


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, ९ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ९२ करोड ९३ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। सोमबार बसेको दोस्रो नगरसभाको सातौं अधिवेशन (तेस्रो बैठक) मा उपप्रमुख जगेश्वरदेवी चौधरीले बजेट प्रस्ताव प्रस्तुत गर्दै चालु खर्चतर्फ ४४ दशमलव १७ प्रतिशत र पूँजीगतर्फ ५५ दशमलव ८३ प्रतिशत रहने अनुमान गरिएको बताइन्। गत वर्षको तुलनामा बजेटमा करिब १७ करोड रुपैयाँको वृद्धि भएको छ। अघिल्लो वर्ष तिलोत्तमाले २ अर्ब ७६ करोडको बजेट प्रस्तुत गरेको थियो। उपप्रमुख चौधरीले आव २०८२/०८३ का लागि तिलोत्तमाले आन्तरिक राजस्वतर्फ ३३ करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरण तथा बचतबाट २ अर्ब ५९ करोड…
काठमाडौं, ९असार। रोजगारीको अभावले गर्दा नेपाली युवाहरु ठूलो संख्यामा विदेशी भूमिमा पुग्न थालेका छन्। चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको अवधिमा मात्रै ७ लाख ६० हजारभन्दा बढी नेपाली युवा वैदेशिक रोजगारीका लागि विदेशिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार, जेठ महिनामात्रै ७४ हजार ४ सय ६७ जनाले श्रम स्वीकृति लिएका छन्। औसतमा प्रत्येक महिनामा ६९ हजार १ सय २६ जनाले वैदेशिक रोजगारीको बाटो रोजिरहेका छन्। तथ्यांक अनुसार यस वर्ष सबैभन्दा धेरै यूएईमा रोजगारीका लागि युवाले श्रम स्वीकृति लिएका छन्। जेठमा महिनामा मात्र यूएईमा २४ हजार ७ सय ४ जनाले श्रम स्वीकृति लिएका छन्। साउदी अरबमा ११ हजार ९ सय ६१…
भैरहवा,९असार। वर्षा सुरु भएसँगै लुम्बिनी प्रदेशमा डेंगु संक्रमणको जोखिम उच्च बनेको छ। पछिल्लो एक सातामा मात्र १६ जनामा संक्रमण पुष्टि भएसँगै प्रदेशभर हालसम्म संक्रमितको संख्या २४७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। विशेषगरी सहर क्षेत्रलाई प्रभावित बनाउँदै आएको डेंगु संक्रमण यसपटक झनै तीव्र रुपमा फैलिरहेको जनस्वास्थ्य विज्ञहरुले बताएका छन्। डेंगु संक्रमण गराउने एडिस जातको लामखुट्टे थोरै पानी जम्मा भएको ठाउँमा हुर्कने भएकाले टायर, गमला, बाल्टिन जस्ता भाँडोहरुमा पानी जम्न नदिन विज्ञहरुले आग्रह गरेका छन्। जनस्वास्थ्य विज्ञ डा.बाबुराम मरासिनीका अनुसार, लामखुट्टेको टोकाइबाट फैलिने यो रोग नियन्त्रणमा स्थानीय तह चुकिरहेको छ। विशेषगरी सहरी क्षेत्रमा टायर जस्ता वस्तुमा पानी जम्दा डेंगुको लार्भा हुर्कने जोखिम…
काठमाडौं,९असार। अभिनेता अनमोल केसी र चलचित्र ‘फर्की फर्की’को टिमविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार आफ्नो फोन नम्बर दुरुपयोग गरेको भन्दै साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले मुद्दा दर्ता गराएका हुन्। उक्त फिल्ममा आफ्नो फोन नम्बर दुरुपयोग गरिएको र यसले आफूलाई मानसिक र शारीरिक रुपमा हानी पुगेको उनले दायर गरेको रिटमा उल्लेख छ । उनले वारेसमार्फत सोमबार मुद्दा दायर गरेका हुन्।
धनगढी,९असार। धनगढीमा एक युवतीको शव फेला परेको छ। धनगढी उपमहानगरपालिका-२ बैयाबेहडीमा डेरा लिएर बस्दै आएकी पुनर्वास नगरपालिका-११ अमर बस्तीकी ३० वर्षीया रेणु चौधरीको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरीको शव फेला परेको कोठामा बाहिरबाट ताल्चा लगाइएको थियो। घटनाको प्रकृति शंकास्पद देखिएकाले घटनास्थललाई सिल गरेर अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ ।
भैरहवा,९ असार। रुपन्देहीको ओमसतिया गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि बजेट सार्वजनिक गरेको छ। आइतबार सम्पन्न १७ औं गाउँसभाको बैठकमा पालिकाको उपाध्यक्ष सुनिता चौधरीले ४९ करोड २५ लाख १४ हजार रुपैया बराबरको आम्दानी खर्च भएको बजेट सार्वजनिक गरेकी हुन। पालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संघीय सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत वित्तीय समानिकरण अनुमान तर्फ ११ करोड ६६ लाख, सशर्त अनुदान तर्फ १६ करोड ५ लाख, समपुरक अनुदान तर्फ ४० लाख अनुदान प्राप्तिको अनुमान गरेको छ यस्तै प्रदेश सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत वित्तीय समानिकरण अनुमान तर्फ ८० लाख ७३ हजार, सशर्त अनुदान तर्फ १ करोड ५५ लाख, समपुरक…
भैरहवा,९असार। रुपन्देहीको मर्चवारमा सोमबार बिहान चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मर्चवारी गाउँपालिका-३ महाराजगन्जकी ४५ वर्षीया प्रमिला यादव रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक धनदेव साउदका अनुसा यादव सोमबार बिहान खेतमा धान रोप्न क्रममा उनलाई चट्याङ लागेको थियो। चट्याङ लागेर बेहोस भएकी यादवको भैरहवास्थित भीम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनले बताए।
भैरहवा,९असार। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार तथा पशु सामाग्री उपलब्ध गराएको छ। पालिकाले व्यवसायिक कृषकहरुलाई घाँस काट्ने मेसिन, पाउ म्याट, ब्रस कटर, गोठ सफा गर्ने मेसिन लगायत ७ प्रकारका सामग्री ५० प्रतिशत अनुदानमा ३१ जनालाई उपलब्ध गराएको हो। कृषकलाई आवेदनको आधारमा कृषि सामग्री उपलब्ध गराइएको नगरप्रमुख रामकृष्ण खाणले बताए। उनका अनुसार पालिकामा रहेका पशुपालक कृषकलाई खाना शुद्धता र गोठ सफाई गर्नका लागि उपकरण अनुदानलाई प्राथमिकता दिइएको हो। दुग्ध र मासुको उत्पादन वृद्धि गर्न पालिकाले पशुपालक कृषकलाई प्रोत्साहन गर्दै आएको नगर उपप्रमुख जगेश्वर देवी चौधरीको भनाई छ। प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले यस्ता सामग्रीले पशुपालक कृषकहरुलाई…
भैरहवा,७असार। रुपन्देही प्रहरीले अवैध रुपमा भन्सार तथा राजश्व छली गरी चोरी पैठारी गरिएका करिब १२ लाख ६८ हजार बढी रुपैयाँ बराबरका विभिन्न सामग्रीहरु बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका विभिन्न प्रहरी युनिटहरुले विभिन्न स्थानमा गरेको चेकजाँचका क्रममा ती सामानहरु बरामद गरेका हुन्। रुपन्देहीको प्रहरी प्रमुखको रुपमा एसपी प्रदीप बहादुर क्षेत्रीले कमाण्ड सम्हालेपछि रुपन्देही प्रहरी सक्रिय भएको छ। खुल्ला सीमानाबाट दैनिक लुकछिपी भित्राउने गरिएको लाखौं रुपैयाँको बराबर विभिन्न सामाग्रीहरु प्रहरीले दैनिक बरामद गर्दै आएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीद्वारा जारी विज्ञप्तीका अनुसार, बरामद गरिएका सामग्रीहरुमा चिनी, पास्ता, बच्चाका खेलौना, मिठाई, कपाल उमार्ने जेल, विभिन्न कम्पनीका मोबाइलका डिस्प्ले तथा…
भैरहवा,७असार। रुपन्देही प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत, पाङराङ गाउँपालिका–९ सिरकाङका ३५ वर्षीय रेशम कुँवर रहेको प्रहरीले जनाएको छ। वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरमा चेकजाँच गर्ने क्रममा कुँवरलाई लागुऔषध सहित पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीका अनुसार पक्राउ परेका कुँवरको साथबाट डाइजेपाम ६० पिस, बुप्रेनोर्फिन इन्जेक्सन ६० पिस, र प्रोमेथाजिन इन्जेक्सन ६० पिस लागुऔषध बरामद भएको हो। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।