Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं, १९ साउन । नेपाल र भारत सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगमा नेपालले भारतलाई पराजित गर्दै ऐतिहासिक जित निकालेको छ । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको प्रतिस्पर्धामा नेपालले ३-२ को सेटमा भारतलाई पराजित गर्दै ऐतिहासिक जित निकालेको हो । नेपालले पहिलो पटक भारतलाई पराजित गर्न सफल भएको हो । नेपाल र भारत बीचको अन्तिम सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो। नेपालले पाँचौं सेटमा १५–१३ बनाएर जित आफ्नो पक्षमा पारेको हो।पहिलो सेट नेपालले २५–१८ ले सहजै आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेट नेपालले १२–२५ ले सेट गुमायो। तेस्रो सेटमा भने नेपालले पहिलो सेटकै प्रदर्शनलाई…

Read More

भैरहवा, १८ साउन । लुम्बिनी प्रदेश सरकारमा विना विभागीय मन्त्रीको रुपमा सपथ लिएका आठ जना मन्त्रीहरुको कार्यविभाजन गरिएको छ । उनीहरु गत साउन ९ गते मन्त्रीमा नियुक्त भएका थिए । नियुक्त भएपनि राजनीतिक दलबीच मन्त्रालयको भागभण्डा नमिल्दा मन्त्रीहरुको कार्यविभाजन हुन सकेको थिएन । जसका कारण प्रदेश सरकारको आलोचना भएको थियो । नेपाली काँग्रेसबाट चार र नेकपा एमालेबाट चार जना गरी मन्त्री बनेका आठ जनाका लागि मुख्यमन्त्री चेतनारायण आचार्य र कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीबीच भएको छलफलबाट मन्त्रालयको जिम्मेवारी टुङ्गो लगाइएको हो। सोही अनुसार मुख्यमन्त्री आचार्यले शुक्रवार उनीहरुको कार्यविभाजन गरेका हुन् । सहमतिअनुसार कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्रीमा गुल्मीका धनेन्द्र…

Read More

भैरहवा, १८ साउन । कपिलवस्तु जिल्लाको चन्द्रौटामा ग्रीन ज्याकपट क्यासिनो सञ्चालनमा आएको छ । भारतीय पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले चन्द्रौटास्थित चारतारे सिद्धार्थ लुम्बिनी ग्रीन रिर्सोटमा आकर्षक गेमिङ सुविधासहित क्यासिनो संचालनमा आएको हो । कपिलवस्तुमा क्यासिनो संचालनमा आएको यो पहिलो हो । क्यासिनो संचालनमा आएसँगै पर्यटक आगमानमा वृद्धि हुने र चन्द्रौटा बजार थप चलायामन हुने विश्वास लिइएको छ । ‘क्यासिनो संचालनमा आएलग्त्तै कृष्णनगर लगायत नाका भएर क्यासिनो खेल्न आउने भारतीय पर्यटकको संख्यामा वृद्धि भएको छ’, क्यासिनोका अध्यक्ष राजकुमार भट्टराईले भने,‘पर्यटकको आगमानले हामीले मात्र नभई यहाँका अन्य व्यापार, व्यवसाय समेत फस्टाउने र यो क्षेत्र पर्यटन हबको रुपमा विकसित हुने विश्वास लिएका छौँ…

Read More

भैरहवा, १८ साउन । भैरहवा भन्सार कार्यालयले भन्सार छलेर भित्राइएको आंशकामा ठुलो परिमाणमा चिनी बरामद गरेको छ । साथै, चिनी लोड गरिएको एउटा ट्रक समेत नियन्त्रणमा लिएको जनाएको छ । शुक्रवार सिद्धार्थनगर नगरपालिका–४ बाट लु २ ख २८८२ नम्बरको ट्रकमा करिब ५ लाख मूल्य बराबरको १ सय ६२ बोरा चिनी लोड गरी लैजान लागेको अवस्थामा चिनी सहित ट्रक नियन्त्रणमा लिइएको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिए । एउटा बोरामा ५० किलो चिनी रहेकोले बरामद चिनी आठ हजार एक सय किलो छ । कार्यालयको टोली पुगे लग्त्तै ट्रक चालक साँचो सहित फरार भएको उनले बताए ।तस्करहरुले दैनिक थोरै परिमाणमा…

Read More

भैरहवा, १६ साउन । साढे ६ वर्षको अवधिमा ६ मुख्यमन्त्री र ५० जना मन्त्री बनाएर बदनामी कमाएको लुम्बिनी प्रदेशमा राजनीतिक दलहरुबीच मन्त्रालयको भागभण्डा नमिल्दा सपथ खाएका मन्त्रीहरु ‘हल्लिएर’ बसेका छन् । विना विभागीय मन्त्रीहरुको कार्यविभाजनमा ढिलाई हुदाँ मन्त्रालयको कामकाजमा समेत असर परेको छ । त्यसो त विना विभागीय मन्त्रीको सपथ खाएका केही मन्त्री आर्कषक मन्त्रालय र आंकक्षीहरुले मन्त्रीका लागि काठमाण्डौँ धाउने काम भने गरिरहेका छन् । ‘जसकारण मुख्यमन्त्रीलाई समेत समस्या परेकोले मन्त्रीहरुको कार्यविभाजनमा ढिलाइ हुन गएको हो’, उच्च तहका एक नेताले भने, ‘एकातिर काँग्रेस, एमाले दुवैले आर्कषक मन्त्रालय खोजेका छन् भने अर्को तिर साना दललाई समेत मिलाएर लैजादाँ मन्त्रालयको भागबण्डा…

Read More

भैरहवा, १६ साउन । प्यालेस्टिनी लडाकु समूह ‘हमास’का शीर्ष नेता इस्माइल हानियाको मृत्यु भएको छ । कतारमा बस्दै आएका हानिया इरानका नयाँ राष्ट्रपति मसुद पेजेस्कियानको पदभार ग्रहण कार्यक्रममा सहभागी हुनका लागि राजधानी तेहरान पुगेको बेला उनको निवासमा इजरायलले गरेको हमलामा उनी मारिएका हुन् । बुधबार हमासले विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेको छ ।हानियाका साथ उनका एक अङ्गरक्षक पनि मारिएको जनाइएको छ । इस्माइल हानिया हमासको पोलिटिकल ब्यूरो प्रमुख थिए ।- अन्तर्राष्ट्रिय संचारमाध्यमको सहयोगमा

Read More

झापा, १६ साउन । झापा प्रहरीको हिरासतमा रहेका थुनुवाको उपचारको क्रममा मृत्यु भएको छ । लागुऔषधसहित पक्राउ परेका मेचीनगर नगरपालिका–७ का २८ वर्षीय झकबहादुर खड्काको उपचारको क्रममा मृत्यु भएको झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । उनका अनुसार गत साउन १३ गते मेचीनगर नगरपालिका ६ पुरानो मेची पुलमा लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले खड्कालाई ५ ग्राम ५७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको थियो । पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतभित्र राखिएको थियो । हिरासतमा रहेका खड्का बिरामी परेपछि उपचारका लागि धुलाबारीको आम्दा अस्पतालमा लग्दा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको…

Read More

चितवन, १६ साउन। चितवनको भरतपुर महानगरपालिकामा सवारी दुर्घटना हुदाँ नेपाली सेनामा कार्यरत सिपाहीको मृत्यु भएको छ । साथै, दुर्घटनामा एक जना घाइते भएका छन् । महानगरपालिका-१ पोखरा बसपार्क स्थित मोटरसाइकल र कार ठोक्किँदा तनहुँ भानु नगरपालिका-१२ का २७ वर्षीय निगम नेपाली सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । उनी नेपाली सेनाको नम्बर २ विपद् व्यवस्थापन गण रसौलीमा सिपाही पदमा कार्यरत छन् । त्यस्तै सोही गणमा कार्यरत बन्दीपुर गाउँपालिका–३ का २६ वर्षीय दिनेश थापा गम्भीर घाइते भएका छन् । सवारी दुर्घटनामा दुवै सैनिक घाइते भएका थिए । चितवन मेडिकल कलेजमा उपचारको क्रममा निगमको मृत्यु भएको छ…

Read More

काठमाडौं, १५ साउन । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा कुनै दलसगँ गठबन्धन नगरी एक्लै चुनाव लड्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाडाँमा बसेको पदाधिकारीको बैठकले गठबन्धनमा रहँदा पार्टीको विचार र दृष्टिकोणमा असर पुगेको भन्दै ०८४ सालको निर्वाचनमा एक्लै लड्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । पाँच दिनसम्म चलेको बैठक समापन गर्दै अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एक्लै चुनाव लड्ने निष्कर्ष सुनाएका हुन् । सरकारबाट हट्नुपर्ने परिस्थतिले एक्लै चुनाव लड्ने तयारी गर्न अवसर समेत मिलेको प्रचण्डले बताएका छन् । ‘कुनै दलसगँ गठबन्धन गरेर निर्वाचनमा होमिदा गठबन्धन गरिएको दलहरुको विषयलाई प्राथमिकतामा राख्नुपर्ने हुदाँ हाम्रो कुराहरु सोझै जनतामाझ पुग्न सकेको छैन्…

Read More

भैरहवा, १५ साउन । मंगलबार स्थानीय बजारमा सूनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ४६ हजार एक सय रूपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार प्रतितोला एक लाख ४६ हजार रूपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य पनि तोलामा १० रूपैयाँले घटेको छ। सोमबार प्रतितोला एक हजार सात सय ५० मा कारोबार भएको चाँदी मंगलबार एक हजार सात सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More