


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, २३ पुस । रुपन्देहीको बुटवलमा फोहोरको थुप्रोमा मृत अवस्थामा शिशु भेटिएको छ । मंगलबार बिहान बुटवल उपमहानगरपालिका-११ स्थित मजुवाको फोहोर डम्पिङ साइटमा मृत अवस्थामा शिशु फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले जानकारी दिए । ‘आज बिहान साढे ९ बजेतिर सालनाल काटिएको अवस्थामा एउटा शिशुको शव फेला परेको हो’, डीएसपी पण्डितले क्लिक लुम्बिनीसँग भने, ‘शवलाई नियन्त्रणमा लिएर लुम्बिनी प्रदेश अस्पतालमा राखिएको छ ।’ फोहोरको थुप्रोमा कसले र किन उक्त शिशु राखेको/फालेको लगायत विषयमा अनुसन्धान भइरहेको बुटवल प्रहरीले जनाएको छ ।
ल्हासा, २३ पुस। चीनको तिब्बतमा मंगलबार बिहान गएको भूकम्पमा परेर ३२ जनाको मृत्यु भएको छ । तिब्बतको क्षेत्रीय विपद् व्यवस्थापन मुख्यालयका अनुसार जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी कान्टी गाउँमा केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर ३२ जनाको मृत्यु भएको हो । उक्त भूकम्पमा परी हालसम्म ३८ जना घाइते भएका चीनिया समाचार एजेन्सी सिन्ह्वामा उल्लेख छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ६ः५० बजे चीनको तिब्बतको दिङ्गी कान्टी केन्द्रबिन्दु बनाएर ७ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पको धक्का चीन, नेपाल, बंगालादेश, भारत र भुटानमा पनि महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। काठमाडौंमा भूकम्पको धक्काले आत्तिएका एक व्यक्तिले घरको छतबाट हाम फालेका कारण घाइते…
बुटवल,२२ पुस।नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव पूर्वमन्त्री संजय गौतमले बुटवल मेडिकल हवका रुपमा विकसित हुँदै गएको बताएका छन्। उनले बुटवलमा निजी क्षेत्र र सरकारी अस्पतालहरुको अवस्था हेर्दा मेडिकल हवका रुपमा चर्चा गर्न सकिने अवस्था देखिएको बताए। बुटवल हस्पिटल प्रालिको अवलोकन गर्दै उनले निजी क्षेत्रको निकै ठुलो लगानी र हिम्मतका साथ अन्तराष्ट्रिय स्तरकै भौतिक संरचनाको अस्पताल निमार्ण भएको बताए। बर्दिया जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित नेता गौतमले सरकारले निजी क्षेत्रलाई सँगै लिएर अघि बढे मात्र नागरिकहरुको स्वास्थ्य समस्याको समाधान गर्न सक्ने बताए। सरकारले आफ्नै डम्फु बजाउने, निजी क्षेत्रलाई उपेक्षा गरे सरकारले नागरिकहरुको स्वास्थ्यमा काम गर्न नसक्ने ठोकुवा गरे। उनले दलहरुकै कारण अहिलेको…
भैरहवा,२२पुस। रुपन्देही जिल्लामा कार्यरत कर्मचारीहरुको साझा संस्था कर्मचारी मिलन केन्द्र, रुपन्देहीको अध्यक्षमा प्रेमराज पोख्रेल चयन भएका छन् । केन्द्रको बुटवलमा सम्पन्न अधिवेशनले पोख्रेल नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्षमा चयन भएका पोख्रेल आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत हुन् । त्यस्तै उपाध्यक्षमा कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत मञ्जुकुमारी जैसी ढकाल, सचिवमा राजस्व अनुसन्धान कार्यालयमा कार्यरत विवेक घिमिरे, कोषाध्यक्षमा प्रदेश प्रमुख कार्यालका युवराज पौडेल र सह–सचिवमा कृषि सामग्री कम्पनी लिमिडेट सुमन पन्थी चयन भएका छन् । यस्तै, सदस्यहरुमा यातायात व्यवस्था कार्यालय सवारीमा कार्यरत नविनकुमार घिमिरे, जिल्ला प्रशासन कार्यालयका विक्रम थापा, नेपाल विद्युत प्राधिकरणका खेम लम्साल, हेभी इक्वीपमेन्ट…
भैरहवा,२२पुस। सोमबार नेपालको स्थानीय बजारमा सुनको मूल्य स्थिर रहेको छ । आइतबार सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएकोमा सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य पनि स्थिर छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १ हजार ८१० रुपैयाँमा चाँदीको किनबेच भइरहेको महासंघले जनाएको छ ।
मुस्ताङ,२२ पुस । प्रहरीले मुस्ताङमा करिब सात करोड मूल्य बराबरको अवैध सामानसहित तीन जनालाई पक्राउ गरेको छ । भन्सार प्रज्ञापनपत्र र बिल बिजक बिनाको ६ करोड ८१ लाख बढी मूल्य बराबरको अवैध सामानसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी सूर्यबहादुर बोगटीका अनुसार कोरोला नाकाबाट जोमसोम हुँदै बेनीतर्फ जाँदै गरेको ग १ ख ६९९९ नम्बरको ट्रकमा भन्सार प्रज्ञापनपत्र र बिल बिजकबिना अवैध रुपमा सामान ओसारपसार गरेको आरोपमा ट्रक चालक विष्णु थापा, ट्रकधनी घ्याचो गुरुङ र टसी आया गुरुङलाई पक्राउ गरिएको छ । नियन्त्रणमा लिइएको ट्रकबाट विभिन्न ३३ किसिमका सामग्रीहरु बरामद भएको…
दैलेख,२२पुस । दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण गर्दा ग्याँस भेटिएको छ । जिल्लाको भैरवी गाउँपालिका १ स्थित जलजलेमा पेट्रोलियम पदार्थको लागि अन्वेषण गर्ने क्रममा ग्याँस भण्डार रहेको संकेत पाइएको छ । पेट्रोलियम पदार्थ अन्वेषणका लागि ड्रिलिङपछि परिक्षणका लागि त्यहाँबाट पेट्रोलियम पदार्थको नमुना लिइएको छ । ग्याँस भण्डारको संकेत देखिएपछि खानी तथा भूगर्भ विभागले अनुसन्धान भइरहेको जनाएको छ। पेट्रोलियम पदार्थ हुनसक्ने भन्दै चीनको जिओलोजिकल सर्भे कम्पनीले भौगर्भिक अध्ययन गरेको परियोजनामा सीएनपिसी इन्जिनियरिङले उत्खनन् थालेको थियो । पेट्रोलियम पदार्थ उत्खनन् र अन्वेषणमा गर्न २ अर्ब ४० करोड रुपैयाँसँगै प्राविधिक सहयोग गर्नेगरी चिनियाँ र नेपाल सरकारबिच सम्झौता भएको थियो । आयोजनाका सिनियर डिभिजनल जियोलोजिस्ट…
काठमाडौ,२२पुस । लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वप्रहरी जवान समेत रहेका नुवाकोटका २६ वर्षीय सुजन नेपाली, सिन्धुपाल्चोकका ३२ वर्षीया मिनसाङ लामा (अनिता) र काभ्रेको तेमालका २२ वर्षीय लाल बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । उनीहरुले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रहरी हौँ भन्दै दुबईबाट आएको एक महिलालाई भक्तपुरमा नियन्त्रणमा लिएर लुटपाट गरेको आरोप छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेका आरोपीहरुको साथबाट ३४६.०१० ग्राम लिक्विड सुन समेत बरामद भएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बुटवल, २२ पुस । रुपन्देहीको बुटवलस्थित बुटवल हस्पिटल प्रालिले संघ–संस्थाहरुसँगको उपचार सम्झौता अभियानलाई तीव्रता दिएको छ । यसैक्रममा बुटवलमा रहेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडसँग एक समारोहकाबीच उपचार सम्झौता गरिएको हो । बुटवल हस्पिटलले उपचारका लागि सिटिजन्स बैंकमार्फत आउने कर्मचारी तथा सेवाग्राहीहरुका लागि सहुलियत प्रदान गर्ने भएको छ । बैंकले पनि अस्पतालले गर्ने विभिन्न सामाजिक कार्यहरुमा सहकार्य गर्ने भएको छ। उपचार सम्झौतासँगै दुई संस्थाबीच व्यवसायिक तथा अन्य सहकार्यको बाटो खुलेको बुटवल हस्पिटल प्रालिका अध्यक्ष चुन्न प्रसाद पौडेलले बताए । उनले बुटवल हस्पिटल सबै क्षेत्र वर्ग र समुदायका नागरिककै भएकोले यसको संरक्षण र प्रवद्र्धनमा पनि सबैको सहयोग आवश्यक रहेको बताए। सो अवसरमा…
भैरहवा, २१ पुस। नेपाल प्रहरीका पूर्वप्रहरी महानिरिक्षक सर्बेन्द्र खनालले नेकपा एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । पार्टी अध्यक्ष केपी ओलीलाई महान् राष्ट्रवादी र अडान भएको नेता भन्दै एमालेमा प्रवेश गरेका खनालले दुई वर्षमै पार्टी परित्यागको घोषणा गरेका हुन् । आफ्नो राजनीतिक स्थितिबारे अन्योलमा परेको उल्लेख गर्दै एमाले नेता समेत रहेका खनालले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्, ‘म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन । म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु ।’ खनालले २६औं प्रहरी प्रमुखका रुपमा २०७४ चैतदेखि २०७६ माघसम्म…