


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, २८ कार्तिक। भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘बी’को बुधबारको खेलमा बुटवल–११ क्रिकेट क्लबले सफलता हात पारेको छ । उसले साई ग्लोबल एकेडेमीमाथि ६ विकेटको जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको साई ग्लोबलले मौसमका कारण ३३ ओभरमा छोट्याइएको खेलमा ३० ओभर १ बल खेल्दै ८४ रनमै आलआउट भयो । उसका लागि अभिषेक सुनारले १८, अजय चाईले १३, प्रयाश गैरेले ११ र आह्वान घिमिरेले १० रन बनाए पनि अन्य ब्याटरले दोहोर अंकमा रन बटुल्न सकेनन् र टिम सस्तैमा समेटियो । बलिङमा उसलाई न्युन स्कोरमा रोक्न बुटवल–११ का विभेष…
भैरहवा, २८ कार्तिक । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले कृषकहरुलाई उन्नत गहुँको बीउ बितरण सुरु गरेको छ । नगरपालिकाले पचास प्रतिशत अनुदानमा कृषकलाई उन्नत गहुँको बिउ बितरण सुरु गरेको हो । जात नखुलेका बिउबिजक प्रयोगबाट हुने नोक्सानी कम गरी कृषकको आयबृद्धि गर्ने उद्देश्यले बिउ बितरण गरिएको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले जानकारी दिए । बजारमा पाइने कमसल खालका बिउ लगाउँदा दाना नलाग्ने, उत्पादन कम हुने जस्ता समस्या कम गर्न र उन्नत बिउ प्रयोगमा कृषकलाई आकर्षित गर्न कृषकको माग बमोजिम नेपालमै बनेको उन्नत बिउ बितरण गरिएको उनले बताए । कृषकको कृषियोग्य जमिनको आधारमा कम्तिमा १ बोरा र थप आवश्यकताको आधारमा बिउ…
भैरहवा, २८ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा भैरहवामा आज पनि पार्टीले प्रर्दशन गरेको छ । सहकारी ठगी र संगठित अपराध आरोपको कसुरमा कास्कीबाट रुपन्देही ल्याएर बयान थालिएपछि पार्टीले प्रर्दशन गरेको हो । वास्तविक सहकारी ठगको छानबिन गर, सहकारी पीडितलको बचत फिर्ता गर भन्दै सहकारी पीडितलाई न्याय दे, प्रतिवेदन के भन्छ, ८७ अर्ब ले भन्छ लगायत लिखित प्लेड कार्डसहित रास्वपाका नेता, कार्यकर्ताले बुधवार पनि प्रर्दशन जारी राखेका छन् । सभापति लामिछानेसगँ जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिइँदैछ । मंगलबार बयान लिदै गर्दा साँझ भएपछि बुधवार बिहानदेखि पुनः बयान सुरु गरिएको छ ।
दाङ, २८ कार्तिक । चीनको सिचुआन प्रदेश सरकारको आयोजनामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन त्यहाँ पुगेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रदेश सरकारबीच पर्यटन प्रबद्र्धनमा सहकार्य गरिने बताएका छन् । भगिनी सम्बन्धलाई पुनर्ताजगी गर्दै दुई प्रदेशकाबीचमा सहयोग आदानप्रदानलाई तिब्रता दिइने उनले बताए । छेन्दुमा रहेको जाइन्ट पाण्डा ब्रिड सेन्टरको बुधबार अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले सिचुआनको छेन्दुबाट लुम्बिनीको भैरहवा सिधा हवाई उडानको व्यवस्था गर्ने बारेमा पहल सुरु भएको जानकारी दिँदै चीनले पर्यटनको क्षेत्रमा हाँसिल गरेको उपलब्धि र सिकाइलाइ अनुसरण गरिने, पर्यटन प्रवद्र्धनमा सहकार्य हुने बताए । ‘हाम्रा पर्यटकीय स्थल, संरक्षण क्षेत्रको व्यवस्थापनमा चिनियाँ अनुभव र…
भैरहवा,२८ कार्तिक । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धानका लागि रुपन्देही ल्याएर दोस्रो दिन पनि जारी छ । मंगलबार जिल्ला सरकारी वकिल कार्यालयमा दिउँसो एक बजेदेखि सुरु गरिएको बयान साँझ भएपछि बुधवार बिहान देखि पुनः बयान सुरु गरिएको प्रहरीले जनाएको छ । मंगलबार साँझ बयान स्थगित पश्चात बाहिरने क्रममा लामिछानेले समर्थक र संचारकर्मीलाई देखेर ‘खोरमा बाघलाई थुन्दैमा स्याल हुँदैन’ भन्ने प्रक्रिया दिएपछि प्रहरीले बुधवार थप सतर्कता अपनाउँदै प्रहरी घेराभित्र सरकारी वकिल कार्यालयमा पुरएको छ । जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहितका न्यायाधिवक्ता र प्रहरी अधिकारीहरुको उपस्थितीमा दोस्रो दिनको बयान सुरु गरिएको जिल्ला सरकारी…
भैरहवा, २७ कार्तिक । भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा बुद्ध क्रिकेट क्लबलाई पराजित गर्दै लुम्बिनी शाक्यन क्लब विजयी भएको छ । डिभिजन ‘बी’ अन्तर्गत मंगलबारको खेलमा लुम्बिनीले बुद्धलाई २५ रनले पराजित गर्दै जित निकालेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी शाक्यनले निर्धारित ५० ओभरको खेलमा ४२ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ४६ रन बनायो । उसका लागि विष्णु थापाले ३२, जावेद खानले २९, अजमत अलीले २३ र संजय राजभरले १३ रन जोडे । बलिङमा बुद्धका अजित यादव र अजय त्रिपाठीले ३–३ तथा अमित अग्रहरीले २, अनुज चौहान र प्रवेज अन्सारीले १–१…
भैरहवा,२७ कार्तिक । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धानका लागि रुपन्देही ल्याएर थालिएको बयानमा उनले आफुमाथी लागेको आरोप अस्विकार गरेका छन् । रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलनको आरोपमा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई रुपन्देही प्रहरीले मंगलबार रुपन्देही ल्याएर बयान थालेको छ ।पोखराबाट विमानमार्फत भैरहवा ल्याएलग्त्तै जिल्ला सरकारी वकिाल कार्यालयमा बयान सुरु गरिएको थियो । जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना न्यायाधिवक्ता र प्रहरी अधिकारीहरुको उपस्थिती मंगलबार पाँच घण्टा बयान लिएर बुधवार बिहानसम्मका लागि स्थगित गरिएको छ । रविसगँ दिउँसो १ बजेदेखि सुरु गरिएको बयान साँझ…
भैरहवा, २७ कार्तिक । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारीको रकम ठगी, संगठित अपराधसम्बन्धि कसुरमा अनुसन्धानका लागि रुपन्देही ल्याइएपछि सुप्रिम सहकारी पीडितहरुले भैरहवा विरोध प्रदर्शन गरेका छन् । सुप्रिम सहकारी पीडित समूहको नामको ब्यानरसहित उनीहरुले आफुहरुलाई न्याय दिनुपर्ने मागसहित प्रदर्शन गरेका छन् । मंगलबार नयाँ सडकमा जम्मा भएका पीडितहरुले जिल्ला अदालत प्रवेश गर्ने चोकमा जम्मा भएर आफुहरुले न्याय पाउनुपर्ने माग गरे । राजनीतिक संरक्षणमा कसैलाई उन्मुक्ति दिन नहुने उनीहरुको माग छ । सहकारी पीडित संघर्ष समितिका अध्यक्ष बिजय नेपालले जिल्ला अदालत प्रवेश मार्गदेखि जिल्ला सरकारी वकिल कार्यालयसम्म प्रदर्शन गरिएको जनाए । ‘हामीलाई न्याय चाहिएको हो, कसैको विरोध…
भैरहवा, २६ कार्तिक ।भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजले वाइडबडी विमान एयरबस ३३० बाट व्यवसायिक उडान सुरु गरेको छ । मंगलबार दोहाबाट भैरहवा विमानस्थलमा अवतरण भएको कतार एयरवेजलाई वाटर स्यालुट दिइएको छ । दोहाबाट ३३ जना यात्रुसहित भैरहवा विमानस्थलमा अवतरण गरेको विमानबाट एक जना प्राविधिक भैरहवामा ओर्लिएपछि ३२ यात्रुसहित पुनः उक्त विमान यहाँबाट काठमाडौं प्रस्थानको तयारीमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए । उनले कतार एयरवेजले दैनिक दोहा-भैरहवा-काठमाडौं-दोहा रुटमा एउटा उडान गर्ने बताए । उनका अनुसार नियमित तालिका अनुसार उक्त विमान दिउँसो २ः४५ बजे भैरहवा अवतरण गर्ने र यहाँबाट ४ः४५ बजे काठमाडौं प्रस्थान गर्ने तालिका…
भैरहवा, २७ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले घुससहित जिल्ला अदालत कपिलवस्तुका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ । जिल्ला अदालतका कपिलवस्तुका तहसिलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेले सेवाग्राहीसँग जग्गा सम्बन्धि कार्यका लागि २० हजार रुपैयाँ घुस लिएको अवस्थामा उनीहरुलाई घुससहित कपिलवस्तुको गौरी चोकस्थित चिया पसलबाट पक्राउ गरिएको स्रोतले बतायो । अख्तियारले आफु निर्वाचित वडा क्षेत्रबाट अदालतका दुई जना कर्मचारीलाई पक्राउ गरेको कपिलवस्तु नगरपालिका वडा नम्बर एकका वडाअध्यक्ष मोहम्मद जाहिद खाँले पुष्टि गरे । दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया थालिएको बुझिएको छ ।