


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, २० बैशाख। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ३७ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४८ उपसचिवको काज, सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले बिहीबार उनीहरुलाई काज, सरुवा तथा पदस्थापन गर्ने निर्णय गरेको हो । हेर्नुहोस कसको सरुवा कहाँ ?
भैरहवा, २० बैशाख । सिद्धार्थनगर नगरपालिकामा शारीरिक रुपमा अशक्त व्यक्तिहरुलाई निःशुल्क सहायता साम्रगी उपलब्ध गराइएको छ । शारीरिक रुपमा अशक्तहरुलाई लक्षित गर्दै अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्रको सहकार्यमा सिद्धार्थनगर नगरपलिकाको कार्यालयले गत फागुनमा निःशुल्क स्वास्थ्य परिक्षण शिविरको आयोजना गरेको थियो । सो अवसरमा खुट्टामा समस्या भएका १२ जना व्यक्तिहरुलाई आवश्यक देखिएको विशेष किसिमको जुत्ता (सहायता साम्रगी) का लागि उनीहरुको खुट्टाको नाँप लिइएको थियो । नाँप पश्चात तयार भएको जुत्ता सम्बन्धित व्यक्तिहरुलाई उपलब्ध गराइएको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले जानकारी दिइन् । जसमध्ये ६ जनाले केन्द्रको कार्यालयमै पुगेर जुत्ता लिएको र ६ जनालाई नगरपालिकाको कार्यालयमा उपलब्ध गराइएको हो । उनले…
भैरहवा, १६ बैशाख । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवामा सम्पन्न नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले उचाल्न सफल भएको छ । आइतबार सम्पन्न भएको फाइनल खेलमा वडा नम्बर एक माथी ६ विकेटको जित निकाल्दै वडा नम्बर तीनले उपाधी उचाल्न सफल भएको हो । आइतबार नै भएको सेमिफाइनल खेलमा वडा नम्बर १ ले वडा नम्बर २ दुईलाई ७ विकेटले पराजित गर्दै र वडा नम्बर ३ ले वडा नम्बर ६ लाई ५ विकेटले पराजित गर्दै फाइनलमा पुगेका थिए ।फाइनल खेलमा पुगेर जित हात पारेको वडा नम्बर ३ ले ५१ हजार रुपैयाँ नगदसहित मेयर कप, मेडल र प्रमाणपत्र र उपविजेता…
भैरहवा, १४ बैशाख । सिद्धार्थनगर नगरपालिकाको कार्यालयद्धारा आयोजित नगर स्तरीय मेयर कप क्रिकेट कप प्रतियोगिता बिहिवार देखि सुरु भएको छ । सिद्धार्थ क्रिकेट रंगशालामा सुरु भएको प्रतियोगिताको नगर प्रमुख इश्तियाक अहमद खानले एम्पायरलाई बल दिएर प्रतियोगिताको उद्घाटन गरे । सम्उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख खानले विगतमा अध्यापन छाडेर खेलकुदमा लागेमा भविष्य राम्रो नहुने अभिभावक बालबालिकालाई सुझाउने गरेपनि हाल विगतको अवस्था फेरिएर अध्यापनको साथै खेलकुदले पनि भविष्य उज्जवल बनाउने बताए । सिद्धार्थ रंगशालालाई स्मरण गर्दै उनले रंगशालाले धेरै खेलाडी जन्माएकोे र खेलाडीहरुका लागि यस रंगशालाको स्तरोन्नती तथा व्यवस्थापनका लागि आफुहरुले सकेको सहयोग गरेको र गर्दै जाने बताए । उनले नगरको…
भैरहवा, १२ बैशाख । जंगलमा डढेलो निभाउन गएको दमकलमै आगो लागेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका कार्यालयको लु १ ग ३४९ नम्बरको दमकलमा आगलागी भएको हो ।आगलागीले दमकलको ईन्जिन सहितको आगाडी भाग क्षती भएको छ । तिलोत्तमा–८ गणेशनगरको जंगलमा डढेलो निभाउन गएको दमकलमा हावासँगै आगाको लप्का पुगेपछि आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
काठमाडौं, १२ बैशाख। कतारका राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने भ्रमणका लागि मंगलबार काठमाडौं आएका थानी आज दिउँसो स्वदेश फर्किएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरे । सो अवसरमा नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको थियो । राष्ट्रपति पौडेलको औपचारिक निमन्त्रणामा थानी राजकीय भ्रमणका लागि आएका थिए । उनको स्वागतमा पनि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विमानस्थलमा पुगेका थिए । उनले सोही दिन राष्ट्रपति पौडेललाई भेटेका थिए । बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीसँग भेटवार्ता गरेका थिए । साथै…
१२ वैशाख, काठमाडौँ । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा आज ती समझदारी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । कतारका अमिर थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि उनीहरुको उपस्थितिमा कला र संस्कृतिका क्षेत्रमा सहकार्य, नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदानप्रदान तथा शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । यसैगरी युवा तथ खेलकुद, दुवै देशका महान्यायाधिवक्ता कार्यालयस्तरीय,…
काठमाडौं, ११ बैशाख। कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका छन्। निजी विमानबाट पौने ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका राजा थानीलाई राष्ट्रपति पौडेल र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गरेका थिए। राष्ट्रपति पौडेलले पुष्पगुच्छासहित स्वागत गरेका थिए। लगत्तै उनलाई सेनाको एक टुकडीले सलामी अर्पण गरेको छ।
काठमाण्डौँ, ११ बैशाख। राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज अपराह्न नेपालको दुईदिने औपचारिक भ्रमणमा आउँदैछन् । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग कतारी विशिष्ट अतिथिले शीतल निवासमा भेटवार्ता गर्नेछन् । साथै उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारी अमिर नेतृत्वको प्रतिनिधिमण्डलबीच बुधबार द्विपक्षीय वार्ता हुनेछ । त्यसपछि उनीहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । कतारी राजाको यो भ्रमणबाट नेपाल र कतारबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ । कतारी अमिर फिलिपिन्स र…
भैरहवा, ११ बैशाख। रुपन्देहीको भैरहवाबाट औषधिमा प्रयोग हुने केमिकल लिएर काठमाडौंतर्फ जाँदै गरेको ट्रकमा आगलागी भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा ना ४ ख ८६१७ नम्बरको ट्रकमा एक्कासी आगो लागेको बताईएको छ ।ट्रकका चालक सुशील विकका अनुसार केमिकलहरू एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने सक्छ । धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले आगो नियन्त्रणमा लिन कठिन भएको गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताए ।