


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा,८असोज। प्रहरी प्रधान कार्यालयले एकैपटक १४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको निर्णय अनुसार मंगलबार उनीहरुको सरुवा निकालिएको हो। एसपी बढुवाको सूचीमा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत डीएसपी मनोहरप्रसाद भट्टको नेपाल प्रहरी अस्पताल महाराजगंज प्रशासन सरुवा गरिएको छ भने काठमाडौं उपत्यका प्रहरी कन्ट्रोल रुम समन्वय शाखा रानीपोखरीमा कार्यरत डीएसपी नवीन पौडेललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको छ। त्यस्तै डीएसपी बेद बहादुर पौडेलको नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय महाराजगंज, आयुश प्रसाद जोशीको जिल्ला प्रहरी दाङ, मधुसुदन न्यौपानेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलमा सरुवा गरिएको छ। हेर्नुहोस् सूची, कसको सरुवा कहाँ…
भैरहवा,८असोज। प्रहरी प्रधान कार्यालयले ४१ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ। प्रधान कार्यालयको मानवस्रोत विकास विभागले असोज ७ गतेको प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवँरको निर्णयअनुसार अनुसार उनीहरूको सरुवा गरेको हो । मंगलबार साँझ निकालिएको सरुवामा जिल्ला प्रहरी कार्यालयका एसपी अपिल राज बोहरालाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत सरुवा गरिएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीको एसपीमा श्यामबाबु ओलियालाई पठाइएको छ भने जिल्ला प्रहरी परिसर ललितपुरमा नवरत्न पौडेल, दाङमा अर्जुन प्रसाद तिमिल्सिना, मकवानपुरमा विश्वराम खड्का, सुनसरीमा सुमनकुमार तिमल्सिनाको सरुवा गरिएको छ। हेर्नुहोस् सूची, कसको सरुवा कहाँ ?
काठमाडौं,८असोज। राष्ट्रिय प्रजातन्त्र पार्टीले छठपर्व पछि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ। आन्दोलनको भावी रणनीतिका विषयमा मंगलबार काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा राप्रपाका नेताहरूले सबैलाई समेटेर उपत्यका ठप्प पार्ने गरी आन्दोलन गर्ने बताएका छन्। राप्रपा महामन्त्री धवलशम्शेर राणाले पार्टीका मुद्दालाई स्थापित गराउन छठपर्व पछि काठमाडौंमा सातदेखि दश दिनसम्म निरन्तर आन्दोलन गर्ने बताए। उनले अहिलेको अवस्थामा पार्टी एक्लैले आन्दोलन गरेर सफल नहुने भन्दै समान विचार भएकाहरूलाई समेत सामेल गराएर उपत्यका ठप्प पार्ने चेतावनी दिए। आन्दोलनलाई निष्कर्षमा नपुर्याएसम्म आफ्नो मुद्दाहरु स्थापित हुन नसक्ने भएकाले अबको आन्दोलन निर्णायक हुने उनको भनाइ छ। पूर्ण धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र पुनःस्थापना र प्रदेश…
काठमाडौं,८असोज। नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक टेक प्रसाद राईले प्रदेश प्रमुखहरुलाई चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर कार्यान्वयन गर्न निर्देशन दिएका छन् । मंगलबारे राईले भर्चुअल माध्यमद्वारा समसामयिक सुरक्षा संवेदनशीलताका विषयमा छलफल गर्दै चाडपर्वको क्रममा आपराधिक क्रियाकलापका घटना नहुन दिनका लागि प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए। उनले चाडपर्वमा अपराधिक क्रियाकलाप हुने भएकोले अपराधिक गतिविधिको सूचना सङ्कलन तथा विश्लेषण गरी प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताए । चाडपर्वको समयमा सवारी दुर्घटना न्यूनीकरणको लागि सरोकारवाला पक्षहरूसँग समन्वय र सहकार्य गरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै तस्करी नियन्त्रणको लागि थप सक्रियता बढाउन उनले निर्देशन दिए। नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी…
काठमाडौँ, ८असोज। श्रीलंकाका लागि राजदूतमा प्रस्तावित रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन् । भट्टराईले स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र पेस गर्न नसकेपछि नाम फिर्ता लिएका हुन् । भट्टराईले आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको कुरा उल्लेख गरेर संसदीय सुनुवाइ विशेष समितिमा पत्र पठाएका छन् । समितिको आजको बैठकले उनको नाम अस्वीकृत गर्ने तयारी गरेको थियो । यसअघि आइतबार र सोमबार पनि सुनुवाइ समिति बैठक बसेको थियो तर दुई तिहाइ सांसद उपस्थित नभएकोले निर्णय गर्न सकेको थिएन । समितिले प्रस्तावित १७ राजदूतमध्य ३ असोजमा १६ जनाको नाम अनुमोदन गरेको थियो ।
काठमाडौं, ८असोज। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। प्रसाईंको स्वास्थ्य अवस्थाको कारण देखाउँदै सोमबार उनका छोरा निराजन प्रसाईंले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए। रिटमाथि सुनुवाइ गर्दै न्यायाधिश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रसाईंलाई रिहाइ गर्न अस्वीकार गर्दै थुनामा राख्नुको कारण पनि सोधेको छ। प्रसाईंले आफूलाई गैरकानुनी रुपले थुनामा राखेको भन्दै तत्काल रिहाइको माग गर्दै अन्तरिम आदेश माग गरेका थिए। आइतबार साइबर ब्युरोले विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरको आरोपमा प्रसाईंलाई भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो। जिल्ला अदालत काठमाडौंले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको छ।
काठमाडौ,८असोज। त्रिभुवन विश्वविद्यालयको जुनसुकै तहको परीक्षामा एआई प्रयोग गरेको पाइएमा परीक्षा रद्द हुने भएको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिको बैठकले त्रिविको परीक्षामा एआई प्रयोग गरिएको पाइएमा परीक्षा रद्द हुने निर्णय गरेको हो। यसैगरी वार्षिक परीक्षा प्रणाली अन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका विद्यार्थीहरुले एक पटक मौका परीक्षाको अवसर दिने निर्णय भएको छ । समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीको अध्यक्षतामा बसेको बैठकले मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरुको हकमा एक पटकका लागि मौका परीक्षाको अवसर दिने निर्णय गरिएको सूचनामा उल्लेख छ ।
काठमाडौं,८असोज। काठमाडौं प्रहरीले झुठ्ठा विवरण पेश गरी नागरिकता बनाई दिने कार्यमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा धादिङ नेत्रावती गाउँपालिका-१ का ३१ वर्षीय मदन बहादुर तामाङ, धादिङ खनियाबास गाउँपालिका-५ का ५६ वर्षीय रामेश्वर रिजाल, चीनको तिब्बतस्थित हिन्दे का ५३ वर्षीय छिरिङ ढुन्डुप र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-४ का ४६ वर्षीय छिरिङ् वाङ्दीन शेर्पा रहेको प्रहरीले जनाएको छ।। जुवा सम्बन्धी कसूरमा पक्राउ परेका तिब्बती नागरिक सोनाम तामाङ भन्ने सोनामको साथबाट बरामद भएको नेपाली नागरिकता सम्बन्धमा अनुसन्धान गर्ने क्रममा उक्त नागरिकता छिरिङ ढुन्डुपले नगद ४ लाख रूपैयाँमा बनाएको खुलेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले छिरिङ ढुन्डुप…
बर्दिया,८असोज। जिल्ला प्रशासन कार्यालय, बर्दियाले नेपाल भारत सीमानाकाबाट भित्रिने लागुऔषध नियन्त्रणका लागि सुरक्षा जाँचमा कडाइ गरेको छ । जिल्लाको गणेशपुर र फुटाहा नाकामा थप जनशक्ति परिचालन गरी लागुऔषध ओसारपसार रोक्न सुरक्षा निकायलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । सीमा नाका लगायत सम्भावित क्षेत्रमा सर्च अभियान सञ्चालन गरिने उनले जनाइन् । बर्दियामा बढ्दो ब्राउन सुगर लगायतका लागुऔषध बढेकोमा नियन्त्रणलाई प्रभावकारी बनाउन अभियान भदौबाट तीन महिने कार्ययोजना लागू गरिएको छ । बर्दियासँग जोडिएको भारतीय सीमानाका ८३ किलोमिटर लामो पर्दछ । सबैभन्दा बढी लागुऔषध ओसारपसार बढैयाताल गाउँपालिका, गुलरिया, बाँसगढी र मधुवन नगरपालिका पर्दछ । यसै नाकाबाट आर्थिक वर्ष ०७९/०८० मा…
भैरहवा,७असोज। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँ दक्षिण कोरिया प्रस्थान गरेका छन्। दक्षिण कोरियाको सियोलमा हुने स्वस्थ्य शहरहरुको लागी १० औँ विश्वव्यापी सम्मेलनका लागि सोमबार प्रस्थान गरेका हुन्। राम्रो भविष्यका लागि स्मार्ट र स्वस्थ शहरहरू भन्ने मुल नाराका साथ असोज ९ गते देखि ११ गतेसम्म सम्मेलन संचालन हुने छ । उक्त सम्मेलनमा जापन, कोरिया, भारत, इजरायल, नेपाल, युक्रेन, श्रीलंका, पाकिस्तान, मेनमार, टोङ्गा, फिलिपिन्स, मलेसिया, पलाउ, इजरायल, कम्बोडिया र युक्रेन लगायतका देसशबाट करिब एक हजार भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ । सियोल मेट्रोपोलिटन सरकार र पश्चिमी प्रशान्त क्षेत्रमा स्वस्थ शहरहरूको लागि गठबन्धन द्वारा सह आयोजित उक्त सम्मेलनमा…