Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा,२असोज। गृह मन्त्रालयले १२ जना सीडिओसहित मातहतका ३६ जना कर्मचारीहरुको सरुवा र पदस्पथान गरेको छ। बुधबार बसेको बैठकले उनीहरूको सरुवा र पदस्थापन गरेको हो। मन्त्रालयले रामेछापमा राजुप्रसाद पौडेल, डोल्पामा रोमबहादुर महत, बझाङमा ओमप्रसाद भट्टराई, बाजुरामा मेघनाथ पाध्या, मनाङमा मात्रिका आचार्य र मुगुमा कमल प्रसाद पाण्डेलाई प्रमुख जिल्ला अधिकारीका रुपमा पठाएको छ । हेर्नुहोस् सूची, कसको सरुवा कहाँ?

Read More

दाङ,२ असोज। उमेरले ६० वर्ष पुगे सुर्खेतका दिलबहादुर शाही । दसैं पर्व आउन लागेकोमा नागरिकमा खुशीयाली छ। सबै खर्चको जोहोमा छन् । तर, दसैं नजिकिदै गएसँगै शाहीलाई पर्वको खर्चको सताउन थाल्यो। त्यसपछि उनले प्रदेश सरकारका मुख्यमन्त्रीलाई भेट्ने सोच बनाए। र, शिरमा ढाका टोपी ढल्काएर र खुट्टामा प्लाष्टिकको चप्पल लगाएर पिठ्यूमा भारी बोकी उनी प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीका लागि हिडे। बुधवार उनले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट गरे। र, घरबाटै ल्याएको हातले बनाएको काठको कोसीले उनले मुख्यमन्त्रीलाई कोसेलीको रुपमा दिए। ‘यो काठको कोसी हो । हातैले बनाएको हो। यस्तो कोसी बनाउन थालेको धेरै भइसक्यो’उनले भने ,‘मुख्यमन्त्री ज्यू, दसैं आईहाल्यो त ।…

Read More

काठमाडौं,२असोज। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरी अनुसनधान गर्नका लागि जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेको छ। विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा प्रसाईंविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो । त्यसको आधारमा पक्राउ गरेर अनुसन्धान गर्नका लागि प्रहरीले अदालतबाट अनुमति माग गरेको थियो। जसअनुसार न्यायाधीश महेन्द्र काफ्लेको इजलासले प्रसाईंसहित तीनजनालाई पक्राउ गरी अनुसन्धान गर्नका लागि पक्राउ पूर्जी जारी भएको जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार रामु शर्माले बताए।

Read More

दाङ,२ असोज। लुम्बिनी प्रदेशमा प्रादेशिक सडक सञ्जाल गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ। प्रादेशिक सडक गुरुयोजना नबन्दा सडक निर्माणका लागि यत्रतत्र विनियोजित बजेटले उपलब्धी हुन सकेको छैन्। जसकारण प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रादेशिक सडक सञ्जाल गुरुयोजना बनाएर व्यवस्थित सडक पूर्वाधारको विकास गर्न खोजेको छ। ‘गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यो गुरुयोजना प्रदेशको समृद्धि र विकासको आधार बन्ने विश्वास लिएका छौँ’,भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले भने,‘प्रदेशको आफ्नै लोकमार्ग र प्रदेशिक सडकको क्षेत्र निर्धारण हुन्छ। बार्षिक योजना अनुसार बजेट विनियोजन गरेर विकासका कार्यका लागि अघि बढाउने छौँ।’ लुम्बिनी प्रदेश सरकारले सडक निर्माण, मर्मत संभार तथा विस्तार…

Read More

दाङ,२ असोज। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले संघीयताको सवलिकरणका लागी प्रदेशलाई कानुनी रुपमा बलियो बनाउनुपर्ने बताएका छन्। संविधान दिवसको अवसरमा बुधवार लुम्बिनी प्रदेशमा आयोजना गरिएको संघीयता सवलीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई संवोधन गर्दै उनले संघीयताको सवलिकरणका लागी प्रदेश सरकारलाई पूर्णरुपमा अधिकार सम्पन्न बनाइनुपर्ने बताए। संविधानले प्रदेश र स्थानीय तहलाई दिएको अधिकारमाथी संघीय सरकारले हस्तक्षेप गर्न नहुने उनको भनाई छ। ‘संविधानले प्रदान गरेका अधिकार माथि कसैले हस्तक्षेप गर्न हुदैन’उनले भने,‘संविधानले दिएको अधिकार संघले रोक्ने काम गर्न हुदैन । समानिकरण अनुदान रोकेर राम्रो भएन् । प्रदेशलाई ऋणात्मक बनाउने काम भयो ।’ राजनीतिक अस्थिरताको कारणले केही समस्याहरु देखिएपनि अव ति समस्याहरु गौण भएर…

Read More

वीरगञ्ज,२असोज। वीरगञ्ज प्रहरीले लागुऔषधसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश कुडोल फतेहावादका गोपाल गिरी रहेको प्रहरीले जनाएको छ। वीरगञ्ज महानगरपालिका-२ डम्पिङ साइडबाट पक्राउ परेका गिरीको साथमा रहेको प्लाष्टिकको झोला चेकजाँच गर्ने क्रममा करिब तीन किलो चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालयका वीरगञ्जका एसपी कुमोद ढुंगेलले जानकारी दिए। गिरीविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं,१असोज। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेशलाई अझ बढी उत्तरदायी बनाउनु पर्ने भएपनि प्रदेश संरचना हटाउन नसकिने बताएका छन् । मंगलबार कांग्रेसको कानुन विभागद्वारा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘प्रदेश संरचना हट्ने कुरा छैन। हटाउने अवस्था पनि छैन। यसलाई कसरी उत्तरदायी बनाउने भन्ने छ । यसलाई बढी प्रभावकारी बनाउनुपर्छ।’ उनले संविधानमा सुधार हुने विषयहरू संशोधन हुने भन्दै संविधान संशोधन प्रजातन्त्रको विरुद्ध नहुने बताए। संविधान संशोधनलाई सकारात्मक रुपमा बुझ्न आग्रह गर्दै उनले भने ‘ओलीजी प्रधानमन्त्री हुने बेला संविधान संशोधन गर्ने कुरामा सहमति भएको छ । संविधानमा सुधार हुने कुरामा संशोधन आवश्यक पनि छ । तर संविधान संशोधन प्रजातन्त्रको खिलाफ हुँदैन…

Read More

भैरहवा,१असोज। रुपन्देहीमा सर्प महोत्सव आयोजना गरिएको छ। अन्तर्राष्ट्रिय सर्पदंश जनचेतना दिवसको अवसरमा ‘मानव र सर्पबीच सहअस्तित्व प्रवर्द्धन’नारा सहित लुम्बिनी प्रदेशमै पहिलोपटक तिलोत्तमाको शंकरनगर बनबाटिका तथा अनुसन्धान केन्द्र परिसरमा महोत्सव आयोजना गरिएको हो। उक्त महोत्सव दुई दिनसम्म संचालन हुनेछ । सर्पसम्बन्धी अध्ययन-अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय संस्था अल्कोबाका अनुसार सन् २०२२ मा नेपालमा ४० हजार जनालाई सर्पले टोकेको थियो ।जसमध्ये तीन हजार जनाको मृत्यु भएको थियो । तथ्यांक अनुसार नेपालमा सर्पदंशको दर र मृत्युदर वर्षेनी बढ्दो अवस्थामा छ। अन्य वन्यजन्तुको तुलनामा सर्पदंशबाट हुने मानवीय क्षति बढी भएपनि यसको रोकथामका लागि सम्बन्धित सरकारी निकायले पर्याप्त चासो नदिएको र लगानी पनि नगरेको सरोकारवालाले गुनासो गर्दै…

Read More

भैरहवा,१असोज। नेपालको अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरुका लागि सशस्त्र प्रहरी बल, नेपालको भर्नामा छुट्टै कोटा दिने तयारी गरिएको छ। जसका लागि सशस्त्र प्रहरीले बलको प्रस्तावित नयाँ ऐनको मस्यौदामा सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई दुई प्रतिशत कोटा दिने व्यवस्थाको प्रस्ताव गरेको छ। सशस्त्र प्रहरीका अधिकारीहरुले सीमा क्षेत्रमा बसोबास गर्नेहरुका लागि ५ प्रतिशत कोटा छुट्टाउनु पर्ने लबिइङ गरेका थिए । तर, ऐनको प्रस्तावित मस्यौदामा २ प्रतिशत कोटाको व्यवस्था गर्ने उल्लेख भए अनुसार २ प्रतिशत कोटा प्रस्ताव गरिएको हो। संविधान अनुसार आरक्षण दिइएको बाहेक खुलामध्येको दुई प्रतिशतमा सीमावर्ती क्षेत्रका वासिन्दालाई अवसर दिने तयारी गरिएको बताइएको छ। सशस्त्र प्रहरीको नयाँ ऐन सम्बन्धी मस्यौदा…

Read More

काठमाडौं,१ असोज। कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीले किसानको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जरुरी रहेको बताएका छन् । काठमाडौंको बल्खु स्थित कृषि तथा तरकारी बजारको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले किसानको जीवनमा सकारात्मक परिवर्तन नआएसम्म राज्यले लिएका लक्ष्यहरू पुरा हुन नसक्ने बताए। आफूले मन्त्रालयको जिम्मेवारी सम्हाले देखि किसानलाई मलको सहज व्यवस्था, दूध किसानको बक्यौता रकम भुक्तानीको लागि पहल गरेको उल्लेख गर्दे उनले कृषि उपजको उत्पादन सँगै यसको बजारीकरणमा किसानले समस्या भोग्न नपरोस् भन्ने आफ्नो चाहना रहेको सुनाए। तरकारीमा विषादीको अत्यधिक प्रयोग बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दे मन्त्री अधिकारीले यसलाई न्यूनीकरण गर्न जरुरी रहेको बताए। किसान र सम्बन्धित निकायबीच निकटता भए मात्र…

Read More