


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, २२ चैत । उद्योगी–व्यवसायीले रुपन्देही र चिवतन लगानी र पर्यटनका हिसावले मुलुककै अग्रणी जिल्ला भएको बताएका छन् । उनीहरुले लुम्बिनी र सौराहा त पर्यटनका लागि सम्भावनै सम्भाना बोकेको क्षेत्र भएको जनाए । यी दुबै ठाउँलाई जोडेर पर्यटकीय विकास गरे दुबै जिल्लाले आर्थिक रुपमा अझै फड्को मार्ने दावी व्यवसायीको छ । सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देही र उद्योग बाणिज्य संघ, चितवन तथा सिद्धार्थ र रत्ननगर उद्योग बाणिज्य संघ, चितवनबीच भएको छुट्टाछुट्टै छलफल एवं अन्तक्र्रियामा बोल्दै व्यवसायीले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग र व्यापार सबै क्षेत्रमा सरकारबाट आवश्यक सहयोग भए दुई जिल्लाले मुलुककै नेतृत्व गर्न सक्ने दावी गरे । सिद्धार्थ उद्योग…
भैरहवा, २२ चैत । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा तातो हावाको लहर लु प्रतिकार्य योजना सम्बन्धी छलफल भएको छ । गर्मीयाममा तातो हावा (लु) बाट बच्न सकिने विषयमा सरोकारवालासँग छलफल भएको हो । सिद्धार्थनगर नगरपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको सहकार्य र सहयोगमा (हीट एक्शन प्लान वर्कसप) कार्यशाला गोष्ठी भएको हो । सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रस रुपन्देहीका सभापति दीपक क्षेत्री न्यौपाने, रेडक्रस क्लाइमेट सेन्टरका अर्वन एक्सपर्ट रमिज खान, अमेरिकन रेडक्रसका कार्यक्रम संयोजक उपमा ओझा, आशामा सुवेदी लगायतले बोल्दै गर्मी लु बाट बच्ने उपायका बारेमा सहजीकरण गरेका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख खानले तातो हावाबाट आफू…
भैरहवा, २२ चैत । रुपन्देहीको रोहिणी गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न भएको छ । सभामा बोल्दै गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले रोहिणीको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए । उनले भने, ‘गाउँपालिकामा देखिने गरी विकास निर्माणका कार्य भएका छन् । जनतासँग सल्लाह सुझाव लिएर अघि बढेका छौं । हामीसँग जनताको अपेक्षा धेरै छ ।’ उनले शिक्षा क्षेत्रको विकास बिना समग्र विकास हुन नसक्ने भएकाले शैक्षिक गुणस्तर सुधारका निम्ति लागिपरेको बताए । गाउँपालिकाको उपाध्यक्ष शिवकान्ति हरिजनले विकासका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताइन् । उनले भनिन्, ‘काम गर्ने क्रममा केही कमीकमजोरी हुन सक्छन् । ती कमीकमजोरीलाई हटाउँदै…
भैरहवा, २१ चैत । नेपाल प्रहरीले १९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस गरेको छ । बढुवाका लागि सिफारिस गर्न बुधवार बसेको बढुवा समितिको बैठकले १९ जना इन्सपेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गरेको हो । प्रहरी नियमावली २०७१ (संसोधन सहित) को नियम २७ को उप-नियम (४) को प्रावधानअनुसार निर्मल पनेरु एक नम्बरमा बढुवा भएका छन् । त्यस्तै ऋषिराम घर्तीमगर, दिपक मल्ल, धनबहादुर बोहरा, जनार्दन घिमिरे, आयुशप्रसाद जोशी लगायत बढुवा सिफारिस भएका छन् । हेर्नुहोस् को-को परे बढुवा सिफारिसमा ?
काठमाडौं, २१ चैत । गृह मन्त्रालयले नौ जना उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले बुधवारको निर्णयअनुसार नौ जना उपसचिवहरुको विभिन्न कार्यालयमा पदस्थापन, सरुवा र काजमा खटाइएको जनाएको छ । विजया कुमारी प्रसाईलाई गृह मन्त्रालयबाट इलाका प्रशासन कार्यालय साँखुमा पठाइएको छ भने इलाका प्रशासन कार्यालय साँखुमा कार्यरत सिता परियारलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा सरुवा गरिएको छ । हेर्नुहोस् सूची, कसको सरुवा कहाँ भयो ?
भैरहवा, २१ चैत । रुपन्देही जिल्लामा अवस्थित पर्यटकीय स्थलहरुको प्रवद्र्धन, र सहकर्मी उद्योग बाणिज्य संघहरुको अवलोकन तथा अनुभव आदानप्रदानका लागि सिद्धार्थ उद्योग बाणिज्य संघको टोली पूर्वी नेपालको भ्रमणमा निस्किएको छ । संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठको नेतृत्वमा २७ सदस्यीय टोली पूर्वी नेपालको भ्रमणमा निस्किएको हो । ‘आन्तरीक पर्यटन प्रवद्र्धन र पूर्वी नेपालका हाम्रा सहकर्मी उद्योग बाणिज्य संघको अवलोकन गरी अनुभव अदानप्रदान गर्नका लागि भ्रमणमा जाँदैछौँ’, उनले भने, ‘त्यहाँको उद्योगी व्यवसायीहरुलाई हाम्रो क्षेत्रमा लगानी गर्न आह्वानका साथै सकारात्क र राम्रा पक्षहरुलाई अनुसरण गर्नेछौँ ।’ संघका महासचिव कृष्णप्रसाद घिमिरेका अनुसार चितवन, रत्ननगर, मकवानपुर, बिरगंज, जनकपुर, मोरङ, धरान र धनकुटा उद्योग बाणिज्य संघको अवलोकन…
भैरहवा, २० चैत ।के तपाईको आँखाको मोतिबिन्दु भएको छ ? यदि भएको छ र आर्थिक अभावका कारण शल्यक्रिया गराउन सक्नु भएको छैन भने चिन्ता नलिनुहोस् । यहाँको सिद्धार्थनगर नगरपालिकाले आर्थिक अवस्था कमजोर भएका स्थायीबासीहरुका लागि निःशुल्क शल्यक्रिया गर्ने व्यवस्थापन गरेको छ । जसका लागि नगरपालिकाको कार्यालय र नेपाल नेत्र ज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर/श्री रण अम्बिका शाह आँखा अस्पताल लुम्बिनी प्रदेशबीच सम्झौता पत्रमा दुवै पक्षको दस्तखस्त सहित पत्र आदानप्रदान भएको छ । सम्झौतापत्रमा सिद्धार्थनगर नगरपालिकाको तर्फबाट प्रमुख (मेयर) इश्तियाक अहमद खाँ र अस्पतालको तर्फबाट कार्यक्रम निर्देशक सह–प्राध्यापक डा. कविन्द्र वज्राचार्यले हस्ताक्षर गरेका छन् । आँखामा…
भैरहवा, चैत १८ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहिवार (चैत २२ गते) विश्वासको मत लिने भएका छन् । मंगलबार बसेका मन्त्रीपरिषदको बैठकले विश्वासको मत प्राप्तीका लागि बिहिवार अपरान्ह ४ बजे विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको लम्बिनी प्रदेश सरकारका प्रवक्ता सन्तोष पाण्डेयले बताए । केन्द्रमा नेपाली काँग्रेस–नेकपा माओवादी केन्द्रको गठबन्धन भत्किएर नेकपा एमाले–नेकपा माओवादी केन्द्र लगायतको गठबन्धन बने सँगै लुम्बिनीमा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।यससँगै लुम्बिनी प्रदेशमा पनि नयाँ गठबन्धनका लागि कसरत सुरु भएको थियो । दुई वटा दुई भन्दा बढी दल मिलेर बनेको सरकारमा सत्ता साझेदार दलले समर्थन फिर्ता…
भैरहवा, १९ चैत । रुपन्देहीको रोहिणी गाउँपालिकामा फेला परेका कुपोषित बालबालिकालाई पोषिलो आहार वितरण गरिएको छ । पालिकाको ३२ स्थानमा स्क्रिनिङ क्याम्प मार्फत २ हजार ४ सय ४२ जना बालबालिकाहरु स्वास्थ्य परिक्षण गरिएको थियो । जसमध्ये १० जना बालबालिकाहरुमा कडा खालका कुपोषण पाइएको सामाजिक विकास परिचालक सन्तोष पन्थीले जानकारी दिए । विगत दुई महिनादेखि सञ्चालित कार्यक्रम अन्र्तगत मध्यम कुपोषित बालबालिका र सिघ्र कडा खालका कुपोषित बालबालिकालाई नाप जाँच गराएर बालबालिकाको अवस्था अनुसार पोषिलो आहार वितरण गरिएको उनले बताए । सेतो गुराँस बाल विकास सेवा रुपन्देहीकी कार्यक्रम संयोजक मिनु पुनले कुपोषणको अवस्था नाजुक भएका रुपन्देही जिल्लाका मर्चवारी, सम्मरीमाई, कोटहीमाई, मायादेवी, रोहिणी…
काठमाडौं, १८ चैत्र । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से १७.३० अंकले घटेर २०१८.३३ विन्दुमा कायम भएको हो। सेन्सेटिभ इण्डेक्स २.५१ अंकले घटेर ३५६.५८ विन्दुमा बन्द भएको छ। यसदिन ३१६ कम्पनीको ७९ लाख ५७ हजार ६५९ कित्ता सेयर ३ अर्ब २ करोड ५३ लाख ३२ हजार ३२४ रुपैयाँमा खरिद बिक्री भए। दोहोरो अंकले ओरालो लागेको बजारमा एउटा मात्रै कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो । माया खोला हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो। आज सर्वोत्तम सिमेन्टको सेयर १० प्रतिशतले घटेको छ। सो कम्पनीो ९.९९ प्रतिशतले ओरालो लागेको हो। कारोबार रकमका आधारमा सर्वोत्तम सिमेन्ट…