Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, १७ भदौ। नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीले हरितालिका तीजको अवसरमा शुभकामना आदान-प्रदान तथा तीज मिलन कार्यक्रम गरेको छ । रुपन्देहीसहित विभिन्न जिल्लामा कार्यरत युनियनमा आबद्ध कर्मचारीको उपस्थितीमा तीज मिलन कार्यक्रम गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसको केन्द्रिय सदस्य गंगा शाहिले तीजलाई भड्किलो बनाउनु भन्दा पनि सामाजिक एकता, जागरण र अन्यायका विरुद्धमा शङ्खघोष गर्ने पर्वका रूपमा मनाउनु पर्नेमा जोड दिईन । उनले तीजलाई महिला सशक्तीकरणका साथै संस्कृति संरक्षण र मौलिकतामा बिशेष ध्यान दिन आग्रह गरिन् । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालले नारी शक्तिलाई कुरिती र कुसंस्कारको बिषयमा आवाज उठाउन आग्रह गरिन् । कर्मचारी युनियनकी जानुका…

Read More

हृदयराम गुप्ता मर्चवार, १७ भदौ । रुपन्देहीको मर्चवार क्षेत्र अन्र्तगत कोटहीमाई गाउँपालिका-४ कि प्रतिभा चौधरी गुणस्तरीय शिक्षाका लागि घरबाट ५ किलोमिटर टाढा श्री ठर्की माध्यमिक विद्यालयमा पुग्छिन् । उनको गाउँमै विद्यालय नभएको होइन् । तर, उनले मर्चवारी गाउँपालिका-६ स्थित ठर्कीमा राम्रो अध्यापन हुने गरेको पाएपछि अध्यापनका लागि त्यही विद्यालय रोजिन् । घरबाट टाढा भएपनि शिक्षा प्राप्तीका लागि उनी सधै घरबाट पैदल नै विद्यालय पुग्छिन् । तर, शिक्षा हासिल गर्नका लागि आजभोली उनलाई कठिन भएको छ । उनको शिक्षा प्राप्तीको यात्रामा अवरोध पुगिररहेको छ । किनभने उनको विद्यालय यात्राको बाटोमा रहेको सानो पुल भत्किएको छ । ‘पहिलो पुल ठिक हुदाँ सहजै…

Read More

बर्दिया, १७ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्धि, विकास र सुशासनमा पार्टी पंक्तिको दायित्व बढेर गएको बताएका छन् । नेकपा (एमाले) बर्दिया जिल्ला कमिटीले ठाकुरद्वारामा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन् । उनले जनप्रतिधिनिले अघि बढाएका नविनतम नीति, कार्यक्रम र योजनालाई पार्टीले संस्थागत रुपमा साथ दिनुपर्ने, जनप्रतिनिधि र पार्टी पंक्ति चुनावमा भएको जस्तै सहकार्य, समन्वय हुन जरुरी रहेको धारणा राखे । ‘जनतासँग संवाद गरेर सरकारको नीतिहरू र योजनाबारे जानकारी दिने काम पार्टीपंक्तिको हुन जान्छ’ एमाले केन्द्रिय सदस्य समेत रहेका आचार्यले भने,‘जनताका समस्याहरू बुझ्न र समाधान गर्ने प्रयासमा सरकारलाई सहयोग समेत गर्नुपर्छ ।’…

Read More

परासी, १७ भदौ । पश्चिम नवलपरासी प्रहरीले एकै दिन २५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । अदालतबाट मुद्दाको फैसला भएर सजाए भुक्तान नगरी फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी रेशम बोहराले जानकारी दिए । पक्राउ पर्नेहरुमा कुटपिट, सवारी ज्यान, जालसाझी, नाता कायम, गाली बेइज्जती, करकाप, जग्गा फितौला, लगायत मुद्दाका छन् । उनीहरुबाट २ वर्ष ८ महिना ५ दिन कैद र २६ हजार ९ सय ४३ रुपैयाँ जरिवाना असुल गर्नका लागि अदालतमा पेश गरिएको उनले बताए । पश्चिम नवलपरासी प्रहरीले फरार प्रतिवादीहरुलाई पक्राउ गर्नका लागि अभियान चलाएको छ ।

Read More

काठमाडौं, १७ भदौ। प्रधानमन्त्री केपी ओलीले चाडपर्वको समयमा खाद्य वस्तुको सहज आपूर्ति हुने गरी कार्य गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री ओलीले दशै तिहार जस्ता चाडपर्वमा खाद्य वस्तुको कृत्रिम अभाव सृजना गर्ने, मानवीयता र व्यवसायिकताभन्दा नाफा र स्वार्थ मात्रै देख्ने प्रवृत्तिसँग सम्झौता नहुने स्पष्ट पारे । उनले भने, ‘चिनीलगायत सामानमा कालोबजारी गरेर बढी नाफा लिने प्रवृत्ति हुन सक्छ, त्यस्तो गर्ने व्यापारीलाई व्यापार गर्न नदिएर साल्ट ट्रेडिङलाई जिम्मेवारी दिन सकिन्छ । यस्ता विषयमा कुनै सम्झौता हुँदैन । कुनै भनसुन चल्दैन ।’ उद्योग मन्त्री दामोदर भण्डारी, मुख्यसचिव…

Read More

भैरहवा, १७ भदौ । रुपन्देहीमा एक युवतीले आफुमाथी जबरजस्ती करणी (बलात्कार) भएको भन्दै दिएको जाहेरी उपर प्रहरीले कार्यवाही अघि बढाएको छ । आरोपीहरुलाई हिरासतमा राखेर घटनाको अनुसन्धान गर्नका लागि जिल्ला अदालत रुपन्देहीबाट ७ दिनको म्याद लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डिएसपी मनोहरप्रसाद भट्टले बताए । ‘अनुसन्धानका लागि आइतबार जिल्ला अदालतबाट ७ दिनको म्याद लिएका छौँ’, उनले भने, ‘घटनालाई गम्भिरताका साथ लिएर अनुसन्धान गरिरहेका छौँ ।’ घटनामा संग्लन आरोपमा प्रहरीले कोटहीमाई गाउँपालिकाका शिक्षा शाखामा कार्यरत ३२ वर्षिय मनोहर चौधरी, गाउँपालिकाकै उद्यम विकास सहजकर्ता मुकेश चौधरी र वडा नम्बर ३ का वडा अध्यक्ष विष्णु नारायण पाण्डेका छोरा ३५ वर्षिय…

Read More

भैरहवा, १६ भदौ। रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले ‘मिसेज लुम्बिनी प्रदेश–२०२४’ प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले महिलामा भएका अन्तरनिहीत विभिन्न प्रतिभालाई उजागर गर्दै महिला सशक्तिकरणमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ । भैरहवामा यो पहिलो पटक हुन लागेको हो । क्लबले आइतबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी गराएको हो । क्लबका अध्यक्ष ओम जैशीका अनुसार कार्यक्रमबाट बचेको रकमबाट छात्रा शिक्षामा र आईसीयु जडित एम्बुलेन्स खरिद गर्ने लक्ष्य रहेको छ । कार्यक्रम संयोजक देवी गुरुङ्गले भदौ १७ गते बाट प्रतियोगिताको लागि फारम खुल्ला हुने बताइन् । कार्तिक १ गते देखि १२ गते सम्म रुपन्देही…

Read More

भैरहवा, १६ भदौ । रुपन्देहीको मर्चवार क्षेत्र ४ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य कन्हैया कुमार बनियाले बलात्कार प्रकरणमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । सामाजिक संजाल फेसबुकको मा.कन्हैया बनिया निजी सचिवालय नामक पेजमा पोष्ट गरिएको विषयलाई आफ्नो वालमा शेयर गर्दै उनले अपराधिक घटनाको निन्दा गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । मर्चवार क्षेत्रको एक युवतीले आफुसगँ जबरजस्ती करणी भएको भन्दै प्रहरी कार्यालयमा जोहरी दिएकी छिन् । जस अनुसार प्रहरीले घटनामा संग्लन आरोपमा तीन जनालाई पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । यद्यपी घटनालाई दबाउन खोजिएकोतर्फ इंगित गर्दै प्रदेश सांसद बनियाले सामाजिक संजाल मार्फत चेतवानी दिदै…

Read More

भैरहवा, १६ भदौ । रुपन्देही प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा कोटहीमाई गाउँपालिका कार्यालयका दुई कर्मचारी सहित तीन जनालाई पक्राउ गरेको छ । स्रोतका अनुसार पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिकामा कार्यरत कर्मचारी ३२ वर्षिय मनोहर चौधरी, उद्यम विकास सहजकर्ता मुकेश चौधरी र वडा नम्बर ३ का वडा अध्यक्ष विष्णु नारायण पाण्डेका ३५ वर्षिय छोरा बंटी भन्ने शैलेश पाण्डे रहेका छन् । कोटहीमाई गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार गौड (कहार)ले कार्यालयका दुई जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको पुष्टि गरे । उनले भने, ‘कर्मचारीहरुलाई प्रहरीले पक्राउ गरेको मैले पनि फेसबुकहरुबाट थाहा पाए । कानुन अनुसार प्रक्रिया अघि बढ्छ ।’ ‘जबरजस्ती करणी मुद्दामा…

Read More

भैरहवा, १५ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको विषयबारे प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पेजमा समाचार शैलीमा जानकारीमूलक स्ट्याटस पोष्ट भएपछि प्रधानमन्त्रीको आलोचना भएको छ । निगमले मूल्य घटाएको विषयमा संचारमाध्यमहरुमा समाचार प्रकाशित भएको करिब एक घण्टा पछि प्रधानमन्त्री रहेका ओलीको आधिकारिक फेसबुक पेजमा मूल्य घटेको विषयमा स्ट्याटस पोष्ट गरिएको थियो । समाचार तयार पार्दासम्म दुई हजार चार सय कमेन्ट आएको उक्त जानकारीमूलक स्ट्याटसमा अधिकांशले प्रधानमन्त्री ओलीको आलोचना गरेका छन् । स्ट्याटसको कमेन्टमा केहीले दुई रुपैयाँ घटाएको विषयलाई स्ट्याटस पोष्ट गर्न नहुने र केहीले स्वचालित प्रणालीबाट मूल्यको घटबढ हुने भएकोले प्रधानमन्त्री ओलीले मूल्य घटेको जस लिन खोजेको…

Read More