


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,२५ चैत। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड विपरीत शुल्क असुल्ने निजी विद्यालयलाई कानुनअनुसार कारबाही गर्न गृह प्रशासन र स्थानीय तहलाई आग्रह गरेको छ। मन्त्रालयले तीन दिन अघि बढी शुल्क लिने र शैक्षिक सत्र सुरु हुनुअघि भर्ना लिने कार्य रोक्न निर्देशन दिएको थियो। तर, अझै पनि केही विद्यालयले गैरकानुनी रुपमा शुल्क असुलिरहेको गुनासो आएपछि शिक्षा ऐन २०२८ अनुसार त्यस्ता शुल्क विद्यार्थीलाई फिर्ता गर्न पुन: निर्देशन दिइएको हो। ‘कुनै पनि विद्यालयले यो निर्देशनभन्दा अन्यथा गरेको पाइएमा सोही ऐनको दफा १६६ (७) को प्रावधान तथा अन्य प्रचलित कानुन बमोजिम थप कारबाही प्रक्रिया अगाडि बढाउन पर्ने अवस्था भए गृह मन्त्रालय, सम्बन्धित जिल्ला प्रशासन…
काठमाडौं,२५ चैत। सरकारले सार्वजनिक यातायातको भाडादर बढाउने निर्णय गरेको छ। इन्धनको मूल्यमा भएको उत्तारचढाव र विभिन्न सूचकहरुलाई कारण देखाउँदै सरकारले नयाँ भाडादर निर्धारण गरेको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार, सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ। त्यस्तै मालवाहक सवारी साधनतर्फ पहाडी बाटोमा सञ्चालन हुने सवारीको भाडा २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारीको भाडा १५.७५ प्रतिशतले बढाइएको छ। यो निर्णयसँगै अब सर्वसाधारणले यात्रा गर्दा र सामान ढुवानी गर्दा बढेको नयाँ दर अनुसार शुल्क तिर्नुपर्नेछ । यातायात व्यवस्था विभागले भाडा समायोजनको स्वीकृतिका लागि मन्त्रालयमा प्रस्ताव पठाएको थियो। भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालले…
काठमाडौं,२५ चैत। फौजदारी कसूरको अनुसन्धानका लागि पक्राउ परेका व्यक्तिलाई सावर्जनिक गर्ने कार्यविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अदालतबाट दोषी ठहर नहुँदै सार्वजनिक गर्ने र दबाबमा पारी बयान लिने कार्यविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,गृह मन्त्रालय,प्रहरी प्रधान कार्यालय,महान्यायाधिवक्ताको कार्यालय र कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयलाई विपक्षी बनाउँदै अधिवक्ता कुमार थपलियाले परमादेशसहित आवश्यक आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। पक्राउ गरिएका कुनै पनि अभियुक्तको नाम,थर,फोटो ,भिडियो वा पहिचान पनि सञ्चारमाध्यम वा सामाजिक सञ्जालमार्फत् सार्वजनिक नगर्न-नगराउन आदेश माग गरिएको छ। पक्राउ पर्नासाथ सार्वजनिकीकरण,जबरजस्ती बयान लिने र सोही बयानलाई अभियोजनको मुख्य आधार मान्ने प्रवृत्तिले न्याय…
बुटव,२५ चै। चितवनबाट रुपन्देहीको बुटवलमा विक्रीका लागि राखिएको तरकारीमा अत्याधिक विषादी भेटिएको छ । बुटवल कृषि उपज थोक बजार केन्द्रमा राखिएको हरियो तरकारी तथा फलफूलको नमुना संकलन गरेर परीक्षण गर्दा बोडीमा अत्याधिक विषादी भेटिएको हो । अत्याधिक विषादीका कारण उपभोग गर्न नमिल्ने एक क्विन्टल बीस किलो बोडी बुटवल उपमहानगरपालिकासँग समन्वयमा नष्ट गरिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई बुटवलका नायब प्राबिधिक सहायक राजिब भण्डारीले जानकारी दिए। बोडीमा अर्गानोक फस्टफोरेष्ट समुहको विषादी ९७.०६७ प्रतिशत भेटिएको उनले बताए । बुटवलको प्रत्येक दिन थोक बजारमा ल्याईने तरकारी तथा फलफूलको नमुना संकलन गरी विषादी अवशेष परिक्षण गर्ने गरिएको छ। उनका अनुसार, शून्यदेखि ३५ प्रतिशतसम्मको…
काठमाडौं,२५ चैत। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी श्रीमती तथा पूर्वपरराष्ट्र मन्त्री डा.आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंबाट उनीहरु विरुद्ध पक्राउ पुर्जी लिएको बताइएको छ । देउवा दम्पत्ति स्वास्थ्य उपचार गराउन भन्दै हाल उनीहरु विदेशमा छन् ।
काठमाडौं,२४चैत। मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरु सार्वजनिक गरिएको छ। मंगलबार बसेको बैठकले बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विश्व बैंकबाट विनियोजन हुने ८५ मिलियन अमेरिकी डलर बराबरको ऋण स्वीकृत गर्ने देखि पेट्रोलियम पदार्थको आपूर्ति असहजताका कारण जोर–बिजोर प्रणाली लागू गर्ने सम्भावना उल्लेख गर्दै, जनतालाई ‘वर्क फ्रम् होम’ अपनाउन र विद्युतीय साधनको प्रयोग बढाउन आग्रह गर्ने लगायत विभिन्न निर्णयहरु गरेको छ । बैठकको निर्णय सुनाउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका अनुसार, जलस्रोत तथा उर्जा अनुसन्धान केन्द्र ललितपुर महानगरपालिका वडा नं ३ पुलचोकबाट गोदावरी नगरपालिका ३ मा स्थानान्तरण गर्ने निर्णय, भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सरकारी…
२४ चैत, धनकुटा। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले तीन जना कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको छ। भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ स्थित विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानी प्रक्रिया अगाडि बढाउनका लागि ८५ हजार घुस लिएको अवस्थामा सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटामा कार्यरत इन्जिनियर सुमन राईलाई पक्राउ गरिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए। उनका अनुसार, इन्जिनियर राईलाई अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले ललितपुरबाट र इटहरीस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले कार्की र श्रेष्ठलाई क्रमश: धनकुटा र भोजपुरबाट पक्राउ गरिएको हो। पक्राउ परेकाहरूबाट घुस रकम, तीन थान मोबाइल र अन्य सम्बन्धित कागजात बरामद गरिएको अधिकारीले बताए । घटनाबारे थप अनुसन्धान…
काठमाडौं,२४ चैत। सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डितलाई नियुक्त गरको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डेपुटी गभर्नरको रिक्त दुईमध्ये एक पदमा अर्थ मन्त्रालयको प्रस्ताव अनुसार पण्डितलाई नियुक्त गरेको संघीय मामिला तथा प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिईन्। डेपुटी गभर्नर निलम ढुंगाना र बमबहादुर मिश्रको अवकाशपछि डेपुटी गभर्नर रिक्त थियो । डेपुटी गभर्नर राष्ट्र बैंकको सञ्चालक समितिका सदस्यसमेत हुने प्रावधान छ।
काठमाडौं,२४ चैत। सरकारले बृहत्त लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि ८५ मिलियन अमेरिकी डलर बराबरको सहुलीयतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्रालय अन्तर्गतको उक्त परियोजना विकासका लागि विश्व बैंकले प्रदान गर्ने ऋण स्वीकार गर्ने निर्णय गरेको हो।
काठमाडौं,२४ चैत। सरकारले पेट्रोलियम पदार्थ आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका अनुसार, मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पेट्रोल, डिजेल र मट्टीतेलको पैठारीमा लाग्दै आएको भन्सार महशुलमा ५० प्रतिशत छुट दिने निर्णय भएको हो। इन्धनको बचत गर्न सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने विषयमा पनि छलफल भएको उनले बताईन्।