


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, ११ पुस । राज्यको ढुकुटीमा रकम अभाव रहेको भन्दै निर्माण व्यवसायीहरुको पसिनाको कमाई दिन नसेकेको सरकारसँग निर्माण व्यवसायीहरुका नेताहरुले भुक्तानीका लागि फेरी पहल गर्ने भएका छन् । जसका लागि नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना सबै सदस्यहरुलाई पुस ८ गते चलानी नम्बर ४५४ ले भुक्तानी बाँकीको विवरण उपलब्ध गराउनका लागि पत्राचार गर्दै अनुरोध गरेको छ । पत्रमा प्रदेश, संघिय र स्थानीय तह अन्र्तगत हाल निर्माणाधिन अवस्थामा रहेका तथा सम्पन्न भएका आयोजनाहरुबाट रकम पाउनु पर्ने लगायत विषयको विवरण भुक्तानी पाउनुपर्ने निर्माण व्यवसायीहरुसगँ उपलब्ध गराइएको ढाँचामा माग गरिएको छ । सोही पत्रका अनुसार लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीका महासचिव प्रितम रौनियारले आर्थिक…
भैरहवा, ११ पुस। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) मा थप ‘अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन’ (एएनपीआर) प्रणाली जडान गरिएको छ । गत आर्थिक वर्षमा भैरहवामा उक्त प्रणाली पहिलो पटक जडान गरिएको थियो । सीमावर्ती शहर भैरहवालाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले उक्त प्रणाली जडान गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले बताए। सवारी दुर्घटना देखि अपराध न्यूनिकरण तथा अनुसन्धानका लागि उक्त प्रणालीको सहायताले सहज हुने बताइएको छ । नगरलाई प्रविधिमैत्री बनाउने लक्ष्य अनुरुप नगरपालिकाको कार्यालय विभिन्न कार्यहरु गर्दै आएको छ । जडान गरिएको प्रणालीले क्यामेराको माध्यमबाट सवारीसाधनको नम्बर प्लेट पहिचान गर्नुका साथै आवातजावत हुने सवारीसाधनको रंग, फोटो र भिडियो तथ्यांकको रुपमा सर्भरमा…
भैरहवा, ११ पुस । रुपन्देहीको सैनामैना नगरपालिकामा १४ वर्षीया नबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवतीसहित दुई जनालाई पक्राउ गरेको छ । घटनाको जानकारी पश्चात इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक आदित्यराज विष्टको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । जबरजस्ती करणी आरोपमा सैनामैना नगरपालिका-३ सरौलीका २५ वर्षीय सागर विश्वकर्मा र मतियारमा सोही स्थानको २१ वर्षीया कविता चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले जानकारी दिए । रन्यौरा प्रहरीले उनीहरुलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बुटवलमा बुझाएको छ । पक्राउ परेकाहरु उपर जबरजस्ती करणी सम्बन्धि कसुरमा मुद्दा दायर गरी घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ…
काठमाडौं, ११ पुस । विभिन्न तराईका जिल्लामा कार्यरत सशस्त्र प्रहरी बल, नेपालका चार जना एसपीहरु हेडक्वार्टर तानिएका छन् । आर्थिक अनियमितताको आरोप र राजस्व गडबडी भएपछि प्रधान कार्यालय तानेर उनीहरु माथी छानबिन थालिएको छ । छानबिनका लागि तानिनेहरुमा धनुषाका एसपी दर्शन गरी, मोरङका एसपी विश्व खड्का, बाराका एसपी सन्तोषबहादुर सिंह र बाँकेका एसपी बिमल डाँगी छन्। गिरीलाई गत बिहीबार धनुषाबाट हेडक्वाटर तानेर छानबिन गरिएको छ। बाँकी तीन एसपीहरु भने गत सोमबार हेडक्वाटर तानिएका हुन्। सशस्त्र प्रहरी बल, नेपालका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेका अनुसार ती एसपीहरुमाथी केही बुझ्नुपर्ने भएकोले प्रधान कार्यालय झिकाइएको हो । डीएसपी र इन्सपेक्टरहरु पनि झिकाइए भन्सार…
भैरहवा, १० पुस । भैरहवामा जिल्लास्तरीय अन्तर कलेज टी–२० साई ग्लोबल कप–२०८१ हुने भएको छ। रुपन्देही क्रिकेट संघको आयोजना तथा साई ग्लोबल कलेजको प्रायोजनमा पुस ११ गते बिहीबार देखि भैरहवाको सिद्धार्थ किक्रेट रंगशालामा प्रतियोगिता हुने भएको हो। रुपन्देही क्रिकेट संघका कार्यबाहक अध्यक्ष धिरज अधिकारीका अनुसार पुस २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ३२ वटा टीमको सहभागीता हुनेछ । नकआउट आधारमा हुने प्रतियोगितामा सहभागी हुन प्रवेश शुल्कवापत ८ हजार रुपैयाँ तोकिएको संघका कार्यसमिति सदस्य तथा प्रतियोगिताका संयोजक उदय कुमार मल्लिकले बताए । प्रतियोगिताको विजेतालाई ५५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेतालाई २५ हजार ५ सय ५५ हजारसहित ट्रफी, मेडल र…
भैरहवा, १० पुस । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरूको सहकार्यमा संविधान संशोधनको काम अगाडि बढाउने बताएका छन् । रुपन्देहीको सियारी गाउँपालिकाको गौरवको आयोजनाको रुपमा रहेको सियारी पर्यटन करिडोरको शिलन्यास तथा दयानगर दानव लिफ्ट सिचाई योजनाको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले संविधान संशोधनका लागि कांग्रेस, एमालेको कार्यदलले आन्तरिक रूपमा काम गरिरहेको उल्लेख गरे । उनले कार्यदलले सबै राजनीतिक दलसँग छलफल गर्ने बताउँदै सबै दलहरूसँग छलफल गरेर नै संविधान संशोधन प्रक्रिया अगाडि बढ्ने बताए । उनले कोरोना महामारी र त्यसपछि आर्थिक मन्दीका कारण प्रभावित भएको अर्थतन्त्रलाई उकास्न सरकारले रणनीतिक रुपमा काम गरिरहेको र सुधारका संकेत देखिन थालिसकेको बताए…
काठमाडौं,१० पुस। कजाकिस्तानमा विमान दुर्घटना भएको छ । ६७ जना सवार उक्त विमान बुधवार अक्ताउ शहरमा दुर्घटना भएको हो । समाचार एजेन्सी रोयटर्यले रूसी समाचार एजेन्सीलाई हवाला दिंदै लेखेको छ, ‘जहाज अजरबैजान एयरलाइन्सको हो । जुन जहाज बाकुबाट रूसको चेचन्यास्थित ग्रोज्नीतर्फ जाँदै थियो । तर, बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको थियो ।’ कजाख मिडियालाई उद्धृत गर्दै एपीएले लेखेको छ, ‘ दुर्घटनामा १४ जना बाँचेका छन् भने १४ जनालाई उपचारका लागि मङ्गिस्टाउ क्षेत्रीय अस्पतालमा लगिएको छ । जसमध्ये पाँच जनाको अवस्था गम्भिर छ ।’ समाचार तयार हुँदासम्म विमान कम्पनीबाट पनि कुनै प्रतिक्रिया/जानकारी आएको छैन ।
भैरहवा, १० पुस। ईलाका प्रहरी कार्यालय बेलहियाले ओमसतिया गाउँपालिका-४ मा नागरिक सुनुवाई कार्यक्रम गरेको छ । कार्यालयले नागरिक प्रति उत्तरदायित्व प्रभावकारी एवं गुणस्तरीय सेवा प्रवाहका लागी नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा ओमसतिया गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष अखिलेश्वर कुमार पाण्डेले ओमसतिया-४ मा प्रहरी बिट स्थापनाका लागि माग गर्दा समेत सुनुवाई नभएको गुनासो गरे । उनले सरकारले समयमै मल उपलब्ध गराउन नसक्दा मलखाद भारतबाट ल्याउँदा प्रहरीले कुनै किसिमको दुख दिएको गुनासो अहिलेसम्म नआएको जनाए। त्यस्तै कार्यक्रममा ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवले ओमसतिया गाउँपालिकामा प्रमुख समस्या नै लागुऔषध रहेकोले यसको रोकथाम र नियन्त्रणका लागी गाउँपालिकाले प्रहरीसँग…
नवलपरासी, ९ पुस । नवलपरासी कारागारमा रहेका केही कैदीबन्दीलाई तत्काल स्थानान्तरण गर्नुपर्ने सुझाव दिइएको छ । लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता यमलाल खनालको नेतृत्वको टोलीले अनुगमनको क्रममा कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दीहरु रहेको पाएपछि केहीलाई अन्यत्र कारागारमा स्थानान्तरण गर्नुपर्ने सुझाव दिएको हो । कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी भएपछि केही कैदीबन्दीको संख्या तत्काल स्थानान्तरण गर्नुपर्ने, थुनामा रहेका प्रायः युवा नै रहेकोले श्रम र रोजगारीको लागि व्यवस्था गर्नुपर्ने सुझाव दिइएको जिल्ला कारागार कार्यालय नवलपरासीका प्रशासक अर्जुनप्रसाद रेग्मीले जानकारी दिए । १ सय ७५ जना क्षमता रहेको उक्त कारागारमा ५ सय ५३ जना कैदीबन्दीहरु छन् । उनका अनुसार रुपन्देही, कपिलवस्तु सहित…
भैरहवा, ९ पुस। वैदेशिक रोजगारीमा जाने नेपालीहरु ठगीमा पर्ने क्रम बढेपछि त्यसलाई रोक्नका लागि सरकारले यात्रासम्बन्धी सूचना (ट्राभल एड्भाइजरी) जारी गरेको छ। थाइल्यान्ड, म्यानमार, कम्बोडिया, लाओसलगायत देशमा जाने नेपालीहरुलाई आर्कषक तलब पाइने प्रलोभन देखाएर अवैध काममा लगाएर ठगी गर्ने घटना बढेपछि परराष्ट्र मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गरेको हो। वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा पुर्याई अलपत्र पार्ने एवं प्रचलित कानुन बमोजिम निषेध गरिएका कार्यहरूमा संलग्न हुने काम दण्डनीय भएकाले यस्ता गैरकानुनी कार्यहरू नगर्न/नगराउन परराष्ट्र मन्त्रालयले सम्बन्धित निकायलाई सचेत पारेको छ। थाइल्यान्ड र म्यानमारमा सूचना प्रविधि क्षेत्रमा आकर्षक तलब र सुविधा दिने…