


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, २१ मंसिर । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) लुम्बिनीको नवनिर्वाचित कार्यसमितिलाई पदस्थापित गरिएको छ । नाट्टा लुम्बिनीको अध्यक्षमा चन्द्र बहादुर थापा, प्रथम उपाध्यक्षमा कुलचन्द्र पाण्डे, द्वितीय उपाध्यक्षमा लक्की सिंह र तृतीय उपाध्यक्षमा अन्जन श्रेष्ठ, महासचिवमा सीता बसेल, सचिवमा अंकित जैसवाल, कोषाध्यक्षमा प्रदिप कुमार पोखरेल, सदस्यहरुमा टंक काफ्ले, विराट श्रेष्ठ, बरुण ज्ञवाली, हरि पौडेल, भुवन पाण्डे, गणेश भट्टराई, मित्रशरण शर्मा, प्रदिप कुमार उदय आगमी दुई वर्षको लागि पदस्थापित भएका छन् । निर्वाचन समितिका अधिकृतहरु युवराज कंडेल, भरत के.सी. र नरेश के.सी.ले अध्यक्षमा थापासहितको टीमलाई शपथ ग्रहण तथा प्रमाणपत्र प्रदान गरेका थिए । पदस्थापन कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका…
भैरहवा, २१ मंसिर । रुपन्देहीको भैरहवामा ११ औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’ सुरु भएको छ । रुपन्देही क्रिकेट संघको आयोजना र पर्वत ज्वेलर्स, बैंकरोड, भैरहवाको मुख्य प्रायोजनामा शुक्रबारदेखि प्रतियोगिता सुरु भएको हो । शुक्रबारको उद्घाटन खेलमा न्यू मुन एकेडेमीले सीबी पब्लिक हाई स्कूललाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ । भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङ गरेको सीबी पब्लिकले निर्धारित २० ओभरको खेलमा १० ओभर ४ बलमा सबै विकेट गुमाउँदै ४१ रनको झिनो योगफल बनायो । उसका लागि कृष्ण यादवले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न…
भैरहवा, २१ मंसिर । राष्ट्रिय परिचय पत्रको लागि आवेदन दिएर तयार भएको परिचय पत्र सर्वसाधरणहरुले लिन नगएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सूचना जारी गरेर कार्ड लिनका लागि आग्रह गरेको छ । ०७९ साल पौष महिना अघि परिचय पत्रका लागि आवेदन दिएका सर्वसाधरणहरुको परिचय पत्र कार्यालयमा रहेको बताइएको छ । र, उक्त कार्डहरु सर्वसाधरणले नलिएर कार्यालयमा थुप्रिएपछि सूचना जारी गर्नु परेको हो । ‘२०७९ साल पौष महिना भन्दा पहिले राष्ट्रिय परिचयपत्रका लागि आवेदन गर्नुभएका महानुभावहरुको राष्ट्रिय परिचयपत्र कार्ड यस कार्यालयमा प्राप्त भएकोमा धेरै महानुभावहरु राष्ट्रिय परिचय पत्रको कार्ड लिन नआउनुभएको हुँदा यो सुचना प्रकाशित गरिएको छ’, कार्यालयद्धारा जारी गरिएको सूचनामा भनिएको…
भैरहवा, २१ मंसिर । नेपाली कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीले शोकसभा गरेको छ । पार्टीका क्षेत्रिय सह–सचिव तथा व्यवसायी कुल प्रसाद न्यौपानेको आमा विष्णु कुमारी न्यौपानेको ९३ वर्षको उमेरमा भएको निधनमा ९ औं दिनको पुण्यतिथिमा उनको निवास सिद्धार्थनगर नगरपालिका–४, उद्योगपुरीमा शोकसभा गरिएको हो । शोकसभा नेपाली कांग्रेस, रुपन्देही क्षेत्र नम्बर ३ का सभापति एवं युवा नेता सुशील गुरुङको सभापतित्व तथा कांग्रेसका जिल्ला सभापति एवं तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा प्रमुख अतिथि खाणले मानिसको जन्मपछि मृत्यु निश्चित रहेकाले स्वर्गीय न्यौपानेको बैकुण्ठबासको कामनासहित उहाँले देखाएको असल बाटोमा हिंड्नुपर्ने बताए । कार्यक्रममा संविधान सभा सदस्य जन्नतुन निशा…
भैरहवा, २१ मंसिर । एसियन कंक्रिटो लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । आइपीओ जारी गर्नका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई निष्कासन तथा विक्री प्रबन्ध नियुक्त गरेको छ । कम्पनीको आइपीओ निष्कासन तथा विक्रीका लागि शुक्रवार कम्पनी र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड बीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कम्पनीका तर्फबाट कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मनिष रुङ्गटा र बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले दस्तखत गरेका छन् । कम्पनीले जारी पूँजी ४६ करोड ८७ लाख पचास हजार रुपैयाँको बीस प्रतिशतले हुन आउने एक सय रुपैयाँ अंकित दरले ९ करोड ३७ लाख पचास हजार रकम बराबरको…
काठमाडौं, २१ मंसिर । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल वायुसेवा निगमलाई सुधारका कार्य योजना पेस गर्न निर्देशन दिएका छन् । उनले निगमलाई हालकै अवस्थामा चलाउन नसकिने भन्दै १५ दिनभित्र सुधारका कार्ययोजना पेस गर्न निर्देशन दिएका हुन् । निगमको सुधारका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै निगमले सुधारको कार्ययोजना पेस गरे त्यसको कार्यान्वयनका लागि मन्त्रालय हरेक कुरामा आगाडी बढ्ने उनको भनाई छ । नेपाल वायुसेवा निगमको आम्दानीको मेरुदण्डको रुपमा रहेको ग्राउन्ड ह्यन्डलिङ निगमबाट नखोसिने प्रतिबद्धता व्यक्त गर्दै उनले निगमले हवाई सेवाबाट नाफा कमाउने तर्फ लाग्न समेत निर्देशन दिए ।
काठमाडौ, २१ मंसिर । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तीन वटा जीवनाशक विषादी नेपालमा प्रतिबन्ध लगाएको छ । मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै २ कीटनाशक र एउटा झारपातनाशक विषादी प्रतिबन्ध लगाएको हो । सूचना अनुसार ‘पाराक्वाट/पाराडाइक्लोराइड’ नामक झारपातनाशक विषादी र ‘क्लोरोपाइरिफस’ तथा ‘फोरेट’ नामक किटनाशक विषादीमा प्रतिबन्ध लगाइएको हो । जीवनाशक विषादी व्यवस्थापन समितिले उक्त कीटनाशक विषादीहरु प्रतिबन्ध गर्न मन्त्रालयलाई सिफारिस गरेको थियो । यी विषादी अब उत्पादन, संश्लेषण, निकासी र पैठारीमा प्रतिबन्ध हुनेछ । मन्त्रालयका अनुसार सूचना प्रकाशन हुनुअघि नेपालमा पैठारी भएका विषादी खपत गर्न दुई वर्षको समयावधि तोकिएको छ । कृषि मन्त्रालयले जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६ को…
काठमाडौं, २१ मंसिर । वाइडबडी विमान खरिदमा भ्रष्टाचार प्रकरणमा निर्णयकर्ता मन्त्रीलाई सफाइ दिदैँ कर्मचारीलाई मात्र दोषी ठहर गरिएको छ । विशेष अदालतले उक्त प्रकरणमा फैसला गर्दै तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीलाई सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीश तेजनारायण सिंह राई र न्यायाधीश रितेन्द्र थापाको इजलासले शाहीलाई सफाइ दिदै नेपाल वायुसेवा निगमका तत्कालीन अध्यक्ष शंकरप्रसाद अधिकारी, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, सञ्चालक समितिका सदस्यहरु बुद्धिसागर लामिछाने र शिशिरकुमार ढुंगानालाई दोषी ठहर गरेको हो । १० फागुन २०७३ मा स्थापित उक्त कम्पनीले एयरबस कम्पनीबाट दुईवटा वाइडवडी विमान खरिद गरी २४ अर्ब रुपैयाँमा नेपाल वायुसेवा निगमलाई बेचेको…
भैरहवा, २१ मंसिर । नेपाल प्रहरीमा जवान, कार्यालय सहयोगीसहितका पदमा १ हजार २ सय भन्दा बढी संख्यामा भर्ना खुलेको छ । नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रवार प्रकाशित गरेको सूचना अनुसार प्रहरी जवानमा १ हजार १६५ जना, कार्यालय सहयोगी (भान्छे) पदमा ४७ र कूचीकार पदमा ११ जना माग गरिएको छ । भर्ना फारम बुझाउने म्याद यही मंसिर २७ गतेदेखि पुस ७ गतेसम्म छ । जवान पदका लागि १८ वर्ष उमेर पूरा भई २३ वर्ष ननाघेको र कार्यालय सहयोगी पदका लागि १८ वर्ष उमेर पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । हेर्नुहोस् सूचना:
काठमाडौ, २० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएलमा) सट्टेबाजी खेलाएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले कीर्तीपुर मैदानबाट बिहिबार तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ । यसअघि प्रहरीले चार जना भारतीय नागरिकलाई सट्टेबाजी खेलाएको आरोपमा पक्राउ गरेको थियो । एनपीएलमा सट्टेबाजी तथा बेटिङ हुने आशंकामा सीआईबीले एसपीको कमाण्डमा टोली नै खटाएको छ । उनीहरुले स्पोर्ट बाजी, प्रोबो लगायत अनलाइन बेटिङ एपबाट सट्टेबाजी खेलाएको आरोप छ ।