


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,३१ असोज। नेपाल प्रहरीमा सर्बोत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीलाई प्रदान गरिएको छ ७० औं प्रहरी दिवसको अवसरमा प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत भण्डारीलाई पुरस्कार प्रदान गरेका हुन्। भण्डारी ठूला घटनाको अनुसन्धानमा संलग्न रहँदै आएका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत डीएसपी भोला भट्टलाई पूर्ण शान्ति पुरस्कार दिइएको छ। त्यस्तै, जेनजी आन्दोलनमा कारागारबाट कैदी भाग्न नदिई साहसिक कार्य गरेकोले डिल्लीबजार कारागारमा कार्यरत इन्सपेक्टर दुर्गा राईलाई योगेन्द्र स्मृती साहसीक पुरस्कार प्रदान गरिएको छ। यस्तै अवकाशप्राप्त प्रहरी नायव महानिरीक्षक कृष्णबहादुर रानालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ।
काठमाडौं,३१ असोज। नेपालको बजारमा सुनको मूल्य शुक्रवार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ हजार १०० रुपैयाँ बढेर प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको छ। बिहीबार सुन तोलामा २ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। शुक्रवार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार बढेर ३ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
काठमाडौं,३१ असोज। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल स्वीजरल्याण्ड प्रस्थान गरेका छन्। अन्तर–व्यवस्थापिका संघको १५१ औँ महासभामा सहभागी हुन दाहाल स्वीजरल्याण्ड प्रस्थान गरेका हुन्। टोलीमा राष्ट्रियसभाका सदस्यहरु गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह (गरिमा) सहभागी छन्। कात्तिक २ गतेदेखि ६ गतेसम्म स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने महासभामा अध्यक्ष दाहालले नेपालको तर्फबाट सम्बोधन गर्नेछन् भने विभिन्न देशका संसद्का प्रमुखहसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रमसमेत रहेको संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अन्तर–व्यवस्थापिका संघका स्थायी समितिका कार्यक्रममा प्रतिनिधिमण्डलमा सम्मिलित सदस्यहरु सहभागी हुनेछन्। उक्त टोली आगामी कात्तिक ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ।
काठमाडौं,३० असोज। पूर्वमन्त्री गणेश शाहले नेकपा माओवादी केन्द्र छाडेका छन्। माओवादी केन्द्र छाडेको बताउँदै उनले भनेका छन्, ‘अब म माओवादीको नेता रहिनँ, सदस्य पनि रहिनँ ।’ उनी माओवादी केन्द्रको केन्द्रीय कमिटी विघटन हुनुअघिका सचिव हुन् । उनी पूर्वविज्ञानमन्त्री समेत हुन्। माओवादी केन्द्रमा एकता प्रक्रियामा आउनुअघि उनी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत)का महासचिव थिए। उनले अब कुनै पनि पार्टीमा नलाग्ने बताए। उनले भने, ‘माओवादीमा मात्रै होइन, अब म कुनै पनि पार्टीमा रहन्न ।’
जनकपुरधाम,३० असोज। मधेश प्रदेशको मुख्यमन्त्री पदमा जितेन्द्र प्रसाद सोनार (सोनल)ले पद तथा गोपनीयताको शपथ लिएका छन्। मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनलालई मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ खुवाएकी हुन्। सोनलसँगै जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादव र एकीकृत समाजवादी पार्टीका कनिष पटेलले विना विभागीय मन्त्रीको शपथ लिएका छन्। बुधबार साँझ ५६ सांसदको समर्थनमा सोनल मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
काठमाडौं,३० असोज। निर्वाचन आयोगले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरुसँग छलफल गरेको छ । आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनमा कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दलहरुसँग बिहीवार छलफल गरेको हो। छलफलमा नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, नेकपा एमालेका उपाध्यक्ष गुरु बराल, नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महासचिव कविन्द्र बुर्लाकोटी, नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलगायत अन्य दलका प्रतिनिधि छन्। छलफलमा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन घोषणा भएर तयारी सुरु भएको अवस्थामा निर्वाचनको वातावरण सृजना गरी सक्रिय हुन दलहरुलाई आग्रह गरे।…
भैरहवा, ३० असोज । भैरहवास्थित भीम अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवाहरु विगतभन्दा धेरै सुविधाजनक र सुधार हुँदै गएपनि थप प्रभावकारी रुपमा अघि बढ्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्। लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालय र भीम अस्पतालद्वारा भैरहवामा आयोजित अस्पतालबाट संचालित स्वास्थ्य सेवाहरुको वार्षिक सुरक्षा गोष्ठी आव २०८१–०८२ कार्यक्रमका सहभागीले अस्पतालमा उपचारको सेवा गुणस्तर बन्दै गएपनि समयसापेक्ष अनुरुप अझ बिश्वाशिलो र प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका हुज् । जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइले भीम अस्पतालको उपचार सेवा क्रमिक रुपमा सुधार हुदै जान थालेको भएपनि बर्तमान आवश्यकतालाई पुरा गर्ने गरि अझै उपचार सेवामा विविधीरकण गर्न जरुरी भएको बताए। ‘तीन…
भैरहवा,३० असोज। एनआईसी एशिया बैंकका ग्राहकलाई एशियन बुद्ध होटलमा सेवा लिँदा विशेष छुट सुविधा पाउने भएका छन्। जससम्बन्धमा होटल र बैंकबीच सम्झौता भएको छ। यस समझदारीसँगै बैंकका ग्राहकले भैरहवास्थित उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बताइएको छ। ग्राहकहरुले उक्त होटलमा कुनै पनि सेवा लिई डिजिटल भुक्तानी गर्दा उक्त छुट सुविधा प्राप्त गर्न सक्नेछन्। यस सुविधाको उपयोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंक एपमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ। उक्त होटलसँगको सहकार्यले ग्राहकहरुलाई छुट सुविधा प्राप्त हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग…
काठमाडौं,३० असोज। नेपालको स्थानीय बजारमा सुनको मूल्य आज पनि बढेको छ । निरन्तर उकालो लाग्दै गएको सुनको मूल्य बिहीवार प्रतितोला २ लाख ५० हजार ९०० पुगेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला सुन २ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्यसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ। बुधवार चाँदी प्रतितोला ३ हजार २४० रुपैयाँमा कारोबार भएकोमा बिहीवार प्रतितोला ३ हजार २७० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।
भैरहवा,३० असोज। शान्तिका अग्रदुत गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा ६७ देशका २ सय बढी सम्पदा विज्ञहरुको उपस्थितिमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु भएको छ। प्रकोप, द्वन्द्व र शान्ति विषयलाई केन्द्रबिन्दुुमा राखेर युनेस्कोको सल्लाहकार निकाय सम्पदा संरक्षण समाज (इकोमस) नेपालको आयोजनामा बुधबारदेखि वैज्ञानिक सम्मेलन सुरु भएको हो । सम्मेलनको लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले शुभारम्भ गरे। यसअघि अक्टोबर ११ देखि सुरु भएको इकोमसको वार्षिक सभाको समापन तथा वर्षगाँठ उत्सव मंगलबार सम्पन्न गरिएको थियो। मन्त्री न्यौपानेले बुद्धजन्मस्थल लुम्बिनीमा विभिन्न देशका सम्पदा विज्ञहरुको उपस्थितिमा इकोमसको वार्षिकसभा र वैज्ञानिक सम्मेलन गरेकोमा धन्यवाद व्यक्त गरे। उनले शान्ति भूमि लुम्बिनीमा गरिएको सम्मेलनले विश्वभर…