Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, १६ चैत्र । तिरुपति क्रिकेट क्लबले भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपरलिग’ एक दिवसीय क्रिकेट प्रतियोगितामा शुक्रबार भएको डिभिजन ‘ए’ को खेलमा जित हात पारेको छ । तिरुपतिले जेआर क्रिकेट क्लबलाई १ सय ८८ रनको फराकिलो अन्तरले पराजित गर्दै जित निकाल्न सफल भएको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको तिरुपतिले निर्धारित ५० ओभरमा ७ विकेटको नोक्सानीमा २ सय ६४ रनको बलियो योगफल बनायो । उसका लागि बलियो स्कोर खडा गर्न यम क्षेत्रीले अविजित ५४ रनको अर्धशतकीय इंनिङ खेले । यस्तै, रोहित थापाले ४५, एजाजुल हकले ३४, कमल विक र तुलबहादुर थापाले समान २५-२५ तथा…

Read More

भैरहवा, ९ चैत । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय शिक्षा अध्ययन कार्यदल गठन गरिएको छ । नगरपालिकामा रहेका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक शैक्षिक नीति र योजना बनाउन नगरले कार्यदल गठन गरेको हो । नगर शिक्षा समितिको बैठकले डा.शम्भु गुप्ताको संयोजकत्वमा दश सदस्यीय कार्यदल गठन गरेको हो । जसको सदस्य सचिवमा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख चेतनशील लम्साल, सदस्यहरुमा डा.त्रिभुवन बरई, वनमाली निराकार, डिल्लीराज भट्टराई, विजयगोविन्द श्रेष्ठ, दिनेश मिश्र, पिताम्बर तिवारी, मकबुल अहमद खान र रुपकुमार क्षत्री छन् । नगरको सम्रग शैक्षिक सुधारका लागि कार्यदल गठन गरिएको सिद्धार्थनगरका प्रमुख एवं शिक्षा समितिका अध्यक्ष इश्तियाक अहमद…

Read More

काठमाडौं, ८ चैत । सुनको मूल्यमा ९ दिनपछि फेरि नयाँ रेकर्ड बनेको छ । बिहीबार एकै दिन मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेपछि हालसम्मकै उच्च भएको हो । बिहीबार तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँ सुनको मूल्य तय भएको छ । यसअघि बुधबार १ लाख २५ हजार २ सय रुपैयाँ थियो । फागुन २९ गते सुनको भाउले तोलामा १ लाख २६ हजार रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएकोमा सो रेकर्ड ९ दिनमै तोडिएको हो । चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ । अघिल्लो दिन तोलाको १ हजार ५२० रुपैयाँ रहेको चाँदी बिहीबार १ हजार ५५५ कायम…

Read More

बुटवल, ८ चैत । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले समाजमा फरकफरक पेसा आबद्ध भएको व्यक्तिहरूसँग सल्लाह–सुझाव लिन सुरु गरेका छन् । नेपाली कांग्रेसले अब लिने बाटो, निर्वाचनमा समानुपातिक प्रणाली, आर्थिक क्षेत्र सुधारका आदिको विषयमा बुधबार बुटवलमा क्रियाशील विभिन्न क्षेत्रका अगुवासँग छलफल गरेका हुन् । उनले रुपन्देहीको बुटवलमा झण्डै दुई घण्टा विद्यार्थी, चिकित्सक, इञ्जिनियर, अधिवक्ता, उद्योगी–व्यवसायीसँग सुझाव लिएका छन् । डा. कोइरालाले नेपाल चिकित्सक संघले आयोजना गरेको बुद्धिजीवीसँग कांग्रेस वरिष्ठ नेता डा. शेखर कोइरालाको छलफल कार्यक्रममा सबैका सुझावहरू सुनेर लिखित सुझाव पनि लिएका छन् । उनले यी सुझावलाई पार्टी, संसद् र सरकारलाई कार्यान्वयन गर्न दबाब दिने प्रतिबद्धता जनाएका छन् ।…

Read More

बुटवल : रुपन्देही उद्योग संघले जिल्लाको शुद्धोधन गाउँपालिकामा यो कार्यकालमा पहिलोपटक तहगत समिति गठन गरेको छ । संघको विधानअनुसार गाउँपालिकामा २५, नगरपालिकामा ५० र उपमहानगरमा १ सय उद्योगी संघमा दर्ता रहेपछि तहगत समिति गठन गरिन्छ । रुपन्देहीको शुद्धोधन क्षेत्रमा रहेका उद्योगीहरुको भेलाले संघका कार्यसमिति सदस्य तथा क्रियसन फर्मलेशन प्रालिका सञ्चालक टंकनारायण आचार्यको संयोजकत्वमा ५ जनाको समिति गठन गरेको हो । समितिको सह–संयोजकमा सागर आयल मिलका रेशमलाल उपाध्यक्ष र सदस्यहरुमा अन्जना बेकरिज उद्योगका विनोदप्रसाद चौधरी, बस्याल फर्निचर उद्योगका चण्डी बस्याल, न्यू लक्ष्मी सःमिलका लालुमाया थापा रहेका छन् ।  कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालले आफ्नो पालिकालाई पहिलो रोजाइमा पारेर उद्योग संघले स्थानीय…

Read More

भैरहवा : पश्चिम नवलपरासी प्रहरीले भन्सार छली गरेर भित्राईएको कपडा बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको टोलीले बा.प्र. ०३-००१ ख २६४८ नम्बरको बसमा लुकाएर ल्याएको अवस्थामा सुनवलबाट सात लाख मूल्य बराबरको १४ बोरा कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराले बताए । उनले कपडा तस्करीको सूचनाको आधारमा बस चेकजाँच गर्दा कपडा बरामद भएको जानकारी दिए । बरामद कपडा महेशपुर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।

Read More

भैरहवा : रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा गौशाला र शव दाहसंस्कार घाटको लागि निर्माण कार्य सुरु गरिएको छ । नगरपालिको वडा नं. ११ पिपरहिया स्थित गौशाला र शव दाहसंस्कार घाटको लागि निर्माण कार्य सुरु गरिएको हो । गौशाला र शव दाहसंस्कार घाटका लागि आवश्यक पूर्वाधार पर्खाल निर्माणको सोमबार नगर प्रमुख इश्तियाक अहमद खाँले शिलान्यास गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नगर प्रमुख खाँले नगरमा छाडा चौपाया (गाईगोरु)का कारण देखिएको समस्या अस्थाई रुपमा समाधान गर्दै लगिएपनि दिर्घकालिन समाधान र व्यवस्थापनका लागि गौशालाको निर्माण कार्य सुरु गरिएको बताए । करिब ३८ करोड लागत अनुमानमा चार विघा क्षेत्रफलमा योजनाको सुरुवात भएको उनले जानकारी दिए…

Read More

बुटवल : भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न नेकपा (एमाले) बुटवल उपमहानगर कमिटी, रुपन्देहीले अभियान थालेको छ । पहिलो चरणमा विभिन्न सरकारी निकाय र सेवा प्रवाह गर्ने संस्थाहरुमा सुशासन कायम गर्नका लागि ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको एमालेले दोस्रो चरणमा बुटवलमा रहेका ३ सय संघ–संस्थालाई लक्षित गर्दै प्रशिक्षण दिएको छ । संघ–सस्थामा नेतृत्व गर्ने नेता कार्यकर्तालाई पार्टी र संघ–संस्थाबीचको अन्तरसम्वन्ध, सुशासन कायम गर्ने तरिका र नेतृत्वमा हुनुपर्ने गुणलगायतका विषयमा प्रशिक्षित गर्दै अभियान थालिएको एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष किसन ज्ञवालीले जानकारी दिए । वित्तीय अनुशासन कसरी कायम गर्ने ?, भ्रष्टाचार नियन्त्रणमा संघ–संस्थाहरुले कसरी प्रभावकारी काम गर्ने ? लगायतका विषयमा संघ–संस्थाका पदाधिकारीलाई…

Read More

काठमाडौं : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आइतबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् । आइतबार गृहमन्त्री लामिछानेले प्रहरी प्रधान कार्यालयस्थित संग्रहालयको निरीक्षण गर्दै त्यसको गतिविधिबारे जानकारी लिए । संगठनको निर्माण र उच्च छवि बनाउन योगदान दिने सम्पूर्ण पूर्व प्रहरी अधिकृतहरू र बहालवाला प्रहरी अधिकृत तथा जवानहरूलाई धन्यावद दिँदै उनले उनीहरुको वृत्तिविकासको सुनिश्चितता संगठनले गनुपर्ने उल्लेख गरे । उनले भने, ‘कर्मचारीहरूको सरूवा, बढुवा तथा वृत्तिविकासका लागि आवश्यक पर्ने नीति र योजना बनाएर ल्याउनुहोस् । त्यसको कार्यान्वयनको लागि के कसरी गर्नुपर्ने हो सहजीकरण गर्न तयार छु ।’

Read More

भैरहवा : रुपन्देहीको भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (युसीएमएस) शिक्षण अस्पतालमा ‘३ (थ्री) टेस्ला एमआरआई’ उपकरण संचालनमा ल्याइएको छ । विश्व प्रशिद्ध अत्याधुनिक उक्त उपकरण लुम्बिनी प्रदेशमा पहिलो पटक संचालनमा आएको दावी अस्पताल प्रशासनको छ । मेडिकल कलेजका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा.सदन मुखिले विश्व प्रशिद्ध अत्याधुनिक नयाँ एमआरआई मेसिनले १४ मिनेटमा पुरा शरीर स्क्यान गरी रिपोर्ट दिनसक्ने बताए । उक्त एमआरआईमा बिकिरणको जोखिम नभएको, शरीरका एकदमै स–साना कोशिका, नशा, गांठ, हाडजोर्नी, ट्युमरको सहजै अवलोकन गर्न सकिने र क्यान्सर रोग तथा यसको पैmलावटलाई सहजै छिटो समयमा पत्ता लगाउन सकिने बिशेषता रहेको उनले जानकारी दिए । ‘यस खालको उच्च गुणस्तरीय एमआरआई…

Read More