्षिका ३४ वर्षीया सुष्मा श्रेष्ठलाई पक्राउ गरिएको तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले बताए । उनका अनुसार पन्यु तताएर डाम्दा कक्षा ४ मा अध्ययनरत १० वर्षीय एक बालकको गालामा गहिरो घाउ भएको छ । अन्य तीनजनालाई धेरै चोट लागेको छैन । कक्षाकोठामा विद्यार्थीले होहल्ला गरेका र आफूलाई काली भनेको आक्रोशमा शिक्षिकाले क्यान्टिनबाट पन्यु तताएर…

Read More

काठमाडौं, १ फागुन । टेलिभिजन श्रृंखला ‘मेरी बास्सै’मा कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ६ वर्षपछि देखिने भएका छन् । केही दिनअघि उनले सिरियल छायांकन गरेका छन् । धुर्मुसले अभिनय गरेको एपिसोड प्रसारण हुन बाँकी छ । तर, सीतारामले ‘मेरी बास्सै’को अभिनयमा पुनरागमन भने गरेका होइनन् । शिवरात्रीमा रिलिज तयारीमा रहेको आफू अभिनित लाज शरणम् प्रवर्द्धनको लागि उनी ‘मेरी बास्सै’मा देखिएका हुन् ।

Read More