Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

नवलपरासी, ३० असार । पश्चिम नवलपरासीमा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका-८ गंगापुरको ३२ वर्षीया रुना पालको सर्पको टोकाईबाट मृत्यु भएको हो । घरमा सुतिरहेको अवस्थामा बिहान करिब चारबजे उनलाई सर्पले टोकेपछि बेहोस भएकी थिइन् । सर्पले टोकेपछि उपचारका लागि सर्पदंश त्रिवेणी क्याम्प हुदै जिल्ला अस्पताल परासीमा ल्याउँदा चिक्तिसकले बिहान करिब ९ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डिएसपी एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

Read More

चितवन, ३० असार । चितवनको सिमलतालबाट त्रिशूली नदीमा खसेको दुई बस र यात्रुहरुमध्ये पाँच जना यात्रुहरुको शव फेला परेको छ । फेला परेको शवमध्ये तीनजनाको परिचय खुलेको छ । चितवनाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव फेला परेको हो । अन्य दुई जनाको पहिचान खुल्न बाँकी रहेको बताइएको छ । भरतपुर महानगरपालिका-२९ सिमलतालमा गत असार २८ गते बिहान वीरगंजबाट काठमाडौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको…

Read More

काठमाण्डौँ, २८ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेपछि काँग्रेसको समर्थनमा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् । शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रतिनिधि सभामा विश्वासको मतका लागि राखेको प्रस्ताव बहुमतले अस्विकृत भएपछि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि असार ३० गते अपरान्ह ५ बजेभित्र दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका थिए । शुक्रवार नै ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाका साथमा राष्ट्रपति कार्यालय शीतल निवास पुगेर काँग्रेसका…

Read More

भैरहवा, २८ असार । भैरहवा (गौतमबुद्ध) विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर घाँसेमैदानमा भाँसिएको बुद्ध एयरको विमान निकालिएको छ । विमानस्थल कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार प्राविधिक टोलीको सहायताले साँझ करिब ६ बजे विमान घाँसेमैदानबाट निकालिएको हो । विमानलाई सुरक्षित निकाल्नका लागि काठमाडौंबाट बिहिवार राति बुद्ध एयरको प्राविधिक टोली भैरहवा पुगेको थियो । गए राति बिहिवार साढे ९ बजे काठमाडौंबाट आएको बुद्धको नाइनएन-एओसी ८०५ कल साईनको विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर घाँसेमैदानमा विमानको चक्का भाँसिन पुगेको थियो । चालक दलसहित सवार ५९ जना सबैलाई विमानबाट सकुशल निकालिएको थियो । बुद्ध एयरका अनुसार अधिक वर्षा हुँदा ‘हाइड्रोप्लानिङ’ का कारण…

Read More

काठमाण्डौँ, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकार ढलेको छ । सरकार ढलेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका छन् । शुक्रवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउन सकेनन् । एमालेले प्रचण्ड नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए । जसमा प्रधानमन्त्रीको पक्षमा ६३ मत मात्रै पाए । उनको विपक्षमा १९४ मत पर्यो । र, मत दिन्न भन्नेमा १ मत रह्यो । बैठकमा २५८ जना सांसदको उपस्थित थियो । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री दाहालले मागेको विश्वासको मत अस्वीकृत भएको घोषणा गरे। प्रधानमन्त्री प्रचण्डलाई माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१ र…

Read More

बुटवल, २८ असार । राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका पूर्वसदस्य रवि थापाको हत्या घटनामा संग्लन दुई जना आरोपीहरुले प्रहरी समक्ष आत्मसमर्पण (सरेन्डर) गरेका छन् । गत जेठ २ गते बुटवलको कालिकानगर स्थित मोनटाना रेष्टुरेन्टमा बुटवल–७ का ३७ वर्षीय थापामाथी छुरा प्रहार गरिएको थियो । उपचारको क्रममा उनको असार १८ गते निधन भएको थियो । प्रराम्भिक अनुसन्धानमा घटनामा दुई जना बुटवलका किशोर कुँवर र पुस्मन कार्की संग्लन पाइएको र सोही दुई जनाले शुक्रवार आत्मसमर्पण गरेका रुपन्देहीको ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितले जानकारी दिए । आरोपीहरुले आत्मसमर्पण गरिसकेको अवस्थामा अनुसन्धान थप अघि बढाइने प्रहरीले जनाएको छ । बिहिवार मात्रै राष्ट्रिय…

Read More

भैरहवा, २८ असार । भैरहवा (गौतमबुद्ध) विमानस्थलमा रहेका तीन वटा विमानले शुक्रवार काठमाण्डौँका लागि उडान भरेको छ । गएराति बिहिवार साढे ९ बजे काठमाण्डौँबाट आएको बुद्ध एयरको विमान अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर विमानको चक्का घाँसेमैदानमा भाँसिएपछि विमानस्थलमा उडान र अवतरण अवरुद्ध भएको थियो । गौतमबुद्ध विमानस्थल कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतले काठमाण्डौँबाट बिहिवार साँझ भैरहवा आएर रोकिएको अन्य तीनवटा विमान शुक्रवार दिउँसो पुनः काठमाण्डौँका लागि उडान भरेका छन् । उनले विमानस्थलमा रहेका विमानहरुको उडान भएपनि धावनमार्ग किनारमै बुद्धको विमान यथावत रहेकोले अवतरणका लागि विमानहरुलाई अनुमति प्रदान नगरिएको बताए । घाँसेमैदानमा भाँसिएको विमान अझै धावनमार्ग किनारमा रहँदा विमानहरुलाई अवतण गर्ने अनुमितमा…

Read More

चितवन, २८ असार । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलताल (नारायणगढ–मुग्लिन सडकखण्ड) स्थित पहिरो खस्दा दुई वटा यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ । शुक्रवार एकाबिहानै खसेको पहिरोले विरगंजबाट काठमाडौं जाँदै गरेको २४ जना यात्रु सवार बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको ४१ जना यात्रु सवार गणपति डिलक्सको बस नदीमा खसेको प्रहरीले जनाएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पानी परिरहेकाले उद्धारमा कठिनाइ भइरहेको बताए। त्रिशूलीमा जलसतह उच्च भएकाले खोजीमा समस्या भएको जनाइएको छ। नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले खोजीकार्य थालेका छन्। हालसम्म बस फेला पर्न नसकेको प्रजिअ यादवले जानकारी…

Read More

भैरहवा, २८ असार । भैरहवा (गौतमबुद्ध) विमानस्थलमा बुद्ध एयरको विमान अवतरण गर्ने क्रममा चिप्लिएर धावनमार्ग किनारमा पुगेको छ । बिहिवार राति साढे ९ बजे उडान भरेको बुद्ध एयरको विमान विमानस्थलमा पूर्वबाट पश्चिम तर्फ अवतरण गर्नेक्रममा धावनमार्गबाट चिप्लिएर करिब ५ मिटर किनारमा पुगेको प्रहरीले जनाएको छ । विमान चिप्लिएर घाँसेमैदानमा पुगेको र चक्का भाँसिएकोले विमान थप अगाडी बढ्न पाएन ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी एंव सूचना अधिकारी मनोहरप्रसाद भट्टका अनुसार चालकदलका सदस्य सहित विमानमा सवार सबै ५९ जनालाई सुरक्षित बाहिर निकालिएको छ । सबै सकुशल छन् । उनले काठमाडौंबाट आएको बुद्ध एयरको प्राविधिक टोलीले विमानलाई ट्याकमा ल्याउनका लागि काम गरिररहेको बताए…

Read More

काठमाण्डौँ, २७ असार । सरकारले सामाजिक सुरक्षा भत्ता प्राप्तीका लागि राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णय तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता रेखा शर्माका अनुसार बिहिवार बसेको मन्त्रीपरिषद्को बैठकले प्राकृतिक विपद्का कारण राष्ट्रिय परिचयपत्र बनाउन समस्या परेकोले तत्कालका लागि परिचय पत्र लागू नगर्ने निर्णय गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । यस अघि सरकारले राजपत्रमा सूचना प्रकाशित गरी सबै प्रकारका सार्वजनिक सेवा प्राप्तीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको थियो । जस अनुसार सबैभन्दा बढी सामाजिक सुरक्षा भत्ता प्राप्तीका लागि राष्ट्रिय परिचयपत्र बनाउन अपांगता भएका व्यक्ति, वृद्धवृद्धाहरुले निकै सास्ती खेप्नु परेको थियो ।

Read More