


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, २४ मंसिर । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवाप्रदान गर्दै आएका तीन विदेश वायुसेवा कम्पनीहरुले उडान स्थगन गर्ने तयारीमा छन् । भैरहवामा बाक्लो हुस्सुसहितको खराब मौसमका कारण देखाउँदै विमानस्थलबाट सेवा प्रदान गर्दै आएको जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले उडान स्थगनको तयारी गरेका हुन् । यी तीनसहित कतार एयरवेज र नेपाल एयरलाइन्सले पनि विमानस्थलबाट सेवा दिदै आएकोमा गत मंसिर १५ गतेसम्ममात्र उडान अनुमति लिएको कतार एयरवेजले पनि पुनः उडान अनुमति नलिदाँ उसको सेवा रोकिन पुगेको छ । यहाँबाट भैरहवा–कुबेत उडान गरिरहेको जजिरा, दुबई उडान गरिरहेको फ्लाई दुबई र थाइल्याण्ड उडान गरिरहेको थाई एयर एशियाले खराब मौसमलाई कारण देखाएका…
दाङ, २४ मंसिर । रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकाका किशोरीहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट गर्दै समुदायका समस्या सुनाएका छन् । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा भेट गर्दै किशोरीहरुले गाउँ समाजमा आफूहरुले भोगिरहेका समस्या मुख्यमन्त्री आचार्यलाई सुनाएका हुन्। उनीहरुले उज्ज्वल भविष्य र बलियो अभियान सञ्चालनको लागि १७ बुँदे मागपत्र मुख्यमन्त्री आचार्यलाई पेश गरेका हुन । मुख्यमन्त्री आचार्यले किशोरीहरुले राखेका समस्यालाई प्रदेश सरकारले सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन् । किशोरीहरुले थालेको अभियानमा प्रदेश सरकारले साथ दिने बताउँदै उनले किशोर किशोरीहरुको स्वास्थ्य, शिक्षा लगायत मनोसामाजिक क्षेत्रमा सहयोग पुर्याउने गरी कार्यक्रम बनाएको जानकारी दिए । समुदाय केन्द्रित जनजागरण अभियानहरुलाई तीव्रता…
भैरहवा, २४ मंसिर । लुम्बिनी प्रेस क्लब, रुपन्देहीको अध्यक्षमा कमल रायमाझी सर्वसम्मत निर्वाचित भएका छन् । क्लबको भैरहवामा सम्पन्न आठौं साधारणसभा तथा पाँचौ अधिवेशनबाट रायमाझीको अध्यक्षतामा आगामी दुई वर्षे कार्यकालका लागि १३ सयदस्यीय कार्यसमिति चयन गरिएको हो । रायमाझी लुम्बिनी खबरको सम्पादक हुन् । क्लबको दुई उपाध्यक्ष मदतानबाट चयन गरिएको हो भने अन्य पदमा सर्वसम्मत समिति चयन गरिएको मुख्य निर्वाचन अधिकृत अधिवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए । उपाध्यक्षमा दीपक घिमिरेले २६ र दीपेन्द्र बडुवालले २३ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनीहरुका प्रतिस्पर्धी शंकरप्रसाद पाण्डेले १४ र माधब न्यौपानेले ९ मत पाए । बडुवाल कान्तिपुर दैनिकको लुम्बिनी प्रदेश ब्यूरो…
भैरहवा, २४ मंसिर । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण (युसीएमएस) अस्पतालले विश्व रेडियोग्राफी दिवसको अवसरमा ‘रेडियो क्विज’ (हाजिरीजवाफ प्रतियोगिता) २०२४ गरेको छ । अस्पतालको ‘रेडियो डायग्नोसिस तथा मेडिकल इमेजिङ्ग विभाग’को आयोजनामा भएको रेडियो क्विजमा अन्तर्राष्ट्रिय रुपमा रेडियोलोजी अन्तर्गत विकास भएका प्रविधि सम्बन्धमा छलफल, सिकाइ, बढी भन्दा बढी बिरामी मैत्री र रोगको निदान कसरी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रीकृत रहेको थियो । चिक्तिसकहरुको समूहलाई विभाजन गरी प्रतियोगिता गरिएको थियो । प्रतियोगितामा डा.स्वेता गुप्ता, डा. सम्रक्ष लम्साल, डा. सम्झना मेहता, हिमेश्वरी लता चौधरी, मोहनन्द मेहता, राजकुमार ठाकुर र नारायणी अधिकारीको समूह ‘ग’ प्रथम भएको छ। त्यस्तै डा.दृष्टि लामिछाने, डा.अग्नी…
भैरहवा, २२ मंसिर । रुपन्देहीको युथ क्लब अफ पडसरीको दोस्रो साधारण सभा सम्पन्न भएको छ ।०७९ सालमा स्थापना भएको क्लबले छोटो अवधीमा सामाजिक क्षेत्रमा अधिक काम गरेको छ । तिलोत्तमा नगरपालिकाको हरियाली पार्कमा आयोजित साधारण सभामा क्लबमा अध्यक्ष सुरज मिश्रले क्लबले गरेका वार्षिक कार्यहरु र कोषाध्यक्ष कपिल जि.टी. ले कोषसम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै, क्लबका संस्थापक अध्यक्ष एंव विधान संसोधन उपसमितिका संयोजक गुमानसिंह (कुमार) घर्तीले क्लबको विधानमा आवश्यक संसोधनका लागि पेश गरेका विषयहरु उपर पनि छलफल गरेर सभाले संसोधनका लागि सर्वसम्मतले अनुमोदन पश्चात पारित गरेको युथ क्लब अफ पडसरीको सचिव सुष्मा भुजेलले बताईन् । कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष…
भैरहवा, २१ मंसिर । भारतबाट अवैध रुपमा भन्सार छलेर भित्राइएको कपडासहितका सामग्री प्रहरीले बरामद गरेको छ । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपलिका-८ अंचलपुरमा चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा ल्याइएको चार लाख ५० हजार बढी मूल्य बराबरको कपडा लगायतका सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीक अनुसार चेकजाँचको क्रममा साडी ७८ थान, सुट १६३ थान, बेल्ट ७२ थान, कस्मेटिक लगायतका साम्रगीहरु बरामद भएको छ । बरामद सामग्री आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालयमा पठाइएको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
भैरहवा, २१ मंसिर । सिद्धार्थनगर नगरपालिकाको कार्यालयमा क्यूआर कोड मार्फत राजस्व भुक्तानी गर्न सकिने भएको छ । राजस्व संकलनलाई ‘फेसलेस’ र ‘क्यासलेस’ बनाउने नगरपालिकाको नीति अनुरुप कार्यालयले बिहीवार देखि क्यूआर कोड मार्फत राजस्वको भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको हो । कार्यालयले जारी गरेको सूचना अनुसार नगरापलिका कार्यालयको अन्र्तगत राजस्व प्रशासन शाखा, घरनक्सा शाखा र वडा कार्यालयहरुमा बुझाउनु पर्ने कर, शुल्क तथा दस्तुहरु क्यूआर कोड मार्फत भुक्तानी गर्न सकिनेछ । ‘प्रविधिको युगमा सेवाग्राहीहरु समय खर्चिदै कार्यालयमा आएर राजस्व बुझाउनु त्यती उपयुक्त होइन’, सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले भने, ‘जसकारण यसै वर्षदेखि राजस्व संकलन ‘फेसलेस’ र ‘क्यासलेस’ बनाउने नीति अनुरुप क्यूआर…
भैरहवा, २१ मंसिर । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) लुम्बिनीको नवनिर्वाचित कार्यसमितिलाई पदस्थापित गरिएको छ । नाट्टा लुम्बिनीको अध्यक्षमा चन्द्र बहादुर थापा, प्रथम उपाध्यक्षमा कुलचन्द्र पाण्डे, द्वितीय उपाध्यक्षमा लक्की सिंह र तृतीय उपाध्यक्षमा अन्जन श्रेष्ठ, महासचिवमा सीता बसेल, सचिवमा अंकित जैसवाल, कोषाध्यक्षमा प्रदिप कुमार पोखरेल, सदस्यहरुमा टंक काफ्ले, विराट श्रेष्ठ, बरुण ज्ञवाली, हरि पौडेल, भुवन पाण्डे, गणेश भट्टराई, मित्रशरण शर्मा, प्रदिप कुमार उदय आगमी दुई वर्षको लागि पदस्थापित भएका छन् । निर्वाचन समितिका अधिकृतहरु युवराज कंडेल, भरत के.सी. र नरेश के.सी.ले अध्यक्षमा थापासहितको टीमलाई शपथ ग्रहण तथा प्रमाणपत्र प्रदान गरेका थिए । पदस्थापन कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका…
भैरहवा, २१ मंसिर । रुपन्देहीको भैरहवामा ११ औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’ सुरु भएको छ । रुपन्देही क्रिकेट संघको आयोजना र पर्वत ज्वेलर्स, बैंकरोड, भैरहवाको मुख्य प्रायोजनामा शुक्रबारदेखि प्रतियोगिता सुरु भएको हो । शुक्रबारको उद्घाटन खेलमा न्यू मुन एकेडेमीले सीबी पब्लिक हाई स्कूललाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ । भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङ गरेको सीबी पब्लिकले निर्धारित २० ओभरको खेलमा १० ओभर ४ बलमा सबै विकेट गुमाउँदै ४१ रनको झिनो योगफल बनायो । उसका लागि कृष्ण यादवले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न…
भैरहवा, २१ मंसिर । राष्ट्रिय परिचय पत्रको लागि आवेदन दिएर तयार भएको परिचय पत्र सर्वसाधरणहरुले लिन नगएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सूचना जारी गरेर कार्ड लिनका लागि आग्रह गरेको छ । ०७९ साल पौष महिना अघि परिचय पत्रका लागि आवेदन दिएका सर्वसाधरणहरुको परिचय पत्र कार्यालयमा रहेको बताइएको छ । र, उक्त कार्डहरु सर्वसाधरणले नलिएर कार्यालयमा थुप्रिएपछि सूचना जारी गर्नु परेको हो । ‘२०७९ साल पौष महिना भन्दा पहिले राष्ट्रिय परिचयपत्रका लागि आवेदन गर्नुभएका महानुभावहरुको राष्ट्रिय परिचयपत्र कार्ड यस कार्यालयमा प्राप्त भएकोमा धेरै महानुभावहरु राष्ट्रिय परिचय पत्रको कार्ड लिन नआउनुभएको हुँदा यो सुचना प्रकाशित गरिएको छ’, कार्यालयद्धारा जारी गरिएको सूचनामा भनिएको…