Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं, २३ साउन । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे सात किलो लागुऔषध कोकिनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा ल्याटिभियन नागरिक ५१ वर्षीय इभार्स भाल्टर्स रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेका भाल्टर्स दोहाबाट कतार एयरवेज मार्फत मंगलबार राति नेपाल आएका थिए । भाल्टर्सका साथमा रहेको ह्याण्डब्यागभित्र राखिएको सिरानीमा शंका लागेपछि चेकजाँच गर्दा पहेँलो रंगको चकलेट आकारभित्र ७ केजी ६६५ ग्राम कोकिन पाउडर बरामद भएको हो । थप अनुसन्धानका लागि विमानस्थलबाट उनलाई लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर लगिएको छ।

Read More

काठमाडौं, २३ साउन। राष्ट्रिय किताबखाना (शिक्षक) को वेबसाइट ह्याक भएको छ । कार्यालयको वेबसाइट ह्याक भएको किताबखाना (शिक्षक) प्रमुख युवराज पौडेलले बताए । ‘दुई तीनदेखि साइट ह्याक भएको रहेछ प्राविधिकहरुले हेरिरहनुभएको छ,’ उनले भने । राष्ट्रिय किताबखाना (शिक्षक)ले सामुदायिक विद्यालयका शिक्षकको विवरण अद्यावधिक गर्छ । देशभरका सामुदायिक विद्यालयमा रहेका एक लाखभन्दा बढी शिक्षकहरुको विवरण रहने निकायको वेबसाइट ह्याक भएको हो ।

Read More

भैरहवा, २३ साउन । जिल्ला प्रशासन कार्यालय रुपन्देही देशभरमा सर्वोत्कृष्ट भएको छ । गृह मन्त्रालयसगँ भएको कार्यसम्पादन सम्झौता अनुसार देशभरका ७६ जिल्ला प्रशासन कार्यालयलाई उन्छिदै रुपन्देही पहिलो भएको हो । गत आर्थिक वर्ष २०८०/०८१ को साउन पहिलो हप्तामा गृह सचिव र प्रमुख जिल्ला अधिकारीहरुबीच भएको कार्यसम्पादन सम्झौता भएको थियो । जसअनुसार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले उक्त आर्थिक वर्षमा सेवा प्रवाहमा सहजता, जिल्लामा शान्ति-सुरक्षा कायम लगायत उत्कृष्ट कार्य गरेको थियो । कार्यसम्पादन सम्झौता अनुसार भएको मुल्याङनमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले उत्कृष्ट कार्यसम्पादन गर्दै देशभरमा पहिलो बनेको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए । कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा ७७ जिल्लामध्ये…

Read More

काठमाण्डौँ, २२ साउन । नेपाली दूतावासले बेलायतको विभिन्न सहरहरूमा भइरहेको प्रदर्शनमा सहभागी नहुन नेपाली नागरिकहरूलाई अपील गरेको छ। दूतावासले विज्ञप्ति जारी गरेर प्रदर्शन र हुलदंगा भइरहेका स्थानमा भ्रमण नगर्न र सहभागीसमेत नहुन अपील गरेको हो। दूतावासले बेलायतको वर्तमान परिस्थितिलाई नजिकबाट नियालीरहेको र नेपाली नागरिकको सुरक्षा नै प्राथमकिता रहेको जानकारी दिएको छ। ‘केही दिनदेखि बेलायतका विभिन्न सहरमा प्रदर्शन हुलदंगा चलिरहेको हुँदा बेलायतमा रहनुभएका एवं बेलायत भ्रमण गर्न लाग्नुभएका सम्पूर्ण नेपाली नागरिकलाई यस्तो हुलदंगा भएको स्थानमा भ्रमण नगर्न तथा प्रदर्शनमा सहभागी नहुन अनुरोध गरिन्छ। यस राजदूतावासले वर्तमान परिस्थितिलाई नजिकबाट नियाली रहेको छ। यस्तो अवस्थामा सम्पूर्ण नेपाली नागरिकलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन एवं…

Read More

काठमाण्डौँ, २२ साउन । सरकारले नेपाल प्रहरीका एक जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदस्थापन र तीन जना एआईजीहरुको सरुवा गरेको छ । मन्त्रिपरिषद्को बैठकलले एआईजी रामदत्त जोशीलाई पदस्थापन र एआईजीत्रय श्यामलाल ज्ञवाली, दीपक थापा, किरण बज्राचार्यको सरुवा गरेको सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एआईजी दीपक थापालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा गरिएको छ भने नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागमा रहेको एआईजी किरण बज्राचार्यलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा ल्याइएको छ । त्यस्तै सीआईबीबाट एआईजी श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा पठाइएको छ भने एआईजी जोशीलाई…

Read More

सलमान खानभैरहवा, २२ साउन । बंगलादेशमा विकसित पछिल्लो घटनाक्रमलाई लिएर देशका विभिन्न सीमानाकासहित रुपन्देहीमा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको छ । सोमबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षामा समितिको बैठकले नेपाल–भारत खुल्ला सीमाका कारण शरणार्थीहरु बढ्न सक्ने आंकलन गर्दै सीमानाकाहरुमा उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ । जस अनुसार रुपन्देहीका सीमाहरुमा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको हो । बंगलादेशमा विद्यार्थीहरुले आरक्षणको विषयलाई लिएर आन्दोलन चर्काएपछि करिब दुई दशक सत्ता चलाएकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी छिन् । आन्दोलनकारीहरुले हसिनाआवद्ध पार्टीका समर्थक, नेताहरुको घर तोडफोड, हत्या, आगाजनी जस्ता क्रियाकलाप गरेकोले हसिना समर्थक र रोहिंग्या शरणार्थी सुरक्षित स्थानको…

Read More

ढाका, २२ साउन । बंगलादेशमा विद्यार्थीहरुको आन्दोलनका कारण राजीनामा दिएर देशका छाडेको पूर्वप्रधानमन्त्री शेख हसिना राजनीतिमा नआउने भएकी छिन्। हसिनाका छोरा एवं पूर्व आधिकारिक सल्लाहकार रहेका साजीव वाजेद रोयले सोमबार बीबीसीलाई अन्तरवार्ता दिदैँ परिवारिक दवाबले आमा (हसिना) ले आफ्नो सुरक्षाका लागि देश छाडेको र अब राजनीतिमा नआउने बताए। सोमबार सरकार विरोधी हिंसात्मक विरोध प्रदर्शन उग्र बनेपछि प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर हसिनाले भारतमा शरण लिएकी छिन्। जोयका अनुसार पछिल्लो घटनाक्रमका कारण आमा निराश बनेको र आइतबारदेखि नै राजीनामा दिने विचार गरिरहेकी थिइन्। ‘शेख हसिनाले देशलाई उत्तम सरकार दिएकी थिइन्, अब उनी आफ्ना नातिनातिनाहरूसँग समय बिताउनेछिन्, राजनीतिमा फर्कने छैनन्।’ जोयले भनेका छन्…

Read More

भैरहवा, २२ साउन। पछिल्लो केही दिनयता नेपालको स्थानीय बजारमा रेकर्ड तोड्दै उचाईमा पुगिरहेको सुनको मूल्यमा एकैदिन प्रतितोला दुई हजार तीन सय रुपैयाँले गिरावट आएको छ । सोमबार प्रतितोला १ लाख ५० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार प्रतितोला १ लाख ४७ हजार ७ सय रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा ६० रुपैयाँ घटेको छ । मंगलबार प्रतितोला चाँदीको १ हजार सात सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

भैरहवा, २१ साउन । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै जाने भएकोले सर्तकता अपनाउनका लागि अनुरोध छ । महाशाखाले सोमबार मनसुन विशेष मौसम बुलेटिन जारी गर्दै भारी वर्षाका सम्भावना कारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३४ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको छ । त्यस्तै कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३६ जिल्लालाई मध्यम जोखिमको पूर्वानुमान गर्दै ‘डार्क यल्लो अलर्ट’ को सूचीमा राखेको छ । यस्तै गण्डकी, कर्णाली, सुदूरपश्चिमका ७ जिल्लामा निम्न जोखिमको सम्भावना रहेको जनाएको छ । कोशी प्रदेशको ‘रेड अलर्ट’ मा ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम जिल्ला परेका छन्…

Read More

काठमाडौं, २१ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ३८ वटा विभागका प्रमुख तोक्ने तयारी गरेका छन् । उनले पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रस्ताव गरे अनुुसारका विभागमा प्रमुख तोक्न तयारी गरेका हुन् । देउवाले राज्य प्रशासन विभागमा गोविन्द भट्टराई, स्थानीय तह समन्वय विभागमा मधु आचार्य, स्वास्थ्य विभागमा डा. चन्द्रमोहन यादव, पूर्वआप्रवासी विभागमा दिनेश कोइराला, कृषि र किसान विभागमा उमेश श्रेष्ठ, खेलकुद विभागमा उमेशजंग रायमाझीलाई प्रमुख तोक्ने तयारी गरेको बताइएको छ । त्यस्तै अभिलेख, अनुगमन तथा मूल्यांकन विभागमा मानबहादुर विश्वकर्मा, पेशागत तथा बुद्धिजीवी विभागमा डा. डिला संग्रौलालाई प्रमुख बनाउन लागिएको छ । सभापति देउवा निकट एक शीर्ष…

Read More