


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,२६ जेठ। सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले गरेका चारवटा प्रमुख निर्णय सार्वजनिक गरेका हुन्। उनका अनुसार, बैठकले विशालकुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति गठन गरेको छ। त्यस्तै तल्लो अरुण, तल्लो न्यादी खोला, भुन्छा खोला र तादी खोला जलविद्युत् आयोजनाहरुलाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गरेको छ। निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली २०८१ स्वीकृत गरेको छ । यस्तै बैठकले सुदन गुरुङको सम्बन्धमा गठित अध्ययन तथा छानबिन समितिले पेस गरेको प्रतिवेदनलाई ग्रहण गर्ने निर्णय गरिएको छ । प्रतिवेदन अध्ययन गरेर आवश्यक निर्णय लिइने प्रवक्ताले…
काठमाडौं,२६ जेठ। सरकारले पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङमाथि गरिएको अध्ययन तथा छानबिनको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समितिद्वारा तयार पारिएको प्रतिवेदन स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ताले जानकारी दिएका छन्। गुरुङ मन्त्री पदमा रहँदा विभिन्न विवादमा मुछिएपछि उनले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि घटनासम्बन्धी तथ्य र वास्तविकता पत्ता लगाउन सरकारले छानबिन समिति गठन गरेको थियो। समितिले आफ्नो कार्य सम्पन्न गरी प्रतिवेदन सरकारलाई बुझाएपछि मन्त्रिपरिषद्ले उक्त प्रतिवेदन औपचारिक रुपमा ग्रहण गर्ने निर्णय गरेको हो।
काठमाडौं,२६ जेठ । सरकारले नेपाल रेडक्रस सोसाइटीको नयाँ केन्द्रीय तदर्थ समिति गठन गरेको छ। मन्त्रिपरिषद्को आजको बैठकले दोलखाका विशालकुमार भण्डारीको नेतृत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। उनका अनुसार, नयाँ समितिलाई संस्थाको नेतृत्व तथा आवश्यक व्यवस्थापनको जिम्मेवारी दिइएको छ। यसअघि तदर्थ समितिको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका विनोदकुमार शर्माले पदबाट राजीनामा दिएपछि नयाँ नेतृत्व चयन गरिएको हो।
काठमाडौं,२६ जेठ। बालेन्द्र शाह नेतृत्वको सरकारमा सुधन गुरुङ फेरि गृहमन्त्री बनाउने तयारी गरिएको छ । जसका लागि आजै ३ बजे उनको सपथग्रहणको तयारी रहेको चर्चा छ। गोरखामा आयोजित एक कार्यक्रममा पनि गुरुङले त्यसको संकेत गरेका थिए। आज मन्त्रिपरिषद् बैठकपश्चात शिक्षामन्त्री सस्मित पोखरेलले गुरुङमाथि छानबिन गर्न बनेको प्रतिवेदन ग्रहण गर्ने निर्णय भएको जानकारी दिए। सञ्चारकर्मीले ३ बजे सुधन गुरुङले गृहमन्त्रीको सपथ ग्रहण गर्ने हो भन्ने प्रश्नमा पोखरेलले अहिले अध्ययन समितिको प्रतिवेदन ग्रहण गर्ने मन्त्रिपरिषद्को निर्णय भएको त्यसपश्चात निर्णय हुने बताए। उनले भने, ‘अहिले अध्ययन समितिको प्रतिवेदन ग्रहणमात्र निर्णय भयो। त्यो फाइल अध्ययन गरेर शपथ ग्रहण हुने होला नि पछि गर्नुपर्यो भने…
भैरहवा,२६ जेठ। रुपन्देही क्रिकेट संघको अध्यक्षमा पुनः हरिबहादुर थापा निर्वाचित भएका छन्। सोमबार भैरहवामा भएको संघको ३० औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनमा क्रिकेटर शक्ति गौचनलाई २० मतान्तरले पराजित गर्दै उनी पुनः अध्यक्षमा निर्वाचित भएका हुन्। प्रमुख निर्वाचन अधिकृत कुलमणि ज्ञवालीका अनुसार, थापाले ६९ मत प्राप्तगरी निर्वाचित हुँदा गौचनले ४९ मत प्राप्त गरे। अघिल्लो अघिवेशनमा पनि अध्यक्ष पदमा थापा र गौचनबीचको प्रतिस्पर्धामा थापा निर्वाचित भएका थिए। त्यस्तै उपाध्यक्षमा खेमराज भुसाल, सचिवमा उदयकुमार मल्लिक र कोषाध्यक्षमा धीरज अधिकारी क्षत्री निर्वाचित भएका छन् । संघको महिला सदस्यमा उमा अधिकारी र अन्य सदस्यमा प्रशान्तविक्रम मल्ल, निरजप्रताप खाँण, पुनित पोखरेल, मनोज भण्डारी, भुवन…
काठमाडौं,२५ जेठ। सशस्त्र प्रहरी बल नेपालले दुई जिल्लाका कमाण्डहरु (डीएसपी) लाई हेडक्वाटरमा तानेको छ । कर्मचारीलाई अस्वाभाविक रुपमा बिदा दिएर संगठनात्मक अनुशासनमा कमजोरी देखाएको निष्कर्षसहित सल्यान र जाजरकोटका कमाण्डरहरुलाई हेडक्वाटरमा तानिएको हो। कर्मचारीलाई अस्वाभाविक रुपमा अधिक बिदा दिइएको विषयमा सशस्त्र प्रहरी महानिरीक्षकको कार्यालयमा उजुरी परेपछि एसएसपीको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो। सशस्त्र प्रहरी बलका प्रवक्ता एवं डीआईजी विष्णु प्रसाद भट्टका अनुसार, समितिको प्रतिवेदनका आधारमा दुवै जिल्लाका गुल्मपति रहेका डीएसपीहरुलाई जिम्मेवारीबाट हटाएर हेडक्वाटरको कानून निर्देशनालयमा हाजिर गराइएको छ। उनीहरुमाथि विभागीय कारबाहीसमेत गरिएको र उक्त जिल्लामा नयाँ कमाण्डर पठाउने तयारी गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
दाङ,२५ जेठ। लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरु गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पेश भएको अध्ययन पूर्व स्वीकृति तथा अध्ययन बिदा स्वीकृतिसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकले बर्दिया अस्पताल, गुलरियामा प्रदेश स्वास्थ्य सेवा, मेडिकल जनरलिस्ट समूह, एघारौं तहका डा. सुवास पाण्डेलाई पदस्थापन गर्ने निर्णय गरेको छ। त्यस्तै सामाजिक विकास मन्त्रालयबाट पेश भएको सडक आश्रित मानव व्यवस्थापन कार्यविधि, २०८३ लाई कानुन सचिवको परामर्श लिएर स्वीकृत गर्ने निर्णय गरिएको छ। यस्तै मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी नवनियुक्त स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेलाई दिने निर्णय गरेको छ। बैठकमा मुख्यमन्त्री चेतनारायण…
काठमाडौं,२५ जेठ। प्रहरीले राष्ट्रिय स्वतन्त्र नागरिक समाजका अध्यक्ष तथा ग्रेटर नेपाल अभियानका अभियन्ता फणिन्द्र नेपाललाई पक्राउ गरेको छ। चेक अनादरसम्बन्धी मुद्दामा जाहेरीको आधारमा नेपाललाई बूढानीलकण्ठ नगरपालिका १० कटारीबस्ती क्षेत्रबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीका अनुसार, उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको छ ।
भैरहवा,२५ जेठ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगरभित्रका विद्यालयहरुमा चार दिन विदा गरेको छ। अत्यधिक गर्मीका कारण विद्यार्थीहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा ४ दिनका लागि बिदा दिने निर्णय भएको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले जनाएको छ। नगर शिक्षा समितिको निर्णयअनुसार ०८३ जेठ २६, २७, २८ र २९ गते विद्यालय बन्द रहनेछन्। पालिकाले सोमबार एक सूचना जारी गर्दै विद्यालयहरुलाई सोहीअनुसार बिदा कार्यान्वयन गर्न निर्देशन दिएको छ।
भैरहवा,२५ जेठ । रुपन्देही क्रिकेट संघको ३० वार्षिक साधारणसभा तथा पाचौं अधिवेशन आज भैरहवा आयोजना गरिएको छ। आगामी नेतृत्वका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष हरिबहादुर थापा र पूर्वअन्तर्राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनबीच प्रतिस्पर्धा हुने भएको छ। मतदाताहरुले संघको नेतृत्वका लागि अध्यक्षमा थापालाई नै पुनरागमन गराउने कि परिवर्तन रोज्दै गौचनलाई अध्यक्षको जिम्मेवारी सुम्पिने भन्ने केही समयमा टुंगो लाग्ने भएको छ। दुवैजनाबीच प्रतिस्पर्धा हुन लागेको यो दोस्रो पटक हो। अघिल्लो अधिवेशनमा यी दुवै जनाबीच भएको प्रतिस्पर्धामा थापा निर्वाचित भएका थिए। थापाले रुपन्देही क्रिकेटमा विकास गरेको र थप अधुरो कार्य गर्ने प्रतिवद्धतासहित मतदाता माझ छन् भने गौचनले क्रिकेट क्षेत्रमा आफ्नो २५ वर्षको योगदानलाई…