


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
धनगढी,२९भदौ। नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले भीम रावलका कारण सुदूरपश्चिमको पार्टीमा समस्या भइरहेको आरोप लगाएका छन् । नेकपा एमाले सुदूरपश्चिम सल्लाहकार परिषदको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘भीम रावलको समस्या पार्टीको माथिल्लो निकायमा हो। तर, उहाँ तलतल आउनुभयो। जसका कारण सुदूरपश्चिममा पार्टीभित्र समस्या देखियो।’ उनले रावल प्रदेशमा आएर गुट बनाउँदै हिडेको आरोप छ। उनले रावलले जिल्लाहरुमा गएर गुटको भेला गरेर नेता कार्यकर्ताहरुलाई भड्काउने गरेको भन्दै पार्टी नेतृत्वसगँ समस्या भए नेतृत्वसँगै गएर समाधान गर्नुपर्नेमा तल आएर गरेको गतिविधीले पार्टीमा बिग्रन थालेको बताए । उनले पार्टीले ‘मिसन ८४’ भन्ने नारा ल्याए पनि पार्टीभित्रको आन्तरिक एकता यस्तै रहेमा उक्त…
भैरहवा,२९भदौ। आइतबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भूभागको थोरै स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी प्रदेशको केही, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।…
भैरहवा,२९भदौ। भारतमा तस्करी गर्न लागिएको दश क्विन्टल लसुन प्रहरीले बरामद गरेको छ। नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा, र इलाका प्रहरी कार्यालय मर्चवारबाट खटिएको संयुक्त टोलीले भारतमा तस्करी गर्न लागिएको लसुन बरामद गरेको हो । शुक्रवार मर्चवारको सम्मरीमाई गाउँपालिका-२ मुडिला क्षेत्रमा चेकजाँच गर्ने क्रममा भारततर्फ अवैध रुपमा तस्करी गर्न लागेको अवस्थामा तीन लाख मूल्य बराबरको दश क्विन्टल (४६ बोरा) लसुन बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए । आवश्यक कारवाहीको लागि बरामद लसुन भैरहवा भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।
भैरहवा,२९भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वर्षौ देखि लुम्बिनी विकास कोषमा थन्किएको विद्युतीय सवारीसाधन संचालन गर्न निर्देशन गरेका छन् । लुम्बिनीको पर्यटन प्रवद्र्धनका साथै प्रदूषण कम गर्नका लागि एसियाली विकास बैंकको सहयोगमा ६ वटा बस र १३ वटा साना गाडी (भ्यान) गरी १९ वटा विद्युतीय सवारी साधन लुम्बिनीमा ल्याइएको थियो । तर, विकास कोषको उदासिनताका कारण उक्त सवारी साधन सर्वसाधरणका लागि संचालन हुन सकेको छैन । कर्मचारीहरुले भने आफु चढ्नका लागि भ्यानको प्रयोग गरिरहेका छन् । शनिवार लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराज शाक्यलाई मुख्यमन्त्री आचार्यले विद्युतीय सवारी साधन नियमित सञ्चालनको वातावरण निर्माण गर्न निर्देशन दिएका छन् । ‘कसरी हुन्छ…
भैरहवा,२९भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारी संगै निजी क्षेत्रबाट सञ्चालन भएका अस्पताल तथा स्वास्थ्य संस्थाको उपचार सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले ध्यान दिने बताएका छन् । नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा रुपन्देहीको आयोजनामा शनिबार बुटवलमा भएको सम्मान एवम् औषधी व्यवसायीहरुको क्षमता अभिवृद्धि तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारी अस्पतालको सेवा सुविधालाइ सुधार गर्दै निजि क्षेत्रका अस्पताललाइ समेत कानुनी दायरा भित्र ल्याएर सेवा प्रवाहलाइ चुस्त बनाउने बताए। प्रदेश सरकारले स्वास्थ क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बिशेषज्ञ उपचार सेवा सञ्चालन गरेको जानकारी दिए। बुटवललाई स्वास्थ हव बनाउन, आर्थिक रुपमा समृद्ध बनाउन लुम्बिनी प्रादेशिक अस्पतालले नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे।…
सुरेन्द्र काफ्ले भ्रष्टाचार निवारण गरी सुशासन स्थापित गर्न संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महालेखा परीक्षकको कार्यालय छन्। सरकारको मातहतमा राष्ट्रिय सतर्कता केन्द्र, सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, राष्ट्रिय अनुसन्धान विभाग, सार्वजनिक खरिद अनुगमन कार्यालयलगायत छन्। जसको काम पनि भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापित गर्ने नै हो। नेपालमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन स्थापित गर्न यति धेरै सरकारी निकाय छन् तर मुलुक भ्रष्टाचारले थलिएको छ। भ्रष्टाचार सूचकांकमा विगतका दशकभरि नै अवस्था उस्तै छ। अति भ्रष्टाचार हुने देशको सूचीमा नेपाल पर्छ। २०६२/०६३ को जनआन्दोलन त्यसमा पनि संविधान बनेपछि सुशासन र भ्रष्टाचार नियन्त्रणमा मुलुकले फड्को मार्छ भन्ने जनअपेक्षा थियो।…
भैरहवा,२८भदौ। नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी निरीक्षक (इन्स्पेक्टर) ३ सय २० जनाको आवेदन माग गरेको छ। प्रहरी प्रधान कार्यालय मानवस्रोत विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनौट शाखाले भर्नाका लागि दर्खास्त आह्वान गरेको हो। समावेशी आधारमा मागिएको आवेदनमा ६४ जना प्रहरी निरीक्षक र २ सय ५६ जना सहायक निरीक्षकको माग गरिएको छ। सूचना अनुसार अमर/अशक्त प्रहरी परिवार, महिला, आदिवासी जनजाती, मधेशी, दलित, पिछडिएको क्षेत्रका लागि कोटा छुट्याइएको छ । दरखास्त दिने म्याद भदौ ३० गतेदेखि असोज ३० गतेसम्म छ । हेर्नुहोस् सूचनाः
भैरहवा, २८ भदौ ।लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वशिक्षामन्त्री वसिउद्दीन खाँले सार्वजनिक खरिद ऐन अनुसार नै कार्यहरु हुनुपर्ने बताएका छन् । उनले ऐन अनुसार एक करोड रुपैयाँ करोडसम्म उपभोक्ता समितिले काम गर्न पाउने प्रावधान रहेपनि प्रदेश सरकारले पाँच लाख भन्दा माथी कामको बोलपत्र आह्वान गर्ने गरेर ऐनको विपरित नजान आग्रह गरे । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशन अन्तर्गत ३० औं बैठकमा बोल्दै सांसद् खाँले पाँच लाखभन्दा माथि टेण्डरमार्फत काम गर्ने कार्यलाई तत्काल रोक्नुपर्ने आग्रह गरे । उनले भने, ‘मेरो क्षेत्रमा जति टेण्डर भएको छ, त्यसमध्ये १० प्रतिशत काम अलपत्र अवस्थामा छ । उपभोक्ताले काम गर्दा १० प्रतिशत थपेर गर्छन् ।…
भैरहवा, २७भदौ। नेपाली कांग्रेले रुपन्देहीको तिलोत्तमा नगरपलिकासहित २१ वटा उत्कृष्ट स्थानीय तहलाई सम्मान गरेको छ । पार्टीबाट निर्वाचित जनप्रतिनिधिले नेतृत्व गरेका स्थानीय तहहरुलाई उत्कृष्ट कार्य गरेको आधारमा सम्मान गरेको हो । बिहीबार सानेपास्थित केन्द्रिय कार्यालयमा पार्टी सभापति शेरबहादुर देउवाले आर्थिक वर्ष २०७९/०८० मा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन, स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन र कम बेरुजु हुने स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधीले नेतृत्व गरेका तहहरुलाई सम्मान गरेका हुन् । हेर्नुहोस् सूचीः
भैरहवा,२७भदौ। नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रुको विदाईको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला नल्याउन आग्रह गरेको छ । सुरक्षा जाँचको क्रममा विमानस्थलको सुरक्षा उपकरणहरु (एक्से-रेहरु),कन्भेयर बेल्ट तथा स्केलेटरहरुमा अड्किएर उपकरणहरुलाइ गम्भीर क्षति पुर्याएकाले बाहिर देखिने गरी खादा, माला नल्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ड्यन कार्यालयले आग्रह गरेको हो । कार्यालयले बिहीबार एक सूचना जारी गर्दै यात्रुहरुले विमानस्थल क्षेत्रमा माला/खादा छाड्ने गर्दा सौन्दर्यतामा समेत नकारात्मक असर पुग्ने गरेको बताएको छ । सूचनामा भनिएको छ, ‘हवाई यात्रु महानुभावहरुले यस त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थल स्थित आन्तरिक तथा अन्तराष्ट्रिय टर्मिनल भवन प्रवेश गर्दा विदाई स्वरूप साथमा लगाई आउने वा ब्यागमा झुन्ड्याई बाधी ल्याइने खादा आदि…