Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

बुटवल, २७ असोज। रुपन्देहीस्थित बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन्। मंगलबार बिहान सम्पन्न मतगणनाअनुसार पौडेलले ८ सय ३३ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन्।उनका निकटतम प्रतिस्पर्धी टंकप्रसाद गैरेले ६ सय १ मत प्राप्त गरे। निर्वाचन समितिका अनुसार, संघको वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई निर्वाचित भएका छन्। उनले ७ सय २४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी विमलराज भट्टराईले ६ सय ९८ मत पाए । त्यस्तै, उद्योग उपाध्यक्षमा दीनेश श्रेष्ठ ७ सय १२ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिस्पर्धी निर्मित कसजुले ६ सय ९३ मत प्राप्त गरे। वाणिज्य उपाध्यक्षमा मुक्तिप्रसाद अधिकारी निर्वाचित भएका छन्…

Read More

काठमाडौं,२५ असोज। बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न क्षेत्रबाट ३६ जनाको उद्धार गरिएको छ। चारवटा हेलिकोप्टर र स्थलमार्गबाट परिचालित उद्धार टोलीले उनीहरुको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार दिउँसो १२ बजेसम्म जगत क्षेत्रबाट ६ जना, न्याक्फेदीबाट ९ जना, यारुबाट १ शिशु र १ विदेशी नागरिकसहित ९ जना तथा पायु क्षेत्रबाट १२ जनाको उद्धार गरिएको छ। बाढी प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायसँग समन्वय गरी थप खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।

Read More

काठमाडौं,२३ असोज। काठमाडौंको बूढानीलकण्ठमा बरामद भएको करिब २२ किलो सुन तस्करीका लागि एउटा घर नै ३ लाख ३० हजार रुपैयाँमा भाडामा लिएर सुन प्रशोधन गर्ने गरिएको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसार, माथिल्लो भंगालस्थित घरबाट विभिन्न बिस्कुट आकारमा २१ किलो ७५०.६८ ग्राम सुनसहित चिनियाँ नागरिक हान फेई, झोउ लङछिङ र सु क्यानलाई पक्राउ गरिएको छ। बिहीबारको बजार मूल्यअनुसार बरामद सुनको मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ रहेको छ। उनीहरुलाई अवैध सुन, नगद, सुन ओसारपसारमा प्रयोग गरिने गाडी तथा सुन प्रशोधनमा प्रयोग हुने सामग्रीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी चीनको…

Read More

भैरहवा, २३ असोज। दसैं नआउँदै तिहारका लागि ल्याइएको ९ बोरा पटाका रुपन्देही प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको टोलीले सूचनाका आधारमा बा २१ च २२४९ नम्बरको गाडीलाई रन्यौरामा चेकजाँच गर्दा ५ लाख मूल्य बराबरको पटाका बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार, गाडी र पटाकाका साथै गाडी चालक रुपन्देहीको कोटहीमाई गाउँपालिका ५ का २५ वर्षीय धर्मराज यादव, १८ वर्षीय सुशिल यादव, सम्मरीमाई गाउँपालिका ७ का ३२ वर्षीय अक्लेश मौर्या र १९ वर्षीय सन्तोष कुर्मीलाई नियन्त्रणमा लिइएको छ । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय बुटवलबाट विष्फोटक पदार्थ ऐन बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले…

Read More

भैरहवा, २३ असोज। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दसैं, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै जिल्लामा सुरक्षा योजना लागु गरेको छ । शान्ति, सुरक्षाको जिम्मेवारी पाएको प्रहरीले जिल्लामा कुनै पनि प्रकारको अपराधिक क्रियाकलाप नहुन दिन र सर्वसाधरणलाई शान्तिपूर्ण रुपमा उल्लासपूर्वक चाडपर्व मनाउनका लागि सुरक्षा योजना लागु गरेको जनाएको छ । ‘सर्वसाधरणले उल्लासपूर्वक चाडपर्व मनाइरहेको अवस्थामा अपराधिक मनोवृति हावी भएका व्यक्तिहरु सल्बलाउन खोज्छन्, रुपन्देहीका एसपी जनक बहादुर शाहीले सुरक्षा योजना सार्वजनिक गर्दै भने, ‘त्यसलाई निस्तेज पार्नका लागि जिल्लामा सुरक्षा योजना लागू गरेका हौँ ।’ उनले चाडपर्वमा जिल्लामा शान्ति सुरक्षा कायम राख्नका लागि पूर्वप्रहरी, निर्वाचन प्रहरी (म्यादी), छिमेकी जिल्लासँग समन्वय भइरहेको र सादा…

Read More

भैरहवा, २२ असोज । रुपन्देही र पश्चिम नवलपरासीका नाकाबाट भइरहेको तस्करी नियन्त्रणका लागि लुम्बिनी प्रदेशका डिआइजी भूपेन्द्र बहादुर खत्रीको टोली सक्रिय देखिएको छ। दैनिक जसो उक्त टोलीले तस्करीका सामग्री बरामद गर्दै आएको छ। दाङबाट खटिएको उक्त विशेष प्रहरी टोलीले रुपन्देही र नवलपरासी पश्चिमका विभिन्न स्थानबाट दुई दिनमा करिब १८ लाख बढी मूल्य बराबरको लत्ताकपडा, जुत्ता लगायतसामग्री बरामद गरेको छ। साथै, तस्करीका सामग्री ओसारपसारको आरोपमा गाडी र चालकलाई समेत नियन्त्रणमा लिइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ। कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार, नवलपरासी पश्चिमको सुस्ता–१ बाट मात्रै ११ लाख ६८ हजार ७०० रुपैयाँ बराबरका साडी, कुर्था सुरुवाल, टिसर्ट, सेरवानी, लुङ्गी…

Read More

भैरहवा,२२ असोज। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले लुम्बिनी प्रदेशमा वडा अधिवेशनपछि पालिका अधिवेशन सुरु गरेको छ। केही जिल्लामा वडा तहकै संगठन निर्माणमा कठिनाइ भएपछि पालिका अधिवेशन प्रभावित भएको छ भने कतिपय स्थानमा अधिवेशन उत्साहका साथ अघि बढेको छ। लुम्बिनीका कुनै जिल्लाका पालिकामा र्‍याली, सभा र ठूलो उपस्थितिका साथ अधिवेशन भइरहेका छन् भने कतिपय स्थानमा भने सुनसान देखिएको छ। देउवा पक्षका लुम्बिनी प्रदेश संयोजक गेहेन्द्र गिरीका अनुसार, प्युठान र रोल्पामा वडा तथा पालिका अधिवेशन सम्पन्न भइसकेको छ। कपिलवस्तुका १० स्थानीय तहमध्ये चारवटाको अधिवेशन सकिएको छ भने बाँकी पालिकामा पनि क्रमशः अधिवेशन गर्ने तयारी छ। दाङमा पनि पालिका अधिवेशन गर्ने तयारी गरिएको…

Read More

पाल्पा,२२ असोज। मातृ तथा नवजात शिशुको मृत्यु घटाउने प्रयास भइरहे पनि पाल्पामा पछिल्लो वर्ष नवजात शिशुको मृत्यु बढेको छ। स्वास्थ्य कार्यालय पाल्पाका अनुसार, आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा एक जना आमाको मृत्यु हुँदा १९ जना नवजात शिशुको मृत्यु भएको छ। यसअघि आर्थिक वर्ष २०८०/८१ मा एक जना आमासहित १४ जना नवजात शिशुको मृत्यु भएको थियो। आर्थिक वर्ष २०८१/८२ मा मातृ मृत्यु शून्यमा झरे पनि १७ जना नवजात शिशुको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। मृतजन्मको संख्या पनि उल्लेख्य छ। तीन आर्थिक वर्षमा क्रमशः ४१, ४३ र २१ वटा मृतजन्म भएको तथ्यांक छ। पाल्पा पूर्ण संस्थागत प्रसूतिसेवायुक्त जिल्ला घोषणा भए पनि…

Read More

भैरहवा, २२ असोज। सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर नेपाल भित्राइएको लत्ताकपडा भैरहवाबाट बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. डण्डा, रुपन्देहीबाट खटिएको गाडी मोबाइल टोलीले भैरहवाको नारायणथान क्षेत्रबाट तस्करीको लत्ताकपडा बरामद गरेको हो। सशस्त्र प्रहरीका अनुसार, गाडीमा लैजाँदै गरेको १५ लाख ४७ हजार रुपैयाँ बराबरको लत्ताकपडा चालकसहित नियन्त्रणमा लिइएको छ। बरामद सामान तथा नियन्त्रणमा लिइएका चालकलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

Read More

लुम्बिनी,२२ असोज। लुम्बिनी विकास कोषमा पदाधिकारी नियुक्तिका लागि सरकारले खुला आवेदन आह्वान गरेको पाँच महिना बितिसक्दा पनि नियुक्ति प्रक्रिया टुंगिन सकेको छैन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार उपाध्यक्ष, सदस्यसचिव, कोषाध्यक्ष, योजना प्रमुखसहित १२ पदका लागि ७२७ जनाले आवेदन दिएका छन्। सदस्यसचिव पदमा सबैभन्दा बढी २०९, योजना प्रमुखमा ११२, उपाध्यक्षमा १०४ र कोषाध्यक्षमा ८६ जनाको आवेदन परेको छ। बाँकी आवेदन कार्यकारी सदस्य तथा परिषद् सदस्य पदका लागि परेको हो । सरकारले गत वैशाख १९ गते सार्वजनिक पदाधिकारीसम्बन्धी विशेष व्यवस्था लागू गरेपछि तत्कालीन उपाध्यक्ष डा. ल्हारक्याल लामा, कोषाध्यक्ष ढुण्डीराज भट्टराई, सदस्यसचिव दीपक श्रेष्ठलगायत कार्यकारिणी र परिषद् सदस्यहरु पदमुक्त भएका थिए।…

Read More