Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा,२३ भदौ । घटना १: ०८० पौष ६ गते यूपी ६४ टी १९३८ नम्बरको ट्रकमा १६ लाख २८ हजार बढी मूल्य बराबरको ५१ हजार ६ सय ९६ थान क्लोज अप ब्राण्डको टुथ पेस्ट भन्सार छलेर भारत लैजान खोज्दा भैरहवा भन्सार कार्यालयले बेलहिया नाका नजिकैबाट साम्रगी सहित ट्रक नियन्त्रणमा लियो । चालक फरार भए । घटना २: ०८१ बैशाख २६ गते १५ लाख २६ हजार बढी मूल्य बराबरको भारतबाट भन्सार छलेर भित्राइएको ३ सय ६३ केजी हुक्का फ्लेवर, जर्जेट २७५ मिटर, नेट इम्ब्रोइडरी २७५ मिटर, लेडिज सुट ७२ थान, रेशा साडी ८५ थान सहित लु २ ख १२५३ नम्बरको टिपर रुपन्देहीको…

Read More

भैरहवा,२३ भदौ। लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले सरकारी गाडी फिर्ता गरेका छन् । गत भदौ ६ गते प्रदेश सरकारले पूर्वबिशिष्ट व्यक्तिहरुले पाउदै आएको सेवा-सुविधा फिर्ता लिने निर्णय गरेपछी पूर्वमुख्यमन्त्री केसीले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका हुन् । पूर्वमुख्यमन्त्री केसीले प्रयोग गर्दै आएको लु १ झ ७४५ नम्बरको स्कार्पियो गाडी बिहिवार मुख्यन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फिर्ता गरेको बरिष्ठ शाखा अधिकृत देवीराम भण्डारीले जानकारी दिए । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले फजुल खर्च घटाउने योजना अनुसार पूर्वबिशिष्ट व्यक्तिलाई दिदैँ आएको सेवासुविधा फिर्ता लिने निर्णयमा पुगिएको बताएका थिए । ०७९ भदौ ३१ गते प्रदेश मन्त्रिपरिषद्को बैठकले पूर्व विशिष्ट पदाधिकारीका लागि सेवा-सुविधा उपलब्ध…

Read More

अर्घाखाँची, २३ भदौ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको विकासको लागि पर्यटन क्षेत्र नै आधार स्तम्भ रहेको बताएका छन् । आइतबार नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको लागि बृहत योजना निर्माणको चरणमा रहेको बताए । साथै, प्रदेशका १२ जिल्ला १२ जिल्लालाई पर्यटन सर्किटबाट जोड्नेगरी योजना निर्माण थालिएको उनको भनाई छ । ‘हाम्रो प्रदेशमा थुप्रै पर्यटकीय स्थलहरु छन् । सबै जिल्लालाई एउटै पर्यटन सर्किटको रुपमा विकास गर्ने योजना छ । लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई प्रदेशका महत्वपूर्ण गन्तब्य स्थलमा पुर्याउन सकियो भने सोंचेको जस्तो विकास हुनेछ’ उनले भने, ‘रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई बौद्ध सर्किटको…

Read More

भैरहवा, २१ भदौ। सरकारले अर्थमन्त्रालयका सचिव (राजस्व) दिनेशकुमार घिमिरेलाई सञ्चयकोषको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बैठकले नेपालगंज-नानपारा १३२ के.भी प्रशारणलाइन आयोजनालाई बाँके जिल्लामा प्रशारणलाइनको टावर प्याड निर्माणको लागि करिब दुई विघा जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने, रेडियो नेपालको रिक्त कार्यकारी निर्देशक पदमा अमरध्वज लामालाई नियुक्त गर्नेसहित विभिन्न २४ वटा निर्णय समेत गरेको छ । के-के भयो निर्णय ? हेर्नुहोस् सूची:

Read More

भैरहवा, २१ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले विपन्न विद्यार्थीहरुको अध्यापनका निम्ती सबै स्थानीय तहमा छात्रवृत्ति अनुदान रकम पठाएको बताएका छन् । साथै, पठाइएको अनुदान रकमले विद्यार्थीहरुले छात्रवृत्ति पाए/नपाएको अनुगमन समेत गरिने उनले जनाएका छन् । शुक्रबार प्रधानमन्त्री ओलीको आधिकारिक सामाजिक सञ्जाल फेसबुकमा स्ट्याट्समा लेखिएको छ, ‘सामुदायिक विद्यालयमा कक्षा ६–१० का विपन्न विद्यार्थीहरूको लागि वार्षिक १८ र विज्ञान विषय अध्ययन गर्नेको लागि वार्षिक २४ हजार रुपैयाँ अनुदान दिएको छ । यसका लागि रु ६० करोड अनुदान दिएको छ ।’ त्यस्तै उनले दुर्गम तथा अन्य क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत २२ वटा सूचीकृत जाति र सीमान्तकृत वर्गका गैरआवासीय विद्यार्थीका लागि प्रतिविद्यार्थी वार्षिक १…

Read More

भैरहवा, २१ भदौ। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरू कम्पनीहरुलाई प्राधिकरणसगँ स्वीकृति लिएर मात्र शुल्क निर्धारण गर्न निर्देशन दिएको छ । कम्पनीहरु स्वीकृति विनै मनपरी शुल्क निर्धारण गर्न गरेपछि प्राधिकारणले स्वीकृति लिएर मात्र शुल्क निर्धारण गर्न निर्देशन दिएको हो । ‘दूरसञ्चार सेवा प्रदायकहरूले सेवा प्रदान गरे बापत ग्राहकसँग लिने शुल्क तथा महसुल दर दूरसञ्चार ऐन, २०५३ को दफा ४२ तथा अनुमति पत्रको सर्त बमोजिम प्राधिकरणबाट अनिवार्य रूपमा स्वीकृत गराई प्राधिकरणबाट स्वीकृत भएको मिति समेत उल्लेख गरी ग्राहक तथा सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशित गरे पश्चात् मात्र लागू गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ,’ शुक्रवार प्राधिकारणले सूचना जारी गर्दै भनेको छ,‘हाल कतिपय…

Read More

भोजपुर, २१ भदौ। नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले दसैं-तिहार पर्वको समय पश्चात केपी ओली नेतृत्वको सरकार ढल्ने दावी गरेका छन् । भ्रष्टाचारीलाई जोगाउने उद्देश्यले वर्तमान सरकार बनेको आरोप लगाउँदै उनले प्रथम दिनबाटै चरम विवादमा पर्दै आएकोले दसैं-तिहार पर्वपछि सरकार ढल्ने दावी गरेका हुन् । अखिल क्रान्तिकारी भोजपुरको १४ औँ जिल्ला सम्मेलन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले भने ‘अब यो सरकार दसैँ–तिहार मनाउँछ अनि आफै ढल्छ कसैले ढाल्नु पर्दैन।’ पूर्व पर्यटनमन्त्री समेत रहेका उनले सरकारले साझा नीति कार्यक्रम ल्याउन नसकेर कुहिरोको काग जस्तै बनेको आरोप लगाए । माओवादी केन्द्रको अबको बाटो एकताबद्ध, रूपान्तरण, संविधानको कार्यान्वयन र भ्रष्टाचार विरोधी सशक्त…

Read More

भैरहवा, २० भदौ। नेपाली काँग्रेस रुपन्देहीले भैरहवामा खुल्ला मिनी म्याराथन प्रतियोगिता गर्ने भएको छ । १११औं विपी जयन्तीको अवसरमा ‘खुल्ला मिनी म्याराथन प्रतियोगिता आयोजना गरिएको काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी दिए । पाँच किलोमिटको खुल्ला मिनी म्याराथन भदौ २४ गते हुनेछ । युवाहरुमा खेल क्षेत्रप्रति उत्साह जगाउँदै खेलको विकास एवं प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको उनले बताए । पाँच किलोमिटरको प्रतियोगिता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भइ बुद्धचोक, नारायणस्थान, प्रहरी टोल हुँदै मिलनचोक (पवन मिष्ठान) मा समापन हुने कार्यक्रम संयोजक तथा काँग्रेस रुपन्देही जिल्ला सदस्य ओम कुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा खुल्ला र महिलातर्फ विजेताले अलग अलग पुरस्कार…

Read More

अर्घाखाँची, २० भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले विनियोजन गरेका योजनाको गुणस्तरीय कार्यान्वयनमा ध्यान दिन आग्रह गरेका छन् । शितगंगा नगरपालिकाका जनप्रतिनिधिहरुसगँ गाउँकार्यपालिकाको कार्यालयमा भएको छलफलमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले स्थानीय तहमा विनियोजन गरेर पठाएका योजनाको सही र गुणस्तरीय कार्यान्वयनमा ध्यान दिन आग्रह गरेका हुन् । प्रदेश सरकारले पाँच लाख भन्दा माथिका सबै योजना प्रतिसपर्धाको माध्यमबाट कार्यान्वयन गर्ने परिपत्र गरेको जानकारी दिदै योजना कार्यान्वयनको प्रक्रिया तत्काल थाल्न निर्देशन दिए। ‘योजना माग हुने । बजेट पर्ने तर, कार्यान्वयन राम्रो नहुने समस्या छ । गुणस्तरीय कामका लागी नागरिक तहबाट पनि अनुगमन हुनुपर्छ’उनले भने,‘योजना कार्यान्वयनमा कुनै सम्झौता नगर्नुहोस । काम राम्रो…

Read More

अर्घाखाँची, २० भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पछिल्लो समय विद्यालय तथा क्याम्पस तहको शैक्षिक गुणस्तर खस्कदै जानु चिन्ताको विषय भएको बताएका छन् । शितगंगा नगरपालिकामा रहेको ज्योती भविश्वर बहुमुखी क्याम्पसको स्थलगत अनुगमनमा पुगेका उनले खस्कदै गएको शैक्षिक गुणस्तर सुधारका लागि योजना बनाएर अघि बढ्नुपर्ने निर्देशन दिए । ‘भौतिक संरचना सुधार हुन्छन, बन्दै जान्छन् । तर, शैक्षिक गुणस्तर खस्कियो भने सुधार गर्न गाह्रो हुन्छ । देशलाई आवश्यक पर्ने जनशक्ति निर्माण गर्न शिक्षा जोडिएको छ । यो महत्वपूर्ण बिषय हो’उनले भने,‘पढाईको गुणस्तर सुधार गरेको खण्डमा मात्रै सबै समस्याहरु समाधान हुदै जान्छन् ।’ लुम्बिनी प्रदेश सरकारले क्याम्पसको भवन निर्माणको लागी आर्थिक बर्ष…

Read More