


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, २४ भदौ। सजाए भुक्तानका लागि कारागार चलान भएका लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य धनबहादुर केसी रिहा भएका छन् । ३३ वर्षअघि साविक रुकुम जिल्ला अदालतले श्रीमतीसगँको अंश मुद्दामा किर्ते गरेको ठहर गर्दै केसीलाई ०४८ असार ९ गते एक वर्ष कैद र दुई हजार जरिवाना सजाएको फैसला गरेको थियो । र, त्यससमय देखि उनी फरारको सूचीमा थिए । प्रदेशसभा सदस्य केसी आइतबार रुकुम पूर्व जिल्ला अदालतमा उपस्थित भएपछि सजाए भुक्तानका लागि उनलाई कारागार चलान गरिएको थियो । तर, कानुनको दफा टेकेर उनी सोमबार नै रिहा भएका छन् । फौजदारी अपराधसंहिता २०७४ को सुविधा अनुसार एक वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम…
भैरहवा, २४ भदौ। नेपाली सेनाको प्रधानसेनापतिको रुपमा भैरहवाका अशोकराज सिग्देलले कमान्ड सम्हालेका छन् । ४१ वर्ष सैनिक सेवामा बिताएका निर्वतमान प्रधानसेनापति प्रभुराज शर्मा तीनवर्षे पदावधि पुरा भएर अनिवार्य अवकाशमा गएपछि सिग्देलले नेपाली सेनाको कमान्ड सम्हालेका हन् । सोमबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक विशेष समारोहबीच राष्ट्रपति एवम् नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । साथै, राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पद तथा गोपनीयताको शपथ ग्रहण पनि गराए । नेपाली सेनाको ४५ औं प्रधानसेनापतिका रूपमा सिग्देलले नेतृत्व गरेका छन् । निर्वतमान प्रधानसेनापति शर्मा गत साउन २४ गतेदेखि बिदामा बसेका थिए । अवकाश जानु एक…
भैरहवा, २३ भदौ। अदालतबाट दोषी ठहर भएका लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् । ३३ वर्ष अघि किर्ते मुद्दामा दोषी ठहर भएका प्रदेशसभा सदस्य केसीले अदालत पुगेर आत्मसर्मण गरेपछि सजाए भुक्तानका लागि उनलाई कारगार चलान गरिएको रुकुम पूर्वका डीएसपी माधव खरेलले जानकारी दिए । श्रीमतीसगँको अंश मुद्दामा केसीले किर्ते गरेको अभियोगमा साविक रुकुम जिल्ला अदालतले उनलाई ०४८ असार ९ गते दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवाना सजाएको फैसला गरेको थियो । तर, त्यसयता उनी फरार भई खोजीको सूचीमा रहेपनि पक्राउ परेका थिएनन् । उनी गत निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट रुकुम पूर्वको प्रदेशसभा क्षेत्र…
काठमाण्डौ, २३ भदौ । गत आर्थिक वर्ष २०८०/०८१ मा नेपालमा ७ हजार २ सय २३ जनाले आत्महत्या गरेकाा छन् ।काठमाडौंमा विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य सेवा विभागका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले नेपालको हकमा गत आर्थिक वर्ष २०८०/०८१ मा ७ हजार २ सय २३ जनाले आत्महत्या गरेको बताए । उनले नेपालमा सरदर दिनमा २० जनाले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको बताए ।एसडिजीको लक्ष्य ४.७ मा झार्ने भएपनि आत्महत्याको दर झनै बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे । नेपालमा वयस्कमा ६.५ प्रतिशत र ३.९ प्रतिशत किशोर-किशोरीले आत्महत्या गर्ने सोच राख्ने गरेको र १५ देखि ४५…
भैरहवा, २३ भदौ। नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आइतबार देखि अवकासमा गएसँगै अशोकराज सिग्देलले प्रधानसेनापतिको रुपमा नेपाली सेनाको कमान्ड सम्हाल्ने भएका छन् । ४१ वर्ष सैनिक सेवामा बिताएका शर्मा तीनवर्षे पदावधि आगामी भदौ २४ गते समाप्त भई अनिवार्य अवकाशमा जाँदै छन्। गत साउन २४ गतेदेखि उनी बिदामा बसेका छन् । अवकाश जानुअघि एक महिना अघि विदामा बस्ने प्रचल्न छ । भदौ २४ गतेबाट लागू हुनेगरी राष्ट्रपति पौडेलले सिग्देललाई नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गरेका थिए। राष्ट्रपति पौडेलबाट दर्ज्यानी चिन्ह प्राप्त गरेर सिग्देलले भोलि (सोमबार) देखि प्रधानसेनापतिको कमान्ड सम्हाल्ने छन्। नेपाली सेनाको ४५ औं प्रधानसेनापतिका रूपमा सिग्देलले नेतृत्व गर्न लागेका छन् ।…
भैरहवा, २३ भदौ । रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उर्बराशक्ति ह्रास भइरहेको छ । अझ तराईका जिल्लाहरुमा भारतबाट पोषकतत्व जाँचबिनै भित्रिने मलले उत्पादन र उत्पादकत्वमा असर गरिरहेको कृषि विज्ञहरु नै बताउँछन् । यस्तो अवस्थामा स्थानीय सहकारी संजालहरुले कृषिसँग सरोकार राख्ने सरकारी निकायसँग सहकार्य गरी प्राङ्गारिक मल प्रयोग गर्न किसानलाई जागरुक गराउन थालेका छन् । रुपन्देहीको शुद्धोधन गाउँपालिकास्थित सहकारी संजालले कृषि ज्ञान केन्द्र, रुपन्देहीको प्राविधिक सहयोगमा किसानलाई प्राङ्गारिक मल प्रयोगबारे जानकारी गराएको हो । सहकारी संजालसँग समन्वय गरी केही समय यता उच्च गुणस्तरको ‘ग्रो मोर रत्नम अर्गानिक दानेदार मल’ उत्पादन गर्दै आएको रोहिणी गाउँपालिका–४, कोटहवास्थित ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रालिले…
भैरहवा,२३ भदौ । घटना १: ०८० पौष ६ गते यूपी ६४ टी १९३८ नम्बरको ट्रकमा १६ लाख २८ हजार बढी मूल्य बराबरको ५१ हजार ६ सय ९६ थान क्लोज अप ब्राण्डको टुथ पेस्ट भन्सार छलेर भारत लैजान खोज्दा भैरहवा भन्सार कार्यालयले बेलहिया नाका नजिकैबाट साम्रगी सहित ट्रक नियन्त्रणमा लियो । चालक फरार भए । घटना २: ०८१ बैशाख २६ गते १५ लाख २६ हजार बढी मूल्य बराबरको भारतबाट भन्सार छलेर भित्राइएको ३ सय ६३ केजी हुक्का फ्लेवर, जर्जेट २७५ मिटर, नेट इम्ब्रोइडरी २७५ मिटर, लेडिज सुट ७२ थान, रेशा साडी ८५ थान सहित लु २ ख १२५३ नम्बरको टिपर रुपन्देहीको…
भैरहवा,२३ भदौ। लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले सरकारी गाडी फिर्ता गरेका छन् । गत भदौ ६ गते प्रदेश सरकारले पूर्वबिशिष्ट व्यक्तिहरुले पाउदै आएको सेवा-सुविधा फिर्ता लिने निर्णय गरेपछी पूर्वमुख्यमन्त्री केसीले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका हुन् । पूर्वमुख्यमन्त्री केसीले प्रयोग गर्दै आएको लु १ झ ७४५ नम्बरको स्कार्पियो गाडी बिहिवार मुख्यन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फिर्ता गरेको बरिष्ठ शाखा अधिकृत देवीराम भण्डारीले जानकारी दिए । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले फजुल खर्च घटाउने योजना अनुसार पूर्वबिशिष्ट व्यक्तिलाई दिदैँ आएको सेवासुविधा फिर्ता लिने निर्णयमा पुगिएको बताएका थिए । ०७९ भदौ ३१ गते प्रदेश मन्त्रिपरिषद्को बैठकले पूर्व विशिष्ट पदाधिकारीका लागि सेवा-सुविधा उपलब्ध…
अर्घाखाँची, २३ भदौ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको विकासको लागि पर्यटन क्षेत्र नै आधार स्तम्भ रहेको बताएका छन् । आइतबार नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको लागि बृहत योजना निर्माणको चरणमा रहेको बताए । साथै, प्रदेशका १२ जिल्ला १२ जिल्लालाई पर्यटन सर्किटबाट जोड्नेगरी योजना निर्माण थालिएको उनको भनाई छ । ‘हाम्रो प्रदेशमा थुप्रै पर्यटकीय स्थलहरु छन् । सबै जिल्लालाई एउटै पर्यटन सर्किटको रुपमा विकास गर्ने योजना छ । लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई प्रदेशका महत्वपूर्ण गन्तब्य स्थलमा पुर्याउन सकियो भने सोंचेको जस्तो विकास हुनेछ’ उनले भने, ‘रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई बौद्ध सर्किटको…
भैरहवा, २१ भदौ। सरकारले अर्थमन्त्रालयका सचिव (राजस्व) दिनेशकुमार घिमिरेलाई सञ्चयकोषको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बैठकले नेपालगंज-नानपारा १३२ के.भी प्रशारणलाइन आयोजनालाई बाँके जिल्लामा प्रशारणलाइनको टावर प्याड निर्माणको लागि करिब दुई विघा जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने, रेडियो नेपालको रिक्त कार्यकारी निर्देशक पदमा अमरध्वज लामालाई नियुक्त गर्नेसहित विभिन्न २४ वटा निर्णय समेत गरेको छ । के-के भयो निर्णय ? हेर्नुहोस् सूची: