


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा : रुपन्देहीका हाटीबनगाई प्रहरी चौकी नयाँ भवनमा सरेको छ । १ करोड ८२ लाख ६७ हजार ८० रुपैयाको लागतमा भवन निर्माण भएको हो । प्रहरी चौकीको आधारभूत आवश्यकताहरुलाई पुरा गर्ने गरि भवनमा कार्यालय कोठा, महिला र पुरुष थुनुवाका अलग अलग कोठा, प्रहरी कर्मचारीहरुको व्यारेक, कार्यालय प्रमुखको निवास सहित संचार शाखाको कार्यालय एवम ब्यारेकको प्रयोजनको लागी निर्माण गरिएको छ । महिला कर्मचारीहरुको लागी छुट्टै एट्याच बाथरुम सहितको ब्यारेक शौचालय तथा स्नान घरको निर्माण समेत भएको छ । भवनको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री पाण्डेयले प्रहरी चौकीहरुको लागि आवश्यक पर्ने सम्पूर्ण न्यूनतम मापदण्डहरु पुरा गरि बनेको चौकीबाट प्रहरीलाई जनताले प्रत्याभूत गर्ने…
काठमाडौं : निर्वाचन आयोगले इलाम-२ र बझाङ-१ (१) को उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। निर्वाचन कार्यतालिकाअनुसार चैत २४ गते उम्मेदवारी दर्ता हुने आयोगले जनाएको छ। आयोगले सो क्षेत्रका लागि वैशाख १५ गते उपनिर्वाचन गर्ने निर्णय गरेको थियो। उपनिर्वाचन तयारीका लागि फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। त्यस्तै उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले फागुन २४ गते देखि ३० गतेसम्म दल दर्ता गर्ने समय छुट्याएको छ। चैत २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी चैत २४ गतेदेखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा…
डोल्पा । डोल्पाको जुफाल विमानस्थल बन्द गर्न सिफारिस गरिएको छ । ठुलिभेरी नगरपालिकाका नगर प्रमुख सुवर्ण बूढाको अध्यक्षतामा नागरिक उडड्यन प्राधिकरणको कार्यालय जुफालमा बसेको सरोकारवालाहरुको बैठकले विमानस्थल एक महिना बन्द गर्न सिफारिस गरेको हो । विमानस्थलको धावनमार्ग मर्मत गनुपर्ने भएको भन्दै फागुन १० गते देखि चैत्र १० गतेसम्म विमानस्थल बन्द गर्न नेपाल नागरिक उडड्यन प्राधिकरण काठमाण्डौँलाइ सिफारिस गरिएको नगर प्रमुख बुढाले बताए । अहिले डोल्पासम्मको सडक मार्गको पहुँच पनि राम्रो भएकाले यात्रुहरुलाइ आवतजावत गर्न मर्का नपर्ने भएकोले धावनमार्ग मर्मतको काम थालनी गर्न लागिएको उनको भनाइ छ । डोल्पामा यातायातको छिटो छरितो र भरपर्दो माध्यामको रुपमा रहेको हवाइ यातायातनै रहेको छ…
डाेल्पा, २२ माघ । उपप्रधानमन्त्री एंव रक्षामन्त्री पूर्णबहादुर खड्काले ल्यासिक्याप-धो सडकखण्ड निर्माणकाे जिम्मा सेनालाई दिने बताएका छन् । भेरी करिडोर अन्तर्गत पर्ने ल्यासिक्याप देखि सिशाैल सम्मकाे सडक निर्माणकाे जिम्मा नेपाली सेनालाई दिन भेटघाट समेत तिव्र पारिएको छ । कडा चट्टानी भु-वनाेट भएकाे उक्त सडक खण्ड निर्माणकाे जिम्मा सेनालाई दिन माग राख्दै साेमबार प्रतिनिधि सभा सदस्य धनबहादुर बुढाको नेतृत्वमा जनप्रतिनिधिको टोलीले मन्त्री खड्कालाई भेटघाट गरेको थियो । भेटघाटमा मन्त्री खड्काले उक्त बिषय धेरै ठाउँबाट उठेकाले सडक निर्माणकाे जिम्मा नेपाली सेनालाई दिने कुरामा पुर्ण रुपमा आश्वस्त पारेकाे सांसद बुढाले बताए । चिन-नेपाल हुँदै भारत जाेड्ने याे सडक रणनीतिक हिसाबमा पनि महत्त्वपूर्ण रहेकाे…
दमक, २२ माघ । नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संविधान संशोधन गरेर भए पनि निर्वाचन प्रणालीमा सुधार ल्याउनुपर्ने बताएका छन् । संविधानमा उल्लिखित निर्वाचनसम्बन्धी व्यवस्थामा संशोधन गर्नुपर्ने उनले बताए । कांग्रेसले सुरु गरेको समुदायमा कांग्रेस अभियानअन्तर्गत आज झापाको दमकमा आयोजित सुझाव सङ्कलन तथा अगुवा कार्यकर्ताहरुसँगको अन्तरक्रियामा डा कोइरालाले आरक्षित समुदायका बीचमा मात्रै चुनावी प्रतिस्पर्धा हुने गरी व्यवस्था मिलाउन आफ्नो पार्टीले नीतिगत पहल गर्ने बताए । उनले भने, “अब आरक्षित समुदायका लागि टिकट मात्रै होइन सिटनै सुरक्षित गर्नुपर्छ । महिला–महिला, दलित–दलितमा र जनजाति–जनजातिका बीचमा प्रतिस्पर्धा हुने गरी संविधानमा नै व्यवस्था गर्नुपर्छ ।” नेता कोइरालाले समानुपातिक प्रणालीबाट राष्ट्रियसभामा…
काठमाडौं, २२ माघ । भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडलु सिजन १४’ उपाधि दौडमा रहेकी नेपाली गायिका मेनुका पौडेल प्रतिस्पर्धाबाट बाहिरिएकी छिन् । उनी टप १० बाट टप ८ मा जाने क्रममा बाहिरिएकी हुन् । उनीसँगै अर्का प्रतिस्पर्धी उत्कर्ष वाङखडे पनि बाहिरिएका छन् । इण्डियन आइडलको इतिहासमै पहिलो पटक एकैदिन दुई जनालाई इलिमिनेसन गरिएको हो । झापा हल्दीबारीका मेनुका दृष्टिविहीन छिन् । तर उनको गायिकी भने प्रशंसानीय छ । उनकोे गायिकीले इण्डियन आइडलमा प्रशंसा बटुलेको थियो । आइडलका निर्णायक तथा अतिथि कलाकारहरूले समेत उनको गायकीको मुक्त कण्ठले प्रशंसा गर्दै आएका थिए । उनलाई ‘दोस्रो लता मंगेश्कर’ भनी प्रशंसा गर्नेहरू…
काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताप्रति उत्तरदायी भएर कानुन बनाउन आफ्नो पार्टी पूर्ण तयारीका साथ यसपालीको सदनमा आएको बताएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकपश्चात उनले सञ्चारकर्मीसँग यस्तो बताएका हुन् । विधेयकहरुमा सरकारले ध्यान दिएन भने जिम्मेवार दलका तर्फबाट गर्नुपर्ने कामको तयारीका साथ आएको उनले बताए । उनले भने, ‘ध्यान दिनुपर्ने विधेयकहरुमा सरकारले ध्यान दिएन भने प्राइभेट बिल समेत ल्याएर गर्नुपर्ने सम्पूर्ण कार्यहरुका लागि हामी काम गरिरहेका छौ । यसपटकको सदनलाई प्रभावकारी बनाउनको लागि जिम्मेवार राजनीतिक दलका तर्फबाट हामीले गर्नुपर्ने कामको तयारीका साथ आएका छौं ।’ उनले जनताप्रति उत्तरदायी सदन भएको भन्दै यसलाई सत्ता टिकाउने…
विराटनगर, २२ माघ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल मोरङको आयोजनामा माघ २६ देखि २८ गतेसम्म १३औँ संस्करणको ‘प्याब्सन स्पोट्र्स मिट’ हुने भएको छ । विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी प्याब्सनले स्पोट्र्स मिटमा प्याब्सनमा आबद्ध मोरङ जिल्लाभरिका २ सय १० वटा विद्यालयबाट ३ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने जनाएको छ । अध्यक्ष प्रेमलाल सिंह सुवालका अनुसार ती विद्यार्थीले दर्जनभन्दा बढी विधाका खेल प्रतियोगितामा भाग लिनेछन् । प्रतियोगिता अन्तर्गतका खेलहरू सहिद मैदान, विराटनगर जुट मिलको खेलमैदान र एभरेस्ट कलेजको खेल मैदानमा हुनेछ । प्रतियोगिताले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन हुन सहयोग गर्ने उनले बताए । स्पोट्र्स मिटमा एथलेटिक्स, टी–टी सिङ्गल इभेन्ट लगायत…
भैरहवा, २२ माघ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रवक्तामा वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) नियुक्त भएका छन् । गत माघ १९ गते बसेको नगर कार्यपालिकाको बैठकले यादवलाई नगर प्रवक्ता नियुक्त गर्ने निर्णय गरेको सिद्धार्थनगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं उपसचिव चेतनशील लम्सालले जानकारी दिए । यादव ०७४ र ०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा नम्बर ४ बाट वडाअध्यक्षमा निर्वाचित भएका थिए ।
काठमाडौं, २२ माघ । खानेपानी तथा सरसफाइ मन्त्री महिन्द्रराय यादवले मेलम्ची खानेपानी आयोजनाको समस्याको दीर्घकालीन समाधानका लागि सरकारले डीपीआर बनाउन छलफल अगाडि बढाएको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग उनले डीपीआर बनाइने बताए । गत वर्षको बाढीले आयोजनामा ठूलो क्षति पुर्याएको थियो । आयोजनाको उक्त समस्याको स्थायी समाधानका लागि मन्त्रालयले पुल्चोक क्याम्पसलाई तीन हप्तामा अनुसन्धान गरि प्रतिवेदन बुझाउन आग्रह गरेको जानकारी उनले दिए । क्याम्पसले अनुसन्धान प्रतिवेदन बुझाएपछि सम्बन्धित निकायहरुसँग छलफल गरि संरचना सार्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘मेलम्ची खानेपानीका लागि स्थापनाकालमा जुन इन्टेक बन्यो, त्यो इन्टेक दुई वर्षअघिको बाढीले ठूलो क्षति गरिदिएको छ । आयोजनाका…