


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, १४ भदौ । नवलपरासीको टेन प्लास्ट इण्डस्ट्रिजका उत्पादनको ब्राण्ड एम्बेसडरमा नेपाल क्रिकेट टिमका खेलाडी सोमपाल कामी अनुबन्धित भएका छन् । शुक्रबार एक कार्यक्रमका बिच टेन प्लास्टका प्रबन्ध निर्देशक धिरज अग्रवालले उद्योगद्धारा उत्पादित प्लम्बिङ पाइप हस्तान्तरण गर्दै एम्बेसडरमा अनुबन्धित भएको सार्वजनिक गरेका हुन् । कार्यक्रममा बोल्दै सोमपालले विगत दश वर्ष देखि क्रिकेट खेलिरहेको भए पनि अहिले टेन समूहमा जोडिन पाउदा आफु भावुक भएको बताए । ‘मैले क्रिकेट खेलेको दश बर्ष भएको छ, मेरो जर्सी नम्बर पनि दश रहेको छ’, उनले भने, ‘यस्तो अवस्थामा आफु टेन नामक कम्पनीको परिवार भएको छु । यसले मलाई हर्षित बनाएको छ ।’ सानै देखि भारतीय…
विराटनगर, १४ भदौ । नेकपा (माओवादी केन्द्र) ले नेकपा (एमाले) नेतृत्वको कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार बसेको पार्टीको प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । गत साउन ११ गते समर्थन कायमै राख्दै माओवादी सरकारबाट बाहिरिएको थियो । माओवादी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले माओवादी केन्द्रले दल र सांसदको तर्फबाट समर्थन फिर्ता लिएको बताए । एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की माओवादीकै समर्थनमा गत वैशाख २७ गते संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री बनेका थिए । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै नेपाली कांग्रेस र एमालेको गठबन्धन…
दाङ, १४ भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकलाई भाडा छुट र सुविधा दिने कार्यविधि पूर्ण कार्यान्वयनको लागी प्रदेश सरकारले पहल लिने बताएका छन् । ६० बर्ष उमेर पुगेका व्यक्तिलाई ज्येष्ठ नागरिकको दर्जा दिइएको छ । सार्वजनिक सवारी साधनमा दुई वटा सिट सुरक्षित गरी ५० प्रतिशत गाडी भाडा छुट दिने कानुनी व्यवस्था छ । तर, यो व्यवस्था पूर्ण कार्यान्वयनमा नआउदा ज्येष्ठ नागरिकहरु समस्या परेको भन्दै मुख्यमन्त्री आचार्यले कार्यविधिको पूर्ण कार्यान्वयन संगै ८० बर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधनको भाडामा पूर्ण छुट दिने बारेमा समेत पहल गरिने बताए । ९२ बर्षिय ज्येष्ठ नागरिक जुद्धप्रसाद भट्टराई…
काठमाडौं, १३ भदौ । सर्वोच्च अदालतले नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न परेको रिटमाथि छलफल गर्नका लागि दुवै पक्षलाई बोलाएको छ । न्यायाधीशद्वय डा.नहकुल सुवेदी र विनोद शर्माको इजलासले रिटमाथि छिटो सुनुवाइ गर्नुपर्ने ठहर गर्दै भोलि रिट निवेदक र सरकार दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश दिएको हो। ‘सबै रिट निवेदकहरू नेपाल प्रहरीका विभिन्न कार्यालय र पदहरूमा कार्यरत रहेको भन्ने देखिन आएकाले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक -प्रहरी प्रधान कार्यालय_ मार्फत् आजै प्रस्तुत आदेशको जानकारी छिटो सञ्चारद्वारf सबै निवेदकहरूलाई गराइ नियमानुअसार पेश गर्नू’, आदेशमा भनिएको छ। प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठसहितका प्रहरी अधिकारीहरूले दायर गरेको रिटमा ६ भदौमा…
दाङ, १३ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले किसानहरुलाई दुधको रकम तत्काल भुक्तान गर्नका लागि निर्देशन दिएका छन् । बिहिवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा नेपालगञ्ज दुग्ध वितरण आयोजना कार्यालयका प्रमुखसहितलाई राखेर उनले किसानको बाँकी रहेको दुधको रकम तत्कालन भुक्तान गर्न निर्देशन दिएका हुन् । ‘६–७ महिना देखी दुधको रकम भुक्तानी नहुदाँ किसानहरु मर्का परेका छन् । किसानको रकम रोकेर राख्नुहुदैन’, उनले निर्देशन दिदै भने, ‘छिटो भुक्तानी गर्नुहोस, म संघीय सरकार संग पनि यस बारेमा पहल गर्छु ।’ किसानहरुले गत पुसबाट दुधको भुक्तानी पाएका छैनन् । नेपालगञ्ज दुग्ध वितरण आयोजनाले मात्रै किसानहरुलाई २० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।…
भैरहवा, १३ भदौ । अण्डाको मूल्य फेरी बढेको छ । शुक्रबारदेखि लागु हुने गरी नेपाल लेयर्स कुखुरापालक संघको बिहिवार बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । बैठकले चितवनलाई आधार मानेर अन्डाको समर्थन मूल्य तोकेको हो । संघका अनुसार मध्यम अन्डाको मूल्य प्रतिक्रेट ४ सय ३५, ठूलो अन्डा प्रतिक्रेट ५ सय १० र एक्सएल अन्डा प्रतिक्रेट ५ सय २५ रुपैयाँ तय भएको छ । यसअघि ८ भदौमा एक्सएल अन्डाको मूल्य प्रतिक्रेट पाँच रुपैयाँ, ठूलो र मध्यमको १० रुपैयाँले बढाएर एक्सएल अन्डा प्रतिक्रेट ९३० वटाको० ५ सय ५ तय गरेको थियो ।यस्तै ठूलो अन्डा ४ सय ९५ रुपैयाँ र मध्यम अन्डाको…
भैरहवा, १३ भदौ । भैरहवा भन्सार कार्यालयले भारतबाट अवैध रुपमा भन्सार छलेर भित्राइएको साढे दश टन चिनीसहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ । रुपन्देहीको मायादेवी गाउँपालिको झुलनीपुरबाट बिहिवार बिहान साढे दुइ बजे लु २ ख २८३६ नम्बरको ट्रकमा २ सय १० बोरा (साढे दश टन) चिनी पोखरा लैजाने क्रममा बेथरी क्षेत्रबाट बरामद गरिएको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिए । उनका अनुसार ६ लाख ३० बजार मूल्य बराबरको उक्त चिनीको प्रज्ञापन पत्र, बिलबिजक नभएको अवस्था नियन्त्रणमा लिइएको हो । उक्त क्षेत्रबाट निरन्तर रुपमा भन्सार छली गरेर विभिन्न साम्रगी भित्रिने गर्दछ । गत भदौ ८ गते पनि भन्सार…
काठमाडौं, १२ भदौ । नेपालले साफ यु-२० च्याम्पियनसिपको उपाधी चुम्नबाट चुकेको छ । बुधबार एन्फा कम्पलेक्समा भएको फाइनल फुटबल खेलमा नेपाल बंगलादेशसँग ४-१ गोलले पराजित भएसँगै उपाधी चुम्नबाट चुकेको हो । दुई पटकको उपाधी चुमिसकेको नेपाललाई पराजित गर्दै बंगलादेशले पहिलोपटक उपाधी चुम्न सफल भएको हो । फाइनल खेलको पहिलो हाफमै मिराजुलको गोलबाट बंगलादेशले अग्रता लिएको थियो। खेलको ५५ औं मिनेटमा मिराजुलले दोस्रो गोल गर्दै अग्रता पनि डबल बनाएका थिए। ७१औं मिनेटमा बंगलादेशका लागि रवि हुसेनले गोल थपे भने इन्जुरी टाइममा बंगलादेशले थप एक गोल गरेको थियो। नेपालका लागि समिर तामाङले ८१औं मिनेटमा सान्त्वना गोल गरे।
भैरहवा, १२ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुवँरले संगठनमा सुदृढिकरण कार्य अन्र्तगत प्रहरीका (बैंक) खाता देखि लिएर डिआईजीसम्मलाई कारवाही गर्न लागेको बताएका छन् । ‘हामी डिआईजी सा’बसम्मलाई ‘क्रपसन’मा कारवाही गर्दैछौ । तपाई सबैले बुझ्नुपर्छ म–म नभन्नुस’, बुधवार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवनको उद्घाटन गरे पश्चात कार्यक्रममा कड्किदै उनले भने, ‘तपाई परिवारको (बैंक) खाता चेक गर्दैर्छौँ । तपाईहरुको खाता चेक गर्दैछौँ । तपाईको साथीसंगतीको खाता चेक गर्दैछौँ । अहिले एक जना डिआईजी सा’ब फस्दै हुनुहुन्छ । त्यसैले यी कुराहरु बुझ्नुस है बुझ्नुस । निर्मम हुनुपर्ने अवस्था छ ।’ कारवाही गर्न लागिएको डिआइजीको नाम भने उनले खुलाएनन्…
भैरहवा, ११ भदौ । रुपन्देहीको भैरहवा स्थित भैरहवा नमुना उच्च माध्यमिक विद्यालयका विद्यार्थी र अभिभावकले उपद्र मच्चाएपछि ड्युटीमा तैनाथ नेपाली सेनाका कर्मचारी सहित चार जना घाइते भएका छन् । मंगलबार भैरहवा उच्च माध्यमिक विद्यालयमा अध्यनरत विधार्थी र विधार्थीका अभिभावकबीच विवाद हुदाँ कुटपिटको घटना भएको विद्यालयका प्रधानाध्यापक चुन्नुप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार विद्यालयमा अध्यनरत छात्रालाई जिस्काएको विषयलाई लिएर अभिभावक र विद्यार्थीबीच सुरु भएको विवादले कुटपिटको घटना हुदाँ विद्यालयका कर्मचारी संजय गुप्तासहित केही घाइते भएका छन् ।‘अभिभावकले विद्यार्थीलाई हातपात गरेपछि मैले दुवैपक्षबीच मेलमिलाप गराइसकेको थिए’, उनले भने, ‘तर, फेरी घटना भएछ ।’ प्रत्यक्षदर्शीका अनुसार विद्यालयसँगै टाँसिएर रहेको नेपाली सेनाको श्रीकाली…