Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, २१ मंसिर । नेपाल प्रहरीमा जवान, कार्यालय सहयोगीसहितका पदमा १ हजार २ सय भन्दा बढी संख्यामा भर्ना खुलेको छ । नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रवार प्रकाशित गरेको सूचना अनुसार प्रहरी जवानमा १ हजार १६५ जना, कार्यालय सहयोगी (भान्छे) पदमा ४७ र कूचीकार पदमा ११ जना माग गरिएको छ । भर्ना फारम बुझाउने म्याद यही मंसिर २७ गतेदेखि पुस ७ गतेसम्म छ । जवान पदका लागि १८ वर्ष उमेर पूरा भई २३ वर्ष ननाघेको र कार्यालय सहयोगी पदका लागि १८ वर्ष उमेर पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । हेर्नुहोस् सूचना:

Read More

काठमाडौ, २० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएलमा) सट्टेबाजी खेलाएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले कीर्तीपुर मैदानबाट बिहिबार तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ । यसअघि प्रहरीले चार जना भारतीय नागरिकलाई सट्टेबाजी खेलाएको आरोपमा पक्राउ गरेको थियो । एनपीएलमा सट्टेबाजी तथा बेटिङ हुने आशंकामा सीआईबीले एसपीको कमाण्डमा टोली नै खटाएको छ । उनीहरुले स्पोर्ट बाजी, प्रोबो लगायत अनलाइन बेटिङ एपबाट सट्टेबाजी खेलाएको आरोप छ ।

Read More

देउखुरी, २० मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । प्रदेश स्तरीय खाद्य सुरक्षा तथा बहुक्षेत्रीय पोषण विषयक अनुभव तथा सिकाई आदानप्रदान कार्यक्रमलाई बिहीबार दाङको भालुबाङमा सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न उच्च प्राथमिकतामा राख्दै विशेष कार्यक्रम लागु गरिएको बताए । ‘प्रदेशमा कुपोषण एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखा परेको छ । पोषणको अवस्थामा सुधार ल्याउन विशेष कार्यक्रम लागू गरेका छौं’उनले भने,‘मातृ शिशु मृत्युदरलाई घटाउछौं । पोषणको अवस्थालाई सुधार गर्छौं । बाल मृत्युदर घटाउछौं । सरकारले यी क्षेत्रमा उपलब्धी हासिल…

Read More

भैरहवा, २० मंसिर । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको कार्यालयले चालु आर्थिक वर्ष ०८१/०८२ को नीति, योजना तथा कार्यक्रमको प्रथम चौमासिक प्रगति समीक्षा गरेको छ । कार्यक्रममा नगर कार्यपालिकाका सदस्य, विषयगत शाखा अन्तर्गतका सम्पूर्ण शाखाहरुका प्रमुख तथा प्रतिनिधिहरुबाट गत प्रथम चौमासिक प्रतिवेदनसहित भए गरेका कार्यहरुमाथि छलफल तथा अन्तरक्रिया गरी नगरपालिकामा सुरु भएका योजना तथा चौमासिक प्रगति प्रस्तुत गरिएको थियो । नगरप्रमुख रामकृष्ण खाणले नगरपालिकाको समग्र विकासका लागि कर्मचारी र जनप्रतिनिधि मिलेर अगाडी बढ्नुपर्नेमा जोड दिए । उनले नगरपालिकाले सारेका आयोजनाहरुको समयमै काम सम्पन्न गर्नेमा आफुहरु विश्वस्त रहेको बताउँदै सबै योजना समयमै सम्पन्न गर्न सबै एकजुट हुनुपर्ने बेला आएको बताए । हालसम्म भएका…

Read More

देउखुरी, २० मंसिर । लुम्बिनी प्रदेशमा पुनःस्थापना गृह निर्माण गरिने भएको छ । लैंगिक हिंसा प्रभावितहरुको पुनःस्थापनाको लागि पुनःस्थापना गृहको आवश्यकता परेको हो । एशियाली विकास बैंकको अनुदान सहयोगमा दाङको घोराहीमा पुनःस्थापना गृह बनाउन थालिएको लुम्बिनी प्रदेश सरकारले जनाएको छ । एशियाली विकास बैंकका प्रतिनिधि मण्डलसँगको भेटमा मुख्यमन्त्री चेतनारायण आचार्यले जग्गा प्राप्तीको काम अन्तिम चरणमा पुगेको, लगत्तै भवन निर्माणको ठेक्काको काम अघि बढ्ने जानकारी दिए । ‘हिंसामुक्त समाज निर्माण गर्ने प्रदेशको संकल्प छ । यसका लागि हिंसा प्रभावितहरुको न्यायमा सहज पहुँच पुर्याउन, समाज र घर परिवारमा पुनःस्थापनाका लागि पुनःस्थापना गृहको आवश्यकता परेको हो’, मुख्यमन्त्री आचार्यले भने, ‘सामाजिक न्याय र समतामूलक…

Read More

भैरहवा, १९ मंसिर । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’ हुने भएको छ । रुपन्देही क्रिकेट संघको आयोजना र पर्वत ज्वेलर्सको मुख्य प्रायोजनामा प्रतियोगिता हुन लागेको हो । आयोजकले बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी मंसिर २१ गतेदेखि पुस २ गतेसम्म प्र्रतियोगिता संचालन हुने जनाएको छ । विद्यालयस्तरबाटै खेलाडी उत्पादनमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । आफ्नो स्वर्गीय हजुरबुवा शेरबहादुर सेन्चुरीको स्मृतिमा पर्वत ज्वेलर्सका संचालक बिमल सेन्चुरीले विगत लामो समयदेखि प्रतियोगितालाई मुख्य प्रायोजन गर्दै आएका छन् । संघका कोषाध्यक्ष निरजप्रताप खाँणले प्रतियोगिताले तल्लो तहबाटै खेलाडी उत्पादनमा सहयोग पुग्ने जनाए । उनका अनुसार…

Read More

भैरहवा, १९ मंसिर ।रुपन्देहीमा खुल्ला स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको छ । जिल्लाको रोहिणी गाउँपालिका–२ का स्थानीय युवाहरुको आयोजनामा बुधवारदेखि सोही वडामा खुरहुरिया प्रियमियम लिग (केपिएल) अन्र्तगत क्रिकेट प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन रोहिणी गाउँपालिका–२ का वडाअध्यक्ष करमहुसैन खान लगायतले गरे । प्रतियोगिता स्थानीयस्तरको भएकोले यसमा गाउँको प्रतिनिधित्व गर्दै टिमहरुले सहभागीता जनाएका छन् । प्रतियोगितामा २२ वटा गाउँको टिम सहभागी भएको र प्रतियोगिता एक हप्तासम्म जारी रहने आयोजक टिमका सदस्य मोबिन आलमले जानकारी दिए । प्रतियोगिताको प्रत्येक खेल १५ ओभरको हुनेछ । ‘गाउँगाउँमा लुकेका प्रतिभाहरु हुन्छन् । जसले भविष्यमा खेलकुदको माध्यमले देशकै नाम उच्च राख्न सक्छन्’ उनले…

Read More

भैरहवा, १९ मंसिर । के तपाईलाई शान्तिका अग्रदुत गौतमबुद्ध जन्मस्थलसँगै बुद्धको जीवनमा आधारित अन्य पर्यटकीय स्थलहरु घुम्ने इच्छा छ ? तर, सबैस्थल कसरी जाने ? यातायातको व्यवस्थापन कसरी गर्ने ? लगायत चिन्ता लिनुभएको छ ? छ भने अब चिन्ता छाड्नुहोस् । सहज रुपमा बौद्ध स्थलहरुको भ्रमण गर्ने इच्छा छ भने बिहीवार देखि भैरहवास्थित अंचलपुरमा आयोजना हुन लागेको लुम्बिनी राष्ट्रिय महोत्सवमा जानुहोस् । त्यहाँ सबै व्यवस्थापन गरिएको छ । महोत्सव आयोजक सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले महोत्सव अवलोकन गर्न आउने आन्तरिक, भारतीय र तेस्रो मुलुकका पर्यटकहरुलाई लक्षित गरेर बौद्धस्थलहरुको भ्रमण प्याकेज ल्याएको छ । मंसिर २० गते पुस १ गतेससम्म महोत्सव…

Read More

भैरहवा, १९ मंसिर । भैरहवास्थित अंचलपुरमा आयोजना गर्न लागिएको ९ औं लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी पुरा भएको छ । आयोजक सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले बुधवार पत्रकार सम्मेलन गरेर मंसिर २० गतेदेखि पुस १ गतेसम्म संचालन हुने महोत्सवको तयारी पुरा भएको जनाएको हो । ‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मुल नाराका साथ बजार चलायमन गराउन लगायत उद्देश्यसहित महोत्सवको आयोजना गरिएको हो । भोली (बिहीवार) उद्घाटन हुने महोत्सवका लागि देवकोटाचोक देखि महोत्सव स्थल सम्म झाँकीसहित प्रर्दशन गरिने भएको छ । महोत्सवको उद्घाटन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्ने कार्यक्रम छ । ‘संघको गठित ३३ वटा समिति र सबैको सहयोगले…

Read More

भैरहवा, १८ मंसिर । भैरहवा बहुमुखी क्याम्पसको कक्षा कोठाको झ्याल, विद्युत, शौचालयको मर्मत, सम्भार र व्यवस्थापनका लागि नेपाल विद्यार्थी संघले क्याम्पस प्रमुख र संकाय प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ। नेपाल विद्यार्थी संघको व्यवस्थापन संकाय प्रथम वर्षको अंग्रेजी र नेपाली माध्यम कक्षा कमिटिले व्यवस्थापन संकायको कक्षा कोठामा झ्याल, विद्युत, दुर्गन्धित छात्रा शौचालय लगायतको समस्या समाधानका लागि क्याम्पस प्रमुख अनिल कुमार झा र व्यवस्थापन संकायका प्रमुख बाबुराम काफ्लेलाई ज्ञापन पत्र बुझाएका हुन् । क्याम्पस प्रशासनले ज्ञापन पत्र बुझ्दै माग गरिएका विषय सम्बोधन गर्दै समस्या समाधान गर्ने प्रतिवद्धता जनाएको व्यवस्थापन संकाय प्रथम वर्षको अंग्रेजी माध्यम कक्षा कमिटिको अध्यक्ष रशमी रसाईलीले बताइन् । व्यवस्थापन…

Read More