Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा,२३ चैत। रुपन्देही क्षेत्र नम्बर ४ (मर्चवारसमेत) को समग्र विकासलाई तीव्रता दिने उद्देश्यसहित प्रधानमन्त्री बालेन शाह समक्ष विभिन्न योजना र एजेन्डामा छलफल गर्दै चालु वर्षदेखि नै कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरिएको छ। यससँगै मर्चवार क्षेत्र अब विकासको हिसाबले पछि नपर्ने विश्वास व्यक्त गरिएको छ। प्रधानमन्त्री शाहले सोमबार लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुसँग छलफल गरेका थिए। छलफलमा सहभागी प्रतिनिधिसभा सदस्य कन्हैया बनियाले क्षेत्रको विकासका लागि विभिन्न योजना र एजेन्डाहरु प्रस्तुत गरेका थिए । उनका अनुसार, छलफलका क्रममा मर्चवारका लागि खरिद गरेर थन्किएको दमकल संचालनका लागि फुकुवा गर्ने, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउने तथा मर्चवारी माई मन्दिरलाई राष्ट्रिय सम्पदा सूचीमा…

Read More

भैरहवा,२३ चैत। रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको सोमबारको खेलमा साई ग्लोबल क्लबले विजयी भएको छ । लुम्बिनी शाक्यन क्रिकेट क्लबलाई ५५ रनले पराजित गर्दै साई ग्लोबल विजयी भएको हो । टस जितेर ब्याटिङ रोजेको साई ग्लोबलले ४८ ओभर २ बलमा सबै विकेट गुमाउँदै २ सय १९ रन बनायो । जसका लागि अजय चाईले ६०, जितेन्द्र केवटले ४५, जावेद खानले ३७, सुभाष यादवले ३० र शैलेन्द्र यादवले १२ रन योगदान दिए। बलिङमा लुम्बिनी शाक्यनका अजमत अलीले ४, आकाश गिरी र रोहित चन्दले २–२ तथा शाह आलमले १ विकेट लिए…

Read More

काठमाडौं,२३ चैत। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका छन्। सोमबार प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुसँग गरेको छलफलमा सहभागी पूर्वअर्थमन्त्रीसमेत रहेका उनले अन्तर्राष्ट्रिय उडान विस्तारका लागि आवश्यक हवाई मार्गबारे भारतसँग कूटनीतिक पहल गर्न ढिलाइ गर्न नहुने बताए । ‘भैरहवा विमानस्थलमा श्रम डेस्क राखेर अन्तर्राष्ट्रिय उडान नियमित गरेर पर्यटन क्षेत्रमा सम्भावनाको ढोका खोल्न अब ढिला गर्नु हुँदैन’,उनले भने, ‘अन्तर्राष्ट्रिय हवाइ मार्गका लागि भारतसँग कूटनीतिक पहल गर्न सम्माननीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।’ साथै, उनले आफू निर्वाचित रोल्पासहित लुम्बिनी प्रदेशका चालु आयोजनाहरुलाई तीव्रता दिनुका साथै केही नयाँ परियोजनालाई…

Read More

भैरहवा,२३ चैत। चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा ७६ वटा जिल्ला प्रशासन कार्यालयलाई उछिन्दै जिल्ला प्रशासन कार्यालय मनाङ पुनः देशभरमा उत्कृष्ट भएको छ। गृह मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार २०.२५ पूर्णाङ्कमध्ये मनाङले १९.५ अङ्क प्राप्त गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयमध्ये पहिलो स्थान हासिल गरेको हो। मनाङ शीर्ष स्थानमा रहँदा नुवाकोट १९.३७५ अङ्कसहित दोस्रो स्थानमा रहेको छ भने डोटी तेस्रो, पर्वत चौथो र रुपन्देही पाँचौँ स्थानमा रहेका छन।पहिलो त्रैमासिक मूल्याङ्कनमा पनि मनाङ उत्कृष्ट भएको थियो। लगातार दुई त्रैमासिक उत्कृष्ट नतिजा हासिल गर्ने मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्याल हुन्। अष्ट्रेलियन नेशनल युनिभर्सिटीका गोल्ड मेडलिस्टसमेत रहेका पौड्याल नतिजामुखी तथा…

Read More

काठमाडौं, २३ चैत। सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ वटा निर्माण कम्पनीलाई तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। सार्वजनिक निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी कालोसूचीमा राखिएको कार्यालयद्वारा सोमबार जारी सूचनामा उल्लेख छ। सूचना अनुसार, कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउने छैनन् । हेर्नुहोस् सूचना:

Read More

काठमाडौं,२३ चैत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित लेखा अधिकृतसहित पाँच जनाले भ्रष्टाचार गरेको दावीसहित उनीहरुविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले गण्डकी प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा (कास्की) मा कार्यरत निलम्बित लेखा अधिकृत झलक शर्मा पौडेलसहित पाँच जनाविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ।

Read More

काठमाडौं,२३ चैत। नेपालको २३ स्थानमा बर्ड फ्लू संक्रमण देखिएको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार, यस वर्ष पहिलोपटक चैत ६ गते मोरङको सुन्दरहरैचा र उर्लाबारी नगरपालिकामा एकैसाथ दुई स्थानमा बर्ड फ्लू देखिएको थियो। त्यसयता सुनसरीमा १२, मोरङमा ७, झापामा २, चितवन र काठमाडौंमा एक–एक स्थानमा संक्रमण पुष्टि भएको छ। संक्रमित क्षेत्रलाई नियन्त्रणमा लिई थप फैलावट हुन नदिइएको पनि उनले बताए। संक्रमण देखिएका स्थानमा हालसम्म एक लाख चार हजारभन्दा बढी कुखुरा तथा हाँस नष्ट गरिएको उनको भनाई छ। काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा रहेका कागमा समेत बर्ड फ्लू देखिएको थियो। संक्रमण फैलिएको सुनसरी, झापा र मोरङ जिल्लामा पशुपक्षी ओसारपसारमा…

Read More

भैरहवा, २३ चैत । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ४४ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । प्रहरीले अपरेशन ‘साइलेंट स्ट्रिट्स’ अन्तरगत स्वरुप परिवर्तनसमेत गरी प्रयोग गरिएको मोटरसाइकलहरु नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्णकुमार चन्दका अनुसार, मोटरसाइकल चालकहरुले सडकमा ठूलो आवाज निकाली स्टन्ट र स्पारकिङ गरी ट्राफिक नियम उल्लंन गर्दै ध्वनी प्रदुषण गरेको आरोपमा ४४ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो । उक्त सम्बन्धमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

Read More

काठमाडौं,२२ चैत। आइतबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरु सार्वजनिक गरिएको छ । बैठकले १८५ मिलियन डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्नेदेखि आइतबार र शनिबार बिदा दिने लगायतका विभिन्न निर्णयहरु गरेको छ। यस्ता छन् निर्णयहरु: –डिजिटल नेपाल ट्रान्सफर्मेशन प्रोजेक्टका लागि क्रमशस् एशियाली विकास बैंक तथा विश्व बैंकले प्रदान गर्ने ४० मिलियन अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने । –दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने । –नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन,…

Read More

काठमाडौं,२२ चैत।। सरकारले १८५ मिलियन डलर ऋण स्विकार गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई परियोजनाका लागि सहुलियतपूर्ण ऋण सहयोग स्वीकार गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, अर्थ मन्त्रालयको प्रस्तावमा सरकारले डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टका लागि एशियाली विकास बैंकबाट ४० मिलियन डलर र विश्व बैंकबाट ५० मिलियन डलर ऋण लिने निर्णय गरेको छ । त्यस्तै, दीगो र समावेशी वित्त परियोजनाका लागि कुल ९५ मिलियन डलरको सहुलियतपूर्ण ऋण सुविधा समेत स्वीकार गर्ने सरकारको निर्णय छ । हालको विनिमयदर अनुसार १८५ मिलियन डलर कुल रकम २८ अर्ब नेपाली रुपैयाँ बराबर हुन्छ।

Read More