Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, १३ कार्तिक। नगरको ट्राफिक व्यवस्थापनमा मुख्य चुुनौतीको रुपमा देखिएका अटो–टेम्पो तथा विद्युतीय रिक्सा (ई–रिक्सा) व्यवस्थापनमा सिद्धार्थनगर नगरपालिकाले सक्रियता देखाएको छ । हालै मात्र लुम्बिनी रोड, शान्तिनगरस्थित परासीरोड तथा बेलहियामा हुँदै आएको ठुला सवारी साधनको अब्यबस्थित पार्किङलाई व्यवस्थित गरेको सिद्धार्थनगरले अब अटो टेम्पो तथा ई–रिक्सालाई पनि त्यसैगरी व्यवस्थित गर्न लागेको हो । सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले नगरमा व्यवस्थित पार्किङ गरी ट्राफिक व्यवस्थापन गर्ने, नगरकलाई सुन्दरीकरण गर्ने, उचित भाडादर लागुु गर्ने जस्ता बिषयहरु जोडिएकाले अटो–टेम्पो तथा ई–रिक्सा व्यवस्थापनमा सबैले सहयोग पुर्याउनुु पर्ने बताए । उनका अनुसार सबै सरोकारवालाहरुको सर्वपक्षीय छलफलबाट बिनादर्ता र अव्यवस्थित रुपमा भैरहवा क्षेत्रमा संचालन हुँदै आएका…

Read More

भैरहवा, १३ कर्तिक। इन्टरपोलबाट रेड नोटिस जारी भएका एक जना नेपाली नागरिकलाई कतारमा पक्राउ गरेर नेपाल ल्याइएको छ । पक्राउ पर्नेमा भोजपुर साविक युँ गाविस-५ का गजेन्द्र वान्तवा राई रहेका छन्। पक्राउ परेका वान्तवालाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नका लागि नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ असोज १ गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो । झापा मेचीनगर नगरपालिका-११ धाईजनका ४८ वर्षीया श्रीमती सर्मिला तामाङको हत्यामा संलग्न रही फरार भएका वान्तावालाई एनसिबी दोहाको समन्वयमा उनलाई पक्राउ गरिएको हो। नेपाल प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखाका अनुसार पक्राउ परेका वान्तवालाई कारवाहीका लागि इलाका प्रहरी कार्यालय…

Read More

दाङ,१३ कार्तिक। लुम्बिनी प्रदेश सरकारले दाङस्थित प्रशिद्ध धार्मिक तिर्थस्थल बाह्रकुने दहलाई पर्यटन सर्किटसंग जोड्ने योजना अनुरुप त्यहाँ भौतिक पूर्वाधारको निर्माण थालेको छ। मंगलबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्य त्यहाँ निर्माण भइरहेका पर्यटकीय पूर्वाधारको अवलोकन गरेका छन्। साथै, उनले स्थानीय बासिन्दा, बाह्रकुने दह व्यवस्थापन समितिका पदाधिकारीहरु संग छलफल समेत गरेको बताइएको छ । सरकारले प्रदेशमा रहेको पर्यटकीय क्षेत्रलाई पर्यटन सर्किटको रुपमा निर्माण गरेर एक आपसमा जोड्ने संकल्प लिएको छ। जसअनुसार बाह्रकुने दहसहित विभिन्न पर्यटकीय क्षेत्रमा विकासका कार्यहरु भइरहेको छ। लुम्बिनी भ्रमणमा आउने पर्यटकहरुलाई १२ जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुमा पुर्याउने र धेरै दिनको भ्रमण गराउने गरी प्रदेश सरकारले पर्यटन सर्किटको अवधारणा…

Read More

दाङ, १२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गत वर्षको दायित्व भुक्तानी सुरु भएको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरुसँग सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा बहुवर्षिय र क्रमागत आयोजनाको भुक्तानी सुरु गरिएको जानकारी दिए । संघीय सरकारले वित्तीय समानीकरण अनुदान नपठाउँदा प्रदेशमा दायित्व थपिएको, निर्माण व्यवसायीले पनि समयमा काम सम्पन्न नगर्दा जटिलता उत्पन्न भएको उल्लेख गरे । ‘संघीय सरकारले पठाउनुपर्ने अनुदान पठाएन । त्यसले भुक्तानीको दायित्व थप्यो । त्यसमा पनि निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगर्दा पनि अप्ठ्यारो भएको हो’उनले भने,‘सरकारले बहुवर्षिय र क्रमागत आयोजनाको भुक्तानी सुरु गरिसकेको छ ।’ उनले निर्माण व्यवसायीले ईमान्दारी भएर…

Read More

दाङ,१२ कार्तिक। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश तहलाई वित्तिय क्षेत्रमा बलियो बनाउन राजश्व र रोयल्टी बाँडफाटँको व्यवस्थालाई पुनरावलोकन गर्न जरुरी रहेको बताएका छन्। संविधानको भावना अनुसार प्रदेश र स्थानीय तहलाई प्राथमिकतामा राखेर राजश्व र रोयल्टी बाँडफाँड गरिनुपर्नेमा न्यायपूर्ण बाँडफाड हुन नसकेको उनको भनाई छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आयोजनामा लुम्बिनी प्रदेशमा भएको रोयल्टी बाँडफाँडको वर्तमान प्रणालीको संरचना, आधार र ढाँचाको पुनरावलोकन सम्बन्धी अध्ययन बिषय अन्तरक्रिया कार्यक्रममा उनले हाल भइरहेको ५० प्रतिशत संघीय सरकार, २५ प्रतिशत प्रदेश र २५ प्रतिशत स्थानीय तहको मापदण्डलाई परिमार्जन गर्नुपर्ने बताए। ४० प्रतिशत संघीय सरकार र बाँकी ६० प्रतिशत प्रदेश तथा स्थानीय तहमा…

Read More

बर्दिया, १२ कार्तिक। बर्दियामा भरुवा बन्दुकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार राति मधुबन नगरपालिका-३ स्थित कोठिया सामुदायिक जंगलबाट एक थान भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरी टोलीले बन्दुकसहित राजापुर नगरपालिका-१० नर्सरी बस्ने ६३ वर्षीय चन्द्र बहादुर भण्डारी समेत ३ जनालाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

दाङ, १२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले द्वन्द्वपीडितका समस्या समाधान गर्न समावेशी नीति र कानूनी संरचनाको निर्माण गर्दै पीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको बताएका छन् । दाङको लमहीमा प्रदेश स्तरीय अन्तरसंवाद कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले पीडितहरुको न्यायमा पहुँच सुनिश्चित गर्न र उनीहरुको हकअधिकारलाई सम्बोधन गर्ने गरी भूमिका निर्वाह गरिरहेको बताए । उनले प्रदेश सरकारले संक्रमणकालिन न्यायको परिपूर्ति गर्न परिपुरणको योजना अघि बढाएको समेत बताए । द्वन्द्व र द्वन्द्वपश्चातको शान्ति प्रक्रिया, नीति निर्माणमा महिलाको सहभागीता, महिला र बालिकाहरुको सबै प्रकारका अधिकारहरुको संरक्षणका लागि प्रदेश सरकारले नीगित सुधार गरेर ध्यान दिएको समेत उनले बताए । ‘संक्रमणकालिन न्यायलाई अन्तिम टुंगोमा…

Read More

दाङ,१२ कार्तिक। जबरजस्ती करणीको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान रेवन पचभैया मगर मृत अवस्थामा भेटिएका छन् । गत असोज २४ गते पिङ खेल्न आएको नाबालिकालाई बलात्कार गरेको आरोपमा अनुसन्धान गर्नका लागि प्रहरी नियन्त्रणमा लिइएको थियो। आफैंले लगाएको कपडाको पासो लगाएर शौचालयमा भेन्टिलेसनमा झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसी जानकारी दिए। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Read More

सलमान खानभैरहवा, १२ कार्तिक। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका अन्र्तगत सिद्धार्थ राजमार्गमा लगाइएका फुल तथा बोटविरुवाहरु भाँच्ने, उखाल्ने लगायत गतिविधि भएपछि सिद्धार्थनगरले त्यस्ता गतिविधी गर्ने व्यक्तिबारे सूचना दिए पुरस्कारको प्रदान गर्ने जनाएको छ। सिद्धार्थनगर नगरपालिकाको मेयरमा इश्तियाक अहमद खाँ निर्वाचित भएपछि उनले नगरलाई ‘क्लिन’, ‘ग्रिन’ एण्ड ‘इको फ्रेन्डली सिटी’को रुपमा विकास गर्नका लागि विभिन्न योजना अघि बढाएका छन् । जसअन्र्तगत राजमार्गसहित नगर क्षेत्रमा विभिन्न प्रजातिका फुल, बोटविरुवा लगाइएको छ । लगाइएका फुलहरु फुलेपछि नगर क्षेत्र सुन्दर देखिन थालेको छ भने रुखका विरुवा हुर्किदा हरियाली भएको छ। तर, केही दिनदेखि रातीको समयमा अज्ञात व्यक्तिद्धारा लगाइएका फुल तथा बोटविरुवा भाँच्ने, जरैबाट उखालेर फाल्ने जस्ता…

Read More

भैरहवा, १२ कार्तिक। रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरको आयोजनामा सञ्चालित मिसेज लुम्बिनी प्रदेशको अडिसन राउण्ड सम्पन्न भएको छ । मिसेज लुम्बिनी प्रदेशका लागि शनिवार भैरहवामा अडिसन भएको क्लबका अध्यक्ष ओम जैसीले बताए । अडिसनमा रुपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासी, पाल्पा र गुल्मीबाट गरी ४७ जनाको सहभागीता थियो । जसमध्ये ३० जना छनौट भएको अध्यक्ष जैसीले बताए। अडिसनमा निर्णायक उकेश मान ज्ञवाली (मिस्टर लुम्बिनी–२०१८), आमिसा थापा (मिस पश्चिमाञ्चल–२०२१) तथा कोरियोग्राफर, मुना राना (फेशन डिजाईनर), लिटिल एन्जल्स स्कूलका प्राचार्य सुमन गोपाल र गायिका देबिका बन्दनाको उपस्थिति थियो। महिला सशक्तिकरण र क्लबको उचाईलाई अझ माथि पुर्याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको रोटरी क्लब अफ लुम्बिनी…

Read More