


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
दाङ,१जेठ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रियताको रक्षा र समृद्ध नेपाल निर्माणका लागि खेल क्षेत्रको अतुलनीय योगदान रहेको बताएका छन्। दाङको बेल्झुण्डीमा शुक्रबार आयोजित लुम्बिनी प्रदेश स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले खेलाडीहरुको भूमिका राष्ट्रियताको सवालमा सिपाही सरह रहेको उल्लेख गरे। उनले खेलकुदले जिल्ला, प्रदेश र देशलाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। मुख्यमन्त्री आचार्यले पछिल्लो समय युवाहरु कुलतमा फस्नु चिन्ताको विषय बनेको उल्लेख गर्दै उनीहरुलाई खेल क्षेत्रमा आकर्षित गर्न आवश्यक रहेको बताए। प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा सुरु भएको प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाका विद्यार्थी खेलाडीहरुको सहभागिता रहेको छ। प्रतियोगितामा भलिबल, तेक्वान्दो, कराते,…
काठमाडौं,१ जेठ। प्रहरीले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन तथा आपराधिक लाभ सम्बन्धी कसुरमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–११ का २३ वर्षीय समिर तामाङ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, पक्राउ परेका युवकले टिकटक लगायतका सामाजिक सञ्जालमा पीडित महिलाको फोटो राखेर ब्ल्याकमेल गर्ने, व्यक्तिगत फोटो तथा भिडियो सार्वजनिक गरिदिने भन्दै धम्की दिएर पीडितबाट आर्थिक लाभ लिएको उजुरी परेको थियो। उक्त उजुरीका आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका–१३ कलंकीबाट पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । प्रहरीले पक्राउ परेका युवकविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन तथा आपराधिक लाभ सम्बन्धी कसुरमा जिल्ला…
भैरहवा,१ जेठ । रुपन्देही प्रहरीले भन्सार छली गरेर भित्राइएका विभिन्न सामग्री बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा ८ लाख ३९ हजार बढी मूल्य बराबरको तस्करीका सामग्री बरामद भएको जनाएको छ। प्रहरीका अनुसार, जिल्लाको सिद्धार्थनगर नगरपालिका, ओमसतिया, कोटहीमाई, मर्चवारीमाई गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाको विभिन्न स्थानबाट लत्ताकपडा, कस्मेटिक सामग्री, केरा, गाडीका पार्टपुर्जा, खाद्यन्नलगायत सामग्री बरामद भएको हो । बरामद सामग्री आवश्यक कारबाहीका लागि भैरहवास्थित भन्सार कार्यालय बेलहियामा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
भैरहवा,१ जेठ। रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ अमवामा अवैध रुपमा माटो उत्खनन तथा ओसारपसारमा संलग्न पाँच वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय लुम्बिनी र प्रहरी चौकी सुक्रौलीबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार अवैध रुपमा माटो उत्खनन तथा ढुवानी भइरहेको अवस्थामा उक्त सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमा लु ४ त ९२९९ नम्बरको ट्रयाक्टर लोडर, लु ४ त ८९६३, लु २ त ९१४३, लु ४ त ६०४१ नम्बर र एउटा नम्बर नखुलेको ट्रयाक्टर रहेका छन्। नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक कारबाहीका लागि लुम्बिनी सांस्कृतिक नगरपालिकाको कार्यालयमा बुझाइएको प्रहरीले…
भैरहवा, १ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ बाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा तिलोत्तमा नगरपालिका–१५ मधवलियाका २२ वर्षीय दिपेश थारु र तिलोत्तमा नगरपालिका–१४ निवासी ३२ वर्षीय रबिन गुरुङ रहेको प्रहरीले जनाएको छ । बिहीबार बेलुकी लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरी टोलीले लु ७ प २०९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्ष अनुसार, पक्राउ परेकाहरुको साथबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २० मिलिग्राम, नियन्त्रित लागूऔषध डाइजोपाम ४ एम्पुल, फेनारगन ४ एम्पुल तथा बुप्रेनोर्फिन ४ एम्पुल बरामद गरिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान…
काठमाडौं,१ जेठ। नेपालको स्थानीय बजारमा सुनको मूल्य प्रतितोला चार हजार रुपैयाँले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार ४ हजार रुपैयाँले घटेर आज सुन प्रतितोला २ लाख ९८ हजार ५०० कायम भएको छ। बिहीबार प्रतितोला सुन ३ लाख २ हजार ५०० रुपैयाँ किनबेच भएको थियो। त्यस्तै चाँदीको मूल्य पनि ओरालो लागेको छ । चाँदी ३५५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार सोही परिमाणको चाँदी ५ हजार ७४५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
काठमाडौं,१ जेठ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको यशोधा फुड्स प्रालिद्वारा उत्पादित ‘करेन्ट’ र ‘लाली’ ब्रान्डका चाउचाउ गुणस्तरहीन पाएपछि तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ। बजार अनुगमनका क्रममा संकलन गरेका नमुनाको प्रयोगशालामा परीक्षण गर्दा दुवै उत्पादन निर्धारण गुणस्तर मापदण्डअनुसार नरहेको विभागले जनाएको छ। विभागका अनुसार, यशोधा फुड्सबाट उत्पादन हुँदै आएका १०० ग्रामको ‘करेन्ट नुडल्स’ (ब्याच नं. ०४ए) र ५० ग्रामको ‘लाली चाउचाउ’ (ब्याच नं. ०२ए) परीक्षणका क्रममा प्रयोग गरिएको एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु मापदण्ड अनुरुप छैन । चाउचाउ गुणस्तरहिन भेटिएपछि विभागले बजारमा रहेका ती उत्पादन तत्काल फिर्ता गर्न आदेश जारी गरेको हो। त्यस्तै एसियन बिस्कुट…
भैरहवा,३१ बैशाख । सिद्धार्थनगर नगरपालिकाको कार्यालयले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका सबै व्यवसाय, पसल, उद्योग तथा सेवा प्रदायक संस्थालाई उपभोक्ताले सहज रुपमा जानकारी पाउने गरी मूल्यसूची राख्न निर्देशन दिएको छ। नगरपालिकाले जारी गरेको सूचनामा व्यवसाय स्थलमा बिक्री वितरण हुने वस्तु तथा सेवाको अद्यावधिक मूल्यसूची सबैले देख्न सक्ने स्थानमा राख्नुपर्ने उल्लेख छ। अनुगमनका क्रममा मूल्यसूची नराखिएको पाइएमा प्रचलित कानुन अनुसार कारबाही हुन सक्ने चेतावनी समेत दिइएको छ। हेर्नुहोस् सूचना:
भारत,३१ बैशाख । भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ । आन्तिरक बजारमा चिनीको मूल्य नियन्त्रण गर्न तथा आपूर्ति सुनिश्चित गर्न तत्काल प्रभावबाट चिनी निर्यातमा प्रतिबन्ध लगाएको भारतीय संचारमाध्यमले जनाएका छन् । द टाइम्स अफ इन्डियाका अनुसार, भारतको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको डाइरेक्टोरेट जनरल अफ फरेन ट्रेड (डीजीएफटी) ले बुधबार सूचना जारी गर्दै कच्चा, सेतो तथा प्रशोधित चिनीको निर्यात नीति ‘रिस्ट्रिक्टेड’ बाट ‘प्रोहिबिटेड’ मा परिवर्तन गरेको जनाएको हो। यो प्रतिबन्ध आगामी सेप्टेम्बर ३०, २०२६ सम्म वा अर्को आदेश नआएसम्म लागू रहने बताइएको छ। सरकारले आन्तिरक उत्पादन घट्ने चिन्ता तथा स्थानीय बजारमा मूल्य वृद्धि हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै यस्तो…
भैरहवा, ३१ बैशाख। नेपाल सेनाको भैरहवास्थित श्री काली भक्ति गणमा कार्यरत कर्मचारीहरुलाई सडक सुरक्षा ट्राफिक नियमको पालना एवं दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतनामूलक प्रशिक्षण दिइएको छ । बिहीवार आयोजित कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको प्रमुख एवं प्रहरी निरीक्षक प्रतिमा कार्कीले त्यहाँ कार्यरत ७० जनालाई प्रशिक्षण दिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यक्रममा सडक सुरक्षा, ट्राफिक नियमको पालना, सवारी साधन सञ्चालन गर्दा अपनाउनुपर्ने सावधानी तथा दुर्घटना न्यूनीकरणका उपायबारे जानकारी दिइएको थियो ।