


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
दाङ, २३ कार्तिक । लुम्बिनी प्रदेश सरकारले प्रदेश गौरवका आयोजना कार्यान्वयनलाई प्राथमिकतामा राखेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश गौरवका आयोजना कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम अघि बढाएका छन् । प्रदेश सरकारले गौरवका आयोजनाको कार्यान्वयनलाई बजेट र कार्यक्रममा समेत प्राथमिकतामा राख्दै आएको छ । प्रदेशको आर्थिक विकासलाई नयाँ उचाईमा पुर्याउन गौरवका आयोजनाले योगदान गर्ने विश्वास गरिएको छ। स्वास्थ्य, शिक्षा, प्रशासनिक क्षेत्र, सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर गौरवका आयोजना तय गरिएको छ । ‘प्रदेश गौरवका आयोजनाहरुको कामलाई तीव्रता दिइएको छ । बजेट विनियोजनमा प्राथमिकतामा राखेर कार्यान्वयन तहलाई चुस्त बनाएका छौं’मुख्यमन्त्री आचार्यले भने,‘प्रदेश गौरवका आयोजनालाई प्रदेश सरकारले गौरवका साथ अघि बढाएको छ ।’ स्वास्थ्य…
भैरहवा,२३ कार्तिक ।रुपन्देहीमा भारतबाट अवैध रुपमा तस्करी गरेर ल्याइएको चिनी बरामद भएपछि सशस्त्र प्रहरी र कर्मचारी माथी ढुंगामुढा भएको छ । ढुंगामुढाले सशस्त्र प्रहरीका दुई जना घाइते भएका छन् । बिहीवार राजस्व अनुसन्धान कार्यालय र सशस्त्र प्रहरी बल राजस्व प्रहरी ईकाई बुटवलबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुझाना गाउँको ३२ वर्षीय दिलिप लोधको घरमा अवैध रुपमा भण्डारण गरिएको १ सय १२ बोरा चिनी बरामद गरेको थियो । चिनी बरामद गरेर फर्किने क्रममा करिब २०० जना स्थानीयहरुले बाटो अवरोध गरेर चिनी लुटपाट गर्नका लागि सशस्त्र प्रहरी र कर्मचारीमाथी ढुंगामुढा गरेको सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हेडक्वाटर…
सलमान खान भैरहवा, २३ कार्तिक । रुपन्देहीको भैरहवा स्थित गौतम बुद्ध (भैरहवा) अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान भएको छ । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले नेपाल नागरिक उडड्यन प्राधिकरणमा उडान तालिका समेत बुझाइसकेका छन् । टिकट बुकिङ समेत खुला छ । भैरहवाको भविष्यसँग जोडिएको यस विमानस्थलबाट अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले सेवाप्रदान गर्ने खबरले यस क्षेत्रका नागरिक हर्षित छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्स, संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबई, कुवेतको जजिरा एयरवेज र थाइल्याण्डको वायुसेवा थाइ एयर एशियाले नियमित उडान गर्ने तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । यसमध्ये एयर एशियाले…
भैरहवा,२२ कार्तिक । नेपालको स्थानीय बजारमा तिहारअघि सम्म उकालो लाग्दै सुनको मूल्य तिहार पछि निरन्तर ओरालो लाग्दै गएको छ । बिहीवार सुन प्रतितोला चार हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको बिहीवार प्रतितोला एक लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। बिहीवार चाँदी १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी २ हजार १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मर्चवार,२२ कार्तिक । रुपन्देहीको मर्चवार क्षेत्रका युवाहरुले मर्चवारीदेवी मन्दिर परिसरमा सरसफाई गरी मन्दिर समितिलाई विभिन्न सामान हस्तान्तरण गरेका छन् । मर्चवारीदेवी मन्दिर परिसरमा रहेको हनुमान मुर्तीमा रंगरोगन गर्ने आवश्यक देखिएपछि कोटहीमाई गाउँपालिका-६ नकहियाका युवा शिवदास गुप्ताले सामाजिक संजाल मार्फत आर्थिक संकलनका लागि अभियान चलाएका थिए । तर, मुर्ती रंगरोगन अर्कै निकायबाट हुने भएपछि संकिलत रकमले मन्दिर समितिलाई आवश्यक विभिन्न साम्रगी हस्तान्तरण गरिएको उनले बताए । कोटहीमाई गाउँपालिकाका कर्मचारी समेत रहेका गुप्ताले सामाजिक भावले आएको रकम सामाजिक कार्यमा नै लगाएको बताए । उनका अनुसार मर्चवारका युवाहरुको उपस्थितीमा बुधवार मन्दिर परिसरमा सरसफाई गरी २० थान डस्टबिन, फोहोर संकलनका लागि ४० थान बोरा…
भैरहवा, २२ कार्तिक । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बौद्ध विद्वानहरूलाई बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्न आग्रह गरेका छन् । भारत सरकारको आयोजनामा नयाँ दिल्लीमा भएको प्रथम एसियन बुद्धिस्ट समिट २०२४ लाई सम्बोधन गर्दै डा.लामाले बुद्ध जन्मस्थल लुम्बिनीमा स्वागत गर्न आफूहरु सधैँ तयार रहेको बताएका हुन् । उनले एसियन बुद्धिस्ट समिटजस्ता कार्यक्रमहरुले बुद्धका चार आर्य सत्य संसारभर फैलाउन र बौद्ध परम्परागतहरूको बारेमा छलफल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । बौद्ध शिक्षाको माध्यमबाट एसियालाई विकसित बनाउन सकिने धारणा व्यक्त गर्दै बुद्ध मार्गले कला, साहित्य, वस्तुकला र ध्यानको माध्यमबाट सम्पूर्ण एसियालाई जोडेको उनले जनाए। एसियाली मुलुकहरूमा बुद्ध…
भैरहवा, २२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छठ पर्वले सामाजिक र साँस्कृतिक एकता बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले धर्म–संस्कृति, रीतिरिवाज तथा चाडपर्वले आपसी सद्भाव र एकतालाई अभिवृद्धि गर्दै लगेको बताएका हुन् । लुम्बिनी प्रदेश सरकारले मौलिक संस्कृतिहरुको संरक्षण, सम्बर्द्धन लागि योजना निर्माण गरेर कार्यान्वयनमा लगेको जानकारी दिदै मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेशको लक्ष्य पुरा गर्न प्रदेश सरकारले काम गरिरहेको बताएका हुन् । मौलिक चाडपर्वहरुले आपसी सद्भाव थप सुदृढ पार्न सहयोग गर्दै आइरहेको समेत उनले उल्लेख गरेका छन् । ‘यस पर्वले समाजमा सामाजिक र साँस्कृतिक एकता बलियो…
भैरहवा, २१ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) निकट लोकतान्त्रिक विद्यार्थी संघको केन्द्रीय सचिवमा रुपन्देहीका जैनुद्दीन देवान मनोनित भएका छन् । संघका केन्द्रीय अध्यक्ष रोशन कुमार मिश्रले उनलाई सचिवमा मनोनयन गरेका हुन् । त्यस्तै अध्यक्ष मिश्रले रुपन्देहीका अजय कुमार जैसवाललाई लोकतान्त्रिक विद्यार्थी संघको उपाध्यक्ष, उमेश अग्रहरीलाई सह महासचिव तथा रुपन्देहीकै धिरज पाल, अमन बनिया, आकाश यादव र जीवन तिवारीलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । संघको संशोधित विधान अनुसार विभिन्न जिल्लाका विद्यार्थी नेताहरुलाई पदाधिकारी तथा सदस्यहरुमा मनोनयन गरिएको छ ।
भैरहवा,२१ कार्तिक । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ५ किलो बढी सुनसहित तीन जना विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चिनियाँ नागरिक जियान झोङ र म्यानमारका सातनाइन टुङ र इन ङोन फू रहेको सशस्त्र प्रहरीले जनाएको छ । दुबईको शारजाहबाट १२ थान स्पिकरमा लुकाएर ल्याएको ५ किलो ७ सय ग्राम सुनसहित उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । गएरराति एयर अरेबियाको उडान नम्बर जी ९५३० बाट काठमाडौं विमानस्थलमा ओर्लिएका उनीहरुलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक गर्ने क्रममा लगेजभित्र रहेको स्पिकरबाट सुन बरामद भएको हो । उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलय र सशस्त्र प्रहरी बल नेपाल…
सलमान खान भैरहवा, २० कार्तिक । नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्सले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा–दुबई उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सले कार्तिक २३ गते (शुक्रवार) देखि काठमाडौं–भैरहवा–दुबई–काठमाडौं उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । उनका अनुसार साताको आइतबार, सोमबार, बुधवार र शुक्रवार राति ९ः३० बजे काठमाण्डौंबाट उडान भर्ने नेपाल एयरलाइन्स करिब आधा घण्टापछि भैरहवा विमानस्थलबाट यात्रु लिएर दुबई प्रस्थान गर्ने तालिका छ । हाल भैरहवा विमानस्थलबाट नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्स, संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबई, कुवेतको जजिरा एयरवेज र थाइल्याण्डको वायुसेवा थाइ एयर एशियाले नियमित उडान गर्ने भएको छ…