


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, ७ भदौ। तनहुँको आँबुखैरेनीस्थित ऐना पहारा नजिक भारतीय नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनामा १४ जनाको मृत्यु भएको र १६ जना घाइतेको उद्धार गरिएको छ । शुक्रवार पोखराबाट काठमाण्डौँ तर्फ जाँदै गरेको यूपी ५३ एफटी नम्बर ७६२३ नम्बरको बस नदीमा खसेको थियो । बसमा ४३ जना सवार थिए । ‘उद्दारमा कार्य जुटेकोले दुर्घटना कसरी भयो भन्नेतिर लाग्न सकेका छैनौँ’, तनहुँका प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले भने, ‘घाइतेहरुको उद्दार कार्य जारी छ । गम्भिर १२ जना घाइतेहलाई उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौँ पठाइएको छ ।’ दुर्घटना भएको…
भैरहवा, ७ भदौ । तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा नजिक मस्र्याङ्दी नदीमा खसेको भारतीय यात्रुवाहक बसमा सवार पर्यटकहरु भारतको महाराष्ट्र प्रदेशको रहेको खुलेको छ । पर्यटकहरु भारतको गोरखपुर स्थित केसरवानी परिवहन नामक ट्राभल्सबाट बस बुक गरी नेपाल भ्रमणमा आएका थिए । बसमा सवार यात्रुहरु महाराष्ट्र प्रदेशको रहेको केसरवानी परिवहनका (बस) का संचालक अतुल केसरवानीले जानकारी दिए । ‘नेपाल भ्रमणमा एक सय १० जना पर्यटहरुका लागि तीन वटा बस बुक गरिएको थियो’, केसरवानी परिवहनका (बस) संचालक अतुल केसरवानीले क्लिक लुम्बिनीसगँ टेलिफोन कुराकानीमा भने, ‘दुःखद घटना भएको छ । हाम्रो टोली यहाँबाट नेपालको लागि निस्कने तयारीमा छ । हामी आउँदैछौँ । अहिले हामी…
भैरहवा, ७ भदौ । तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा नजिक मस्र्याङ्दी नदीमा खसेको भारतीय नम्बरको यात्रुवाहक बस रुपन्देहीको बेलहिया (भैरहवा) नाकाबाट भित्रिएको खुलेको छ । पोखराबाट काठमाण्डौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस शुक्रवार मस्र्याङ्दी नदीमा खसको थियो । भैरहवा भन्सार कार्यालयको सूचना प्रविधि शाखाका अनुसार यूपी ५३ एफटी ७६२३ नम्बर प्लेटको भारतीय बस भदौ ४ गते आठ दिनको भन्सार प्रक्रिया पुरा गरी बेलहिया नाकाबाट मुलुकमा भित्रिएको हो । उक्त बस भदौ ११ गते फर्किने गरी भन्सार प्रक्रिया पुरा गरिएको थियो । दुर्घटनामा परेको बसमा सवार यात्रुहरुको उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको…
तनहुँ, ७ भदौ । तनुहँको आँबुखैरेनी गाउँपालिका-२ को ऐनापहरास्थित भारतीय नम्बर प्लेटको यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको छ । पोखराबाट काठमाडौं जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको हो । उक्त बसमा करिब ३५/४० जना यात्रु सवार रहेको प्रारम्भिक अनुमान गरिएको छ । बस सडकभन्दा करिब एक सय ५० मिटर तल मर्स्याङ्दी नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी विरेन्द्रबहादुर शाहीका अनुसार घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन् । दुर्घटनाको कारण खुलेको छैन ।
भैरहवा, ६ भदौ । सरकारले सामाजिक संजाल टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्तसहित टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाको पालना र अन्य चार शर्तसहित टिकटकमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार टिकटक कम्पनीलाई तीन महिनाभित्र दिएका सर्तहरू पुरा गर्न भनिएको छ । टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा साक्षरताका लागि लगानी गरी नेपाली नागरिकको साक्षरता दर बढाउन मद्दत गर्नुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनका लागि सहयोग गर्नुपर्ने र सामाजिक सञ्जालमा प्रयोग हुने भाषामा संवेदनशीलता…
काठमाडौं, ६ भदौ। इसेवा र कुमारी बैंकबबीच ईसेवाका ग्राहकलाई इसेवा मोबाइल एपमार्फत इजी लोन सुविधा प्रदान गर्ने सम्झौता भएको छ । कुमारी बैंकसँगको सम्झौतामा इसेवाले आफ्ना इसेवा एजेन्टहरूलाई व्यवसाय वृद्धिको लागि बिना कुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झट रहित क्षण भरमै २ लाख रुपैयाँसम्मको डिजिटल कर्जा सजिलै प्रदान गर्ने जनाएको छ । इसेवाका अनुसार पहिलो चरणमा इसेवा एजेन्टहरूलाई मात्र इजी लोन सेवा उपलब्ध गराइएपनि भविष्यमा छिट्टै इसेवाका सम्पूर्ण प्रयोगकर्ताहरुको लागि उपलब्ध गराईने छ । इसेवा मार्फत लिइने इजी लोन सुविधामा लागु हुने थप सर्तहरु बारे इसेवाको वोबसाईट/एप मार्फत जानकारी लिन सकिने पनि कम्पनीले जनाएको छ ।
चितवन, ६ भदौ। मकवानपुरमा भैंसीले बाघ मारेको घटना बाहिर आएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघले मनहरी गाउँपालिका–६ प्रतापपुरका बलबहादुर राईको गोठमा रहेको भैँसीमाथी आक्रमण गरेको थियो । जसको भैसीले प्रतिकार गर्दा बाघ मरेको बताइएको छ । बिहिवार बिहान भैँसीको प्रतिकारमा बाघ मरेको र बाघको आक्रमणबाट भैँसी घाइते भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । यस्तो घटना निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पहिलो हो । ‘मरेको बाघ बुढो र दुब्लो देखिन्छ । निकुञ्जभित्र सिकार गर्न नसकेर आहाराको खोजीमा बाहिर निस्केको हुनसक्छ’, उनले भने । शव परीक्षणका राष्ट्रिय निकुञ्ज ल्याइएको सूचना अधिकारी तिवारीले जानकारी दिए ।
दाङ, ६ भदौ। लुम्बिनी प्रदेशसभा चौथो अधिवेशनको २७ औं बैठक बिहीबार दिउँसो २ बजे बस्न लागेको छ । बैठकमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र त्यो प्रस्तावलाई निर्णयार्थ पेश गर्ने तयारी छ । मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची तय भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । यस्तै, बैठकमा मुख्यमन्त्री आचार्यले प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि…
भैरहवा,४ भदौ। रुपन्देहीको बेलबासमा सवारी दुर्घटना हुदाँ एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका घर भई बुटवल उपमनपा-११ देवीनगरको २७ वर्षीया सुष्मा श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार श्रेष्ठ सोमबार राति लु ८७ प ४५७३ नम्बरको स्कुटरमा पश्चिमबाट पूवतर्फ आउँदै गर्दा नम्बर नखुलेको मोटरसाइकलले स्कुटरलाई ठक्कर दिएपछि अनियन्त्रित भएर स्कुटर विपरित दिशाबाट जादै गरेको लु१च ६७८३ नम्बरको बोलेरो जिपमा ठोक्किन पुगेको थियो । दुर्घटनामा घाइते भएकी श्रेष्ठको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक दिपेन्द्र बानियाले जानकारी दिए । घटनापश्चात बोलेरो गाडीका चालकलाई नियन्त्रणमा लिइएपनि मोटरसाइकल चालक…
काठमाडौं, ४ भदौ । सरकारले सामाजिक संजाल टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । टिकटक कम्पनी लगायत चिनिया पक्षले टिकटक संचालनमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने पटक-पटक आग्रह गरेपछि सरकारले फुकुवाको तयारी गरेको हो । टिकटक खुलाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक रहेको बताइएको छ । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले ०८० साल कात्तिक २७ गते टिकटकमा प्रतिबन्ध गर्ने निर्णय गरेको थियो । टिकटकमा प्रतिबन्ध लगाइएपछि नेपालस्थित चिनियाँ राजदूत छन् सोङले दाहाललाई भेटेर प्रतिबन्धप्रति आपत्ति जनाएका थिए। जवाफमा दाहालले कुनै राजनीतिक अभिप्रायले नभई सामाजिक संवेदनशीलतालाई मध्यनजगर गर्दै टिकटकमाथि प्रतिबन्ध लगाएको भनेका थिए। टिकटकमा प्रतिबन्ध लगाइएदेखि नै…