Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,२० असोज। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले भोटेकोशी बाढी प्रभावित नागरिकलाई दसैंअघि नै सुरक्षित स्थानमा पुनःस्थापना गर्ने गरी काम भइरहेको बताएका छन्। मंगलबार सिंहदरबारमा बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव,जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समिति बैठकमा मन्त्री लम्सालले स्थानीय तहसँगको समन्वयमा पुनःस्थापनाका लागि जग्गा पहिचान भइरहेको जानकारी दिए। राहत तथा क्षतिपूर्ति समयमै उपलब्ध गराउने तयारीसमेत भइरहेको उनले बताए। बाढीबाट रसुवामा करिब २ खर्ब २७ अर्ब रुपैयाँको क्षति भएको पूर्वाधार विकास मन्त्रालयका सचिव पद्मकुमार मैनालीले जानकारी दिए। क्षतिग्रस्त २० झोलुङ्गे पुलमध्ये १२ वटाको मर्मत सम्पन्न भएको छ। बेत्रावतीमा बेली ब्रिज निर्माण भइरहेको र आगामी सोमबारसम्म सञ्चालनमा ल्याएर धुन्चेसम्मको सडक पहुँच…

Read More

दाङ,२० असोज। लुम्बिनी प्रदेशको स्वास्थ्य सेवालाई गुणस्तरीय, सहज र प्रविधिमैत्री बनाउँदै नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने उद्देश्यले १३ बुँदे देउखुरी घोषणापत्र जारी गरेको छ । स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८२–८३ मा सञ्चालन गरेका स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा सम्पन्न गरेपछि उक्त घोषणापत्र जारी गरिएको हो । समिक्षा कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा थप सुधारको आवश्यकता रहेको र सोही अनुसार कार्यसम्पादनलाई प्रभावकारी बनाउनेगरी अघि बढ्न निर्देशन दिएका थिए। घोषणापत्रमार्फत प्रदेश सरकारले सबै नागरिकका लागि स्वस्थ जीवन, गुणस्तरीय स्वास्थ्य सेवा, स्वास्थ्य प्रवर्द्धन, रोग रोकथाम तथा दिगो स्वास्थ्य प्रणाली निर्माणका लागि घोषित प्रतिबद्धता कार्यान्वयन गर्ने साझा संकल्प व्यक्त गरेको छ।…

Read More

भैरहवा, २० असोज । रुपन्देहीको भैरहवामा असोज २४ र २५ गते ‘सिद्धार्थ सडक खाना महोत्सव (सिद्धार्थ फुड फेस्टिबल एण्ड म्यूजिकल नाइट)-२०८३’ आयोजना हुने भएको छ । चेम्बर अफ कमर्स, रुपन्देहीको आयोजनामा सिद्धार्थ बसपार्कदेखि देवकोटाचोकसम्मको क्षेत्रमा उक्त महोत्सव संचालन गर्न लागिएको हो। दशैं–तिहार पर्वलाई लक्षित गर्दै आयोजना गर्न लागिएको महोत्सवको माध्यमबाट सिद्धार्थनगरलाई पर्यटकको बसाइ, खानपान, घुमफिर र खर्चका लागि आकर्षक गन्तव्यका रुपमा विकास गर्ने आयोजकको लक्ष्य छ। महोत्सव साँझ ५ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुने र करिब एक सय वटा स्टल रहने आयोजकले जनाएको छ । चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोक्काका अनुसार महोत्सवले लुम्बिनी प्रदेशको पर्यटन प्रवद्र्धनसँगै बेलहिया…

Read More

वीरगञ्ज,१८ असोज। जनमत पार्टीको अध्यक्षमा डा.सीके राउत पुनः निर्वाचित भएका छन्। वीरगञ्जमा पार्टीको महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा राउतले ९५८ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन्। अध्यक्ष पदमा राउतको मात्रै उम्मेदवारी परेको थियो। यद्यपि, पार्टीको विधानअनुसार अध्यक्ष पदका उम्मेदवारले कुल सदर मतको कम्तीमा २० प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेकाले राउतको पक्षमा मतदान भएको थियो। महाधिवेशनमा २६ पदाधिकारीसहित ९९ पदका लागि निर्वाचन भएको थियो। यस्तै उपाध्यक्ष पदमा अनिताकुमारी मण्डल (सिरहा), अनितादेवी साह (धनुषा), नरेन्द्रप्रसाद चौधरी, बसन्तकुमार कुशवाहा (रौतहट), डा. जयकान्त राउत (सप्तरी), राजयकुमार यादव (सिरहा) र माधवप्रसाद सिंह (पर्सा) निर्वाचित भएका छन्। उपाध्यक्ष पदका लागि ११ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको…

Read More

दाङ,१८ असोज। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको बजेट प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन । संघीय सरकारबाट प्राप्त सशर्त अनुदानको रकम खर्च हुन नसकी फिर्ता जाने अवस्था अन्त्य गर्नुपर्नेमा उनले विशेष जोड दिएका हुन् । आइतबार राप्ती उपत्यका (देउखुरी)मा भएको आर्थिक वर्ष २०८२र०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताए। प्रदेशको कुल बजेटको करिब १५ प्रतिशत स्वास्थ्य क्षेत्रमा विनियोजन गरिएको उनले जानकारी दिए। ‘स्वास्थ्य क्षेत्रमा बजेटको अभाव हुन दिएका छैनौं। तर संघीय सशर्तको बजेट कार्यान्वयनमा विशेष ध्यान दिन जरुरी छ,’उनले भने, ‘गत वर्ष संघीय…

Read More

भैरहवा,१८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भैरहवा (बेलहिया) का २६ वर्षीय ओजश शर्माले केन्द्रीय सदस्य पद (युवातर्फ) मा उम्मेदवारी दिने घोषणा गरेका छन्। कांग्रेसको राजनीति र विचारसँग नजिक रहेका शर्मा १८ वर्षको उमेरदेखि राजनीतिमा सक्रिय छन्। नेपाल विद्यार्थी संघमार्फत राजनीतिक यात्रा सुरु गरेका उनले सिद्धार्थनगर सचिव हुँदै जिल्ला सह–सचिवको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। कांग्रेसको १५ औं महाधिवेशन अन्तरगत रुपन्देहीको क्षेत्र नम्बर ३ को निर्वाचनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका रुपमा निर्वाचित भएका थिए। राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय शर्मा भैरहवाका विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छन्। उनले भारतको दिल्ली–नोएडास्थित एमिटी विश्वविद्यालयबाट बीबीए अध्ययन पूरा गरेका छन्। युवा उमेरमै पार्टीको केन्द्रीय राजनीतिमा प्रवेश गर्ने…

Read More

काठमाडौं,१८ असोज। नेपाली कांग्रेसकी नेतृ कृष्णकुमारी बस्नेतले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। विद्यार्थी राजनीतिबाट सक्रिय राजनीतिक यात्रा सुरु गरेकी बस्नेतले आफ्नो अनुभव र संगठनात्मक भूमिकालाई केन्द्रीय तहमा थप प्रभावकारी रुपमा अघि बढाउने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेकी हुन्। बस्नेत पशुपति क्याम्पसकी पूर्व स्ववियु उपसभापति तथा नेपाल विद्यार्थी संघ पशुपति क्याम्पस इकाइकी पूर्व अध्यक्ष हुन्। विद्यार्थी राजनीतिमा सक्रिय रहँदै उनले संगठन निर्माण र नेतृत्वको अनुभव हासिल गरेकी छन्। शैक्षिक रुपमा राजनीतिशास्त्र र ग्रामीण विकासमा स्नातकोत्तर गरेकी बस्नेतले कानुनमा स्नातक (बीए एलएलबी) समेत गरेकी छन्। उनी बागमती प्रदेश योजना आयोगकी पूर्व सदस्य पनि हुन्। पार्टी राजनीतिमा सक्रिय…

Read More

भैरहवा, १८ असोज । रुपन्देहीको देवदह नगरपालिका–५, मितेरी गाउँमा पेस्तोल खेलाउने क्रममा गोली चल्दा एक युवक घाइते भएका छन्। साथै, घटनामा संग्लन आरोपमा देवदह नगरपालिका–५, मितेरी गाउँका ४२ वर्षीय दिपक उर्फ दुर्गा प्रसाद खरेल, ३८ वर्षीय कमल शर्मा र १८ वर्षीय अमृत खरेललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। प्रहरीका अनुसार, गालामा गोली लागेर घाइते भएका बुटवल उपमहानगरपालिका ९ मिलन चोकका २२ वर्षीय रायन खत्री क्षेत्रीको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ। घटनामा प्रयोग भएको म्यागजिनसहितको माउजर पेस्तोल र २ राउण्ड गोली बरामद गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

Read More

भैरहवा, १८ असोज । रुपन्देहीमा नाबालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका–१० शान्तिनगरका २७ वर्षीय विशाल उर्फ युवराज थारु रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, तिलोत्तमा नगरपालिका-१७ दरखसवाबाट गत बुधवार राति घरभित्र सुतिरहेको अवस्थामा १० वर्षीया बालिकाको अपहरण भएको थियो। खोजतलासको क्रममा बालिकाको शुक्रवार साँझ तिलोत्तमाको कान्छी बजारस्थित जंगलबाट सकुशल उद्धार गरिएको थियो । घटनामा संग्लन फरार थारु फेला परेपछि प्रहरीमाथि आक्रमण गर्न खोज्दा गोली प्रहार गरेर उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । खुट्टामा गोली लागेको उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला…

Read More

भैरहवा,१७ असोज। रुपन्देहीको रोहिणी गाउँपालिकास्थित रामनरेश माध्यमिक विद्यालयमा जनतासँग गुनासो सुनुवाइ तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। निर्वाचन क्षेत्र नम्बर १ अन्तरगत पर्ने यो गाउँपालिकासमेत पूर्वाधार विकास मन्त्री सुनिल लम्साल निर्वाचित क्षेत्र हो। कृषि मन्त्री गीता चौधरीको प्रमुख अतिथ्यतामा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको सचिवालयले संयोजन गरको कार्यक्रममा सांसद कन्हैया बनिया, ज्ञानु पौडेल, मन्त्री लम्सालको सचिवालय सदस्य जितेन्द्र यादव, स्थानीय जनप्रतिनिधि, रास्वपा रुपन्देहीका सचिव ज्ञानेन्द्र पाण्डेय लगायतको उपस्थित थियो। कार्यक्रममा स्थानीयवासीले आफ्ना समस्या, गुनासा तथा विभिन्न सुझावहरु राखेका थिए। जनताबाट प्राप्त गुनासा तथा समस्याहरुलाई आवश्यक समाधानका लागि समन्वय गर्ने विषयमा समेत छलफल भएको थियो। मन्त्री लम्सालको सचिवालय सदस्य यादवका अनुसार,…

Read More