Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

बुटवल, ८ मंसिर । बुटवल हस्पिटल प्रा.लि.ले बजार प्रवद्र्धन अभियान अन्तरगत बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यलाई अघि बढाएको छ । शुक्रवार बुटवल हस्पिटल प्रा.लि. र कुमारी बैंक लिमिटेड तथा लक्ष्मी सनराइज बैंकबीच छुट्टाछुट्टै सम्झौता भएको छ । अस्पताल र बैंकहरुबीचको सहकार्यले दुबै पक्षको बजार प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष चुन्न प्रसाद पौडेलले बताए । उनले सबैको सहयोगले मात्र बुटवललाई मेडिकल हबका रुपमा चिनाउन सकिने भन्दै उपचारका लागि बुटवलबाट बाहिर जान नपर्ने अवस्थाको श्रृजनाका लागि अस्पताल लागि परेको बताए । उनले यस्तो सहकार्य यस क्षेत्रका सघ संस्था, उद्योग प्रतिष्ठान,शैक्षिक संस्था लगायत सबैसँग हुने बताए । उक्त अवसरमा…

Read More

भैरहवा, ८ मंसिर । सिद्धार्थनगर नगरपालिकाको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को अध्यक्षमा उदय कुमार मल्लिक निर्वाचित भएका छन् । सिद्धार्थनगर प्याब्सनको शुक्रबार भैरहवामा भएको छैठौं साधारण सभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा मल्लिक सर्वसम्मत निर्वाचित भएका हुन् । निर्वाचित मल्लिक सि.बि.पब्लिक हाई स्कूलका प्रधानध्यापक हुन् । त्यस्तै उपाध्यक्षमा राजेन्द्र घिमिरे (काशी नोबल एकेडेमी), सचिवमा सृजना पाठक (लुम्बिनी सृजना इङलिस स्कूल) र कोषाध्यक्षमा राजेश राज जोशी (मुनलाईट सेकेण्डरी बोर्डिङ्ग स्कूलं) निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत तथा प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माले बताए । उनका अनुसार सदस्यहरुमा युवराज पोख्रेल (नेपाल नालन्दा सेकेण्डरी स्कूल), लक्ष्मण ज्ञवाली (साई ग्लोबल सेकेण्डरी स्कूल), धर्मेन्द्र…

Read More

भैरहवा, ७ मंसिर। महिला तर्फको यू-१९ किक्रेट खेलको विश्वकप खेल्नका लागि छनौट भएकी नेपाल टिमका सदस्य तृष्णा विश्वकर्मालाई सम्मान गरिएको छ । विश्वकर्माको गृहक्षेत्र ओमसतिया गाउँपालिका कार्यालयले शुक्रवार दोसल्ला ओढाई, नगद ५१ हजार रुपैयाँ र सम्मान पत्रले सम्मान गरेको हो । हालै युएईमा सम्पन्न विश्वकप छनौट खेलमा नेपाली महिला टिम छनौट हुँदा विश्वकर्मा सो टिममा सदस्य थिइन् । सम्मान कार्यक्रममा आफ्ना बुवा,आमा सहित उपस्थित भएकी ओमसतिया गाँपालिका-१ नयाँ गाउँको विश्वकर्मालाई ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जित कुमार यादव, उपाध्यक्ष सुनिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, प्रशासन प्रमुख रूपा थापा राउत लगायतले संयुक्त रुपमा सम्मान गरेका थिए । खेलाडी विश्वकर्माले सम्मानले आफुलाई थप…

Read More

भैरहवा, ७ मंसिर । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको पाँच तारे टाइगर प्यालेस रिसोर्टको व्यवस्थापन काठमाडौंको सोल्टी होटल एण्ड रिसोर्टले गर्ने भएको छ । जसका लागि दुवै रिसोर्टबीच शुक्रवार सम्झौता भएको छ । सोल्टी होटल्स एण्ड रिसोर्ट्स अर्न्तगत रहेको सोल्टी होटलले सम्झौता भएसँगै अब टाइगर प्यालेस रिसोर्टलाई टाइगर्स र प्यालेस वाई सोल्टीको नाम र ब्राण्डबाट व्यवस्थापन तथा सञ्चालन गर्ने बताइएको छ । सोल्टी होटल्स एण्ड रिसोर्ट्सले भैरहवा क्षेत्रमा आफ्नो सेवा विस्तार गर्दै नेपालमा लक्जरी आतिथ्यताको अग्रणीयतामा आफ्नो स्थानलाई सुदृढ पार्दै यो सहकार्य एउटा महत्वपूर्ण कोसेढुङ्गा सावित हुने जनाएको छ ।

Read More

दाङ, ७ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोबीच भेटवार्ता भएको छ । शुक्रवार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको भेटवार्तामा लुम्बिनी प्रदेशको विकास र समृद्धिमा स्विस सरकारले हाल गर्दै आएको सहयोगको बारेमा छलफल भएको प्रदेश सरकारले जनाएको छ । मुख्यमन्त्री आचार्यले प्रदेश तह आत्मनिर्भर हुने चरणमा रहेकाले यो अवधिमा दातृ निकायहरुको साथ सहयोग आवश्यक पर्ने भन्दै पूर्वाधारदेखि सामाजिक क्षेत्रको विकासमा सहयोग आवश्यक परेको बताए । ‘प्रदेश स्थापना भएर कार्यान्वयनमा आएको ७ वर्ष भएको छ । प्रदेश आत्मनिर्भरताको बाटोमा छ । सबै प्रकारको साथ सहयोग जरुरी छ’उनले भने, ‘स्वीस सरकारले गर्दै आएको सहयोगलाई…

Read More

भैरहवा, ७ मंसिर । नेपाल प्रहरीका दुई जना डीआईजी एआईजीमा बढुवा भएका छन् । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजीद्धय बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ढकाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा कार्यरत छन् । गत कात्तिकमा उनीहरु बढुवा सिफारिसमा परेका थिए ।

Read More

भैरहवा, ६ मंसिर । रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा लागुऔषध तथा अपराध न्यूनीकरण सम्बन्धि सचेतनामूलक कार्यक्रम गरिएको छ । बिहीवार नेपाल विद्यार्थी संघको क्याम्पस ईकाइ समितिले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहकार्यमा क्याम्पसमा लागुऔषध तथा अपराध न्यूनीकरण सम्बन्धि सचेतनामूलक कार्यक्रम गरेको हो । युवापुस्ता लागुऔषधको कुलत र जघन्य अपराधमा जोड्दिै गएकोले त्यसको न्यूनीकरण तथा सचेतनाका लागि क्याम्पसका विद्यार्थीहरुको सहभागितामा कार्यक्रम गरिएको नेपाल विद्यार्थी संघको भैरहवा क्याम्पस ईकाइ समितिका सचिव एवं कार्यक्रम संयोजक मोहम्मद उमर बादशाहले बताए । भविष्यका कर्णधार रहेका युवाहरु अपराधमा जोडिदै जानु हाम्रो समाज मुलुकको लागि ठिक होइन उनले भने विद्यार्थी अवस्था देखि नै केही युवा अपराधको बाटोमा लाग्ने सम्भावना…

Read More

भैरहवा, ६ मंसिर । भैरहवा क्षेत्रमा स्थित विशेष आर्थिक क्षेत्र प्राधिकरण कार्यालयले उद्योग लगायत क्षेत्रमा आउने सक्ने विपद्लाई न्यूनीकरण गर्ने सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ । कार्यालयले शुक्रवार सेजमा रहेका उद्योगका प्रबन्धक, कर्मचारी समेतको सहभागितामा विपद् जोखिम न्यूनीकरण व्यवस्थापन अभिमुखीकरण कार्यक्रम गरेको हो ।कार्यक्रममा कर्मचारीहरुलाई विपद्को जोखिम, पूर्वतयारी, न्यूनिकरण तथा व्यवस्थापन लगायतमा विषयमा प्रशिक्षण दिइएको थियो । सेजको उद्योगहरुमा रहेका कर्मचारीलाई विपद् न्यूनीकरणका लागि अभिमुखीकरण र पूर्वतयारी गराउन आवश्यकता देखिएकोले सचेत गराउनका लागि प्रशिक्षण दिइएको विशेष आर्थिक क्षेत्र प्राधिकरण भैरहवा कार्यालयका प्रमुख सहायक निर्देशक इन्जिनियर सबुद डुम्रेले बताए । ‘उद्योग क्षेत्रमा कुनै विपद् आइहाल्यो भने के गर्ने ? कसरी व्यवस्थापन…

Read More

भैरहवा, ६ मंसिर । भारतको उत्तरप्रदेशमा सवारी दुर्घटना हुँदा ५ जनाको मत्यु भएको छ । १५ जना घाइते भएका छन् । भारतीय प्रहरीका अनुसार मृतकमध्ये पाँच महिने शिशु, एक महिला र तीन पुरुष रहेको प्रहरीले जनाएको छ । दिल्लीबाट आजमगढ जाँदै गरेको बस अलिगढमा ट्रकमा ठोक्किदाँ ठोक्किदा दुर्घटना भएको हो । घाइतेहरु जेबरस्थित कैलाश अस्पतालमा उपचार भइरहेको भारतीय संचारमाध्यमहरुले जनाएको छ ।

Read More

भैरहवा, ६ मंसिर । लुम्बिनी प्रदेशको बुटवल-गोरुसिंगे-चन्द्रौटा चार लेनको निर्माण हुने भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको बुटवलदेखि कपिलवस्तुको चन्द्रौटासम्मको दुरी ६९ किलोमिटर छ । हाल दुई लेनको उक्त सडक ३४ अर्ब लगानीमा ४ लेनको निर्माण हुने भएको हो । एक सय किलोमिटर प्रतिघण्टाको गतिमा सवारीसाधन गुड्न सक्ने गरी निर्माण हुन लागेको सडक आधुनिक र वातावरणमैत्री हुने बताइएको छ । उक्त सडक बुटवलबाट चन्द्रौटा हुँदै नेपाल-भारत कृष्णनगर भन्सार र लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरी संग जोडिनेछ। सडक क्षेत्र भित्र पर्ने १० किलोटिरको कोरिडोरलाई हरित क्षेत्रको रुपमा विकास गर्ने योजना प्रस्ताव अघि बढाईएको लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव…

Read More