Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, १० माघ । सुप्रिम बचत तथा ऋण सहकारी संस्था रकम अपचलन प्रकरणमा जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दाको थुनछेक बहसमा बुधवार अभियुक्त (रवि लामिछाने) लाई प्रहरी हिरासतमा किन नराखिएको भन्दै इजलासमा प्रश्न गरिएको छ । मुद्दामा बुधवार लामिछानेको बयान सकिएपछि बिहीवार बिहान साढे १० बजे हाजिर हुने गरी परिवार र कानुनी व्यवसायीको जिम्माजमानीमा उनलाई छाडिएको थियो । बिहीवार बिहान अदालतमा लामिछाने हाजिर भएपछि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा थुनछेक बहस जारी छ । मुद्दामा थुनछेक बहस सुरु भएपछि वादी (पीडित) का तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बुधवार इजलासमा अभियुक्तलाई प्रहरी हिरासतमा…

Read More

भैरहवा, १० माघ। रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध समेत जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दामा थुनछेक बहस सुरु भएको छ । बुधवार मुद्दामा लामिछानेको बयान पश्चात बिहीवार बिहान साढे १० बजे उपस्थित हुने गरी परिवार र कानुनी व्यवसायीको जिम्माजमानीमा छाडिएको थियो।जस अनुसार लामिछाने करिब साढे १० बजे अदालतमा हाजिर भएका थिए । अदालतमा लामिछाने उपस्थित भएपछि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा थुनछेक बहस सुरु भएको जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार यज्ञमूर्ती ज्ञवालीले जानकारी मुद्दामा वादी (पीडित)को तर्फबाट जिल्ला सरकारी वकिल कार्यालका…

Read More

भैरहवा, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दामा बुधवार अदालतमा उनको बयान सकिएको छ । अदालतमा मुद्दा दर्ता भएपछि बुधवार बिहान अदालतमा उपस्थित भएका लामिछानेको न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा दिउँसो एक बजेदेखि सुरु भएको बयान साँझ करिब ५ बजे सकिएको छ । बयान सकिएर थुनछेक बहसका लागि समय नहुदाँ बिहीवार बिहान साढे १० बजे उपस्थित हुने गरी लामिछानेलाई उनको परिवार (श्रीमती निकिता पौडेल लामिछाने) र कानुन व्यवसायीको जिम्मा लगाएर पठाइएको जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार यज्ञमूर्ती ज्ञवालीले बताए । परिवार…

Read More

भैरहवा, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेको जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हाद कुमार योगीको ईजलासमा बयान सुरु भएको छ । गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा रवि लामिछानेसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेपछि मुद्दाको प्रतिवादका लागि बुधवार बिहान लामिछाने अदालतमा उपस्थित भएका हुन् । सहकारी ठगी र संगठित अपराधमा मुद्दाका प्रतिवादी लामिछानेको बयान सुरु भएको जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार यज्ञमूर्ती ज्ञवालीले जानकारी दिए । बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । ईजलास अधिकृतले मुद्दामा…

Read More

भैरहवा, ९ माघ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हाद कुमार योगीको ईजलासमा हुने भएको छ । गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा रवि लामिछानेसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेपछि मुद्दाको प्रतिवादका लागि उनी अदालतमा उपस्थित भएका हुन् । ईजलास अधिकृतले मुद्दामा बयानका लागि मिसिल अध्ययन गरिररहेकोले लामिछानेको बयान केही समयमा सुरु हुने बताईएको छ । अदालतको वेभसाईटमा उल्लेख भए अनुसार नारायण बहादुर पहराई समेतको जाहेरी नेपाल सरकार वादी रहेको सहकारी ठगी र संगठित अपराध मुद्दामा रविना रिमालसमेत २२…

Read More

भैरहवा, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एंव गोर्खा मिडिया प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने जिल्ला अदालतमा रुपन्देहीमा उपस्थित भएका छन् । गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा रवि लामिछानेसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेपछि मुद्दाको प्रतिवादका लागि उनी अदालतमा उपस्थित भएका हुन् । लामिछाने श्रीमती निकिता पौडेल लामिछानेसहित मंगलबार साँझ भैरहवा पुगेका थिए । अदालतमा उपस्थित भएका लामिछानेको सुरुमा बयान हुनेछ र त्यसपछि थुनछेक बहस हुने बताईएको छ । लामिछाने अदालतमा उपस्थित हुँदा अदालत क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाईएको छ भने समाचार…

Read More

भैरहवा, ८ माघ । भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको मंगलबारको खेलमा मेलवर्न क्रिकेट क्लब (एमसीसी) लाई हराउँदै लुम्बिनी खुकुरी क्लबले जित निकालेको छ । खुकुरीले एमसीसीलाई ९७ रनले पराजित गर्दै जित निकालेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको खुकुरीले निर्धारित ४१ ओभरको खेलमा ६ विकेट गुमाएर २ सय ३२ रनको बलियो योगफल बनायो । उसका लागि साहब आलमले अविजित ७२ रनको अर्धशतकीय पारी खेले । यस्तै, कसेजाद आलमले ४८, जमिर अलीले ३६, निश्चल चौधरीले २०, शंकर रानाले १५ र प्रज्वल थापाले १२ रनको योगदान गरे । बलिङमा एमसीसीका अब्दुल हबिब र विपिन…

Read More

भैरहवा, ८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुनका लागि मंगलबार भैरहवा आइपुगेका छन् । लामिछानेमाथी जिल्ला अदालत रुपन्देहीमा सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएपछि मुद्दाको प्रतिवादका लागि अदालतमा उपस्थित हुन भैरहवा आइपुगेका हुन् । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा गत माघ ६ गते अदालतमा दर्ता भएको पुरक अभियोगपत्रमा उनलाई प्रतिवादी बनाइएको छ । मंगलबार बुद्ध एयरलाइन्सको उडान नम्बर यू ४-८५९ बाट श्रीमती निकिता पौडेल लामिछानेका साथ साँझ उनी भैरहवा आइपुगेका पुगेका हुन् । रास्वपा स्रोतका अनुसार अदालतमा मुद्दा दर्ता…

Read More

हृदयराम गुप्तामर्चवार, ८ माघ । मर्चवार लिफ्ट सिँचाई जल उपभोक्ता संस्थाको निर्वाचनको पहिलो दिनमै विवाद भएको छ ।निर्वाचनको पहिलो चरण्मा माघ ३ गते ४ वटा ब्लकको निर्वाचन पछि भएको विवादले मतगणना स्थगित भई मतपेटिका प्रहरीको सुरक्षामा राखिएको छ । माघ ३ गते सम्पन्न ब्लक नं.१, २, २ बी र २४ बी को मतदानपछि मतगणनाको लागि सहमति जुट्न नसक्दा मतगणना हुन नसकेको निर्वाचन अधिकृत तथा सिँचाई डिभिजन कार्यालय रुपन्देहीका ईन्जिनियर विवेक साहले जानकारी दिए । ब्लक नं.१ मा १ सय १ मत, ब्लक नं. २ मा ८७, ब्लक नं. २बी मा ६६, ब्लाक नं.२४ बीमा ४५ मत गरी कुल २ सय…

Read More

भैरहवा, ८ माघ । सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा.रुपन्देहीले शहीद स्मारक र पिउने पानीको धारा स्थलको निर्माण गरेको छ । जसको सोमबार गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापा मगरले उद्घाटन गरे। क्वीक इम्प्याक्ट प्रोजेक्ट (क्यूआईटी) अन्तर्गत पिउने पानीको धारा जडान गरिएको सशस्त्र प्रहरी उपरीक्षक थापा मगरले बताए । ‘सीमा क्षेत्रमा आउजाउ गर्ने नागरिक तथा पर्यटकलाई पानी पिउन सहज होस् भन्ने उद्देश्यले धारा निर्माण गरिएको हो’उनले भने– ‘सशस्त्र प्रहरीको यो सानो प्रयास हो, क्रमशः यस्ता गतिविधि बढाउँदै जानेछौं ।’ क्यूआईटी सशस्त्र प्रहरी बलको प्रभावकारी योजना हो । सडक विभाग, स्थानीय तह, सर्वसाधरण लगायतसँग समन्वय र सहकार्य…

Read More