


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, १७ माघ। भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा तिरुपति क्रिकेट क्लबले जित हात पारेको छ । प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको बिहीबारको खेलमा बुटवल राइनोज क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्दै तिरुपतिले जित हात पारेको हो । जितका लागि पाएको १ सय ८ रनको लक्ष्य तिरुपतिले २४ ओभर २ बलमा ६ विकेट गुमाएर १ सय ११ रन बनाउँदै पूरा गर्यो र जित निकाल्यो । उसको जितमा एजाजुल हकले ३३, बसिर अहम्मदले २२, आनन्द गौडले २० र तुलबहादुर थापाले अविजित ११ रन जोडे । बलिङमा बुटवल राइनोजका सुप्रिम कँडेलले ३ तथा शिव कुँवर र इमरान शेषले १–१ विकेट लिए । यसअघि…
हृदयराम गुप्तामर्चवार, १७ माघ। इलाका प्रशासन कार्यालय मझगावाँ रुपन्देहीमा चोरी भएको छ । गएराति कार्यालयबाट प्रवाह हुने राष्ट्रिय परिचय पत्र सेवाको कोठाबाट ल्यापटप र क्यामेरा चोरी भएको इलाका प्रशासन कार्यालय मझगावाँका प्रमुख यज्ञराज पोख्रेलले बताए । उनका अनुसार कार्यालयमा सीसीटीभी क्यामेरा नभएकोले तत्काल चोरी गर्ने व्यक्तिहरु पहिचानमा कठिनाई भएको छ । अज्ञात व्यक्तिले कोठाको ताला ताडेर साम्रगी चोरी गरेको पाइएको छ । कार्यालयबाट नागरिकता, राष्ट्रिय परिचय पत्र, प्रमाणिकरणका सेवाहरु प्रदान गर्ने गरिएको छ । इलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख प्रहरी निरीक्षक सन्तोष बस्यालले घटनाका सम्बन्धमा अनुसन्धान थालिएको बताए ।
भैरहवा, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो परम्परागत पहिरनमा सजिएर डम्फु हातमा लिएका तामाङ समुदायका नारीहरूको तस्विरसहित सोनाम ल्होसार मनाउने सवैमा यो पर्वको हार्दिक शुभकामना व्यक्त गरेका हुन् । ‘आज तामाङ समुदायको नयाँ वर्ष , अर्थात् सोनाम ल्होछार, हाम्रो सोनाम ल्होछार आउँदा घरका छाना र डाँडामा बनाइएका मानेमाथि राता, सेता, पहेँला, नीला र हरिया ध्वजा फरफराएको सम्झना आउँछ । यस अवसरमा डम्फु बजाएर गाइने सेलो नेपाली लोक सङ्गीतको एउटा महत्त्वपूर्ण विधा हो । हाम्रो सुन्दर पर्व सोनाम ल्होछारको अवसरमा झाम्मान् ९सबै० नानाआङा…
देउखुरी, १७ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक घर एक धाराको अभियानले आधारभुत तहका उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको बताएका छन् । खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाहरुमा निर्णायक तहमा महिलाको भूमिका विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको बिहीबार उद्घाटन गर्दै उनले प्रदेश सरकारले अघि बढाएको एक घर एक धाराको अभियानले आधारभूत तहका उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको बताएका हुन् । लुम्बिनी प्रदेशमा ९२ प्रतिशत जनताको पहुँचमा खानेपानी पुगेको जानकारी दिदै उनले अब सुरक्षित पानीको पहुँच सुनश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध भएको बताए । ‘प्रदेश सरकार स्थापना नहुँदा खानेपानीको अवस्था कस्तो थियो र अहिले कस्तो छ ? यसमा तुलना गरौं ।…
भैरहवा, १७ माघ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ पक्लिहवास्थित श्री पक्लिहवा माध्यमिक विद्यालयमा तीन कोठाको भवन निर्माण गरिएको छ । जसको बधुवार एक कार्यक्रमकाबीच सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले उद्घाटन गरे । आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख खाँले शिक्षाको विकास बिना कुनै पनि क्षेत्रको विकास सम्भव नरहेकोले पालिका शिक्षाको विकासमा सदैव सकारात्मक रहेको बताए । उनले विद्यालयको शैक्षिक मात्र नभइ पूर्वाधारको विकासमा पनि आफ्नो सहयोग रहने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील गुरुङ्गले विद्यालयको भौतिक पूर्वाधारले मात्र विद्यालयको समग्र मापन नहुने भन्दै शैक्षिक गुणस्तर, परीक्षाको नतिजामा सुधार, विद्यार्थीको संख्यामा वृद्धि र अभिभावकहरुको विश्वासलाई जित्ने गरी…
भैरहवा, १६ माघ। भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा न्यु होराइजन क्रिकेट क्लबले फराकिलो जित निकालेको छ । प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको बुधबारको खेलमा उसले सैनामैना क्रिकेट क्लबमाथि १ सय ६७ रनको जित निकाल्यो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यु होराइजनले निर्धारित ३७ ओभरमा ३४ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर २ सय १२ रनको बलियो योगफल बनायो । उसका लागि निश्चल ज्ञवालीले ९८, आरिफ खानले २८, विप्रसन केसीले १७ र सहिन खानले १६ रन बनाए । बलिङमा सैनामैनाका सुनिल पौडेल र ऋदम सुवेदीले ३–३, ईश्वर क्षेत्रीले २ तथा गोपाल शर्मा र प्रदीप सुवेदीले…
हृदयराम गुप्ता मर्चवार, १६ माघ । रुपन्देहीको मर्चवारी गाउँपालिकामा गुणस्तरीय शिक्षाको लागि दश वर्षे शिक्षा योजना निर्माण हुने भएको छ । योजना निर्माणको लागि विभिन्न चरणको कार्य मध्ये सोमबार सम्पन्न मस्यौदा माथी सरोकारवालाहरुको सुझाव संकलन तथा पृष्ठपोषण कार्यक्रममा सहभागीहरु गुणस्तरीय शिक्षाको लागि आफ्ना रायसुझाव राखेका थिए । कार्यक्रममा मर्चवारी गाउँपालिका अध्यक्ष तथा शिक्षा योजना निर्माण समितिका संयोजक गया प्रसाद बरईले शिक्षा क्षेत्रमा लगानी गरे जस्तो प्रतिफल नआएको बताए । उनले भने ‘मर्चवारको अन्य पालिकाको तुलनामा मर्चवारी गाउँपालिकाले शिक्षा क्षेत्रमा बढी लगानी गरेको छ । शिक्षक तलब, भौतिक संरचना र ब्यवस्थापनमा लगानी गरेका छौँ तर उक्त लगानी अनुसारको उपलब्धी आउन सकेको…
भैरहवा, १६ माघ। नेपालको स्थानीय बजारमा सुनको मूल्य बढेको छ । मंगलबार सुन प्रतितोला एक लाख ५९ हजार दुई सय रुपैयाँमा कारोबार भएकोमा बुधवार प्रतितोला एक हजार चार सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार अघिल्लो दिनको तुलनामा चाँदी २० रुपैयाँ बढेर प्रतितोला १ हजार ८ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ ।
काठमाडौ, १६ माघ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको अर्थतन्त्र उत्पादनभन्दा व्यापारमुखी बन्दै गएको बताएका छन्। बुधवार नेपाल स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन उद्घाटन गर्दै उनले निजी क्षेत्रले विश्व बजारसँग सहज प्रतिस्पर्धा गर्न असहज महसुस गरेको हो कि भन्ने देखिएको बताए । उनले भने, ‘मुलुकको राष्ट्रिय आय अपेक्षित रूपमा वृद्धि हुन नसक्नुमा एकातिर स्वदेशी तथा विदेशी लगानीको सहज वातावरण बन्न नसक्नु र अर्कातिर विश्व बजारसँग हाम्रो निजी क्षेत्रले सहज प्रतिस्पर्धा गर्न असहज महसुस गरेको हो कि भन्ने देखिन्छ । त्यसैले हाम्रो अर्थतन्त्र उत्पादन भन्दा व्यापारमुखी बन्दै गएको छ।’ पछिल्लो समय स्टार्ट अप व्यवसायतर्फ आकर्षण बढ्दो रहेको उनको भनाई छ।…
डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बनेपछि कर्मचारी कटौतीको प्रक्रिया थालेका छन् । त्यहाँको सरकारले संघीय कर्मचारीहरूलाई स्वेच्छाले जागिर छाड्न एक हप्ताको समय दिएको छ । लाखौँ कर्मचारीलाई पठाइएको इमेलमा फेब्रुअरी ६ सम्म (एक साता) को समय दिएर जागिर छाड्ने कर्मचारीलाई आठ महिनाको अतिरिक्त तलब दिइने भनिएको छ । अर्थात्, उनीहरूले अबको एक साताभित्र स्वेच्छाले जागिर छाडे आगामी सेप्टेम्बर ३० सम्मको तलब सुविधा पाउनेछन् । सरकारी तथ्यांक अनुसार, संघीय कर्मचारीको संख्या ३० लाखभन्दा बढी छ । प्यू रिसर्चका अनुसार, संघीय कर्मचारीको औसत कार्यकाल १२ वर्ष हुन्छ । समाचार एजेन्सी एपीका अनुसार, भेटेरेन्स अफेयर्स डिपार्टमेन्टमा काम गर्ने स्वास्थ्यकर्मी, घर वा व्यवसायका लागि ऋण…