Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौ, १२ मंसिर । नेपाल विद्युत प्राधिकरणले तत्काल उद्योगहरुको बिजुली नकाट्ने भएको छ। बुधवार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले उद्योगहरुको बिजुली नकाट्ने निर्णय गरेको हो। विद्युत् नियमन आयोगले उद्योगहरुको लाइन नकाटी बक्यौता असुली गर्न निर्देशन दिएपछि बोर्डले यस्तो निर्णय गरेको बताइएको छ। बोर्डले गरेको उक्त निर्णयप्रति दुई सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनले फरक मत राखेका थिए। नियमन आयोगले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लाल अध्यक्षताको आयोगले तयार पारेको ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने राय दिएको छ। प्राधिकरणले एक महिनाअघि उद्योगहरुले बक्यौता रहेको उद्योगहरुका विद्युत कटौती गरेको थियो।

Read More

भैरहवा, ११ मंसिर । लुम्बिनी बौद्ध विश्वविद्यालयले वार्षिकोत्सव तथा दीक्षान्त समारोह आयोजना गर्न लागेको छ । विश्वविद्यालयले मंगलबार लुम्बिनीमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी मंसिर १४ गते लुम्बिनीमा तेस्रो दीक्षान्त समारोह आयोजना गर्न लागिएको र तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । २०औं वार्षिकोत्सवको अवसरमा तेस्रो विशेष दीक्षान्त समारोह र १७औं सभाको बैठक गरिने विश्वविद्यालयका रजिष्ट्रार डा.तिलकराम आचार्यले जानकारी दिए । लुम्बिनी विकास कोषस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा हुने वार्षिकोत्सव, विशेष दीक्षान्त समारोह प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षता–प्रमुख आतिथ्यतामा हुनेछ। सभाको बैठक भने विश्वविद्यालयको सिनेट हलमा हुने बताइएको छ। उनले विशेष दीक्षान्त समारोहमा विद्यावारिधि, स्नातकोत्तर र स्नातक तहका…

Read More

भैरहवा,११ मंसिर। रुपन्देहीको भैरहवास्थित सिद्धार्थ किक्रेट रंगशालामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा प्रोफेसनल मास्टर्स–११ ले जित हात पारेको छ । मंगलबार डिभिजन ‘बी’ अन्तर्गतको खेलमा देवदह क्रिकेट युनिटमाथि प्रोफेसनलले ७६ रनको सहज जित हात पारेको हो । जितसँगै प्रोफेसनल मास्टर्स ‘ए’ डिभिजनमा प्रवेश गरेको छ । अब उसले ‘ए’ डिभिजनका खेलहरुमा प्रतिस्पर्धा गर्नेछ । टस जितेर ब्याटिङ गरेको प्रोफेसनल मास्टर्सले निर्धारित ५० ओभरमा ४२ ओभर ३ बल खेल्दै सबै विकेट गुमाएर १ सय ७२ रनको बलियो योगफल बनायो । उसका लागि इमरान खानले ७७ र मोहम्मद हुसेनले ५५ रनको अर्धशतकीय पारी खेले । यस्तै, अजय रसाइलीले १० रन जोडे ।…

Read More

काठमाडौं,११ मंसिर। पाँच दिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले कम्बोडियाका प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री सम्देच हुन मानेटसँग कम्बोडियाको पिस प्यालेसमा भएको भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने महत्वपूर्ण विषयहरुमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । भेटमा सभामुख घिमिरेले नेपालको बुद्धको जन्मस्थल लुम्बिनी (भैरहवा) र कम्बोडियाको अंगकोरबाट हिन्दू तथा बौद्ध सम्पदाहरूलाई प्रवर्द्धन गर्न प्रत्यक्ष हवाई सेवा सुरु गर्नुपर्नेमा जोड दिए । यसले धार्मिक पर्यटन र सांस्कृतिक आदानप्रदानलाई थप प्रोत्साहन गर्ने सभामुखको विश्वास रहेको थियो । नेपाल र कम्बोडियाबीच २०७५ सालमा नै हवाइ सम्झौता…

Read More

काठमाडौ, ११ मंसिर। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा उन्नत अवधारणा र अभ्यास भएको उल्लेख गरेका छन् । सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढङ्गले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध रहेको बताएका छन् । हरेक नागरिक सचेत हुनुपर्दछ र आफूले सामाजिक सुरक्षाको सन्दर्भमा योगदान पनि गर्नुपर्दछ भनेर आफूले योगदानमा आधारित सामाजिक सुरक्षाको एउटा नयाँ र उन्नत अवधारणाको सुरुवात गरेको उनले उल्लेख गरेका छन् । ‘सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढङ्गले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध छ । अब…

Read More

भैरहवा, ११ मंसिर । सुनको मूल्य प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १५ हजार ९ सय रुपैयाँ घटेको सुन मंगलबार फेरि २ हजार ६ सय रुपैयाँ घटेर प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १८४५ रुपैयाँ रहेको चाँदी आज १८२० रुपैयाँ कायम भएको छ ।

Read More

बुटवल, ११ मंसिर । रुपन्देहीको बुटवलस्थित सिद्धबाबा हस्पिटलको सोमबार संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले अवलोकन गरेका छन् । उनलाई अस्पतालका संस्थापक अध्यक्ष डा. शक्ति बस्नेत, अध्यक्ष डा. दीपेश प्रधान, अस्पतालका प्रशासन प्रमुख प्रकाश न्यौपाने लगायतले स्वागत गरेका थिए । बुटवलको रामनगरमा ०७५ सालमा स्थापना भएको अस्पतालको अवलोकन गर्दै डा.लामाले अस्पतालले जटिल प्रकारको रोगको उपचार गुणस्तर र सुलभ दरमा गरेको भन्द्र प्रशंसा गरे । उनले मुटु, मिर्गौलासँगै अन्य जटिल प्रकारका रोगहरूको उपचार लागि सरकारले राहत रकम थप छुटाउनुपर्ने बताए । उनले लागूऔषध प्रयोगकर्ताहरू कारणले अपराध समेत बढेको भन्दै लागूऔषध प्रयोग नगर्ने समाज निर्माण गर्न सबैको दायित्व…

Read More

भैरहवा, ११ मंसिर । रुपन्देहीको भैरहवामा आगामी मंसिर २० गते देखि सुरु हुन लागेको लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१ को तयारी तीव्र पारिएको छ । अर्थतन्त्रलाई चलायमान गराउन र भैरहवासहित सिंगो लुम्बिनी प्रदेशको आर्थिक गतिविधिलाई बढवा दिने उद्देश्यले लुम्बिनी राष्ट्रिय महोत्सव आयोजना गर्न लागिएको हो । ‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले महोत्सवलाई सफल बनाउन तयारीलाई तीव्रता दिएको छ । संघका महासचिव कृष्ण प्रसाद घिमिरेले महोत्सव नयाँ उद्यम गर्न चाहनेका लागि कलेज भएको बताए । ‘यहाँ आएर नयाँ उद्यम गर्न चाहनेले उद्यमशीलता बन्ने उपाय र योजना सिक्न सक्छन्’, महासचिव घिमिरेले भने,…

Read More

दाङ, ११ मंसिर । लुम्बिनी प्रदेश सरकारले प्रदेश आयोजना बैंक निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा सरकारले प्राथमिकताका साथ प्रदेश आयोजना बैंक निर्माण गर्ने उल्लेख छ । सोही आधारमा प्रदेश सरकारले प्रदेश आयोजना बैंक निर्माणको प्रक्रिया सुरु गरेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोट प्रक्रियालाई व्यवस्थित बनाउन आयोजना बैंक आवश्यक परेको र सोही अनुसार योजनाहरुको प्राथमिकीकरण गरिने बताए । परियोजना बैंकले पारदर्शी प्रणाली स्थापना गर्ने मुख्यमन्त्री आचार्यको विश्वास छ । ‘योजना छनौंट प्रक्रियालाई चुस्त र पारदर्शी बनाउन योजना बैंक उपयुक्त हुनेछ’, उनले भने,‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेशको अवधारणलाई प्रभावकारी बनाउन व्यवस्थित प्रणालीको रुपमा परियोजना…

Read More

भैरहवा, १० मंसिर । नेपाल प्रहरी प्रधान कार्यालयले गैरहाजिर भएका प्रहरीलाई स्पष्टिकरण सहित उपस्थित हुनका लागि सूचना जारी गरेको छ । विभिन्न पदमा कार्यरत प्रहरी आफुखुशी गैरहाजिर भएको र खोजतलास गर्नुका साथै प्रक्रिया अनुसार सूचना टाँस गर्दा समेत सम्पर्कमा नआएकोले उपस्थित हुनका लागि प्रधान कार्यालयले सोमबार सूचना जारी गरेको हो । प्रहरी प्रधान कार्यालयको प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले जारी गरेको सूचना अनुसार ०८१ भदौ देखि ०८१ कार्तिकसम्म कार्यालय सहयोगी देखि लिएर प्रहरी नायब निरीक्षक तहसम्मका कर्मचारीहरु सगँठनको सम्पर्कमा छैनन् । सबैभन्दा बढी प्रहरी जवान सम्पर्कबिहिन छन् । प्रधान कार्यालयले विभिन्न पदमा कार्यरत २८ जना कर्मचारीहको नामसहितको विवरण सार्वजनिक गर्दै…

Read More