Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

दाङ, २५भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पत्रकारहरुलाई तथ्यमा आधारित भएर आलोचना गर्न आग्रह गरेका छन् । उनले तथ्यमा आधारित भएर सुशासन, पारदर्शीता, जवाफदेहीता र भ्रष्टाचार नियन्त्रणका लागी मिडिया क्षेत्रबाट खबरदारी गर्न आह्वान गरे । ‘सरकार सच्चिन चाहन्छ । त्यहीँ भएर तथ्यमा आधारित भएर आलोचना गर्नुस् । हामी सच्चिन तयार छौं’,मंगलबार नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजनामा मिडिया मन्थन पुस्तकको विमोचन समारोहलाई सम्बाधेन गर्दै उनले भने, ‘आलोचना गर्न नडराउनुस, म सच्चिन चाहन्छु, सकिन चाहदैन । यहाँहरुले गर्ने तथ्यमा आधारित आलोचनाबाट सच्चिएर अघि बढ्छौं ।’ उनले आफ्नो नियतमा खोट नरहेकोले कमी कमजोरी भए सच्चयाउन तयार रहेको बताए । राजनीतिक स्थायित्व कायम…

Read More

जनकपुरधाम,२५ भदौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय र बर्दिबास कार्यालयको संयुक्त टोलीले घुस रकमसहित जनप्रतिनिधी र कर्मचारीलाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष र वडा सचिवले घरबाटो प्रमाणित गरी दिनका लागि सेवाग्राहीसगँ माग गरेको साढे चार लाख घुस रकमसहित तीन जनालाई नियन्त्रणमा लिइएको अख्तियारका बर्दिबास कार्यालयका प्रमुख रामबहादुर कुरुम्वाङले जानकारी दिए । उनका अनुसार घुससहित वडाध्यक्ष ५७ वर्षीय उपेन्द्र सहनी, वडा सचिव ५२ वर्षीय उपेन्द्र साह र ४५ वर्षीय विजय मण्डललाई नियन्त्रणमा लिइएको हो ।उनीहरुलाई मंगलबार कार्यालय परिसरबाटै सेवाग्राहीबाट लिएको घुस रकमसहिन नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

Read More

बुटवल, २५ भदौ। इ–ड्राइभ नेपाल र बुटवल ट्याक्सी सेवा प्रालिमा आवद्ध भएका सवारी साधनहरु यातायात मजदूर तथा व्यवसायी भलाई कोषमा आवद्ध भएका छन् । मंगलबार तीनै वटा संस्थाबीच सवारीसाधनहरु कोषमा आवद्ध हुने सम्झौता भएको छ । इ–ड्राइभ नेपाल र बुटवल ट्याक्सीका सवारीसाधन कोषमा नियमानुसार शुल्क बुझाई आबद्ध गर्ने सम्झौता भएको कोषका अध्यक्ष दिनेश फुल्लेलले जानकारी दिए । ती सवारीसाधनहरुलाई ०८१ कार्तिक ३० गतेसम्म कोषले निःशुल्क आवद्ध गरेको छ । मासिक शुल्क बुझाउने व्यवसायीलाई २ सय रुपैयाँ छुट प्रदान गर्ने गरी सम्झौता भएको कोषका महासचिव योग गुरुङले जानकारी दिए । त्यस्तै सवारीसाधन बाटोमा दुर्घटना भइ जीवित क्षति तथा तेस्रो पक्षको निर्जीव…

Read More

मर्चवार, २५ भदौ। भारतमा रोजगारीका लागि जानलागेका रुपन्देही कोटहीमाई गाउँपालिका-३ का १९ वर्षीय धर्मेन्द्र यादवलाई नागरिकता बनाउन छ । उनी रोजगारीमा जानुअघि नेपाली नागरिकको प्रमाणपत्र नागरिकता लिएर जान खोजेका छन् । रोजगारीमा आवश्यक पर्न सक्छ । जसका लागि उनी नागरिकताको सिफारिसका लागि वडा कार्यालयमा धाउन लागेको हप्ता दिन भयो। तर, उनले सिफारिस पाउन सकेका छैनन् । कागजपत्र अपुग भएर उनले सिफारिस नपाएका होइनन् । वडाअध्यक्ष वष्णु नारायण पाण्डेय कार्यालयमा नआउँदा उनले सिफारिसको साटो सास्ती पाएका हुन् । यादवले सास्ती पाए झै सोही वडाको विमला देवीले पनि सेवा प्राप्तीका लागि वडा कार्यालयमा धाएको चार दिन भयो । उनले जग्गा विक्रीको सिफारिस…

Read More

परासी, २५ भदौ। पश्चिम नवलपरासीमा तस्करी बढेको बेला राजस्व अनुसन्धान कार्यालयले छापा मारेर ठूला परिमाणमा चिनियाँ लसुन बरामद गरेको छ । कार्यालयको जिल्लाको बसैया नाका क्षेत्रबाट स्थानीय अजय हरिजनको गोदाममा छापा मारेर ठूलो परिमाणमा चिनियाँ लसुन बरामद गरेको हो । भारतमा लसुन महंगो भएकोले तस्करहरुले सीमावर्ती क्षेत्रमा लसुन भण्डारण गरी भारततर्फ तस्करी गर्दै आएका छन् । जसमा नेपाल प्रहरी र सशस्त्र प्रहरी मौन देखिएका छन् । चाडपर्व नजिकिएसँगै तस्करी झनै बढेको छ । स्थानीयका अनुसार परासीको धर्मपुर, भुजहावा, बसैया, तोनवा, अमानीगंज, गोपालपुर, मुडेरा लगायतनाकाबाट प्रहरीको मिलोमतोमा लसुन, कपडा, चिनी, हार्डवेयर लगायतका सामग्रीको तस्करी भइरहेको छ । राजस्व अनुसन्धान कार्यालयका शाखा…

Read More

भैरहवा, २४भदौ। लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई संसोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृती प्रदान गरेको छ । प्रदेश मन्त्रिपरिषद्को सोमबारको बैठकले ऐन संसोधनको प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए । विभिन्न दफा र उपदफाहरुमा संसोधन गर्नुपर्ने आवश्यक देखिएपछि सरकारले ऐन संसोधनको प्रस्ताव अघि बढाएको हो । ०८० असार २२ गते प्रदेश सभामा दर्ता भएको विधेयक भदौ २२ गते सभाबाट पारित भएको थियो । प्रदेश प्रमुखले विधेयकलाई मंसिर २१ गते प्रमाणिकरण गरेपछी कार्यान्वयनमा आएको थियो…

Read More

भैरहवा, २४ भदौ। पर्यटन दिवसको अवसरमा भैरहवामा खाना महोत्सव एवं सांगीतिक साँझ (भैरहवा फूड फेस्टिबल तथा म्युजिकल नाइट–२०८१) कार्यक्रम हुने भएको छ । यस क्षेत्रलाई चलायमान बनाउने उद्देश्यसहित सिद्धार्थ होटल संघ नेपालले संस्थाको १८ औँ स्थापना दिवसमा एवं ४५ औँ पर्यटन दिवसको अवसरमा भैरहवामा खाना महोत्सव एवं सांगीतिक साँझ कार्यक्रमको आयोजना गरेको हो । भैरहवामा आयोजना गरिएको पत्रकार सम्मेलनमा दुई दिन असोज ११ र १२ गते आयोजना गरिएको महोत्सवमा ५ तारे, ४ तारे, ३ तारे होटल तथा अन्य सुविधा सम्पन्न होटल तथा रेष्टुरेण्टहरुका स्टलहरु रहने कार्यक्रम संयोजक बिनोद खरेलले जानकारी दिए । उनले सुविधासम्पन्न तारे होटलमा पाईने विभिन्न परिकारहरु सडकमै…

Read More

हृदयराम गुप्तामर्चवार, २४ भदौ । रुपन्देहीको मर्चवार क्षेत्रको विद्यालयमा जाने पुल भत्काइएपछि विद्यालयमा आउजाउमा भइरहेको समस्यालाई केही युवाहरुले समाधान गरेका छन् । मर्चवारको मर्चवारी गाउँपालिका वडा नम्बर ६ स्थित श्री ठर्की माध्यमिक विद्यालयमा जाने बाटोमा निर्माण गरिएको अस्थायी पुल गत मंगलबार अज्ञात समूहले भत्काइदिएका थिए । जसकारण विधालयमा अध्यनरत विद्यार्थीहरुलाई विद्यालयमा आउजाउमा समस्या भइरहेको थियो । सोही विषयलाई लिएर संचारमाध्यमहरुमा समाचार प्रकाशन भएपछि केही युवाहरुले उक्त स्थानमा काठको अस्थाई पुल निर्माण गरिदिएका छन् । ‘पुल निर्माण गरिदिने व्यक्तिहरुको पहिचान खुलेको छैन’ विद्यालयका प्रधानाध्यापक बलिराम यादवले भने, ‘तर, हाम्रै विद्यालयमा पढेका पूर्वविद्यार्थीहरुले आफ्नै संयुक्त लगानीमा अस्थाई पुल बनाइदिएको जानकारी प्राप्त भएको…

Read More

भैरहवा, २४ भदौ। सजाए भुक्तानका लागि कारागार चलान भएका लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य धनबहादुर केसी रिहा भएका छन् । ३३ वर्षअघि साविक रुकुम जिल्ला अदालतले श्रीमतीसगँको अंश मुद्दामा किर्ते गरेको ठहर गर्दै केसीलाई ०४८ असार ९ गते एक वर्ष कैद र दुई हजार जरिवाना सजाएको फैसला गरेको थियो । र, त्यससमय देखि उनी फरारको सूचीमा थिए । प्रदेशसभा सदस्य केसी आइतबार रुकुम पूर्व जिल्ला अदालतमा उपस्थित भएपछि सजाए भुक्तानका लागि उनलाई कारागार चलान गरिएको थियो । तर, कानुनको दफा टेकेर उनी सोमबार नै रिहा भएका छन् । फौजदारी अपराधसंहिता २०७४ को सुविधा अनुसार एक वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम…

Read More

भैरहवा, २४ भदौ। नेपाली सेनाको प्रधानसेनापतिको रुपमा भैरहवाका अशोकराज सिग्देलले कमान्ड सम्हालेका छन् । ४१ वर्ष सैनिक सेवामा बिताएका निर्वतमान प्रधानसेनापति प्रभुराज शर्मा तीनवर्षे पदावधि पुरा भएर अनिवार्य अवकाशमा गएपछि सिग्देलले नेपाली सेनाको कमान्ड सम्हालेका हन् । सोमबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक विशेष समारोहबीच राष्ट्रपति एवम् नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । साथै, राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पद तथा गोपनीयताको शपथ ग्रहण पनि गराए । नेपाली सेनाको ४५ औं प्रधानसेनापतिका रूपमा सिग्देलले नेतृत्व गरेका छन् । निर्वतमान प्रधानसेनापति शर्मा गत साउन २४ गतेदेखि बिदामा बसेका थिए । अवकाश जानु एक…

Read More