


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, ९ असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आइतबार भैरहवामा आयोजित नगर सभाको १६औं अधिवेशनमा नगर प्रमुख इश्तियाक अहमद खाँले नीति तथा कार्यक्रम र उपप्रमुख उमा अधिकारीले बजेट सार्वजिनक गरेका हुन् ।नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृति, पर्यटन, पूर्वाधार विकास, लक्षित वर्गको उत्थानमा विशेष जोड दिँदै नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष ०८१/०८२ मा संघ र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण, सशर्त अनुदान, राजस्व बाँडफाँट, समपूरक अनुदान, विशेष अनुदान, दातृ निकायबाट प्राप्त रकम, राजस्व बाँडफाँडबाट प्राप्त हुने रकम, आन्तरिक आयबाट समेतबाट गरी १ अर्ब ४…
भैरहवा, ७ असार । नेपाल पत्रकार महासंघको निर्वाचन आगामी असार २२ गते हुने भएको छ । महासंघले सार्वजनिक गरेको तालिका अनुसार असार ७ गते राति साढे ८ बजे मतदाता नामावली प्रकाशन, नामवली प्रकाशनपछि असार १० गते बिहान १० बजेसम्म नामवलीमाथी दावी विरोध गर्न सकिनेछ भने असार १२ गते अपरान्ह चार बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ । यस्तै, असार १३ गते बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता, १३ गते साँझ ८ बजे नामावली प्रकाशन, उम्मेदवारमाथी दाबी विरोधका लागि असार १३ गते साँझ ६ बजेदेखि १५ गते बिहान १० बजेसम्मको समय निर्धारण गरिएको महासंघको निर्वाचन समितिले जनाएको छ…
भैरहवा, ७ असार । रुपन्देहीको भैरहवामा सारदा अल्ट्रासाउन्ड एण्ड डाईग्नोग्सिट सेन्टर संचालनमा आएको छ । सेन्टरले भित्रिएका अत्याधिुनिक प्रविधि (उपकरण) को माध्यमले गर्भावस्थामै शिशुको अनुहार हेर्न मिल्ने जनाएको छ । करिव ६० लाख रूपैयाँको लागतमा सेन्टरले स्याम सुङ एच एस ७० ए, हाइ एण्ड मेसिन ल्याए सँगै काठमाडौं बाहिर पहिलो अत्याधुनिक प्रविधि भएको उपकरण भैरहवा आएको हो । उक्त प्रविधिले फ्याटी लिभर (इलास्ट्रो ग्राफी) फाईब्रो स्क्यान, बाएप्सीको जाँच समेत गर्ने छ । रङगीन तथा भिडियो एक्सरे, २ डि देखी ४ डि सम्म टिभीयस, ट्रस, कलेजो समेत जाँच गर्न सकिने छ । त्यस्तै मासुको टुक्राको जाँच अन्य सुविधाहरु जस्तै पेट, जोर्नी,…
भैरहवा, ७ असार । घटना १ : रुपन्देहीको तिलोत्तमा नपा–१७ दरखसवाका रामपृत मल्लाह लगायतले सार्वजनिक जग्गाको विवादमा सोही स्थानका जंगबहादुर यादवलाई ०६२ पुस २५ गते गोली हानेर हत्या गरी फरार भए । कसैलाई शंका नलाग्ने गरी यादव भारतको देहात क्षेत्रमा कृषि पेशा अंगालेर जीवनयापन गर्न थाले । लामो समय भारत बसेपछि नेपालमा रहेका श्रीमती र छोरासमेतलाई भारतमै लगेर बसोबास गर्ने योजना बनाए । त्यसैअनुरुप उनी नेपाल प्रवेश गरेलग्त्तै प्रहरीको ‘वान्टेड’ सूची रहेका यादवलाई प्रहरीले १८ वर्षपछि सीमानाका बेलहियामा समात्न सफल भयो । उनी विरुद्ध कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान पुनः सुरु गरिएको छ । घटना २…
भैरहवा, ५ असार । सिद्धार्थनगर नगरपालिकामा निःशुल्क आँखा परिक्षण गरिएको छ । नगरको वडा नम्बर १२ को आयोजनामा गरिएको शिविरमा १६५ जनाले आँखा परिक्षण गराएर लाभन्वित भएका छन् । नगरपालिकाको कार्यालय र लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरबीच मोतिबिन्दुको शल्यक्रिया सम्बन्धित सम्झौता बमोजिम वडा नं. १२ को कार्यालयले मंगलबार डाँडागाउँमा वडावासीहरुका लागि निःशुल्क आँखा जाँच शिविरको आयोजना गरेको थियो । ‘आँखा परिक्षण गराएका १६५ जना मध्ये ११ जनामा मोतिबिन्दु देखिएको छ’, सिद्धार्थनगर नगरपालिका वडा नं.१२ का वडाअध्यक्ष कुमार गुरुङले भने, ‘मोतिबिन्दु देखिएका सबैको लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरमा निःशुल्क शल्यक्रिया हुनेछ ।’ उनले नगरपालिकाको साथै वडा कार्यालयले…
काठमाडौँ,५ असार । मुलुकको संघीय संसद भवनमा सुरक्षार्थका लागि खटाईएको नेपाल प्रहरीको जवान मृत अवस्थामा फेला परेका छन् । दोलखा मेलुङ गाउँपालिका-४ का प्रहरी जवान २२ वर्षीय अजित गोले आफुले लिएको हतियारले आफैलाई गोली हानेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए । संसद् भवनको पश्चिम तर्फ २ नम्बर गेटतिर रहेको शौचालयमा आफूले बोकेको ईन्सास राईफलद्वारा आफैलाई गोली हानेका हुन् । गोली निधारमा लागेको छ । प्रहरी प्रधान कार्यालयबाट खटाइएको स्पेशल टाक्स फोर्समा कार्यरत उनी २०७८ मा भर्ना भएका थिए ।घटनाका सम्बन्धमा अनुसन्धान भईरहको प्रहरीले जनाएको छ ।
भैरहवा, ३ असार । काठमाण्डौँबाट ६ किलो सुन र ४८ लाख रुपैयाँ सहित एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले आइतबार साँझ काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध तीनचुलीमा डेरा गरी बस्ने शेरब ग्याल्मो भनिने सोनाम गुरुङलाई सुन र नगद सहित पक्राउ गरेको हो । पक्राउ परेका गुरुङले आफु चिनियाँ नागरिक रहेको बताएका छन् । तर, उनको साथबाट एक थान नेपाली नागरिकताको प्रमाण पत्र फेला भएको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए । उनका अनुसार पक्राउ परेका गुरुङको डेरामा खानतलासी गर्दा ९९९.९ किलो लेखिएको ६ थान सुनको विस्कुट, नगद र तीन थान मोबाइल बरामद भएको हो…
भैरहवा, ३ असार । ईस्लाम धर्माबलम्वीहरूले आज बकर ईद (ईद-उल-अजहा) पर्वमा धुमधामका साथ मनाउँदैछन् । एकाबिहानै उठी नुहाएर शुद्ध भई नजिकैको मस्जिद वा ईदगाहमा सामुहिक नमाज पढेर एकआपसमा शुभकामना आदानप्रदान गरेका छन् । हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल अलेह सलामलाई कुर्बानी (बलिदान) गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो। बकर ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । धार्मिक मान्यताअनुसार अल्लाहले परिक्षण्का लागि नवी (दूत) इब्राहिम अलि सलामलाई आफ्नो सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माइलको कुर्बानीको स्थानमा मानिसको नभई त्यही…
काठमाण्डौं, ३ असार । नेपाली फिचर फिल्म ‘अ प्लेस अन्डर द सन’ मा समावेश गीत बाचुन्जेल जिन्दगी सार्वजनिक भएको छ । मोबाइल (आइफोनं १४ प्रो म्याक्स) बाट छांयांकन गरिएको उक्त चलचित्रको गीतमा राजीव थापाको स्वर र मिलन घलानको शब्द संगित रहेको छ । ‘बाचुन्जेल जिन्दगी ओईरो र धोईरो, मरेपछि हो खरानी र कुईरो’ शिर्ष गितमा मिन घलान, मिरा गुरुङ, अंशु शर्मा, विप्लव गौली, प्रजन पौडेल, रिदन श्रेष्ठ, प्रवेश एम.सी. तोसित बताने, रुपेश पन्थी, सदन श्रेष्ठ र बसन्त लाको अभिनय रहेको छ । वन स्क्वाड फिल्म्सले निर्माण गरेको उक्त फिल्मको छायांकन गर्न फोनमा अतिरिक्त लेन्स प्रयोग गरिए पनि अन्य कुनै क्यामेरा…
भैरहवा, २ असार। मुलुकको मध्य तथा पश्चिम तराईमा अझै केही दिनसम्म अत्याधिक गर्मी हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले तातो दिन तथा तातो लहर सम्बन्धी विशेष बुलेटिन जारी गर्दै मध्य तथा पश्चिम तराईका भू-भागहरुमा अत्याधिक गर्मीको सम्भावना देखिएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ । आगामी चार दिन (असार ३ गतेदेखि ६ गते) सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा बिगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी…