


भैरहवा, २० चैत। संघिय सांसद एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता दीपक बोहराको बुधवार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । मंगलबार काठमाडौंमा ओम अस्पतालमा उपचारको क्रममा उनको निधन भएको थियो ।
निधन पश्चात श्रद्धान्जलीका लागि पार्थीव शरीर उनको गृहनगर ल्याएर अन्तिम संस्कारका लागि पुनः काठमाडौं लगिएको थियो। दिवंगत बोहराको पार्थीव शरीरमा उनका छोराहरु गौरव बोहरा र प्रज्ज्वल बोहराले दागबत्ती दिएका थिए।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले नेता बोहराको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । यस्तै कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, सभामुख देवराज घिमिरे, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाल लगायत राप्रपाका नेता, कार्यकर्ताले बोहराप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
र, यो पनि…
दीपक बोहरा : जसलाई नागरिकले पञ्चायतदेखि गणतन्त्रसम्म पत्याए
सम्झनामा दीपक बोहरा : भैलुभूज, दीपनगर…
सांसद बोहराको निधनमा आज रोहिणीमा शोक विदा
दीपक बोहराको निधनमा तीन दिन शोक मनाउने राप्रपाको निर्णय
सांसद बोहराको निधनमा सिउवा संघद्वारा दुःख व्यक्त
पूर्वगृहमन्त्री बालकृष्ण खाणद्वारा बोहराको निधनमा दु:ख व्यक्त
गृहनगरमा श्रद्धान्जली पश्चात बोहराको शव काठमाडौं लगियो
दीपक बोहराको निधन : गृहनगरमा श्रद्धाञ्जली दिइदै
सांसद बोहराको निधन : सिद्धार्थनगरमा बुधवार विदा दिने निर्णय
भैरहवा ल्याईयो बोहराको पार्थीव शरीर, भोलि आर्यघाटमा अन्त्येष्टि गरिने
भैरहवाका मेयरद्वारा सांसद बोहराको निधनप्रति दुःख व्यक्त
भैरहवा ल्याईँदै दीपक बोहराको पार्थीव शरीर

